Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

सिंगापुर र हेल्सिन्की शिखर बार्ताको महत्व के?

Posted by Ram Kumar Shrestha on July 20, 2018


रुसी रास्ट्रपति गोर्बाच्योभ र अमेरिकी रास्ट्रपति रेगनको कार्यकालमा भएको शितयुद्धको अन्त्यपस्चात सोभियत संघ टुक्रा टुक्रा भएर कम्जोर भयो भने यो शिखरबार्तापस्चात रसियाले विस्वका सामू आफूलाई थप शक्तिशाली बनाएर अगाडि बढन सक्ने संभावना देखिन्छ । विस्वकै दुई शिर्ष नेताहरुका बीच दुई घण्टा गोप्य रुपमा कुराकानी भएको र कुराकानीका कतिपय बिषयबस्तु सार्वजनिक नगरिएको आशंका गरिएको सन्दर्भमा विस्व कुटनीति र विस्व ब्यापार नयाँ धारबाट अगाडि बढ्यो भने पनि आस्चर्य नहुन सक्छ शिखरबार्ताकै वरिपरि गरिएका उच्चस्तरीय भेटघाटका परिणामहरुलाई नियाल्दा । मूल कुरा बिभिन्न किसिमबाट देखा परेका डरलाग्दो संभाबित युद्धको संभावनालाई टारेर विस्वका जनतालाई एक किसिमको ढुक्कको जीवन यापनको अबसर प्रदान गरिदिएको छ सिंगापुर र हेल्सिन्की शिखरबार्ताले ।

2

रामकुमार श्रेष्ठ

Profile Pictureअमेरिकी रास्ट्रपति ७२ बर्षिय ट्रम्प र उत्तर कोरियाली रास्ट्रपति  ३५ बर्षिय किम बीच भएको सिंगापुर शिखरबार्ता अघि अमेरिकी रास्ट्रपति ट्रम्पप्रति अमेरिकाको बर्तमान प्रतिपक्षीको मात्रै नभएर अधिकांश विस्व जनमतको धारणा नकारात्मक देखिन्थ्यो र उन्लाई अण्डरइस्टिमेट गर्ने गरिन्थ्यो । यस्को मूल कारण थियो उन्को र उत्तर कोरियाका राष्ट्रपतिका बीच हुने तेश्रो विस्वयुद्ध नै निम्त्याउने हो कि भन्ने किसिमका सार्बजनिक रुपमा नै देखा पर्ने  डरलाग्दो वाकयुद्ध । सिंगापुर शिखरबार्तामा कुनै पनि ठूला निर्णय सहितका सम्झौता भएनन, तर यस्ले दुई नेता बीच सार्वजनिक रुपमा देखा पर्ने डरलाग्दा वाकयुद्धको अन्त्य गर्ने गरी सम्बन्ध सामान्यीकरण गर्दै आगामी दिनमा थप भेटघाटको ढोका खोलेका कारण यस्ले अमेरिकी राष्ट्रपति ट्रम्पप्रतिको धारणामा परिवर्तन ल्यायो भने उचाइलाई ह्वात्तै माथि उठाइदियो ।

नोभेम्बर २०१४ मा ब्रिस्बनमा भएको जी-२० शिखर बार्तामा अस्ट्रेलिया र पस्चिमेली मुलुकहरुले विस्वका शक्तिशाली नेता रुसी रास्ट्रपति पुटिनप्रति देखाएको व्यबहारको खासै सभ्य उपलब्धी त केही भएन नै, तर विस्वका दुई शक्तिशाली नेताहरुका बीच हुने हेल्सिन्की शिखर बार्तासम्म आइपुग्दा रास्ट्रपति पुटिनले मौनतापूर्बक आफ्नो स्थितिलाई विस्वमा निकै मजबुत बनाइसकेका छन भने पस्चिमेली मुलुकहरुका बीच बिभिन्न दरारहरु देखा परेका छन ।

विस्वका दुई शक्तिशाली नेताहरुका बीच हुने यो शिखर बार्तामा विस्वमा भएका १६,००० पारमाणविक हतियारको ९०% को स्वामित्व राख्ने यी दुई देशका बीच त्यस्लाई कटौति गर्ने किसिमका संझौता भैदिए हुन्थ्यो भन्ने आशा राख्नु अस्वाभाबिक र असान्दर्भिक होइन एउटा आणविक एबं पारमाणविक भट्टी बनाएर त्यस्को नियमित खर्च धान्न लाग्ने खर्चले लाखौंको जीवनमा कायापलट ल्याउन सकिने भएकोले, तर अहिलेसम्ममा त्यस्ता धेरै संझौता भए तापनि कुनैको पनि कार्यान्वयन भएको छैन । अमेरिकी राष्ट्रपतिका हैसियतमा अमेरिकाका पूर्व रास्ट्रपति ओबामाद्धारा अध्यक्षता गरिएको राष्ट्र संघको सुरक्षा परिषदको एउटा महत्वपूर्ण बैठकले हातहतियार कटौति बिषयमा महत्वपूर्ण निर्णयहरु पनि गर्‍यो । अमेरिकी राष्ट्रपतिकै हैसियतमा ओबामाले अमेरिकाभित्र हुने गरेका बारंबारका बिभिन्न हत्याहरुको नियन्त्रणको प्रयासका लागि अमेरिकामा ‘गन कन्ट्रोल’ प्रस्ताबलाई पारित गर्न नसकेपछि उन्ले गला अबरुद्ध गर्दै बोल्न समेत परेको थियो प्रस्ताब पारित गर्न नसकेपछि । त्यसैले हातहतियार कटौति सम्झौता कार्यन्वयनलाई नेपालमा आषाढ महिनामा गरिने अथाह सरकारी खर्चसंग तुलना गर्नु असान्दर्भिक नहोला । यस्को अर्थ के होइन भने बुद्धिजीवि र मानब अधिकारबादीहरुले यसबारे बोल्दै नबोलुन ।

हेल्सिन्की शिखरबार्ता अघि रास्ट्रपति ट्रम्पले खासै ठुलो नभएर निम्नतम अपेक्षा राखेको, रसियालाई जी-८ मा पुन: ल्याइनुपर्ने अभिब्यक्ति दिएको, पुटिनलाई शत्रु नभएर प्रतिस्पर्धी भनेको, यूरोपियन युनियनलाई प्रतिस्पर्धी/दुस्मन र चीनलाई ब्यापारिक प्रतिस्पर्धी भनेको र जर्मन चान्सलर र वेलायती महारानी र प्रधानमन्त्रीसंगको भेटघाटका परिणामहरुलाई अन्तरसम्बन्धित बनाएर हेरिनुपर्ने हुन्छ हेल्सिन्की शिखरबार्ताको समग्र परिणामलाई बिस्लेषण गर्दा ।

फोर्बस मागाजिनले २०१८ को विस्वको ७६६ औं धनीको सूचिमा पारेको ठूला ब्यापारी र र टेलिभिजन पत्रकारको रुपमा आफ्नो परिचय स्थापित गरेपछि विस्वकै शिर्ष नेताको रुपमा आफ्नो परिचय बनाएका बर्तमान अमेरिकी रास्ट्रपति ट्रम्पलाई हेल्सिन्की शिखरबार्ता अघि रुसी टेलिभिजन आरटीको समसामयिक विस्वस्तरीय कार्यक्रम क्रसटल्कमा प्रिज्मसंग तुलना गरेको थियो । र, भेटघाटमा ब्यापारको बिषयले महत्व पाउन सक्नेतर्फ संकेत गरिएको थियो ।

हेल्सिन्कीको राष्ट्रपतिय भवनमा विस्वका दुई शिर्ष नेताहरु दुई घण्टा गोप्य रुपमा कुराकानी गरेपस्चात देखा परेको प्रेस कन्फेरेन्समा रास्ट्रपति ट्रम्पले मिटिङलाई रचनात्मक र लामो यात्राको पहिलो कदम नाम दिए भने रास्ट्रपति पुटिनले पहिलो महत्वपूर्ण कदम । अमेरिकी रास्ट्रपति चुनावको समयमा रुसमाथि लगाइएको आरोपको सम्बन्धमा दुबैको समान दृष्‍टिकोण आउनु, सिरियाको बिषयमा संयुक्त समाधानका संभावनातिर इंगित गरिनु, युक्रेनका बिषयमा मौन देखिनु, दुई देश बीच चार घण्टा अघि कायम रहेको सबैभन्दा नराम्रो सम्बन्ध परिवर्तन भएको जानकारी दिइनु, हातह्तियार कटौति लगायत अन्य बिषयमा भबिस्यमा दुबै नेताले सहकार्यका संभावना देख्नु विस्व समुदायको लागि सुखद पक्ष हुन ।

अमेरिका-रुस सम्बन्धको सामान्यीकरण बिना सिंगापुर शिखरबार्तापछि अमेरिका-उत्तर कोरिया सम्बन्ध सुधारका भावी योजनाहरु प्रभावकारी नहुन पनि सक्थ्यो । त्यसैले परिणाममुखी हुन नसक्ने दराजमा नै थन्क्याइने ठूला ठूला संझौता गर्नुभन्दा शितयुद्ध टुङ्याउने गरी बिद्यामान शक्तिसम्पन्न मुलुक बीचको असामान्य सम्बन्धलाई सामान्यीकरण गर्ने यो शिखरबार्तालाई अबमूल्यन गर्न मिदैन ।

रुसी रास्ट्रपति गोर्बाच्योभ र अमेरिकी रास्ट्रपति रेगनको कार्यकालमा भएको शितयुद्धको अन्त्यपस्चात सोभियत संघ टुक्रा टुक्रा भएर कम्जोर भयो भने यो शिखरबार्तापस्चात रसियाले विस्वका सामू आफूलाई थप शक्तिशाली बनाएर अगाडि बढन सक्ने संभावना देखिन्छ । विस्वकै दुई शिर्ष नेताहरुका बीच दुई घण्टा गोप्य रुपमा कुराकानी भएको र कुराकानीका कतिपय बिषयबस्तु सार्वजनिक नगरिएको आशंका गरिएको सन्दर्भमा विस्व कुटनीति र विस्व ब्यापार नयाँ धारबाट अगाडि बढ्यो भने पनि आस्चर्य नहुन सक्छ शिखरबार्ताकै वरिपरि गरिएका उच्चस्तरीय भेटघाटका परिणामहरुलाई नियाल्दा । मूल कुरा बिभिन्न किसिमबाट देखा परेका डरलाग्दो संभाबित युद्धको संभावनालाई टारेर विस्वका जनतालाई एक किसिमको ढुक्कको जीवन यापनको अबसर प्रदान गरिदिएको छ सिंगापुर र हेल्सिन्की शिखरबार्ताले ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: