Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नेपाली सेफ इटालियन खानाका लागि युरोपमा बादशाह बन्दै

Posted by Ram Kumar Shrestha on March 1, 2018


सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् भने  र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ। सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ। …… युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन्। ……..उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् । उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन्। इटालियन खानामा अद्भुत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए। सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन्। … उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ।

Dr. Durão Barroso [former President of the European Union] and his nice familySapkota with Dr. Durão Barroso [former President of the European Union] and his family

आफैंले केही गरेपछि मात्र बिहे गर्ने सोचका कारण घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्गका ४३ वर्षीय टंक सापकोटा अहिले इटालियन खानाका लागि युरोपमा बादशाह जतिकै प्रख्यात छन्।

Dr. António Costa, the Prime Minister of Portugal                  Sapkota with Dr. António Costa, the Prime Minister of Portugal

सापकोटा सेफ मात्र नभएर युरोपका एक सफल व्यवसायी पनि हुन्। सापकोटाले आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुराँ पनि सञ्चालन गरेका छन्।

António Costa, the new Prime Minister of Portugal                Sapkota with Dr. António Costa, the Prime Minister of Portugal

बुबाआमाले बिहे गर्न करकाप गरेका कारण उनी बिहे नगरी १८ वर्षकै उमेरमै विदेशिए। उच्च शिक्षा हासिल गरी नेपालमै केही गर्ने सोच बनाएका कानुनका विद्यार्थी सापकोटा सन् १९९२ मा गाउँकै एक छिमेकी दाइसँग जर्मनी छिरेका थिए। बिहान जर्मनी ओर्लेका सापकोटाले त्यही दिन साँझदेखि एक इटालियन रेष्टुराँमा काम गर्न थाले।

Hon. Ambassador Giuseppe Morabito, Ambassador of Italy in Portugal    Sapkota with Hon. Ambassador Giuseppe Morabito, Ambassador of Italy in Portugal

केही सीप नभएकै कारण शुरुमा सापकोटाले दैनिक १२ घण्टा भाँडा माझ्ने काम गरे। नयाँ ठाउँ, भाषाको समस्या, त्यसमाथि सीप नभएकै कारण करिब डेढ महिना भाँडा माझ्ने काम गरे, भाषा नबुझेर कति दिन त भोकै पनि सुते।

Professor Aníbal Cavaco Silva, former President of the Republic of Portugal Sapkota with Professor Aníbal Cavaco Silva, former President of the Republic of Portugal

बाल्यकालदेखि नै आमासँग खाना पकाउन सिकेको कारणले पनि सापकोटालाई विदेशी खानाबारे थप जिज्ञासा, रुचि र मोह बढ्दै गयो। पाक कलामै सफल हुने अठोटका साथ मेहनत गर्दै गए। काम गर्ने फरक शैली, इमान्दारिता, लगनशीलता र जिज्ञासु स्वभावका कारण सापकोटा रेष्टुराँ सञ्चालकको नजरमा उत्कृष्ट ठहरिँदै गए।

                     Sapkota received HARESP Best Entrepreneur of the Year 2016

सापकोटाको कामप्रतिको लगाव र मेहनत देखेर रेष्टुराँ मालिकले उनलाई एक पछि अर्को जिम्मेवारी दिँदै गए। भाँडा माझ्ने कामदारका रुपमा उक्त रेष्टुराँमा प्रवेश गरेका सापकोटा किचन हेल्पर, वेटर हुँदै तीन वर्षमै इटालियन सेफ बन्न सफल भए। परिश्रमले नै आफूलाई सफल सेफ बनाएको ठान्ने सापकोटाको ५५० युरोबाट पारिश्रमिक वृद्धि भई एक हजार १०० युरोसम्म पुगेको थियो।

निरन्तर चार वर्षसम्म उक्त रेष्टुराँमा काम गरेपछि उनी नयाँ सोच र सपना बुनेर सन् १९९६ मा पोर्चुगल हानिए। पोर्चुगल आएपछि फेरि अर्को संर्घष शुरु भयो। मासिक ३०० युरोमा काम शुरु गरेका सापकोटाले तीन वर्षपछि आफ्नै लगानीमा इटालियन रेष्टुराँ खोले। उनमा खानाबारे व्यावहारिक ज्ञान भए पनि सैद्धान्तिक ज्ञान नभएकोले उन्ले  इटालीको रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा इटालियन परिकारसम्बन्धी दुई वर्षे कोर्ष पढ्न शुरु गरे। ज्ञानले खारिएका सापकोटाले पोर्चुगलको राजधानी लिस्बनमा थप दुई वटा इटालियन रेष्टुराँ सञ्चालन गरे। सापकोटाले सञ्चालन गरेका कोमे प्रिमा, र्फोनो दे ओरो र इल मेर्कातो युरोपमै चर्चित इटालियन रेष्टुराँ हुन् भने  र्फोनो दे ओरो रेष्टुराँ विश्वकै उत्कृष्ट २० पिज्जेरिया अर्थात् पिज्जा बनाउने रेष्टुराँमध्येको एक हो जहाँ सुनको चुल्होमा खाना पकाइन्छ। सुनको चुल्होमा खाना पकाइने उक्त रेष्टुराँ विश्वकै दोस्रो रेष्टुराँ भएको सापकोटाको दाबी छ।

सोही सुनको चुल्होमा सापकोटाले दैनिक इटालियन पिज्जा पकाउँछन्। अन्य रेष्टुराँभन्दा पृथक, दाउराको चुल्होको प्रयोग र विशुद्ध इटालियन परिकार पाइने भएकै कारण आफ्नो रेष्टुराँ इटालियन खानाका पारखीहरुको रोजाइमा परेको सापकोटाको भनाइ छ।

युनेस्कोले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई हालै मात्र विश्व सम्पदा सूचीमा समावेश गरेको छ जसमा पोर्चुगलबाट छनौट भएका चार इटालियन पिज्जा रेस्टुराँमध्ये दुई वटा सापकोटाले सञ्चालन गरेका रेष्टुराँ परेका छन्। न्यापोलितान पिज्जाका दुई परिकार ‘मारिनारा र मागएरिता’विश्वभरका पिज्जा पारखीहरुमाझ निकै प्रख्यात छ।

उनको रेष्टुराँमा युरोपका शीर्ष नेता, प्रधानमन्त्री, विभिन्न देशका राजदूत, गायक, कलाकार र खेलाडी नियमित जस्तै खाना खान आउँछन्। पोर्चुगलका प्रधानमन्त्री त उनका नियमित ग्राहक नै हुन् उनले इटालियन खानामा दर्जनौं पुरस्कारसमेत जितेका छन्। इटालियन खानामा अद्भुत कौशल प्रदर्शन गरेकै कारण इटाली सरकारले सापकोटालाई उत्कृष्ट अवार्ड नै प्रदान गरेको छ। सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए। सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालियन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत लेखेका छन्।

उनले नेपालको पहिचान, कला, सँस्कृति र नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी लिस्बनमै दुई वटा नेपाली रेष्टुराँ पनि सञ्चालन गरिरहेका छन् जहाँ परम्परागत र आधुनिक नेपाली खानाका परिकारहरु पाइन्छ। उनले सञ्चालन गरेको प्रत्येक रेष्टुराँमा प्रतिदिन ३०० देखि ३५० जनाले खाना खान्छन्। पाँच वटा रेष्टुराँका मालिक सापकोटाले ६० नेपाली र २० विदेशी गरी ८० जनालाई रोजगारी समेत दिएका छन्। सापकोटाले पोर्चुगलमा पाइने ओलिभ, चेरी लगायतका वनस्पति बाग्लुङ्गमा र नेपालमा पाइने धनियाँ, तुलसी, मरहटी पोर्चुगलमा परीक्षण खेती समेत शुरु गरेको बताए।

आफ्ना बुवा जगुपति सापकोटाको इच्छा अनुरुप हरिहर सन्न्यास आश्रम देवघाटलाई ५१ लाख ५१ हजार १०१ रुपैयाँ सहयोग प्रदान गरेका छन्। यस्तै उनले बाग्लुङ जिल्लाको सरस्वती प्राविलाई ३ लाख, कालापातल प्राविलाई १ लाख २० हजार र सुन्तलाचौर उच्च माविलाई १ लाख २० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गरेका छन्।

आफ्नो सीप, क्षमता र कलामार्फत विश्वमाझ नेपाल र नेपालीलाई चिनाउन आगामी दिनमा थप प्रयत्न गर्ने अठोट लिएका सापकोटा आफूसँग रहेका पाक कलालाई नेपालमा समेत प्रवर्द्धन गर्ने योजनामा छन ।

One Response to “नेपाली सेफ इटालियन खानाका लागि युरोपमा बादशाह बन्दै”

  1. arbind sah said

    nice artical

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: