Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

अहिलेको ठाउँमा नभएर गोरखा दरवार दुल देवताको डाँडामा बनाइने योजना?

Posted by Ram Kumar Shrestha on August 3, 2020


ऐतिहासिक गोरखा दरबारको निर्माण कहिले भएको भन्ने यकिन नभए पनि राम शाहको पालामा निर्माण शुरुभै त्यसपछिका राजाहरुको पालामा संरचना थप र स्वरुप परिवर्तन भएको इतिहासविद्हरुले बताउने गरेका छन् । करीब चार दशक अघि देखेकोले ठाउँ यकीन त गर्न सक्तिन्न, तर संभबत गोरखा दरवारको पशुपतिको पस्चिमपट्टिको पर्खालमा करीब १ फिटX१ फिटको शिलालेख छ जस्मा शाके सम्बत् उल्लेख गरिएकोछ र त्यो गोरखा दरवार कहिले निर्माण भएको हो भन्नेबारेको सम्बत् हो कि राम शाहले गद्धी आरोहण गर्दाको हो?

राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका १० राजाले यसै दरबारबाट राज्य गरेका थिए । पछिल्लो बिनाशकारी भूकम्पका कारण क्षति पुर्याएको गोरखा दरबार पुनर्निर्माणका लागि जगैदेखि भत्काइएको छ र अब बन्ने नयाँ दरबार पनि सम्पूर्ण रुपमा पुरानै स्वरुपमा निर्माण गरिनेछ । दरबारभित्रका सबै कोठा पनि पुरानै स्वरुपमा बनाइनेछ ।



तर यो दरवार त्यहाँ कसरी बन्यो भन्ने सम्बन्धमा अत्यन्तै रोचक किंबदन्ती छ । वास्तबमा यो दरवार त्यहाँ नभएर यस्को दक्षिण-पस्चिममा केही किलोमिटरको दूरीमा अबस्थित दुल देवताको डाँडामा निर्माण गर्ने राम शाहको योजना मुताबिक निर्माण सामग्री त्यहाँ जम्मा गर्ने गरिन्थ्यो । यो ठाउँँ उचाइमा छ, अत्यन्तै रमणीय छ र उचाइमा रहेको फरक फरक उचाइमा रहेको बिभिन्न समथर भागको बिभिन्न ठाउँबाट चारै दिशाको टाँढा टाँढासम्म देख्न सकिने भएकोले तात्कालिन अवस्थामा सामरिक महत्वको दृष्‍टिकोणले महत्वपूर्ण ठाउँँ मान्न सकिन्छ ।

त्यहाँ जम्मा गरिएका निर्माण सामग्री भोलिपल्ट रातारात अहिले दरबार बनेको ठाउँमा सारिएको पाइयो । ती सामग्रीलाई पुन: दुल देवताको डाँडामा सार्यो, भोलिपल्ट पुन: अहिलेको दरवार भएको ठाउँमा फेला पर्थे । केही पटक यो प्रकृया दोहोरिएपछि राम शाहले भगवानको इच्छा दरवार दुल देवता डाँडामा नभएर अहिले दरवार भएको ठाउँमा नै बनोस भनी चाहेका रहेछन भनी त्यहाँ बनाइेएको भन्ने किंवदन्ती हामी सानो छँदा सुनेका हौं ।

हामी सानो छँदा दुल देवताको डाँडा गाईबस्तु चराउने ठाउँको रुपमा प्रयोग गरिन्थ्यो । डाँडामा समथर भाग देखिन्छ र त्यहाँ घर बनाउनका लागि शुरु गरेर छाडिएको जस्तो भग्नाबशेष पनि देख्न सकिन्छ ।

युनेस्कोको धेरै देशको पुरातात्विक महत्वको परियोजनामा महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका प्रो रविन कनिंघाम जापान सरकारको आर्थिक सहयोगमा सन्चालित युनेस्कोकै लुम्बिनीमा अत्याधुनिक प्रबिधि मार्फत पुरातात्विक अनुसन्धात्मक उत्खनन कार्यमा सहभागी भएर वुद्ध जुन समयमा जन्मनु भएको भनेर हामीले मानी आएका थियौं त्योभन्दा केही सय बर्ष अगावै जन्मनु भएको भन्ने अत्यन्तै महत्वपूर्ण बैज्ञानिक दावीलाई सार्वजनिक गर्नु भएको छ । यस्को महत्वलाई न त नेपाल सरकारले बुझेको देखियो न त नेपाली पत्रकार जगतले नै जबकि अन्तराष्ट्रिय संचार जगतले उच्च प्राथमिकता दिए भने न्यासनल जियोग्राफीले त शायद डकुमेण्ट्री बनाइ नै सक्यो । यकिन छैन, प्रो कनिंघाम लुम्बिनीको परियोजना सकाएर अन्यत्रै गैसके वा अझै त्यहीं छन । नत्र उनी जस्ता ब्यक्तिलाई गोर्खा घुमाउन ल्याएर दुल देवताको डाँडामा पुरातात्विक उत्खननको बिषयमा सुझाब लिन सकिन्छ कि? उनी फर्किसकेका छन भने उनीसंगै लुम्बिनीमा काम गर्ने वरिष्ठ पुरातत्वबिद कोषप्रशाद शर्मासंग पनि परामर्श लिन सकिन्छ ।

हुन त किंबदन्तीको कुरालाई बैज्ञानिक युगमा त्यसरी महत्व दिनु उपयुक्त होला र भन्ने प्रश्न पनि उठन सक्छ । म आँफै पनि बिज्ञानकै बिद्यार्थी भएको तर म बिज्ञानको धेरै सीमा भएको कुरालाई स्वीकार्ने ब्यक्ती हुँ । विस्वस्तरीय बैज्ञानिकहरुसंग काम गरेका र युरोप र अमेरिकाका धेरै विस्वबिद्यालयमा प्राध्यापन गर्ने आफ्नो पहिलो प्रकाशनमा नै आफ्नो “The Tao of Physics” लाई International bestseller मा पार्न सफल Fritjof Capra को पुस्तकले पनि यस्तै सन्देश दिन्छ । उन्मा बिज्ञानको मात्रै नभएर पूर्बीय दर्शनको पनि अत्यन्तै गहन अध्ययन छ जुन कुराको प्रमाण उन्को यो पुस्तक नै हो ।

गोर्खालीसंगको गुनासो:
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले गोरखा दरबार र गोरखा संग्रहालय क्षेत्रलाई विश्वसम्पदाको सम्भाव्य सूचीमा राखे तापनि गोरखालीहरुकै कारण उक्त सूचीमा पर्न सक्ने सम्भावना कमजोर बनेको छ ।

विस्व सम्पदामा पर्नका लागि युनेस्कोले १० वटा मापदण्ड बनाएको छ । त्यसमध्ये गोरखा दरबार क्षेत्र आसपासका निजी घरहरु परम्परागत वास्तुकला र शैली अनुसार बनाउनु पर्ने भए पनि स्थानीय बासिन्दाको निरन्तरको दवावपछि पुरातत्व विभागले गोरखाको हकमा उक्त मापदण्ड खारेज गरेसंगै यो संभावना टरेको हो ।

विस्व सम्पदाको सम्भाव्य सूचीमा पार्न गोरखा दरवार शाहकालीन वास्तुकला प्रयोग गरेर बनाइएको र त्यस वरपरका घर पनि त्यस्तै वास्तुकला र शैली झल्कने गरेर बनाउनु पर्ने थियो । यसले हाम्रा ऐतिहासिक धरोहरहरुको गरीमालाई कमजोर पनि बनाएको छ । यो अत्यन्तै दु:खद खबर हो ।

यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर जस्ता धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गरिन्छ र त्यस सम्पदा क्षेत्र रेखदेखको जिम्मा युनेस्कोको तत्वाधानमा हुने गर्दछ । कतिपय अवस्थामा यस्तो सम्पदाहरुलाई विस्व समितिले आर्थिक सहयोग पनि गर्दै आएको छ ।

विस्व सम्पदाको सम्भाब्य सूचीमा समावेश गर्दा युनेस्कोले के सम्भावना देखेको थियो त्यसलाई जोगाउन नगरपालिकाले काम गर्न पनि सक्छ भनी देखेको थियो । गोरखा नगरपालिकाले आसपासका बासिन्दालाई गोरखा दरवारको साँस्कृतिक महत्वबारे बताएर शाहकालीन वास्तुकला र शैली झल्कने गरी घर बनाउन बिभिन्न किसिमबाट सहयोग गर्न सक्नुपर्थ्यो । जापानको एउटा पहाडमा भएको ढुंगालाई विस्व संपदा सूचिमा पार्न अरबौं खर्च गर्दैछ नेपालदेखि मूर्तिकारहरु लगेर । हामी हामीकहाँ भएको संभाबनालाई टारिरहेछौं । 
Facebook

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: