Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

गोरखालीले गन्धर्बको महत्वलाई बुझ्न ढिलाई गर्न हुँदैन

Posted by Ram Kumar Shrestha on April 5, 2020


रामकुमार श्रेष्ठ

Patrick-Debacker

                                     Patrick Debacker द्धारा १९८५ मा खिचिएको गर्भे गन्धर्भ

एनआरएन फ्रान्सका पूर्व अध्यक्ष एबं फ्रान्समा बस्ने नेपालीहरुका अभिभावक हरिहर अर्यालले आफ्नो कविताको “ऊ त पण्डित हो” मा नायक बनाउनु भएको हाम्रा स्थानीय लोक संस्कृतिका धरोहर मानिने लोक कवि स्व. गर्भे गन्धर्बको यो फोटो सन १९८५ मा फ्रेन्च फोटोग्राफर Patrick Debacker ले खिच्नु भएको रहेछ । त्योभन्दा पनि पहिला म सानो छंदैमा एकजना अमेरिकनले त्यो बेलामा बिरलै देख्न पाइने टेप रेकर्डरमा झुत्रा गन्धर्भको गीत धारापानीमा रेकर्ड गरेका थिए । रेकर्ड गर्ने काम बेलुकी भएको थियो । असारे भाकामा गाइेएको सो गीत झन्डै एक घण्टा लगातार गाएको देखेर ती अमेरिकन छक्क परेका थिए ।

डेढ दुई बर्ष अगाडि युट्युब सुन्दै काम गरिराखेको बेलामा अनायास भर्खरैका युवा युवतीको स्वरमा सारंगीको धुनमा अत्यन्तै मर्मस्पर्सी गीत “के म नेपाली होइन र, के मलाई माया छैन र” सुनें । त्यो गीत सकिएपछि त्यस्लाई पुन: सुने । सो गीतको भ्यु एक मिलियन कटिसकेको रहेछ । गायकद्धय सुमन र ज्योति सहोदर दाजु बहिनी रहेछन र उनीहरुको बारेमा खोजी गर्दै जाँदा मेरो आफ्नै घरको कामहरुमा परेको बखत सहयोग गर्ने आफ्नै परिवारको अभिन्न अंग जस्तै फूलमायाका छोरा छोरी रहेछन । यो थाहा पाएपछि त यत्तिक्कै त मर्मस्पर्सी गीत झनै मर्मस्पर्सी लाग्न थाल्यो ।

फरवरी २०१९ मा एक रातको लागि गोर्खा जाँदा कलेजहरुमा संगीतका बिद्यार्थीहरुलाई पढाउने गोर्खाका अनपढ पदम गन्धर्बसंग भेटघाट गर्ने अबसर जुट्यो । उन्ले धेरै बर्ष काठामाण्डौंमा बसेर सारंगी बनाउने गरेकोमा हाल त्यो काम उनी गोर्खामा नै बसेर गर्ने गरेका छन । उन्ले आफूले बजाउने गरेको सारंगी २८ बर्ष पुरानो छ जस्मा पञ्च धातुको प्रयोग गरिएको छ । यो सारंगीलाई $३,००० दिंदा पनि नबेचेर आँफैले आजीवन प्रयोग गर्ने र आफ्नो मृत्‍युपस्चात नेपाली लोकबाजा संग्राहलयमा रहने बताउँछन जुन संग्राहलयको म संस्थापक उपाध्यक्ष पनि हुँँ ।

पदम गन्धर्बले नेपाली संगितिक दुनियाँँकै अमूल्य निधि ख्यातिप्राप्त नेपाली लोक गायक झलक मान गन्धर्बले बजाउने गरेको सारंगीलाई पनि

सुरक्षित राखेका छन । पदमले करीब सबा सात फिट लामो सारङी बनाएर नेपाली लोक बाजा संग्राहलयमा राखेका छन जस्ले संग्राहलयको शोभा बढाउने काम गरेको छ र यो अहिलेसम्ममा विस्वकै सबैभन्दा ठुलो सारङी भएको अनुमान गरिन्छ । नेपाल एकीकरण गर्ने क्रममा पृथ्वी नारायण शाहसंग मणिराम गन्धर्बको पनि नाम जोडिएको कारण गोर्खा संग्राहलयमा नेपाल एकीकरणको प्रसंग जोडेर एउटा सारंगी राख्न छुटाउन नहुने उन्को दावी छ ।

गोरखाको नगरपालिकाले कम्तीमा पनि फूलपातीको दिन गन्धर्ब समुदायलाई मालश्री बजाउन लगाउने जिम्मेवारी दिएर गुम्दै गएको गोरखाको फूलपातीको रौनक फर्काउन र पौराणिक कालदेखिको चर्चामा रहेको गन्धर्ब समुदायको मौलिकतालाई गोरखाबाट लोप हुन नदिन भूमिका निर्बाह गर्न सक्छ ।

के नेपाली, के बिदेशी – सारंगीको धुनमा मन्त्रमुग्ध नहुने को छ र? त्यसैले गोरखामा नै भएको श्रोतलाई सदुपयोग गरेर गोरखा संग्राहलयकै हाताभित्र वा अन्य उपयुक्त ठाउँमा सारंगी बजाउन सिकाउने ब्यबस्था गर्न सक्ता गोरखा, संस्कृति संरक्षण र गन्धर्ब समुदाय सबैको लागि निकै लाभदायी हुने कुरामा संदेह छैन ।

सारंगी गुरु पदम गान्धारीद्धारा झलकमान गान्धारीको गीत गाउँदै गोरखा संग्राहलयमा सारगी राखिनुपर्ने कुरामा जोड

 

के म नेपाली होइन र, के मलाई माया छैन र

 

Published links

ScotNepal

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: