Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for August, 2018

हिराको बिछौनामा सुत्ने गरीब नेपाली

Posted by Ram Kumar Shrestha on August 22, 2018

अरु ठूलो धन राशी खर्च गरेर विस्व संपदा सूचिमा पार्न प्रयासरत छन, तर हाम्रो देशमा सामान्य आधिकारिक प्रकृया पुरा गरेको भरमा विस्व संपदा सूचिमा पार्न लायकका संपदाहरु धेरै छन र पनि युनेस्कोका महानिर्देशक इरिना बोकोभा नेपाल आएको बेलामा अलिकति गृहकार्य गरेर मौकाको फायदा लिन समेत लागेको देखिएन । ….हात उतानो पार्नमा नै अभ्यस्त भएको र त्यसो गर्नमा नै गर्बानुभूति गर्ने हाम्रो मानसिकता देशबाट केही अपेक्षा नै नराखी केवल नागरिकीय र कर्तब्य बोध गर्न अभ्यस्त र बिदेशमा देशकै नाम उच्च राख्न कृयाशिल देशको अमूल्य निधिको बारेमा महत्वबोध गरेर देशका तर्फबाट भने हात घोप्टो पार्नुलाई दायित्वबोध के कसरी र कहिले गरिन्छ – हेर्न बाँकी नै छ । हाम्रा यस्तै मानसिकताका कारण हिराको बिछौनामा सुत्ने गरीब नेपाली भैरहेका छौं ।

जल एबं बिभिन्न बहुमूल्य खनिज संपदा, प्राकृतिक एबं सांस्कृतिक बिबिधता, हिमाल; पहाड र लुम्बिनीका कारण विस्वकै उत्कृष्ठ तपोभूमिका रुपमा नेपाल परिचित छ विस्वमा । बिभत्सकारी भूकम्पका बेला आँफै समस्यामा परेका बेलामा पनि पाहुनाहरुलाई खाएर जान अनुरोध गर्ने र नाकाबन्दीका बेलामा जतिसुकै दु:ख झेलेर पनि झुक्न नचाहने स्वभावका कारण विस्वमै चर्चित बन्न पुगेका यस्का परिश्रमी र जस्तै दु:खमा पनि हास्न सक्ने सहनशिल जनता छन यो देशका । देश अगाडि बढाउन यत्ति महत्वपूर्ण कुराहरु हुँदाहुँदै पनि संगै स्वतन्त्रता प्राप्त गरेका मुलुकहरु कत्ति अगाडि बढिसक्ता पनि हाम्रो भने अत्यन्तै दयनिय अवस्था किन त? यस्का धेरै कारणहरु छन, तर यहाँँ एउटा उदाहरणमा केन्द्रित हुन चाहन्छु म ।

UNESCO

मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा बुद्धभूमि नेपालका आधुनिक ‘अरनिको’हरु काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा अहोरात्र खटिएर बुद्ध मूर्ति कुँदिरहेका छन । कामिआमाकुसा शहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा खटिरहेका छन उनीहरु । सन् २०१६ को सेप्टेम्बरबाट शुरु गरिएको बिशाल मूर्ति (६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति) निर्माण अभियान अबको ५ बर्षमा सकाएर यसलाई संसारकै ठूलो बुद्ध मूर्ति बनाउने र विस्व सम्पदा सूचिमा पार्ने यसका प्रायोजक एवं जापानी सरकारको लक्ष्य छ । यो युनेस्कोको विस्व संपदा सूचिमा समाबेश गरिने लक्षका साथ २०० बर्षमा चट्टानमा बन्दै गरेको सबैभन्दा ठुलो बुद्धको मूर्ति हुनेछ । Read the rest of this entry »

Advertisements

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे

Posted by Ram Kumar Shrestha on August 15, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ५)

तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी रुबीले धेरै एकल प्रस्तुति पनि दिएकी छिन् । किरातेस्वरको उन्को पहिलो एकल तबला बादन प्रस्तुति सबैको वाह–वाह बन्यो । मीठो धुन दिने र बजाउन कठीन पनि मानिने पुरानो बाजाको रुपमा लिइंदै आएको तबला भजन कीर्तन र शास्त्रीय संगीतहरुमा बढी प्रचलनमा आएकोमा रुबीका कारण तबला आजकाल साहित्यिक र क्याम्पसका कार्यक्रममा समेत प्रचलनमा आउन थालेकोले उन्लाई यो क्षेत्रको “गेम चेन्जर” रुपमा लिइनु पर्छ भन्दा अत्युक्ति हुनेछैन ।

1

१२ बर्षकै कलिलो उमेरदेखि तबला बजाउन शुरु गरेर अहिले २० बर्षकै कलिलो उमेरमा अब्बल दर्जाको तबला बादकको रुपमा देखा परेकी छिन् ललितपुरको दुर्गम गाउँको रुपमा मानिने चापागाँउकी रूबी लाखे ।

2

नेवारी समुदाय सांस्कृतिक दृष्‍टिकोणले अत्यन्तै धनी समुदाय मानिन्छ । यो समुदायको यो बैभबताको असर उनीमा पर्‍यो र यस्ले उनलाई सानै उमेरदेखि उज्यालो मार्गमा डोर्यायो । उनको उद्धेस्य वकिल बनी कालो कोट लगाएर निमुखालाई न्याय दिनु भएपनि सानै उमेरदेखि तबला बजाउन थालिन् । उनी अहिले एक सफल तबला बादकको रुपमा परिचय दिन सफल भैसकेकी छिन् र नेपालमा महिला तबला बादकको रुपमा खोज्नु पर्दा उनकै नाम आउँछ ।

Read the rest of this entry »

Posted in Article, बिबिध, रोचक जानकारी, समाचार | Tagged: , , | Comments Off on हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे

 
%d bloggers like this: