Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for October, 2019

वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सेलिब्रिटिहरुका बीच सम्मानित

Posted by Ram Kumar Shrestha on October 19, 2019

Satya Mohan Felicitation२६ असोज २०७६, पाटन । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानले बिभिन्न सेलिब्रिटिहरुका बीच उहाँकै निवासको प्रांगडमा सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष संस्कृतिविद् जोशीले पुरातात्विक प्रमाणका आधारमा वुद्धको जन्म बर्तमान नेपालको लुम्बिनीमा भएकै कारण संयुक्त राष्ट्र संघले नै लुम्बिनीको बिकासको लागि गुरु योजना तयार पारेको, राष्ट्र संघको विस्व संपदा सूचिमा लुम्बिनीलाई पारिएको र युनेस्कोकै परियोजना अन्तर्गत नै लुम्बिनीमा अत्याधुनिक बैज्ञानिक प्रबिधि प्रयोग गरेर उत्खनन र अनुसन्धान गरिएको बताउनु भयो । यसरी पुरातात्विक प्रमाणका बाबजुद बिभिन्न कारणले गर्दा विस्वका बिभिन्न ठाउँमा वुद्धको जन्मस्थलका बिषयमा भएको समस्या समाधानमा लागि परेको विस्व अभियानको उद्धेस्य प्राप्तीमा सफलता मिलोस भनी शुभ-कामना ब्यक्त गर्नु भयो ।

Different Ethnic Cultural dress

लुम्बिनीमा भएको पिपलको बोट अनायास काटिएको फेला परेपछि युनेस्को, इसिमोडहरु जस्ता राष्ट्र संघिय निकायहरुले विस्व संपदा सूचिमा रहेको सो पिपलको बोट कस्ले किन काटेको भन्ने कुरा खोजी गर्दा पता नलागेको र वरिष्ठ बनस्पतिबिद डा तिर्थ बहादुर श्रेष्ठको अथक प्रयाशबाट जोड्ने काम भएको बताउँदै श्रेष्ठसंग आफूले सो पिपलको बोटको कलमी गरिएका दुई हाँगा माग गरी दुई महत्वपूर्ण ठाउँमा उमार्ने गरिएकोमध्ये एउटा nativity of Buddha भएको ठाउँको पिपलको बोट भएको जानकारी दिनु भयो । Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »

डा. भट्टराई प्रधानमन्त्रीपछि प्राध्यापनमा लागेका भए ऐतिहासिक पुरुष बन्थे

Posted by Ram Kumar Shrestha on October 7, 2019

नेपालको सन्दर्भमा एकपटक प्रधानमन्त्री वा मन्त्री वा सांसद भएपछि आजीवन सोही रवाफमा बाँच्ने जुन संस्कार छ यो पनि  देशलाई अगाडि बढन नदिने प्रमुख कारणहरुमध्येकै एक हो । विकसित मुलुकहरुमा बढीमा दुई कार्यकलापस्चात आफ्नो पुरानो पेशामा फर्कने वा अन्य केही काम गर्ने प्रचलन छ । अत: डा भट्टराई प्रधानमन्त्री बनेपछि नै नभए पनि नयाँ पार्टी खोल्नुको अलावा पहिला चर्चामा आए अनुरुप प्राध्यापन क्षेत्रमा लागेका भए देशलाई यथास्थितिमा राख्ने एउटा प्रमुख कारणको संस्कार तोड्ने पहिलो पूर्व प्रधानमन्त्री बनी ऐतिहासिक पुरुष बन्न पुग्थे ।  

रामकुमार श्रेष्ठ

BRपूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई १८ साउन शनिबार बिहान त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा प्राध्यापन दिने भूमिकामा देखा परे कीर्तिपुरस्थित त्रिभुवन विस्वविद्यालय पुगेर ।

केही बर्ष अगावै डा भट्टराईले नेपालीले आफूलाई यो भूमिकामा देख्न पाउने बताएका थिए । त्यसो त पूर्व रास्ट्रपति डा रामबरण यादवले चिकित्सकीय सेवामा फर्कने, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पढाउने र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ कालो कोट लगाउन शुरु गर्ने कुरा पनि नआएका होइनन, तर सबै नेपालका नेताको भाषण बन्न पुगे । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

विस्व अहिंसा दिवस – नेपालले विस्वब्यापी विशेष दिन बनाउन सक्ने दिन

Posted by Ram Kumar Shrestha on October 6, 2019

Peaceआज अक्टोबर २ तारिख – विस्व अहिंसा दिवस । यो दिवस “विस्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणका लागि हिंसाको मार्ग अवलम्बन नगर्ने” भन्ने सिद्धान्तमा आधारित छ ।

विस्वमा नै अहिंसाका लागि विस्व समाजले मानेका अहिंसाबादी नेता महात्मा गान्धीको जन्मदिन पनि हो आज । सामाजिक न्यायमा अहिंसाको भूमिका अतुलनिय हुने भएकोले अहिंसा सामाजिक न्यायको वास्तबिक आधार बन्न सक्यो भने मात्रै सामाजिक न्यायले मूर्त रुप लिन सक्छ जुन बिशेष गरी कुर्सीमा बस्नेहरुले प्रत्यक्ष परोक्ष रुपमा साधन, श्रोत र अधिकारको दुरुपयोग गर्ने गरेबाट हुन सकेको देखिन्न ।

विस्व अनि मानब इतिहासले हिंसा र द्धन्दका कैयन घटनाक्रमहरुको सामना गर्दै आएको छ । नीजि वा समूहगत वा राष्ट्रिय स्वार्थ प्राप्ती चाहनाले बिभिन्न स्तरको युद्धको अवस्थाको सिर्जना गर्छ । आफ्नो नीजि स्वार्थ प्राप्तीका लागि एउटा ब्यक्ति वा संस्थाले आफूलाई सामाजिक र सकारात्मक सोंचको पक्षपाती भन्दाभन्दै पनि पछाडि बसेर नकारात्मक काम कुराको लागि अथाह धन र श्रोतको प्रयोग गरिराखेका हुन्छन र यसरी लगाम लगाउनेका कारण सिर्जित समस्या झन जघन्य अपराध हो यस्ले निम्त्याउने जटिलताका कारण । न त त्यसो गर्नेबारे जन अनभिज्ञता हुने नै हो ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

Paras Khadka’s World Record

Posted by Ram Kumar Shrestha on October 4, 2019

ParasParas Khadka’s this time achievement was not limited to Nepal and in fact was a world record. Khadka created history in a T20I against Singapore. He not only became Nepal’s first centurion in T20Is but also became the first captain ever to score a ton while chasing in a T20I.

Khadka reached his hundred off 49 balls becoming the fourth fastest T20I centurion by an Asian captain . He ended up with an unbeaten 106 off 52 balls as Nepal chased down the 152-run target with 9 wickets in hand and 4 overs to spare against Singapore.

The previous best by a captain while chasing belonged to Netherlands Pieter Seelaar who scored an unbeaten 96 against Scotland barely 12 days ago. Australia’s Steve Smith (90 vs England in 2015) is fourth on the list followed by West Indian talisman Chris Gayle (88 vs Australia in 2009).

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले शनिवारको खेलमा इतिहास रचेका छन् । उनले सो खेलमा ऐतिहासिक टि–२० अन्तर्राष्ट्रिय शतक मात्र बनाएनन् अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व रेकर्ड समेत बनाए ।
Read the rest of this entry »

Posted in Article, समाचार, News | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक श्रेष्ठको सेलिब्रिटिहरुसंगको भेटघाट

Posted by Ram Kumar Shrestha on October 2, 2019

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले काठमाण्डौंको लाजिम्पाटस्थित होटल मनस्लुमा एक हप्ताको बसाइका क्रममा फरक फरक दिनमा बिभिन्न क्षेत्रका सेलिब्रिटिहरुलाई मात्रै भेटेनन, समाज बिकास संस्था नेपालका अनाथ बिद्यार्थीलाई सहयोग गर्दै आएकोले आँफै उपस्थित भएर त्यहाँका बिद्यार्थीहरुलाई अस्ट्रेलियादेखि उपहार स्वरुप लिएर आएका सामग्री दिने चाहना हुँदाहुँदै पनि समयाभाबका कारण सम्भव नभएकोले समाज बिकास संस्था नेपालका पदाधिकारीलाई बोलाएर हस्तान्तरण गर्ने काम समेत गरे ।

मेलबर्नबाट काठमाण्डौं आउने क्रममा बैंकक ट्रन्जिटमा रहेको बेलामा क्यानबेराबाट भास्कर रेग्मीले फोन मार्फत आफ्नी छोरीको जन्मदिनको अबसरमा नायिका स्वेता खड्काद्धारा निर्माणाधिन माझी बस्तीको लागि सानै भए पनि सहयोग गर्ने चाहना राख्नु भएकोले उहाँबाट प्राप्त रकम हस्तान्तरण गर्नु भयो नायिका स्वेता खड्कालाई । रकम हस्तान्तरण गर्ने क्रममा सहयोग गरिने रकम सानो ठुलोभन्दा पनि यस किसिमको भावना महत्वपूर्ण हुने र यस किसिमको भावनाले अरुहरुलाई पनि यस्तै गर्न उत्प्रेरित गर्ने भएकोले यस किसिमको भावना शहिद जस्तै प्रेरणादायी हुने बताउनु भयो ।

Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »

नेपाली सांगितिक क्षेत्र नेपालको राष्ट्रियताको पहरेदार

Posted by Ram Kumar Shrestha on October 2, 2019

पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा आएको नयाँँ मोडका कारण नेपाली समाजमा बिदेशी गीतहरुले लिने ठाउँलाई नेपाली गीतहरुले बिस्थापित गरिदिएको र नेपाली गीतको साथ साथमा नाचको क्षेत्रले मारेको नयाँँ फड्को कारण बिदेशी फिल्मले लिने गरेको बजारलाई नेपाली फिल्मले समेत बिस्थापित गरिदिएकोले यस्ले नेपाली कला र कलाकारिता विकास र कलाकारहरुको जीवनस्तर सुधार मात्रै नगरी राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याएको

Chief-Guest-Ram-Kumar-Shresthaसूर्यदीप स्कूल, सल्लाघारी, भक्तपुर: भक्तपुर म्युजिकल सोसाइटीले केही प्राबिधिक कारणबश ढिला गरी “विस्व संगीत दिवस” को सम्झनामा नयाँ एबं पुराना सदस्यहरु बीच आयोजना गरेको भक्तपुर म्युजिकल ट्यालेण्ट शो कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले पछिल्लो समयमा नेपालको सांगितिक क्षेत्रले नेपालको राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको तर यस्मा कसैको ध्यान नपुगेको बताउनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा आएको नयाँँ मोडका कारण नेपाली समाजमा बिदेशी गीतहरुले लिने ठाउँलाई नेपाली गीतहरुले बिस्थापित गरिदिएको र नेपाली गीतको साथ साथमा नाचको क्षेत्रले मारेको नयाँँ फड्को कारण बिदेशी फिल्मले लिने गरेको बजारलाई नेपाली फिल्मले समेत बिस्थापित गरिदिएकोले यस्ले नेपाली कला र कलाकारिता विकास र कलाकारहरुको जीवनस्तर सुधार मात्रै नगरी राष्ट्रियताको संरक्षण, सम्बर्धन र प्रबर्द्धनमा अत्यन्तै महत्वपूर्ण योगदान पुर्याएको बताए ।

Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »

 
%d bloggers like this: