Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for June, 2018

हराएका हिरा ४: चार आधुनिक “अरनिको” जापानबाट विस्व ईतिहास रच्दै

Posted by Ram Kumar Shrestha on June 25, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ४)

Aranikoयुनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति कुदने सात बर्षे ऐतिहासिक परियोजनामा चार नेपाली कालिगढहरु बिगत दुई बर्षदेखि लागिरहेका छन । यो परियोजनाको नेतृत्व गरिरहेका विस्वप्रसिद्ध र नेपालका हामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् , तर राज्य यसरी विस्व ईतिहास रचेर राष्ट्रिय गरिमा बढाउने काम गरिराखेका नेपालीप्रति सोच्नुलाई दायित्व ठान्ला त भन्ने प्रश्नको सकारत्मक जबाफ शायदै आउला । यही हो हाम्रो बिडम्बना!

युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति कुदने काममा चार नेपाली कालिगढहरु बिगत दुई बर्षदेखि लागिरहेका छन । जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बन्दै गरेको यो परियोजनाको लागि अब अरु पाँच बर्ष लाग्नेछ । सात मूर्तिहरु हुनेछन यो परियोजना अन्तर्गत । यो ऐतिहासिक कार्यलाई पूर्णता दिने जिम्मेवारी पाएका छन चार नेपाली मूर्तिकारहरु – काभ्रेका सानुभाइ विस्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित, मोरङ टांडीका गणेश बान्तवा राई र यो कार्यलाई नेतृत्व गरिराख्नु भएको मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी र यो कार्यका लागि टासी वाङ्दी लामाले मैनेजरको रुपमा काम गरिराखेका छन ।

कामिआमाकुसा शहरबाट १५ किलोमिटरमा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खटिरहेका छन उनीहरु । सन् २०१६ को सेप्टेम्बरबाट शुरु गरिएको बिशाल मूर्ति (६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति) निर्माण अभियान ५ बर्षमा सकाएर यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाउने र विस्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध, समाचार | Leave a Comment »

 
%d bloggers like this: