Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

यो फुच्चे चियादानीले नै लाखौंंको कारोबार गर्न सक्ने रहेछ त

Posted by Ram Kumar Shrestha on January 27, 2020


निधार हुन्छ चाडबाडमा टीका हुँदैन, थाकेसी निधाउने त्यो काखै हुन्न

5 (2)पाएकालाई दोबारिहाल्ने केहीको मानसिकताका कारण बिदेशमा समेत आफ्नो कामको लागि चालिसौं पचासौं हजार डलर बुझाउँदा पनि काम पनि नहुने तर पैसा पनि फिर्ता नहुने कारणले गर्दा जवान अवस्थामा नै सुत्नका लागि ट्याबलेट खान पर्ने अवस्थामा पुगेका पनि भेटिन्छन् काम गरिदिने प्रलोभनमा फसाउनेहरु नै खादा ओढेर ड्यासमा बस्दै भाषण छाँट्ने हैसियतका भैदिने केहीका कारण ।

मध्यपूर्बतिर कमाउने जति कमाउन थोरै लगानीमा थोरै परिश्रममा नेपालमा नै बसेर पनि सम्भब देखिन्छ । त्यहाँ गएर थरी थरीका चक्रब्युह रच्नेहरुका जन्जाललाई संझिंदै गाली गलौज नगरी ढुक्कसंगको जीवन यापन किन नगर्ने ? साहिंली गीतमा जस्तै चालिस कटेपछिका सुखका सपनाले यथार्थ रुप लिने हो कि होइन, त्यसैले बुन्नै नपर्ने त्यो सपना बुन्ने किन?

रामकुमार श्रेष्ठ

यो फुच्चे चियादानीमा एकपटकमा ५ कप चिया बन्छ र दिनभरीमा ५० कप चिया बेच्नु कुनै कठीन काम होइन यस्लाई पेशा नै बनाउँदा । यो हिसाबले बर्षभरीमा ३०० दिन मात्रै काम गर्दाको आम्दानी ३,७५००० याने कि मासिक ३१,२५० देखिन्छ । ६५% नाफा राख्दा पनि मासिक नाफा २०,३१२ रुपयाँ पचास पैसा देखिन आउँछ । यस्को साथमा राखिने आधारभूत कुराहरु बिस्केट, पाउरोटी, चाउचाउ आदि राख्दा मासिक नाफा नै २५,००० सजिलै हुन आउने देखिन्छ । घर घडेरी चर्को ब्याजदरमा बन्दकी राखेर मीठो बोली गर्दै धेरैको घर घडेरी क्वाप्लाक्कै खाने गाउँ घरका तथाकथित समाजसेवीलाई थप घर घडेरीको मालिक बनाउने संभावना दिंदै शहरतिरका अर्को मीठो आस्वासन बाँड्दै बिदेश पठाउनेहरुको चक्रब्युहमा फसेर मध्यपूर्बबाट बाकसमा फर्कने थप संख्याको संभावना बढाउँदै जानुभन्दा त परिवारसंग स्वच्छ हावापानीमा रमाउँदै यत्ति सजिलै थोरै लगानीमा नै उताकै जस्तो कमाइको संभावनालाई किन नस्वीकार्ने?

पाएकालाई दोबारिहाल्नेभन्दा ब्राण्ड कायम गर्ने सोंचले डढेको दूधको स्वाद आउने र अलिकति सुकुमेलको धुलो मिसाइदिने हो भने आफूले केही नगरे पनि यही चिया पसलको प्रचार प्रसार आफूले थाहा नपाएरै नेपालब्यापी भैदिन पनि सक्छ आफूकहाँ आउनेले गरिदिने प्रचार प्रसारका कारण । काठमाण्डौंमा जहाँँ बसे पनि बिशेष स्वादका कारण मालपुवा खान कालिमाटी नजिक पुग्थ्यौं । किसुनजीले चिया खाने गरेको बानेस्वरको चिया पसलमा मान्छेहरुको भीड लाग्ने गर्थ्यो बिशेष गरी उन्ले चिया खाने समयमा ।

अहिलेको ब्यापार नीति भनेको नाफा मूलक नभएर सेवा मूलक हुनुपर्छ भन्ने बुझ्यो भने मात्रै त्यस्ले ब्यापकता लिन सक्छ – फेसबुकले नि:शुल्क सेवा उपलब्ध गराए पनि यस्ले वार्षिक अरबौं डलर आम्दानी गर्छ, एउटा भर्खरको युवाले एउटा साइटबाटै १ मिलियन डलर कमाए, अलिबाबाका हस्ती कुनै स्टोर नै नराखी बिस्वब्यापी रुपमा सफल ब्यापार गरेर विस्वमा चर्चित बने । पाएकालाई दोबारिहाल्ने केहीको मानसिकताका कारण बिदेशमा समेत आफ्नो कामको लागि चालिसौं पचासौं हजार डलर बुझाउँदा पनि काम पनि नहुने तर पैसा पनि फिर्ता नहुने कारणले गर्दा जवान अवस्थामा नै सुत्नका लागि ट्याबलेट खान पर्ने अवस्थामा पुगेका पनि भेटिन्छन् काम गरिदिने प्रलोभनमा फसाउनेहरु नै खादा ओढेर ड्यासमा बस्दै भाषण छाँट्ने हैसियतका भैदिने केहीका कारण ।

जे होस, मध्यपूर्बतिर कमाउने जति कमाउन थोरै लगानीमा थोरै परिश्रममा नेपालमा नै बसेर पनि सम्भब देखिन्छ । त्यहाँ गएर थरी थरीका चक्रब्युह रच्नेहरुका जन्जाललाई संझिंदै गाली गलौज नगरी ढुक्कसंगको जीवन यापन किन नगर्ने ? साहिंली गीतमा जस्तै चालिस कटेपछिका सुखका सपनाले यथार्थ रुप लिने हो कि होइन, त्यसैले बुन्नै नपर्ने त्यो सपना बुन्ने किन? पुष्पन प्रधानका “पंक्षी” गीतका यी मार्मिक र चर्चित आगोभन्दा तातो हिउँभन्दा चिसो हरफहरु:
निधार हुन्छ चाडबाडमा टीका हुँदैन
थाकेसी निधाउने त्यो काखै हुन्न

Published Links:

ScotNepal

Facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: