Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हराएका हिरा ३: बिदेशीका बीच चर्चित, तर नेपालीका बीच गुमनाम मिलन राई

Posted by Ram Kumar Shrestha on April 18, 2018


(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ३)

८ कक्षा फेल मिलन राई विस्वकै सर्बोत्कृष्ठमध्येका हार्वार्ड विस्वविद्यालयद्धारा लेक्चरका लागि आमन्त्रित र अन्तराष्ट्रिय संचारमा चर्चित हुँदा नेपाली माझ भने गुमनाम छन । उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियान विस्व स्तरीय पत्रिकाहरु गार्जियन, हफिङ्टन पोस्ट, न्यू योर्क टाइम्स, मिरर आदिको प्राथमिकतामा पर्दा हाम्रा संचार जगत या त उन्को बारे थाहा पाउँदैनन या त प्रकाशित गर्न नाफा घाटाको हिसाब गर्दै टाउको कन्याउँछन ।

Milan Rai S

पछिल्लो समय राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त ब्यक्तिहरुका कामहरुको बारेमा अध्ययन गर्ने क्रममा प्राप्त अनौठो जानकारी के पाइयो भने स्कूल र विस्वविद्यालयहरुद्धारा नपत्याइएका र अयोग्य ठहर्याइएका धेरै जना आफूले खोजी गरेको त्यो समूहमा परेको पाइयो । एसएलसी पास नै नगरी राष्ट्रिय स्तरमा नै चर्चित बनेका नेपाली पनि धेरै छन । जुन ब्यक्तिले जुन औपचारिक शिक्षा हासिल गरेको हो सो ब्यक्तिद्धारा लिखित सामग्री उन्ले प्राप्त गरेको औपचारिक शिक्षाभन्दा माथिल्लो स्तरको औपचारिक शिक्षाको पाठ्यक्रममा समाबेश गरिएका उदाहरण हाम्रै नेपालमा पनि छ ।

८ कक्षा फेल मिलन राई विस्वकै सर्बोत्कृष्ठमध्येका हार्वार्ड विस्वविद्यालयद्धारा लेक्चरका लागि आमन्त्रित र अन्तराष्ट्रिय संचारमा चर्चित हुँदा नेपाली माझ भने गुमनाम छन । उनको ‘ह्वाइट बटरफ्लाई’ (सेतो पुतली) अभियान विस्व स्तरीय पत्रिकाहरु गार्जियन, हफिङ्टन पोस्ट, न्यू योर्क टाइम्स, मिरर आदिको प्राथमिकतामा पर्दा हाम्रा संचार जगत या त उन्को बारे थाहा पाउँदैनन या त प्रकाशित गर्न नाफा घाटाको हिसाब गर्दै टाउको कन्याउँछन ।

भूकम्पको समयमा मिलनका गतिबिधिबाट प्रभाबित बिदेशीले उन्का बारे तयार गरेको एउटा बृत्तचित्रका कारण उनी धेरै देशमा चर्चित बन्न पुगे ।

बेल्जियमको ब्रसेल्समा आक्रमण हुँदा त्यहाँ शान्तिको आह्वानमा सेता पुतलीहरू प्रयोग भएका थिए । त्यतिबेला ब्रसेल्सस्थित स्टक एक्सचेन्ज भवनको भित्तामा मिलन राईकै सिर्जनाका पुतली उडाइएको थियो । बेल्जियम मात्र नभएर संसारका ४० वटा मुलुकका बेग्लाबेग्लै भवनमा उन्का पुतली प्रयोग भइसकेका छन् र अझ बढी त्यहाँको सामाजिक अभियानमा त्यस्ले काम गरिरहेको समेत पाईन्छ । युरोपतिरबाट समेत उनको कामको प्रशंसा मात्रै भएन उनीहरूले मिलनसँग पुतली माग्न थाले – स्कटल्यान्ड, बेलायतबाट मागियो भने जर्मनीबाट मिलनलाई निम्ता नै आयो । युरोपका धेरै मुलुकमा पटकपटक बोलाइए उनी ।

मिलनले बोलाइएका देशहरुमा गएर पुतलीको उडान भरिदिए । एउटा प्रतिस्पर्धा मार्फत दक्षिण एशियाबाटै छानिएका उन्लाई हार्वार्ड विस्वविद्यालयका विद्यार्थीहरूसँग अन्तरकृया र उनीहरूलाई लेक्चर दिन उन्लाई बोलाइएयो । उन्को एउटा लेक्चरको लागि पारिश्रमिक बापत उन्ले १,००० डलर पाउँथे ।

भूकम्पपछि काठमाण्डौंमा दुई दिनमा नै ४५ सार्बजनिक शौचालय बनाएका मिलनले मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा समेत शौचालय बनाउने काम मात्रै गरेनन सिन्धुपाल्चोकमा १० कोठे स्कूल पनि बनाइदिए । सात कक्षा मात्रै पास मिलन बिस्वमा चर्चित कसरी बन्न पुगे भन्ने बिषयमा जानकारी छैन भने हेर्नुस् यो भिडियो:

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

 
%d bloggers like this: