Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

कांग्रेसका उदाहरणीय नेता बने राजीवविक्रम शाह ५ करोडको नीजि खर्चमा जाजरकोमा अस्पताल निर्माण गरेर

Posted by Ram Kumar Shrestha on July 13, 2018


शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । बर्तमान चुनावमा पराजय भोग्न परे पनि व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु भयो । जनताको चाहना यही हो कि नेताहरुले चुनावका बेला आफूले जाहेर गरेका प्रतिबद्धता पुरा गरुन । यदि प्रत्येक नेताले चुनाबताका आफूले जनता सामू जाहेर गरेका प्रतिबद्धता पुरा गरेका हुन्थे भने नेपालको रुप बिल्कुलै फरक भैसकेको हुन्थ्यो ।

कांग्रेस नेता पूर्व सांसद राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको छेडागाड नगरपालिका—५ थलबजार नजिकै दुर्गम गाउँ दशेराको बडावनमा २५ शैय्याको अस्पताल शिलान्यास गरिएको ६ महिनापछि अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुर्याएका छन । शाहले कुमारी ट्रस्ट मार्फत ५ करोड रुपैयाको लगानीमा अस्पताल निर्माण गर्नु भएको हो । जाजरकोटका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण थालेको हुन ।

Rajeev Bikram Shah

शाहले २०७० सालको निर्वाचनको क्रममा जाजरकोटी जनतासँग अस्पताल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । बर्तमान चुनावमा पराजय भोग्न परे पनि व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको बाचा पुरा गर्नु भयो । जनताको चाहना यही हो कि नेताहरुले चुनावका बेला आफूले जाहेर गरेका प्रतिबद्धता पुरा गरुन । यदि प्रत्येक नेताले चुनाबताका आफूले जनता सामू जाहेर गरेका प्रतिबद्धता पुरा गरेका हुन्थे भने नेपालको रुप बिल्कुलै फरक भैसकेको हुन्थ्यो ।

अस्पताल भवन निर्माणमा स्टिल स्ट्रक्चर प्रविधिको प्रयोग गरिएको छ । २५ शौयाको अस्पताल भवनका साथै डाक्टर र स्टाफहरुको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गरिएको छ । माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । भुकुम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ । अस्पताल संचालनमा आएपछि जाजरकोटका साथै पश्चिम सल्यान र पूर्वी सुर्खेतका जनताले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने छन ।

शाहले संसदको तलव भत्ता पनि लिनु भएन जुन गरिव तथा विपन्न जनताको लागि खर्च गरी सांसद भएको अवधिमा समस्या परेका नागरिकका सहयोगमा करिव ६० लाख रुपैया खर्च गर्नु भएको थियो । पूर्व सांसद शाहले जाजरकोटको पूर्वाधार निर्माण, जनशक्ति उत्पादन, शिक्षा, स्वास्थ्यमा बढ्ता फोकस दिनु भएको थियो । गाउँ गाउँलाई सडक संजालले जोडनु भयो ।

विद्यालयको भवन निर्माणदेखि विद्यार्थीको लागि प्राथमिक उपचारसहितको किटवक्स पनि उपलव्ध गराउनु भएको थियो शाहले । जनतालाई सुख दु:खको वेला साथ दिदै आएका शाहले भगवतीमा पहिरो जाँदा, दशेरामा बम विस्फोट हुँदा, गाडी दुर्घटना हुँदा, झाडापखालाको महामारी फैलदा पनि सहयोग पुर्याउँदै आएका पूर्व सांसद शाहले सुत्केरी हुन नसकेर जोखिममा परेका महिलालाई तत्काल बचाउनु पर्ने अवस्था आउँदा नीजि खर्चमा हेलिकप्टेरबाट उद्धार समेत गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: