Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for May, 2018

सुष्माले माफी माग्दासम्म पनि नेपाली राजनीति टोलाएको टोलायै

Posted by Ram Kumar Shrestha on May 30, 2018

सरकारको दायित्व देश बिकास मात्रै नभएर राष्ट्रियताको प्रतिरक्षा पनि उत्तिक्कै महत्वको हुनुपर्छ । हामीकहाँ दुबै पाटो अत्यन्तै कम्जोर छ । यस्तो संबेदनशील बिषयमा सरकार र प्रतिपक्ष टोलाएर जोखना हेर्दाहेर्दै नेपाली जनस्तरबाट हुन थालेको ब्यापक बिरोधको भेउ स्वराजले भने पाइहालिन र क्षमा याचना गर्न ढिलाई गरिनन । सत्तापक्ष र प्रतिपक्ष कसैलाई पनि यस्ले खासै टाउको नदु:खे पनि नेपाली जनता तात्तिन थालेपछि सामाजिक सन्जालमा अनेकन कार्टून र गाली गलौजको बर्षात हुन सक्ने कुरामा उनी अनभिज्ञ नभएकोले क्षमा याचना गर्नमा उन्ले ढिलाई गरिनन ।

भूपि शेरचनका क्यारेमा बोर्डका गोटीहरुको चलखेल बढी भएकाहरुका बीच बांच्नु पर्ने बाध्यताका कारण भूपि शेरचनले भने जस्तै बहादुरीपूर्ण ईतिहास बोकेको इतिहासमा शंका गर्न बिबस छौं बर्तमानका हामीहरु ।

महात्मा गान्धीको भूमि नै आफूहरुलाई प्रयाप्त; पशुपतिनाथ, जानकी र बुद्ध जन्मेको नेपाली भूमि कुनैपनि हालतमा भारतले नहडप्ने भनेर २०१४ सालमा भन्ने भारतीय विदेश मन्त्री सुष्मा स्वराजले २ दिन अघिको बिदेश मन्त्रालयमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा भने भारतको पहिलो प्रधानमन्त्री नरेन्द्र मोदी, जस्ले अमेरिकाको मेडिसनदेखि जनकपुर मैदानसम्म पुगेर लाखौंं भारतीय समुदायलाई संबोधन गरेर ऐतिहासिक काम गरेको भनाइप्रति नेपाली जनस्तरबाट ब्यापक बिरोध भएपस्चात सोही दिन ट्विट मार्फत उक्त भनाइ भएको ३२ सेकेण्डको सानो भिडिओ पोस्टिङ् गरी पत्रकार सम्मेलनमा बोलिएको उक्त भनाइप्रति क्षमा यचना गरेकी छिन् This was a mistake on my part. I sincerely apologise for this. लेखेर ।

Sushma apology

शुरुमा उन्ले १ घण्टा २७ मिनेट २७ सेकेण्डको भिडिओ ट्विट गरेकी छिन् India’s Foreign policy – 2018. लेखेर । ठूलो पत्रिकाको रुपमा मानिने नेपाली पत्रिकाले समेत स्वराजले माफी मागेको ट्विटलाई समाचार बनाएर प्रकाशित गरेको, तर त्यस्लाई पछि हटाएको समेत पाइएको छ । शायद समाचार सुनेको भरमा प्रकाशित गरियो, तर ट्विटमा क्षमा याचना गरिएको ट्विट नभेटेपछि समाचार हटाइयो । वास्तबमा पत्रकार सम्मेलन गर्दाको लामो भिडिओ ट्विटलाई Pin गरिएकोले उन्ले उक्त दिन गरेकी छ: ट्विट (४ ट्विट र २ रिट्विट) मध्ये सबैभन्दा माथि छ र क्षमा याचना गरिएको ट्विट रिट्विट गरिएको २ वटाको तल भएकोले पत्रकार झुक्किएको हुन सक्छ । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध, समाचार | Tagged: , | Leave a Comment »

टेरिया जस्तै भाईरल बनिरहेका अशोक दर्जीको पहिलो गीत सार्वजनिक

Posted by Ram Kumar Shrestha on May 10, 2018

नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् झापा दमकका अशोक दर्जी । दर्जीले बाटो, होटलमा दिनभर गीत गाउँदै नाजुक अवस्थामा हिडिरहेको डिजे रुपक सापकोटाले भेटेपछि त्यस्तो अवस्थाभित्र देखिएको कलाकारितालाई फेसबुक मार्फत सार्वजनिक गरेपछि बिस्तारै सामाजिक सन्जालमा भाईरल बन्न पुगे लुकेको बाल कलाकार दर्जी । र आज रुपक सापकोटा अशोकको रुपक दादा मात्रै नभएर धेरैले कर्म दिने बुवाको रुपमा पनि लिने गर्छन् ।

Ashok Darji

 

हालै मात्रै दर्जीले आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । काठमाडौं पुतलीसडकस्थित स्टुडियोमा रेकर्डिङ्ग गराएका बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ ।

Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , , , , , , | Leave a Comment »

 
%d bloggers like this: