Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हराएका हिरा ४: चार आधुनिक “अरनिको” जापानबाट विस्व ईतिहास रच्दै

Posted by Ram Kumar Shrestha on June 25, 2018


(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ४)

Aranikoयुनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति कुदने सात बर्षे ऐतिहासिक परियोजनामा चार नेपाली कालिगढहरु बिगत दुई बर्षदेखि लागिरहेका छन । यो परियोजनाको नेतृत्व गरिरहेका विस्वप्रसिद्ध र नेपालका हामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् , तर राज्य यसरी विस्व ईतिहास रचेर राष्ट्रिय गरिमा बढाउने काम गरिराखेका नेपालीप्रति सोच्नुलाई दायित्व ठान्ला त भन्ने प्रश्नको सकारत्मक जबाफ शायदै आउला । यही हो हाम्रो बिडम्बना!

युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति कुदने काममा चार नेपाली कालिगढहरु बिगत दुई बर्षदेखि लागिरहेका छन । जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बन्दै गरेको यो परियोजनाको लागि अब अरु पाँच बर्ष लाग्नेछ । सात मूर्तिहरु हुनेछन यो परियोजना अन्तर्गत । यो ऐतिहासिक कार्यलाई पूर्णता दिने जिम्मेवारी पाएका छन चार नेपाली मूर्तिकारहरु – काभ्रेका सानुभाइ विस्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित, मोरङ टांडीका गणेश बान्तवा राई र यो कार्यलाई नेतृत्व गरिराख्नु भएको मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी र यो कार्यका लागि टासी वाङ्दी लामाले मैनेजरको रुपमा काम गरिराखेका छन ।

कामिआमाकुसा शहरबाट १५ किलोमिटरमा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा दैनिक ८ घण्टा खटिरहेका छन उनीहरु । सन् २०१६ को सेप्टेम्बरबाट शुरु गरिएको बिशाल मूर्ति (६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति) निर्माण अभियान ५ बर्षमा सकाएर यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाउने र विस्व सम्पदा सुचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ ।

जापानी व्यापारी ओसिमा सिजुकीको ३० बर्ष अगाडिको परिकल्पना हो पहरामा यसरी विशाल बुद्ध मूर्ति निर्माण गर्ने । मितेरीसहितका ४ नेपाली मूर्तिकारहरुले जापानमा बुद्धको मूर्ति निर्माणको ३५ प्रतिशत काम सकेको र पाँच बर्षमा सकाउने लक्ष छ ।

जापानी पहरोमा बुद्धको मूर्ति बनाएको देखेका जापानीहरुले अन्य स्थानमा झन ठूला मूर्ति बनाउने प्रस्ताव समेत ल्याइरहेका छन ।

बुद्ध जन्मस्थलबारे भ्रम निवारण पनि गर्दै
जापानमा सरकारी अधिकारीको आतिथ्यतामा दाताले मूर्ति निर्माण अभियानको उद्घाटन आयोजना गरेको भव्य कार्यक्रममा मञ्जुल दौरा–सुरुवाल र पाल्पाली टोपीमा ठाँटिएर जाँदा उन्लाई थाहा भयो नेपाली पोसाक र बुद्ध नेपालमा जन्मिएकाबारे धेरै जापानीलाई थाहै रहेनछ । प्रदर्शनीमा राखिएका तथा त्यहाँ लेखिएका सामग्रीमा बुद्ध भारतमा जन्मिएको र भारतका हुन् भन्ने उल्लेख थियो । लुम्बिनी भारतमा पर्छ भनेर भारतीय प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि खिन्न भए पनि मञ्जुलले आफ्नो बोल्ने पालोमा बुद्धसम्बन्धी तथ्यहरू प्रस्तुत गरे र बुद्ध नेपालमा जन्मिएका र नेपालका हुन् भनेर सच्याउने काम गराए ।

उनीहरू जापानमा बुद्धको मूर्ति मात्रै बनाइरहेका छैनन्, जहाँ जान्छन् बुद्ध नेपालमा जन्मिएका र उनको जन्मस्थान लुम्बिनी हो भनेर जानकारी गराउँछन् ।

यसरी बिदेशीहरु धेरै धन राशी खर्च गरेर विस्व संपदा सूचिमा पार्न प्रयास गरिरहेका छन भने हाम्रो देशमा विस्व संपदा सूचिमा पार्न लायकका संपदाहरु धेरै छन अझै र पनि UNESCO को महानिर्देशक नेपाल आएको बेलामा अलिकति गृहकार्य गरेर मौकाको फायदा लिन समेत लागेको देखिएन ।

विस्वप्रसिद्ध र नेपालका महामानवहरुका विभिन्न २०० मूर्ति बनाइसकेको मितेरी नेपाल आएर बाँकी ८०० मूर्ति बनाएर १००० मूर्ति राज्यलाई हस्तान्तरण गर्ने सोचमा छन् , तर राज्य यसरी विस्व ईतिहास रचेर राष्ट्रिय गरिमा बढाउने काम गरिराखेका नेपालीप्रति सोच्नुलाई दायित्व ठान्ला त भन्ने प्रश्नको सकारत्मक जबाफ शायदै आउला । यही हो हाम्रो बिडम्बना!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: