Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

पुतली बाजेलाई नेपाली नागरिकता दिन ढिलाइ किन?

Posted by Ram Kumar Shrestha on July 14, 2018


५२ वर्ष नेपाल बसाइमा ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका कोलिन फिलिप स्मिथले ५५० जातिका पुतली संकलन गरी त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटाका शिक्षक समेत भएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु भएकोले नेपाली नागरिकताका लागि धेरै प्रयास गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ, तर पुतली बाजे ५२ वर्ष नेपाल बसेर नेपालको यत्ति धेरै उल्लेखनीय सेवा गरेर पनि नागरिकता पाउन सकेका छैनन् । उन्लाई राज्यले या त विधिपूर्वक अंगीकृत या त अनररी नागरिकता यथासक्य छिटो सम्मानपूर्बक उपलब्ध गराएर उनको यो अन्तिम इच्छा पुरा गरिदिनु पर्छ ।

विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका कोलिन फिलिप स्मिथले पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएरपस्चात गोर्खाको स्कुलमा पढाउने क्रममा उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाए । गोरखामा २ बर्ष पढाएर उनी फेरी पोखरा फर्के र केही बर्ष पृथ्बी नारायण क्याम्पसमा अध्यापन गरे ।

Putali Baje

सानैदेखि पुतलीप्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आएदेखि नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतलीको अनुषन्धान र खोजमा लागे । ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका उन्ले ५५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।

त्यसबेला यातायातको सुविधा अहिलेजस्तो नभएकोले धेरै बिकट ठाउँहरुमा उनी हिँडेरै पुगे । पर्यावरणमा स–साना जीवको ठूलो महत्व हुने भएकाले पुतली अध्ययन र संकलन अभियान थालेका उनले ३० वटा पुतलीकै विषयमा र तीन वटा झ्याउँकिरीको बारेमा पुस्तक प्रकाशित गरिसकेका छन् । पुतलीका पुस्तकहरू अधिकांश नेपालकै अनुसन्धानका क्रममा पत्ता लगाएका पुतलीहरूको बारेमा नै छन । सन १९८९ मा ‘बटरफरलाइज अफ नेपाल इन सेन्टरल हिमालय’ नामकको पुस्तक पहिलो कृति थियो उनको । लोपोन्मुख अवस्थामा रहेको पुतलीमा खोजी गरिरहेको र बाँकी जिल्लामा पुगेर थप अध्ययन गर्ने योजना छ उन्को । पछिल्लो समय उनले पुतली संकलन छाडेर डिजिटल क्यामेरामार्फत विभिन्न जिल्लाका पुतलीहरूको तस्बिर संकलन गरिरहेका छन् । ती खिचिएका पुतलीका तस्बिरहरूलाई पुस्तकमा उतार्ने उनले सोंच छ ।

कतिपय विदेशीले नेपालका पुतली संकलन गरी विदेश लगेको आरोप उनी लगाउँछन् । पुतलीबारे खोज र संकलन गर्दै उनले आफ्नो जीवनको आधा शतकभन्दा बढी समय नेपालमै खर्चिसकेका छन् । ८१ बर्षको उमेरमा पनि उनी पुतलीकै अनुषन्धानमा लागिरहेका छन् । अहिले पनि उनी एउटा गैरसरकारी संस्था लिबर्डमा स्वयंसेवा गरिरहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ लामागाउँस्थित टिनले छाएको सानो एक कोठे घरमा बस्ने ५२ वर्ष नेपालमै बिताएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु हो । नेपाली नागरिकताका लागि धेरै प्रयास गरे पनि नपाउँदा उनी खिन्न छन् ।

नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ, तर पुतली बाजे ५२ वर्ष नेपाल बसाइमा नेपालको यत्ति धेरै उल्लेखनीय सेवा गरेर पनि नागरिकता पाउन सकेका छैनन् । उन्लाई राज्यले या त विधिपूर्वक अंगीकृत या त अनररी नागरिकता यथासक्य छिटो सम्मानपूर्बक उपलब्ध गराएर उनको यो अन्तिम इच्छा पुरा गरिदिनु पर्छ । दिइनु नपर्ने हजारौंलाई नागरिकता दिन सक्ने देशले देशको लागि ठुलो योगदान दिनेलाई प्रचलित कानून मुताबिक स-सम्मान नागरिकता उपलब्ध गराउनमा समस्या केले किन पारिरहेछ? यस्तो कदापी हुनु हुँदैन ।

अंगीकृत नागरिकता दिन मन्त्रिपरिषदको निर्णय आबस्यक नपर्नु पर्ने हो, अनररी नागरिकता सरकारी स्तरबाट दिनको लागि मात्रै त्यो स्तरको निर्णय आबस्यक पर्नुपर्ने हो । गणतन्त्र आइसकेपछि पनि हरेक कुराको निर्णय केन्द्रबाट गर्ने परिपाटीले अगाडि बढन सकिन्न ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: