Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

विस्वका ९३ देशका धावकलाई पछि पार्दै नेपालकी सुनमाया बनिन विस्व च्याम्पियन

Posted by Ram Kumar Shrestha on March 12, 2018


चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् । विभिन्न राष्ट्रका २९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी ५ घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् ।

Sunmaya Budha from Nepal wins the title of Gaoligung Ultra THT race in China            Sunmaya Budha from Nepal wins the title of Gaoligung Ultra THT race in China

प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए ।

म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट शुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो ।

सुनमाया जुम्लाको पातारासी गाउँपालिका पेरेकी हुन् । उनले कर्णाली स्पोर्टस् क्लबमा आबद्ध भई प्रशिक्षण लिँदै आएकी छन् । यस अघि नेपालको प्रतिनिधित्व गर्दै सुनमायाले करिब आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई थुप्रै पदक पनि जितिसकेकी छन् ।

One Response to “विस्वका ९३ देशका धावकलाई पछि पार्दै नेपालकी सुनमाया बनिन विस्व च्याम्पियन”

  1. नेपालीहरुको लागी उच्चगौरवक दिलाई दियो सुनमाया बूढाले। एकपछि अर्को विश्व रेकर्ड राख्दैछ नेपाली जनताले। राजनैतिक क्षेत्रमा नेताहरुले राष्ट्रीय रेकर्ड भने पनि राखोस्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: