Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

पुटिन र मेद्भेदेभको नेपाली संस्करण ओली र प्रचण्ड बन्न सक्लान् ?

Posted by Ram Kumar Shrestha on March 25, 2018


रामकुमार श्रेष्ठ

kp-prachanda-oli_lZ6GAFf8ta

नेपाल गणतन्त्रमा प्रबेश गरेको समयमा त्यस बेलाका शक्तिशाली नेताद्धय प्रचन्ड र गिरिजाका बीच पुटिन र मेद्भेदेभ बीचको जस्तै आपसी समझदारी कायम भैदिएको भए नेपालको राजनीति यसरी दुर्घन्धित र अस्थिर नभएर देश धेरै अगाडि बढिसकेको हुन्थ्यो ।

बहुसंख्यक नेपाली कहिले पञ्च त कहिले कांग्रेस, अनि कहिले एमाले त कहिले माओबादी र अझ एक समय त झन्डै पुरै राजाबादी बन्नुको स्पस्ट कारण जनताद्धारा कुनै निस्चित बिकल्पका कारण देश अगाडि बढिहाल्छ कि भनी अनुसन्धान र परीक्षण गर्नु हो । जब स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउँछ भने चेत बाबा काशी भैसकेका जनता यता र उता लखर लखर किन भौतारिन्छन र?

यो अबसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ नि:स्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी देशमा स्थिरता कायम गर्दै सम्मुन्नत नेपाल बनाउन सक्षम हुन्छन भने राजनीतिक यी दुई हिरो ईतिहासमा राजनीतिक हिराको रुपमा स्थापित हुने कुरामा सन्देह छैन । 

रुसको संविधानले ‘लगातार’ दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन निषेध गरेको व्यवस्थाका कारण २००८ मा आफ्ना उप¬प्रधानमन्त्री मेद्भेदेभलाई पुटिनले राष्ट्रपतिमा निर्वाचित हुन सहयोग गरे, तर राष्ट्रपतिका थुप्रै अधिकार प्रधानमन्त्रीमा सारी उनी स्वयं तिनको प्रधानमन्त्रीमा मनोनित भए । र, मेद्भेदेभको कार्यकाल सकिनेबित्तिकै २०१२ मा राष्ट्रपतिका सबै अधिकार रास्ट्रपतिमा नै फर्काएर उनी फेरि शक्तिशाली निर्वाचित राष्ट्रपतिको कुर्सीमा बस्न पुगे । मेद्भेदेभचाहिँ प्रधानमन्त्रीमा नियुक्त गरिए । यसरी विस्व राजनीतिको अनौठो परिघटनाको रुपमा अंकित ‘पालैपालो शासन गर्ने’ यो सूत्र मार्फत सबै दृष्टिकोणबाट कम्जोर भएको रुसलाई हरेक दृष्टिकोणबाट सबल बनाइ पुन: ‘नयाँ महाशक्ति’को पुनरोदय गराउन सफल भए पुटिन । नेपाल गणतन्त्रमा प्रबेश गरेको समयमा त्यस बेलाका शक्तिशाली नेताद्धय प्रचन्ड र गिरिजाका बीच पुटिन र मेद्भेदेभ बीचको जस्तै आपसी समझदारी कायम भैदिएको भए नेपालको राजनीति यसरी दुर्घन्धित र अस्थिर नभएर देश धेरै अगाडि बढिसकेको हुन्थ्यो । अहिलेका शक्तिशाली नेताद्धय प्रचन्ड र वलीले जीवनको उत्तरार्धमा पुटिन र मेद्भेदेभ बीचको जस्तै जस्तै सम्मानजनक आपसी समझदारी जुन कायम गर्दै छन, यस्लाई अन्तिम घडीसम्म निरन्तरता दिनुको स्पस्ट अर्थ देशलाई गतिहिनताबाट गतिशिलतातिर, अस्थिरताबाट स्थिरतातिर, गरिबीबाट सम्पन्नतातिर लगी आ-आफ्ना राजनीतिक जीवनमा देखिएका गल्ती कम्जोरीहरुलाई बिर्साएर यो ईतिहासमा “प्रचण्डोली युग” कायम गर्ने माध्यम पनि बन्न सक्छ । 

आन्तरिक द्वन्द्वले जर्जर एवं अन्तर्राष्ट्रिय जगतको ऋण र दयाको पात्रझैं बनेको मुलुकलाई हाँक्न सक्ने सक्षम ब्यक्तिको खोजीका कारण घरीघरी प्रधानमन्त्री फेरिरहने येल्तसिनले सन् १९९९ मा चिचेन आतंकको चरम अवस्थामा राष्ट्रिय सुरक्षा परिषदमा आफ्नो दृढ स्वभावलाई प्रदर्शन गरिसकेका पुटिनलाई अन्तिम प्रधानमन्त्री नियुक्त गर्दै आफ्ना सबै असफलताका लागि रुसी जनतासँग क्षमा मागेर उनले आफ्नो पदबाट राजीनामा दिएका कारण संविधानतः कार्यवाहक राष्ट्रपति समेत बनेका पुटिन सन् २००० मा रुसको दोस्रो पटक निर्वाचित राष्ट्रपति बने । ७० प्रतिशतभन्दा बढी मतका साथ सन् २००४ मा पुनः राष्ट्रपति पदमा निर्वाचित उन्ले रुसको संघीय ढाँचा पूरै बदलिदिए । पुटिनले आफ्ना शुरुआती आठवर्षे कार्यकालमा जीडीपी, औद्योगिक विकास र आर्थिक लगानीजस्ता अर्थतन्त्रका प्रायः सबै सूचकांकहरू अत्यन्त प्रभावशाली ढंगले वृद्धि गरे । गरिबीको रेखामुनि रहेको जनसंख्या आधी घट्यो भने औसत तलबमा पाँच गुणा वृद्धि भयो । स्थायित्व र राष्ट्रिय गौरवको नयाँ चेतना रुसमा विकास भयो । सरकारले ‘स्थिरीकरण कोष’ (स्टेविलाइजेसन फन्ड) को माध्यमबाट दुई वर्षभित्रै त्यसमा जम्मा भएको पैसाले अन्तर्राष्ट्रिय मुद्रा कोष र पेरिस क्लबजस्ता संस्थाको सोभियतकाल देखिकै सबै ऋण समयभन्दा धेरै अगाडि चुक्ता गरेर रुसले राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्यो । हालै उन्ले ७७% मतका साथ उनी पुन: रास्टपतिका रुपमा चुनिएका छन ।

चिनिया रास्ट्रपतिको पाँच बर्षे दुई कार्यकाल रहन पाउने संबैधानिक ब्यबस्थालाई हालैको न्यासनल पिपुल्स कङ्रेसको बैठकले अन्त्य गरी बर्तमान राष्ट्रपति सि जिनपिङलाई माओपछिको सबैभन्दा शक्तिशाली नेताको रुपमा स्वीकारेको छ । यस्का लागि भएको मतदानमा २,९६४ मतमा २ मत मात्रै यो निर्णयको बिपक्षमा परेको थियो ।

बर्तमान आधुनिक विस्वमा भैरहेका नेतृत्वदायी ब्यक्तिका कारण दुई देशहरुले छोटो समयमा नै गरेको आस्चर्यजनक प्रगतिका कारण ती देशका जनताद्धारा उनीहरु कसरी रुचाइएका छन भन्ने कुरा उपर्युक्त पछिल्ला दुई परिच्छेदले प्रस्ट्याउँछ । प्रजातन्त्रको नाममा सि जिनपिङ र पुटिनको यी कदमको बिरोध अन्तराष्ट्रिय राजनीतिका कारण बाहिरबाट गरिएलान, तर देशका लागि उनीहरुले पुर्याएका र विस्वले नै देखेका अतुलनीय उल्लेख्य योगदानका कारण भित्रको उल्लेख्य जन समर्थनले बिहिरी बिरोध निरर्थक साबित गरिदिनेछ । नेपालले बर्तमान अवस्थामा ठुलो शिक्षाको रुपमा लिनै पर्ने हुन्छ यस्लाई ।

माओबादीको एजेण्डानुरुप देश अगाडि बढेको कारण यस्लाई संस्थागत गर्दै देशमा स्थिरता कायम गर्नु पर्ने तर एमालेको पक्षमा जनमत बढी देखिएकोले यी अत्यन्तै महत्वपूर्ण बिरोधाभासपूर्ण यथार्थताका आधारमा सन्तुलित ढंगले बाम एकतालाई अगाडि बढाउन समय लाग्नुलाई भने अस्वाभाबिक भन्न मिल्दैन । एउटा पार्टी अर्कोमा बिलायो भन्नुको अर्थ एकपक्षीय स्वार्थ देखिने भएकोले उपर्युक्त अत्यन्तै महत्वपूर्ण दुई यथार्थताका आधारमा आफूलाई एमाले र माओबादी भएको बिर्सेंर सम्मानजनक बाम एकता भयो भन्ने मानसिकतालाई नेता र कार्यकर्ताले विकसित गर्दै आफूलाई बामपन्थीको रुपमा मात्रै लिएर अगाडि बढ्दा मात्रै यो एकताको ऐतिहासिक दिनलाई आगामी ५ बर्षमा ऐतिहासिक महत्वको युग वा कालमा रुपान्तरण गर्न सक्षम हुनेछन उनीहरु । यहाँ बिर्सनै नहुने एउटा महत्वपूर्ण वास्तबिकता के पनि हो भने दुई फरक सिद्धान्तलाई अंगीकार गरेका दुई जर्मन एकीकरण भएको झन्डै तीन दशक हुँदा समेत कुनै समस्या देखा परेको छैन । शब्द शब्दका कारण नयाँ पार्टी जन्माउन माहिर भएका कारण हाम्रो जस्तो देशमा अनाबस्यक किसिमले सयभन्दा बढी पार्टी बनाएर देशलाई अस्थिर बनाउन जिम्मेवार नेताहरुले जर्मनको यो यथार्थताबाट पाठ सिक्नै पर्छ ।

यो ऐतिहासिक राजनीतिक परिघटनाले प्रजातान्त्रिक शक्तिहरुका बीचको ध्रुबिकरणलाई तिब्रता दिनेछ र दिनु पर्छ पनि । राजनीतिक सन्तुलन र देश बिकासका दृष्टिकोणले यो अत्यन्तै महत्वपूर्ण पाटो हो । देश बिकासका दृष्टिकोणले अनाबस्यक धेरै पार्टी हुनुहुन्न भन्ने आधारमा थ्रेसहोल्ड कायम गरेर राजनीतिक ध्रुबीकरण मार्फत देशमा बढीमा ४-५ पार्टी कायम गरिनुपर्छ भन्दै केही बर्षदेखि मैले सामाजिक सन्जालमा उठान गरेको आवाजका आधारहरु देशमा स्थिरता कायम र राष्ट्रिय ढिकुटीको अनाबस्यक दुरुपयोगका संभावनाहरुको न्यूनिकरण गर्दै अथाह साधन र श्रोतपूर्ण देशलाई सम्बृद्धितिर उन्मुख गराउनु हुन ।

प्रधानमन्त्री वली इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्न पुग्नुभएको छ संबिधानका अनुसार प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विस्वासको मत लिनुपर्ने व्यवस्था अनुरुप बाम गठबन्धनका आधारमा करीब दुई तिहाइ मत प्राप्त गरे तापनि विस्वासको मत लिने क्रममा तीन चौथाइभन्दा बढी (७७.६१२%) मत प्राप्त गर्नु भएकोले । पञ्चायत कालका सुबथा र बहुदलीय प्रजातन्त्रका गिरिजा बाबुभन्दा बढी शक्तिशाली प्रधानमन्त्री मात्रै हुनु भएको छैन उहाँ, परिबर्तित राजनीतिक परिदृस्यका कारण अत्यन्तै सुरक्षित प्रधानमन्त्री पनि बन्नु भएको छ – यो उहाँको लागि अत्यन्तै ठुलो अबसर र शक्ति पनि हो । राजनीतिक जीवनको किनारा लाग्ने बेलाको यो उत्तरार्धमा प्राप्त यो अत्यन्तै ठुलो अबसरको सफलता प्रचन्डले भने जस्तो ‘एक्सन’र गगन थापाले भने जस्तो चुनाबी घोषणापत्रका कुराहरु संसदमा बारंबार दोहोर्याइने र पार्टीको नेता होइन प्रधानमन्त्रीको हैसियतमा कसरी अगाडि बढ्छ भन्ने कुरालाई ‘वाचडग’को रुपमा हेरिने भन्ने कसीका आधारमा जाँचिनेछ भबिस्यमा र यसबाट उत्तिर्ण भएको खण्डमा मात्रै उनी ऐतिहासिक प्रधानमन्त्री बन्नेछन ।

चुनावमा झन्डै दुई तिहाइ मत प्राप्त गरेको गठबन्धनबाट प्रधानमन्त्रीको शपथ लिंदा देखिनु पर्ने उत्साह महसूस गर्न नसकिनु र सरकारको बागडोर संभालेका प्रधानमन्त्री र मन्त्रीहरुलाई नै सुतेर उठदा नजरबन्दमा पार्ने शक्ति समेत आधिकारिक शक्तिबाट बाहिरिएको यथार्थतालाई प्रधानमन्त्री वलीले आफूलाई उर्जाशील बनाउने क्रममा बेला बेलामा संझिदै गर्नु पर्ने हुन्छ ।

देश ऐतिहासिक मोडमा रहेको बेला देखा परेको बाम एकतालाई आगामी ५ बर्ष भित्र ऐतिहासिक महत्वको युग वा कालमा रुपान्तरण र प्रमाणित गर्न “प्रचण्डोली” आफ्ना जीवनको पछिल्लो उत्तरार्धमा सफल हुनुको स्पस्ट अर्थ समग्र रुपमा उहाँहरु सफल र ऐतिहासिक नेताको रुपमा प्रमाणित हुनु हो यस्का लागि उहाँहरुले छात्ती ठुलो बनाउनु अपरिहार्य छ । “प्रचन्डोली युग” को रुपरेखाको प्रकृतिका लागि ५ बर्ष निर्णायक समयाबधि हुन सक्छ ।

वाम गठबन्धनले राजनीतिक स्थायित्व र आर्थिक विकासका नारा लिएर चुनावको नतिजा आफ्नो पक्षमा पारेकोले चुनावी नारा कार्यान्वयन गर्नु सरकारको मुख्य चुनौती हो र त्यसमै पार्टीको भविष्य निर्धारण हुनेछ । संख्यात्मक हिसाबले र पार्टीका हस्तीहरु चुनाबमा पराजित भएका कारण पनि अहिले कमजोर देखिएको कांग्रेस लामो समयसम्म सत्तामा रहेको पुरानो खेलाडी भएकोले सशक्त प्रतिपक्ष बन्न नसके पनि कुन स्थानमा अप्ठ्यारो बनाउन सकिन्छ भन्ने विषयमा कमजोर नहुन सक्छ ।

आफ्नो राजनीतिक जीवनको उत्कर्षमा जसरी ओली र दाहालले आ-आफ्नो नेतृत्व र भूमिका स्थापित गर्ने सूत्र फेला पारी एमाले र माओवादी एकता सहज र सम्भव तुल्याए, पुटिन र मेदभेदेबको जस्तै आपसी समझदारी कायम गरेर यस्लाई निरन्तरता दिन सके भने त्यो उनीहरु, पार्टी र देशकै लागि फलदायी हुनेछ । देशमा स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउन सक्षम भएको खण्डमा उनीहरुबाट बिगतमा भए गरेका गल्तीहरुलाई नेपाली जनताले क्षमा गर्नेछन र बिस्तारै बिर्सनेछन । बहुसंख्यक नेपाली कहिले पञ्च त कहिले कांग्रेस, अनि कहिले एमाले त कहिले माओबादी र अझ एक समय त झन्डै पुरै राजाबादी बन्नुको स्पस्ट कारण जनताद्धारा कुनै निस्चित बिकल्पका कारण देश अगाडि बढिहाल्छ कि भनी अनुसन्धान र परीक्षण गर्नु हो । जब स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउँछ भने चेत बाबा काशी भैसकेका जनता यता र उता लखर लखर किन भौतारिन्छन र? यस्का लागि जीवनको अन्तिम उकालो लागिरहेको समयमा प्राप्त यो अबसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ नि:स्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी देशमा स्थिरता कायम गर्दै सम्मुन्नत नेपाल बनाउन सक्षम हुन्छन भने राजनीतिक यी दुई हिरो ईतिहासमा राजनीतिक हिराको रुपमा स्थापित हुने कुरामा सन्देह छैन । 

Lokantar published link

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: