Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

नेपाल र बिदेशमा बस्ने नेपाली समुदाय माफियातन्त्रको दलदलमा

Posted by Ram Kumar Shrestha on March 29, 2018


mafia-e1522278302540.jpg

रामकुमार श्रेष्ठ

शायद २०१३ तिर होला विकसित घटनाक्रमतर्फ इंगित गर्दै मैले सामाजिक सन्जालमा नेपालमा त्यस्तै परे माफियातन्त्र

 

Profile Picture

अत्यन्तै डरलाग्दो रुपमा देखा पर्नेछ भनेर लेखेको थिएँ, जुन अहिले सत्य साबित जस्तै भैसकेको छ र यस्लाई अधिकांशले त्यो रुपमा बुझ्न सकिरहेका छैनन । पछिल्लो समय “गाइ काण्ड” जुन रुपमा देखा पर्‍यो त्यो माफियातन्त्रको डरलाग्दो र ज्वलन्त उदाहरण हो । बिदेशमा बस्ने नेपाली बीच पनि माफियातन्त्र सिनेमा शैलीमा अत्यन्तै डरलाग्दो रुपमा देखा परिसकेको छ ।

अपहरण र हत्या मात्रै माफियाको रुप होइन, माफियाले आफ्ना निकृस्ट स्वार्थपूर्तिका खातिर सहीलाई गलत र गलतलाई सही देखाउन अथाह साधन र श्रोतको दुरुपयोग गरेको हुन्छ बिभिन्न रुपमा ।

बिग्रदो राजनीतिक अवस्था, पेशेवारको रुपमा नभएर ब्यापारी र राजनीतिक समूहको आडमा काम गर्ने र बांच्ने अधिकांश पत्रकार र सामाजिक सन्जालमा अत्यन्तै धेरै समय बिताउने नेपाली नेपाल र बिदेशमा बस्ने नेपाली समुदायलाई माफियातन्त्रको दलदलमा फसाउने प्रमुख आधारहरु हुन । मूलत: यी तीन कारणहरुले गर्दा आफ्ना अत्यन्तै निकृस्ट स्वार्थका लागि काम गर्ने ब्यक्ति र समूहले आफ्नो स्वार्थ अनुकूलको अफबाहलाई अत्यन्तै छिटो सनसनीको रुप दिन सफल भैरहेको देखिन्छ ।

माफियामा लाग्ने ब्यक्ति वा समूहको ठुलो कम्जोरी भनेको उनीहरुले प्रयोग गर्ने निर्लज्ज, हल्का, सस्तो लोकप्रियतामा बिक्ने ब्यक्ति र समूह हुन । पर्दा पछाडि बसेर आफ्नो स्वार्थपूर्तिका लागि बिभिन्न किसिमबाट त्यस्ता ब्यक्ति वा संस्थालाई प्रयोग गरेर सफल हुँदाहुँदै उनीहरु असफल यसकारण भैरहेका हुन्छन कि त्यस्ता ब्यक्ति वा संस्था र पर्दा पछाडि बसेर काम गर्ने बीचको अन्तरसम्बन्धलाई सबैले नियालिरहेका हुन्छन । उनीहरुले आफ्नो पकडमा रहेका संचार जगत मार्फत र आफ्नो क्षमताले भ्याउने सम्मान दिलाएर त्यस्ता ब्यक्ति र संस्थालाई माथि उठाउन गर्ने दुस्प्रयास र भ्रस्टाचारीहरुलाई शासनसत्ताको पकडका कारण दिलाइने राष्ट्रियस्तरका पुरस्कारको प्रकृति उस्तै उस्तै हो ।

त्यसैले पर्दा पछाडिबाट काम गर्ने साना ठूला माफियाहरु सबैलाई सबैले चिनेकै हुन्छन र उनीहरुले आफ्ना निकृस्ट स्वार्थ पूर्तिका खातिर अथाह साधन र श्रोत दुरुपयोग गरेर प्राप्त गर्ने क्षणिक सफलता यथार्थमा र दीर्घकालिन रुपमा असफल भैरहेका हुन्छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: