Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for March, 2018

हराएका हिरा १: डिल्लीमान दर्जी (डिल्ले दमाई)

Posted by Ram Kumar Shrestha on March 31, 2018

4

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला १)

डिल्लीमान दर्जी (डिल्ले दमाई) लाई पूर्वेली भाकाका सर्जक र लेखकको रुपमा लिने गरिन्छ । राजा महेन्द्रले पूर्व संखुवासभा चैनपुरबाट देश दौडाहाको समयमा रुक्मांगत कटुवाल, अमर गुरुङ लगायत देशभरिका प्रतिभावान व्यक्ति ल्याउने क्रममा डिल्लीमान दर्जीलाई पनि काठमाडौँ ल्याएका थिए । तर बिडम्बना हाम्रो विभेदकारी समाजका कारण राजासंग सिधा सम्बन्ध हुँदा पनि उनी छायाँमा पर्न पुगे । अथाह प्रतिभाका धनी भएर पनि काठमाडौँबाट गाउँ फर्किन वाध्य भए । दम र प्रेसरका रोगी दमाईको चैनपुर १ हिटीडाँडा संखुवासभास्थित आफ्नै निवासमा अप्रिल २०१७ मा ८४ वर्षको उमेरमा उहाँको निधन भयो ।

२०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको लोकभाका वाद्यवादन प्रतियोगितामा देशभरबाटै दमाईको टोली प्रथम भएको थियो।

नेपथ्य ब्याण्डका अमृत गुरुङले नयाँ गीत सार्बजनिक गर्नु भयो ( कोसीको पानि भन्ने ) जुन गीतको शब्द अमृत गुरुङले डिल्लीमान दर्जीबाटै संकलन गर्नु भएको थियो । यस्लाई युट्युबमा करीब डेढ बर्षमा झन्डै एक मिलियन पटक हेरिएको छ ।

Read the rest of this entry »

Advertisements

Posted in Article, बिबिध, समाचार | Leave a Comment »

नेपाल र बिदेशमा बस्ने नेपाली समुदाय माफियातन्त्रको दलदलमा

Posted by Ram Kumar Shrestha on March 29, 2018

mafia-e1522278302540.jpg

रामकुमार श्रेष्ठ

शायद २०१३ तिर होला विकसित घटनाक्रमतर्फ इंगित गर्दै मैले सामाजिक सन्जालमा नेपालमा त्यस्तै परे माफियातन्त्र

 

Profile Picture

अत्यन्तै डरलाग्दो रुपमा देखा पर्नेछ भनेर लेखेको थिएँ, जुन अहिले सत्य साबित जस्तै भैसकेको छ र यस्लाई अधिकांशले त्यो रुपमा बुझ्न सकिरहेका छैनन । पछिल्लो समय “गाइ काण्ड” जुन रुपमा देखा पर्‍यो त्यो माफियातन्त्रको डरलाग्दो र ज्वलन्त उदाहरण हो । बिदेशमा बस्ने नेपाली बीच पनि माफियातन्त्र सिनेमा शैलीमा अत्यन्तै डरलाग्दो रुपमा देखा परिसकेको छ ।

अपहरण र हत्या मात्रै माफियाको रुप होइन, माफियाले आफ्ना निकृस्ट स्वार्थपूर्तिका खातिर सहीलाई गलत र गलतलाई सही देखाउन अथाह साधन र श्रोतको दुरुपयोग गरेको हुन्छ बिभिन्न रुपमा ।

बिग्रदो राजनीतिक अवस्था, पेशेवारको रुपमा नभएर ब्यापारी र राजनीतिक समूहको आडमा काम गर्ने र बांच्ने अधिकांश पत्रकार र सामाजिक सन्जालमा अत्यन्तै धेरै समय बिताउने नेपाली नेपाल र बिदेशमा बस्ने नेपाली समुदायलाई माफियातन्त्रको दलदलमा फसाउने प्रमुख आधारहरु हुन । मूलत: यी तीन कारणहरुले गर्दा आफ्ना अत्यन्तै निकृस्ट स्वार्थका लागि काम गर्ने ब्यक्ति र समूहले आफ्नो स्वार्थ अनुकूलको अफबाहलाई अत्यन्तै छिटो सनसनीको रुप दिन सफल भैरहेको देखिन्छ । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

पुटिन र मेद्भेदेभको नेपाली संस्करण ओली र प्रचण्ड बन्न सक्लान् ?

Posted by Ram Kumar Shrestha on March 25, 2018

रामकुमार श्रेष्ठ

kp-prachanda-oli_lZ6GAFf8ta

नेपाल गणतन्त्रमा प्रबेश गरेको समयमा त्यस बेलाका शक्तिशाली नेताद्धय प्रचन्ड र गिरिजाका बीच पुटिन र मेद्भेदेभ बीचको जस्तै आपसी समझदारी कायम भैदिएको भए नेपालको राजनीति यसरी दुर्घन्धित र अस्थिर नभएर देश धेरै अगाडि बढिसकेको हुन्थ्यो ।

बहुसंख्यक नेपाली कहिले पञ्च त कहिले कांग्रेस, अनि कहिले एमाले त कहिले माओबादी र अझ एक समय त झन्डै पुरै राजाबादी बन्नुको स्पस्ट कारण जनताद्धारा कुनै निस्चित बिकल्पका कारण देश अगाडि बढिहाल्छ कि भनी अनुसन्धान र परीक्षण गर्नु हो । जब स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउँछ भने चेत बाबा काशी भैसकेका जनता यता र उता लखर लखर किन भौतारिन्छन र?

यो अबसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ नि:स्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी देशमा स्थिरता कायम गर्दै सम्मुन्नत नेपाल बनाउन सक्षम हुन्छन भने राजनीतिक यी दुई हिरो ईतिहासमा राजनीतिक हिराको रुपमा स्थापित हुने कुरामा सन्देह छैन । 

रुसको संविधानले ‘लगातार’ दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन निषेध गरेको व्यवस्थाका कारण २००८ मा आफ्ना उप¬प्रधानमन्त्री मेद्भेदेभलाई पुटिनले राष्ट्रपतिमा निर्वाचित हुन सहयोग गरे, तर राष्ट्रपतिका थुप्रै अधिकार प्रधानमन्त्रीमा सारी उनी स्वयं तिनको प्रधानमन्त्रीमा मनोनित भए । र, मेद्भेदेभको कार्यकाल सकिनेबित्तिकै २०१२ मा राष्ट्रपतिका सबै अधिकार रास्ट्रपतिमा नै फर्काएर उनी फेरि शक्तिशाली निर्वाचित राष्ट्रपतिको कुर्सीमा बस्न पुगे । मेद्भेदेभचाहिँ प्रधानमन्त्रीमा नियुक्त गरिए । यसरी विस्व राजनीतिको अनौठो परिघटनाको रुपमा अंकित ‘पालैपालो शासन गर्ने’ यो सूत्र मार्फत सबै दृष्टिकोणबाट कम्जोर भएको रुसलाई हरेक दृष्टिकोणबाट सबल बनाइ पुन: ‘नयाँ महाशक्ति’को पुनरोदय गराउन सफल भए पुटिन । नेपाल गणतन्त्रमा प्रबेश गरेको समयमा त्यस बेलाका शक्तिशाली नेताद्धय प्रचन्ड र गिरिजाका बीच पुटिन र मेद्भेदेभ बीचको जस्तै आपसी समझदारी कायम भैदिएको भए नेपालको राजनीति यसरी दुर्घन्धित र अस्थिर नभएर देश धेरै अगाडि बढिसकेको हुन्थ्यो । अहिलेका शक्तिशाली नेताद्धय प्रचन्ड र वलीले जीवनको उत्तरार्धमा पुटिन र मेद्भेदेभ बीचको जस्तै जस्तै सम्मानजनक आपसी समझदारी जुन कायम गर्दै छन, यस्लाई अन्तिम घडीसम्म निरन्तरता दिनुको स्पस्ट अर्थ देशलाई गतिहिनताबाट गतिशिलतातिर, अस्थिरताबाट स्थिरतातिर, गरिबीबाट सम्पन्नतातिर लगी आ-आफ्ना राजनीतिक जीवनमा देखिएका गल्ती कम्जोरीहरुलाई बिर्साएर यो ईतिहासमा “प्रचण्डोली युग” कायम गर्ने माध्यम पनि बन्न सक्छ ।  Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

विस्वका ९३ देशका धावकलाई पछि पार्दै नेपालकी सुनमाया बनिन विस्व च्याम्पियन

Posted by Ram Kumar Shrestha on March 12, 2018

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् । विभिन्न राष्ट्रका २९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी ५ घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् ।

Sunmaya Budha from Nepal wins the title of Gaoligung Ultra THT race in China            Sunmaya Budha from Nepal wins the title of Gaoligung Ultra THT race in China

प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए । Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , , | 1 Comment »

नेपाली सेफ इटालियन खानाका लागि युरोपमा बादशाह बन्दै

Posted by Ram Kumar Shrestha on March 1, 2018

सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् भने  र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ। सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ। …… युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन्। ……..उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन्। इटालियन खानामा अद्भुत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए। सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन्। … उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ।

Dr. Durão Barroso [former President of the European Union] and his nice familySapkota with Dr. Durão Barroso [former President of the European Union] and his family

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोचका कारण घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्गका ४३ वर्षीय टंक सापकोटा अहिले इटालियन खानाका लागि युरोपमा बादशाह जतिकै प्रख्यात छन्।

Dr. António Costa, the Prime Minister of Portugal                  Sapkota with Dr. António Costa, the Prime Minister of Portugal

सापकोटा सेफ मात्र नभएर युरोपका एक सफल व्यवसायी पनि हुन्। सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन्। Read the rest of this entry »

Posted in Article, समाचार | 1 Comment »

 
%d bloggers like this: