Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हराएका हिरा १: डिल्लीमान दर्जी (डिल्ले दमाई)

Posted by Ram Kumar Shrestha on March 31, 2018


4

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला १)

डिल्लीमान दर्जी (डिल्ले दमाई) लाई पूर्वेली भाकाका सर्जक र लेखकको रुपमा लिने गरिन्छ । राजा महेन्द्रले पूर्व संखुवासभा चैनपुरबाट देश दौडाहाको समयमा रुक्मांगत कटुवाल, अमर गुरुङ लगायत देशभरिका प्रतिभावान व्यक्ति ल्याउने क्रममा डिल्लीमान दर्जीलाई पनि काठमाडौँ ल्याएका थिए । तर बिडम्बना हाम्रो विभेदकारी समाजका कारण राजासंग सिधा सम्बन्ध हुँदा पनि उनी छायाँमा पर्न पुगे । अथाह प्रतिभाका धनी भएर पनि काठमाडौँबाट गाउँ फर्किन वाध्य भए । दम र प्रेसरका रोगी दमाईको चैनपुर १ हिटीडाँडा संखुवासभास्थित आफ्नै निवासमा अप्रिल २०१७ मा ८४ वर्षको उमेरमा उहाँको निधन भयो ।

२०३५ सालमा तत्कालीन राजा वीरेन्द्रले आयोजना गरेको लोकभाका वाद्यवादन प्रतियोगितामा देशभरबाटै दमाईको टोली प्रथम भएको थियो।

नेपथ्य ब्याण्डका अमृत गुरुङले नयाँ गीत सार्बजनिक गर्नु भयो ( कोसीको पानि भन्ने ) जुन गीतको शब्द अमृत गुरुङले डिल्लीमान दर्जीबाटै संकलन गर्नु भएको थियो । यस्लाई युट्युबमा करीब डेढ बर्षमा झन्डै एक मिलियन पटक हेरिएको छ ।

दमाईले लेख्नु भएका ‘कोसीको पानी’, ‘यो जिन्दागानी सललल गइजाने हौ हजुर’ बोलको गीत चर्चित छन । उहाँको यो गीतलाई नेपथ्य ब्यान्डका अमृत गुरुङले प्रयोग गर्नुभएको छ । नेपथ्यकै माध्यमबाट विस्वकै चर्चित स्टेज इङ्ल्यान्डको वेम्ली, सिड्नी, अमेरिका, यूरोपलगायत स्थानमा यो गीत गाइसकिएको छ । पूर्वेली लोकभाका एवं लोकसंस्कृतिका उपासक दमाई गायक, वाद्यवादक र लेखक समेत हुनुहुन्छ ।

EPC

२०१६ को अक्टोबरमा पूर्वीय दर्शन अध्ययन केन्द्रको उदघाटन गर्नु अघि सो केन्द्रमा राखिएका अधिकांश पुस्तकहरु डिल्लीमान दर्जीकै घरमा राखिएको कारण पनि उहाँको घरको ऐतिहासिक महत्व अझै बढेको छ ।

Opening

वास्तविक लोकसंस्कृतिका उपासकलाई सम्मान दिन नसके पनि उहाँका सिर्जना र लोकभाकाप्रतिको योगदानको कदर गर्नुपर्ने छोरा धनबहादुर बर्देवाको भनाइ छ । लोकगीत गायनमा पूर्वाञ्चलमै चर्चित दमाईले वाद्यवादन एवं संगीतकारको परिचय समेत बनाउनुभएको छ ।

Opening2

राज्यले जातीय विभेद हटेको घोषणा गरे पनि गाउँ समाजबाट यसलाई व्यावहारिक रूपमा हटाउन नसकिएको अवस्थामा दुई वर्ष अघिको दसैंमा मुकुन्द खत्री, अशेष शाक्य लगायत युवाको टोलीले दमाईकै हातबाट टीका समेत लगाएको थिए ।

Opening3

Opening4

Ghar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: