Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for April, 2020

राष्ट्रपति र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु वुद्धिमानी

Posted by Ram Kumar Shrestha on April 26, 2020

रामकुमार श्रेष्ठ

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ – म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो बन्न पुग्यो राष्ट्रपति र प्रधानमन्त्री दुबैका लागि । भबिस्यमा मन्त्रिपरिषद, प्रधानमन्त्री र राष्ट्रपतिको गरिमा स्खलित हुने यस्ता घटना नहोस । किनकि यस्ता घटनाले देशकै गरिमा पनि स्खलित हुन्छ ।

Tukka coupleगत सोमबारको मन्त्रिपरिषदद्धारा अकस्मात जारी गरिएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ नाटकिय ढंगले राष्ट्रपतिद्धारा तुरुन्तै स्वीकृत गरी आस्चर्यमा पार्ने गरी तुरुन्तै राजपत्रमा समेत प्रकाशित गरी सार्वजनिक गरिएकोमा विपक्षी दल र सत्तारुढ नेकपाभित्र मात्रै नभएर सर्वत्र विराेध भएपछि शुक्रवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नै अध्यादेश खारेज गरेकी छिन् ।

मन्त्रिपरिषदको बैठक हुनु अघि पनि त्यहाँ उठान गरिने सबै बिषय कार्यसूचिमा राखेर २४ घण्टा अगाडि नै सबै मन्त्रीहरुलाई जानकारी दिनु पर्ने हुन्छ, त्यो पनि नभएको र मन्त्रीहरुलाई समेत थाहै नभै ती अध्यादेश ल्याइएको र मन्त्रिपरिषदबाट निर्णय भएपछि पनि सामान्यत: २४ घण्टा पर्खने नियम छ र त्यो पनि नगरी राष्ट्रपतिद्धारा तुरुन्तै स्वीकृत गरी मन्त्रिपरिषदको बैठक भएको एकाध घण्टामा नै राजपत्रमा नै प्रकाशित गरिएकोले यस्लाई अत्यन्तै नाटकिय भन्नै पर्ने हुन्छ । यो पहिलादेखि नै सबै पक्ष तयारी अवस्थामा नरही सम्भब हुने कुरै होइन, तर यो बिषयले मन्त्रिपरिषदमा सो दिन प्रबेश पाउने कुरामा न त मन्त्रीहरु नै जानकार थिए न त नेकपाका शिर्ष नेताहरु नै । यसैले पनि यस्लाई सुनियोजित भन्न अनकनाइराख्नु पर्ने देखिन्न जस्का लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री वली पूर्णत: जानकार भएको देखिन्छ । यस्ले देशको यस्ता सर्बोच्च पदप्रतिको जन आस्थामा ठूलो ठेस लाग्नु अस्वाभाबिक होइन ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

Meeting with Miss Nepal 2000 Usha Khadgi

Posted by Ram Kumar Shrestha on April 6, 2020

Had wonderful and fruitful meeting with Miss Nepal Usha Khadgi 2000 Usha Khadgi. Impressed with her simplicity nature. She is interested to do something for female.

Usha Khadgi

Usha Khadgi2

Posted in Article, बिबिध | Leave a Comment »

गोरखालीले गन्धर्बको महत्वलाई बुझ्न ढिलाई गर्न हुँदैन

Posted by Ram Kumar Shrestha on April 5, 2020

रामकुमार श्रेष्ठ

Patrick-Debacker

                                     Patrick Debacker द्धारा १९८५ मा खिचिएको गर्भे गन्धर्भ

एनआरएन फ्रान्सका पूर्व अध्यक्ष एबं फ्रान्समा बस्ने नेपालीहरुका अभिभावक हरिहर अर्यालले आफ्नो कविताको “ऊ त पण्डित हो” मा नायक बनाउनु भएको हाम्रा स्थानीय लोक संस्कृतिका धरोहर मानिने लोक कवि स्व. गर्भे गन्धर्बको यो फोटो सन १९८५ मा फ्रेन्च फोटोग्राफर Patrick Debacker ले खिच्नु भएको रहेछ । त्योभन्दा पनि पहिला म सानो छंदैमा एकजना अमेरिकनले त्यो बेलामा बिरलै देख्न पाइने टेप रेकर्डरमा झुत्रा गन्धर्भको गीत धारापानीमा रेकर्ड गरेका थिए । रेकर्ड गर्ने काम बेलुकी भएको थियो । असारे भाकामा गाइेएको सो गीत झन्डै एक घण्टा लगातार गाएको देखेर ती अमेरिकन छक्क परेका थिए । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

सामाजिक र राजनीतिक कोरोनापछि प्राकृतिक कोरोनाको आक्रमणमा, न्यायोचित ब्यबस्थापन?

Posted by Ram Kumar Shrestha on April 5, 2020

रामकुमार श्रेष्ठ

Bohara-249x300मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहराले एकाएक लुगा फुकाले, लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए र केही बेरमै वारि किनार आइपुगे । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका उनी चैत नलाग्दै कोरोनाको हल्ला फैलिएपछि दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगे र त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएपछि कान्जीहाउसमा शौचालयको छतमा रात काटी मर्नै परे पनि आफ्नै देशमा मर्ने भनेर महाकाली नदी पार गरे लगत्तै प्रहरीको पक्राउमा परे ।

उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेका हुन । उनीसँगै अन्य ६ जना पनि महाकाली तरेर नेपाल छिरेका छन् । पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् ।

भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधीको जस्तो व्यवहार गर्ने बोहराको भनाइ छ । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिए पनि अव्यवस्थित र फोहोरले झन् संक्रमणको डर रहेको कारण डरले आइतबारदेखि केही नखाएको उन्को भनाइ छ । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

 
%d bloggers like this: