Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हराएका हिरा ५: स्वर्ण पदक बिजेता टिनेजर तबला बादक रूबी लाखे

Posted by Ram Kumar Shrestha on August 15, 2018


(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ५)

तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी रुबीले धेरै एकल प्रस्तुति पनि दिएकी छिन् । किरातेस्वरको उन्को पहिलो एकल तबला बादन प्रस्तुति सबैको वाह–वाह बन्यो । मीठो धुन दिने र बजाउन कठीन पनि मानिने पुरानो बाजाको रुपमा लिइंदै आएको तबला भजन कीर्तन र शास्त्रीय संगीतहरुमा बढी प्रचलनमा आएकोमा रुबीका कारण तबला आजकाल साहित्यिक र क्याम्पसका कार्यक्रममा समेत प्रचलनमा आउन थालेकोले उन्लाई यो क्षेत्रको “गेम चेन्जर” रुपमा लिइनु पर्छ भन्दा अत्युक्ति हुनेछैन ।

1

१२ बर्षकै कलिलो उमेरदेखि तबला बजाउन शुरु गरेर अहिले २० बर्षकै कलिलो उमेरमा अब्बल दर्जाको तबला बादकको रुपमा देखा परेकी छिन् ललितपुरको दुर्गम गाउँको रुपमा मानिने चापागाँउकी रूबी लाखे ।

2

नेवारी समुदाय सांस्कृतिक दृष्‍टिकोणले अत्यन्तै धनी समुदाय मानिन्छ । यो समुदायको यो बैभबताको असर उनीमा पर्‍यो र यस्ले उनलाई सानै उमेरदेखि उज्यालो मार्गमा डोर्यायो । उनको उद्धेस्य वकिल बनी कालो कोट लगाएर निमुखालाई न्याय दिनु भएपनि सानै उमेरदेखि तबला बजाउन थालिन् । उनी अहिले एक सफल तबला बादकको रुपमा परिचय दिन सफल भैसकेकी छिन् र नेपालमा महिला तबला बादकको रुपमा खोज्नु पर्दा उनकै नाम आउँछ ।

3

कलिलै उमेरमा सफल तबला बादकको परिचय दिन सफल रुबीलाई अहिले विभिन्न सांगीतिक कार्यक्रम तथा संगीत कम्पनीहरुले खोजी गर्न थालेका छन् । नेशनल ल कलेजमा बीए एलएलबी अध्ययनरत रुबीले तबला बजाए वापत शुल्क भने लिने गर्दछिन् । उनी यसलाई व्यावसायिक रुपमा अघि बढाउन चाहान्छिन् ।

4

आमा, बुबाका साथमा चापागाँउमै बस्दै आएकी रुबीलाई विभिन्न कार्यक्रममा बोलाउने गरिन्छ । कार्यक्रममा गएर तबला बजाएको कार्यक्रम हेरी २ देखि ५ हजारसम्म लिने गर्दछिन् । उनको लक्ष सफल तबला बादक बन्ने त छ नै साथै वकिल बनेर नेपालको गरिबी हटाउन केही गर्ने भन्ने पनि छ ।

तबलाका हरेक परीक्षा र प्रतिस्पर्धामा रुबी प्रथम हुने गर्दछिन् । उनले तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी छिन् । शास्त्रीय क्षेत्रको तबला बजाउन सिकाउने उनका गुरु मिलेश तण्डुकारलाई उनी आर्दश मान्छिन् । गुरुकै शिक्षाका कारण आज यो सिप सिकेकी रुबी भबिस्यमा तबला बजाएर देशको नाम राख्ने लक्षमा छिन् । कबीहरुले कबिता बाचन गर्दा होस् या गजलकारहरुले गजल बाचन गर्दा रुबीको खोजी हुन्छ ।

गीत संगीतमा मात्र नभएर आजकाल साहित्यिक कार्यक्रममा समेत तबला बजाउने प्रचलन शुरु भएको छ । चर्चित कबी पूर्णविरामले त उनलाई सम्मान नै गरेका छन् ।

6

रुबीले अध्ययन गर्ने क्याम्पसका हरेक कार्यक्रममा त रुबीको तबला प्रस्तुति अनिवार्य जस्तै हुन थालेको छ । यसले उनलाई हौसला थप्ने काम गरेको छ ।

तबला बजाएर स्वर्ण पदक समेत हात पारिसकेकी रुबीले धेरै एकल प्रस्तुति पनि दिएकी छिन् । किरातेस्वरको उन्को पहिलो एकल तबला बादन प्रस्तुति सबैको वाह–वाह बन्यो । मीठो धुन दिने र बजाउन कठीन पनि मानिने पुरानो बाजाको रुपमा लिइंदै आएको तबला भजन कीर्तन र शास्त्रीय संगीतहरुमा बढी प्रचलनमा आएकोमा रुबीका कारण तबला आजकाल साहित्यिक र क्याम्पसका कार्यक्रममा समेत प्रचलनमा आउन थालेकोले उन्लाई यो क्षेत्रको “गेम चेन्जर” रुपमा लिइनु पर्छ भन्दा अत्युक्ति हुनेछैन ।

तबलासम्बन्धी छोटो खोज:
तबला अरबियन र पर्सियन शब्द ड्रम (तब्ल) बाट आएको देखिन्छ र प्रथम मुगल सम्राट बाबरको समयमा आर्मीले जोडी ड्रम प्रयोग गरेकोलाई तबलाको शुरुवातीको रुपमा पनि लिने गरिन्छ । तबला हालमा बिशेष गरी नेपाल, बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तानमा प्रयोग गर्ने गरिन्छ । यो पाकिस्तान, बंगलादेश र भारतमा सुफी संगितकारहरुले मुख्यत कवाली साधनको रुपमा प्रयोग गर्छन् भने हिन्दू र शिख सम्प्रदायका बीच भजन कीर्तनको लागि भक्ति सामग्रीको रुपमा पनि अत्यधिक प्रयोग गरिन्छ ।

हुन त ड्रम र तालस बैदिक कालका पुस्तकहरुमा पनि प्रयोग गरेको उल्लेख छ र पाँचौं शताब्दी अघि नै तबला शब्द प्रयोग नगरिए तापनि मृदंग प्रयोगमा आइसकेको थियो ।

Sorry, the comment form is closed at this time.

 
%d bloggers like this: