Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for July, 2018

सिंगापुर र हेल्सिन्की शिखर बार्ताको महत्व के?

Posted by Ram Kumar Shrestha on July 20, 2018

रुसी रास्ट्रपति गोर्बाच्योभ र अमेरिकी रास्ट्रपति रेगनको कार्यकालमा भएको शितयुद्धको अन्त्यपस्चात सोभियत संघ टुक्रा टुक्रा भएर कम्जोर भयो भने यो शिखरबार्तापस्चात रसियाले विस्वका सामू आफूलाई थप शक्तिशाली बनाएर अगाडि बढन सक्ने संभावना देखिन्छ । विस्वकै दुई शिर्ष नेताहरुका बीच दुई घण्टा गोप्य रुपमा कुराकानी भएको र कुराकानीका कतिपय बिषयबस्तु सार्वजनिक नगरिएको आशंका गरिएको सन्दर्भमा विस्व कुटनीति र विस्व ब्यापार नयाँ धारबाट अगाडि बढ्यो भने पनि आस्चर्य नहुन सक्छ शिखरबार्ताकै वरिपरि गरिएका उच्चस्तरीय भेटघाटका परिणामहरुलाई नियाल्दा । मूल कुरा बिभिन्न किसिमबाट देखा परेका डरलाग्दो संभाबित युद्धको संभावनालाई टारेर विस्वका जनतालाई एक किसिमको ढुक्कको जीवन यापनको अबसर प्रदान गरिदिएको छ सिंगापुर र हेल्सिन्की शिखरबार्ताले ।

2

रामकुमार श्रेष्ठ

Profile Pictureअमेरिकी रास्ट्रपति ७२ बर्षिय ट्रम्प र उत्तर कोरियाली रास्ट्रपति  ३५ बर्षिय किम बीच भएको सिंगापुर शिखरबार्ता अघि अमेरिकी रास्ट्रपति ट्रम्पप्रति अमेरिकाको बर्तमान प्रतिपक्षीको मात्रै नभएर अधिकांश विस्व जनमतको धारणा नकारात्मक देखिन्थ्यो र उन्लाई अण्डरइस्टिमेट गर्ने गरिन्थ्यो । यस्को मूल कारण थियो उन्को र उत्तर कोरियाका राष्ट्रपतिका बीच हुने तेश्रो विस्वयुद्ध नै निम्त्याउने हो कि भन्ने किसिमका सार्बजनिक रुपमा नै देखा पर्ने  डरलाग्दो वाकयुद्ध । सिंगापुर शिखरबार्तामा कुनै पनि ठूला निर्णय सहितका सम्झौता भएनन, तर यस्ले दुई नेता बीच सार्वजनिक रुपमा देखा पर्ने डरलाग्दा वाकयुद्धको अन्त्य गर्ने गरी सम्बन्ध सामान्यीकरण गर्दै आगामी दिनमा थप भेटघाटको ढोका खोलेका कारण यस्ले अमेरिकी राष्ट्रपति ट्रम्पप्रतिको धारणामा परिवर्तन ल्यायो भने उचाइलाई ह्वात्तै माथि उठाइदियो ।

नोभेम्बर २०१४ मा ब्रिस्बनमा भएको जी-२० शिखर बार्तामा अस्ट्रेलिया र पस्चिमेली मुलुकहरुले विस्वका शक्तिशाली नेता रुसी रास्ट्रपति पुटिनप्रति देखाएको व्यबहारको खासै सभ्य उपलब्धी त केही भएन नै, तर विस्वका दुई शक्तिशाली नेताहरुका बीच हुने हेल्सिन्की शिखर बार्तासम्म आइपुग्दा रास्ट्रपति पुटिनले मौनतापूर्बक आफ्नो स्थितिलाई विस्वमा निकै मजबुत बनाइसकेका छन भने पस्चिमेली मुलुकहरुका बीच बिभिन्न दरारहरु देखा परेका छन ।

विस्वका दुई शक्तिशाली नेताहरुका बीच हुने यो शिखर बार्तामा विस्वमा भएका १६,००० पारमाणविक हतियारको ९०% को स्वामित्व राख्ने यी दुई देशका बीच त्यस्लाई कटौति गर्ने किसिमका संझौता भैदिए हुन्थ्यो भन्ने आशा राख्नु अस्वाभाबिक र असान्दर्भिक होइन एउटा आणविक एबं पारमाणविक भट्टी बनाएर त्यस्को नियमित खर्च धान्न लाग्ने खर्चले लाखौंको जीवनमा कायापलट ल्याउन सकिने भएकोले, तर अहिलेसम्ममा त्यस्ता धेरै संझौता भए तापनि कुनैको पनि कार्यान्वयन भएको छैन । अमेरिकी राष्ट्रपतिका हैसियतमा अमेरिकाका पूर्व रास्ट्रपति ओबामाद्धारा अध्यक्षता गरिएको राष्ट्र संघको सुरक्षा परिषदको एउटा महत्वपूर्ण बैठकले हातहतियार कटौति बिषयमा महत्वपूर्ण निर्णयहरु पनि गर्‍यो । अमेरिकी राष्ट्रपतिकै हैसियतमा ओबामाले अमेरिकाभित्र हुने गरेका बारंबारका बिभिन्न हत्याहरुको नियन्त्रणको प्रयासका लागि अमेरिकामा ‘गन कन्ट्रोल’ प्रस्ताबलाई पारित गर्न नसकेपछि उन्ले गला अबरुद्ध गर्दै बोल्न समेत परेको थियो प्रस्ताब पारित गर्न नसकेपछि । त्यसैले हातहतियार कटौति सम्झौता कार्यन्वयनलाई नेपालमा आषाढ महिनामा गरिने अथाह सरकारी खर्चसंग तुलना गर्नु असान्दर्भिक नहोला । यस्को अर्थ के होइन भने बुद्धिजीवि र मानब अधिकारबादीहरुले यसबारे बोल्दै नबोलुन । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

पुतली बाजेलाई नेपाली नागरिकता दिन ढिलाइ किन?

Posted by Ram Kumar Shrestha on July 14, 2018

५२ वर्ष नेपाल बसाइमा ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका कोलिन फिलिप स्मिथले ५५० जातिका पुतली संकलन गरी त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटाका शिक्षक समेत भएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु भएकोले नेपाली नागरिकताका लागि धेरै प्रयास गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ, तर पुतली बाजे ५२ वर्ष नेपाल बसेर नेपालको यत्ति धेरै उल्लेखनीय सेवा गरेर पनि नागरिकता पाउन सकेका छैनन् । उन्लाई राज्यले या त विधिपूर्वक अंगीकृत या त अनररी नागरिकता यथासक्य छिटो सम्मानपूर्बक उपलब्ध गराएर उनको यो अन्तिम इच्छा पुरा गरिदिनु पर्छ ।

विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका कोलिन फिलिप स्मिथले पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएरपस्चात गोर्खाको स्कुलमा पढाउने क्रममा उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाए । गोरखामा २ बर्ष पढाएर उनी फेरी पोखरा फर्के र केही बर्ष पृथ्बी नारायण क्याम्पसमा अध्यापन गरे ।

Putali Baje

सानैदेखि पुतलीप्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आएदेखि नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतलीको अनुषन्धान र खोजमा लागे । ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका उन्ले ५५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।

Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , | Leave a Comment »

कांग्रेसका उदाहरणीय नेता बने राजीवविक्रम शाह ५ करोडको नीजि खर्चमा जाजरकोमा अस्पताल निर्माण गरेर

Posted by Ram Kumar Shrestha on July 13, 2018

शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । बर्तमान चुनावमा पराजय भोग्न परे पनि व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु भयो । जनताको चाहना यही हो कि नेताहरुले चुनावका बेला आफूले जाहेर गरेका प्रतिबद्धता पुरा गरुन । यदि प्रत्येक नेताले चुनाबताका आफूले जनता सामू जाहेर गरेका प्रतिबद्धता पुरा गरेका हुन्थे भने नेपालको रुप बिल्कुलै फरक भैसकेको हुन्थ्यो ।

कांग्रेस नेता पूर्व सांसद राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको छेडागाड नगरपालिका—५ थलबजार नजिकै दुर्गम गाउँ दशेराको बडावनमा २५ शैय्याको अस्पताल शिलान्यास गरिएको ६ महिनापछि अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छन । शाहले कुमारी ट्रस्ट मार्फत ५ करोड रुपैयाको लगानीमा अस्पताल निर्माण गर्नु भएको हो । जाजरकोटका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण थालेको हुन ।

Rajeev Bikram Shah

शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । बर्तमान चुनावमा पराजय भोग्न परे पनि व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु भयो । जनताको चाहना यही हो कि नेताहरुले चुनावका बेला आफूले जाहेर गरेका प्रतिबद्धता पुरा गरुन । यदि प्रत्येक नेताले चुनाबताका आफूले जनता सामू जाहेर गरेका प्रतिबद्धता पुरा गरेका हुन्थे भने नेपालको रुप बिल्कुलै फरक भैसकेको हुन्थ्यो । Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: