Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for January, 2020

My Facebook status on Lipulake available in Youtube

Posted by Ram Kumar Shrestha on January 29, 2020

Lipulake

Posted in Article, बिबिध | Leave a Comment »

यो फुच्चे चियादानीले नै लाखौंंको कारोबार गर्न सक्ने रहेछ त

Posted by Ram Kumar Shrestha on January 27, 2020

निधार हुन्छ चाडबाडमा टीका हुँदैन, थाकेसी निधाउने त्यो काखै हुन्न

5 (2)पाएकालाई दोबारिहाल्ने केहीको मानसिकताका कारण बिदेशमा समेत आफ्नो कामको लागि चालिसौं पचासौं हजार डलर बुझाउँदा पनि काम पनि नहुने तर पैसा पनि फिर्ता नहुने कारणले गर्दा जवान अवस्थामा नै सुत्नका लागि ट्याबलेट खान पर्ने अवस्थामा पुगेका पनि भेटिन्छन् काम गरिदिने प्रलोभनमा फसाउनेहरु नै खादा ओढेर ड्यासमा बस्दै भाषण छाँट्ने हैसियतका भैदिने केहीका कारण ।

मध्यपूर्बतिर कमाउने जति कमाउन थोरै लगानीमा थोरै परिश्रममा नेपालमा नै बसेर पनि सम्भब देखिन्छ । त्यहाँ गएर थरी थरीका चक्रब्युह रच्नेहरुका जन्जाललाई संझिंदै गाली गलौज नगरी ढुक्कसंगको जीवन यापन किन नगर्ने ? साहिंली गीतमा जस्तै चालिस कटेपछिका सुखका सपनाले यथार्थ रुप लिने हो कि होइन, त्यसैले बुन्नै नपर्ने त्यो सपना बुन्ने किन?

रामकुमार श्रेष्ठ

यो फुच्चे चियादानीमा एकपटकमा ५ कप चिया बन्छ र दिनभरीमा ५० कप चिया बेच्नु कुनै कठीन काम होइन यस्लाई पेशा नै बनाउँदा । यो हिसाबले बर्षभरीमा ३०० दिन मात्रै काम गर्दाको आम्दानी ३,७५००० याने कि मासिक ३१,२५० देखिन्छ । ६५% नाफा राख्दा पनि मासिक नाफा २०,३१२ रुपयाँ पचास पैसा देखिन आउँछ । यस्को साथमा राखिने आधारभूत कुराहरु बिस्केट, पाउरोटी, चाउचाउ आदि राख्दा मासिक नाफा नै २५,००० सजिलै हुन आउने देखिन्छ । घर घडेरी चर्को ब्याजदरमा बन्दकी राखेर मीठो बोली गर्दै धेरैको घर घडेरी क्वाप्लाक्कै खाने गाउँ घरका तथाकथित समाजसेवीलाई थप घर घडेरीको मालिक बनाउने संभावना दिंदै शहरतिरका अर्को मीठो आस्वासन बाँड्दै बिदेश पठाउनेहरुको चक्रब्युहमा फसेर मध्यपूर्बबाट बाकसमा फर्कने थप संख्याको संभावना बढाउँदै जानुभन्दा त परिवारसंग स्वच्छ हावापानीमा रमाउँदै यत्ति सजिलै थोरै लगानीमा नै उताकै जस्तो कमाइको संभावनालाई किन नस्वीकार्ने?

पाएकालाई दोबारिहाल्नेभन्दा ब्राण्ड कायम गर्ने सोंचले डढेको दूधको स्वाद आउने र अलिकति सुकुमेलको धुलो मिसाइदिने हो भने आफूले केही नगरे पनि यही चिया पसलको प्रचार प्रसार आफूले थाहा नपाएरै नेपालब्यापी भैदिन पनि सक्छ आफूकहाँ आउनेले गरिदिने प्रचार प्रसारका कारण । काठमाण्डौंमा जहाँँ बसे पनि बिशेष स्वादका कारण मालपुवा खान कालिमाटी नजिक पुग्थ्यौं । किसुनजीले चिया खाने गरेको बानेस्वरको चिया पसलमा मान्छेहरुको भीड लाग्ने गर्थ्यो बिशेष गरी उन्ले चिया खाने समयमा । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

बिज्ञानको चुनौती: अनिता मूर्जानीमा पाँच हप्तामा घटित विस्वलाई चकित पार्ने तीन घटना

Posted by Ram Kumar Shrestha on January 26, 2020

Anita Moorjani२००६ को मार्चको पहिलो हप्तादेखि एप्रिलको दोश्रो हतासम्मको पाँच हप्तामा विस्वलाई चकित पार्ने तीन घटना घटित भए सिंगापुर जन्मेर हंगकंगमा बसोबास गरेकी भारतीय मूलकी अनिता मूर्जानी मार्फत । २००२ देखि क्यान्सर पीडित २००६ मा क्यान्सरको चौथो स्टेजमा पुगेकी अनिताको शरीर पुरै सुके तापनि शरीरमा लिम्फोमा क्यान्सरका कारण फोकाहरु देखिन्थे । एकदिन डाक्टरले २४ घण्टा जती उनी बाँच्ने जानकारी दिंदै आफन्तहरुलाई खबर गर्न भने अनुरुप उन्का श्रीमानले नजिकका सबैलाई खबर गरे । डाक्टरले भने अनुसार नै अनिताका सबै अंग प्रत्यंगहरु काम गर्न बन्द भएको जानकारी दियो कम्पुटरले । उनी २ फेब्रुअरीमा ३० घण्टा कोमामा रहिन । रुवाबासी चल्यो आफन्त बीच ।

यस्तैमा अच्चम्म भयो – कम्पुटरले उन्का अंग प्रत्यंगले काम गर्न शुरु गरेको जानकारी दियो । अस्पातलमा हस्याङफस्यांग र दौडधुप शुरु भयो । अनिता मृत्युबाट फर्किन र उनी त्यही अस्पतालमा उपचारमा रहिन ।

दोश्रो आस्चर्य, चार दिनमा उन्को शरीरका ट्युमरहरु ७० प्रतिशत हराउँदै गए भने पाँच हप्तामा क्यान्सरबाट पूर्णत: मुक्त भइन् र अस्पातलबाट छुटकारा पाइन्, तर मांशपेशीहरुलाई तन्दुरुस्त बनाउन केही महिना फिजियोथेरापीमा रहिन उनी ।

तेश्रो आस्चर्य, अनिताले उनी कोमामा रहँदा उन्को रेखरेखमा रहेका डाक्टर नर्सहरुका बीच भएका सबै कुराकानी, अाफ्ना भाई भारतबाट कुन प्लेनको कुन सिटमा बसेर कुन टिकटमा आएका, आमा कुन ट्रेनबाट आउँदा साथमा आउनेसंग गरिएका कुराकानीहरु सबै जस्ताका तस्तै बताइदिइन ।

उनी अचेत रहेको अवस्थामा उनी अर्को लोकमा मृत्यु भैसकेका आफ्ना बुवा र नजिकका साथीहरुसंग भेट्न पुगिन । त्यहाँ उनीहरुले उन्लाई आफ्नो शरीरमा फर्कन भने, तर उन्ले इन्कार गरिन रोगैरोगले ग्रस्त शरीरमा फर्कन । उनीहरुले सो शरीर ठीक हुने र डरमुक्त जीवन जिउनका लागि फर्कन भनेपछि उनी आफ्नो पुरानै शरीरमा फर्किन । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

मिस नेपालपछि मकवानपुर नेपाल आइडल जन्माउने तर्खरमा?

Posted by Ram Kumar Shrestha on January 25, 2020

‘मिस नेपाल’ मात्रै नभएर ‘मिस नेपाल’ लाई नयाँ उचाइमा पुर्याउने र योप्रतिको अवधारणामा नै बिभिन्न किसिस्मले परिवर्तन ल्याउने श्रृंखला खतिवडा जन्माउने मकवानपुरमाथि ‘नेपाल आइडल सिजन ३’ जन्माउने दायित्व आइपरेको छ । मीठो स्वरकी धनी र अत्यन्तै सरल स्वभावकी स्वस्तिकाको भोटिङ कोड १२ रहेको छ र शुक्रवारदेखि खुल्ने भोटिङमा Respect and Rise app मार्फत पनि सहभागी हुन सकिन्छ ।

रामकुमार श्रेष्ठ

Swostika edited

‘नेपाल आइडल सिजन ३’मा मकवानपुरको हेटौंडा –८ कमाने निवासी स्वस्तिका ढकालले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गर्दै निकै चर्चा बटुलिरहेकी छिन् ।

‘मेघा राउण्ड’अर्थात अडिशन राउण्डमा ‘सालैजु’, ‘म आँखैमा राख्न’ जस्ता गित गाएर निर्णायकको मन जितेकी ढकालले पछिल्ला राउण्डहरुमा झनै राम्रो प्रस्तुती दिँदै आएकी छिन् । क्रमश ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा पनि उनले राम्रो प्रस्तुति दिएकै कारण उनको गायनको चर्चा चुलिदै गएको छ ।

स्वस्तिकाले आगामी राउण्डका लागि पनि तयारी गरिरहेकी छिन । आगामी ‘गाला राउण्ड’मा प्रतुति दिएपछि शुक्रवारदेखि भोटिङ शुरु हुने भएकोले निकै मिहेनतका साथ तयारीमा जुटिरहेकी छिन् उनी । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

दृष्टिबिहिन अमिट केसी सगरमाथा आरोहण अभियानमा

Posted by Ram Kumar Shrestha on January 24, 2020

केसीको अभियानको सफलतालाई अन्य सपांगहरुसंगको सफलतासंग तुलना गर्न मिल्दैन । उन्को सफलताले विस्वकै ध्यान तान्न सफल हुने भएकोले यस्लाई राष्ट्रिय गरिमासंग पनि जोडेर हेरिनु पर्ने हुन्छ र उन्को यो अभियानलाई सफल तुल्याउन सबैले नागरिकीय र पदीय दायित्वबोध गरी आ-आफ्नो स्तर र क्षमता अनुरुप सहयोग गर्नु पर्ने देखिन्छ ।

केसी आफ्नो अभियानमा सफल हुनु भनेको दृष्‍टिबिहिनद्धारा विस्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नेमा उहाँ संसारकै दोश्रो र नेपालको पहिलो हुनुहुनेछ ।

रामकुमार श्रेष्ठ

Amit KCसंभावनाभित्र असीमित आकांक्षा लुकेको हुन्छ र जस्ले ती असीमित आकांक्षाका संभावनाहरुलाई संभव तुल्याउन सामान्यपनाको घेरा तोड्न प्रतिबद्धताका साथ तदनुरुप अगाडि बढ्छ त विस्व उस्कै वरिपरि घुम्न पनि सक्छ । सपांग भनिने कयौंद्धारा कुनै समय अपहेलित हुन्थे कुनै समयमा अपाङ्गहरु, तर अहिले तिनै अपांगहरुमध्ये केहीले आफ्ना असीमित अबिस्वसनिय आकांक्षाहरुलाई संभव तुल्याएका कारण विस्वकै ध्यान आकृस्ट गरी स्तुतिय र पुजनिय हुन सफल भएका छन । त्यस्तै संभावना बोकेकाहरुमध्येमा एकजना बाग्लुङ निवासी दृष्‍टिबिहिन अमिट केसी देखा परेका छन विस्वकै सर्बोच्च शिखर सगरमाथा आरोहणको अभियानमा लागेर र यस्का लागि गरिराखेको शिक्षण पेशा समेत छाडेर अभियानमा जुटिराखेका छन नेपाल सरकारको भिजिट नेपाल २०२० कार्यक्रमकै सन्दर्भ पारेर यही अप्रिलदेखिको कार्यक्रम सार्वजनिक गर्दै ।

शिक्षण पेशालाई समेत छाडेर दृष्‍टिबिहिन केसी यही अप्रिल महिनामा सगरमाथा आरोहणको पुन: प्रयाशमा छन र उन्को यो अभियान सफल भएको खण्डमा उनी संसारको सर्बोच्च शिखर सगरमाथा सफल आरोहीको रुपमा नेपालको पहिलो र संसारकै दोश्रो दृष्‍टिबिहिन ब्यक्ति बन्नेछन । यस अघि अमेरिकी दृष्‍टिबिहिन एरिक वेइहेनमाएरले २५ मै २००१ मा सगरमाथा सफल आरोहण गरी संसारकै पहिलो दृष्‍टिबिहिन सगरमाथा आरोहीको रुपमा आफ्नो नाम लेखाउन सफल भैसकेका छन ।

यो अभियानमा बिगत ७ बर्षदेखि लागिरहेका केसीले २०७२ बैशाख ८ गते सोलुखुम्बूको ६१८६ मिटर उचाइको आइसल्याण्ड पिक र र सोही बर्षको चैत्र ८ गते सोही जिल्लामा अबस्थित ६६५४ मिटर उचाइको मेरापिक समेत सफल आरोहण गरिसकेका छन । लायन्स क्लब अफ इण्टरनेशनल स्थापना भएको १०० बर्ष पुगेको उपलक्षमा लायन्स क्लब अफ इण्टरनेशनल र नेपालको झन्डा लिएर २०१७ मा सगरमाथा आरोहणमा जुटेका उनी चौथो आधार शिबिर (साउथ कोल) मा पुग्दा मौसमको खराबीका कारण करीब ३६ घण्टा त्यही बिताउँदा अक्सिजन सकिएकोले ८००० मिटरमा पुगेर पनि उन्को त्यो बेलाको प्रयास सफल हुन सकेको थिएन ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

Guinness Recorder Bandana Nepal as LKDM Cultural Ambassador

Posted by Ram Kumar Shrestha on January 2, 2020

Ambassadorदधिकोकोट, सिर्जना नगर, भक्तपुर: लुम्बिनी-कपिलवस्तु विस्व अभियानको ११ औं बार्षिकीको अबसरमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा दधिकोकोट, सिर्जना नगर, भक्तपुरस्थित मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूलमा “मलाई थाहा छ – वुद्ध र लुम्बिनी” बिषयमा आयोजना गरिएको बक्तृत्व प्रतियोगिताका बहुसंख्यक सहभागी छात्रा मात्रै नभएर प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने सबै छात्रा नै भएका छन ।

Bandana

Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »

 
%d bloggers like this: