Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for September, 2020

हिराको मूल्य पाँच मुठा साग

Posted by Ram Kumar Shrestha on September 13, 2020

[मेरो फेसबुकमा प्रकाशित सामग्रीमध्येमा सर्बाधिक लोकप्रियमा दोश्रो स्थानमा रहेको सामग्री जुन समग्रमा लाखौंंका बीच पुग्यो ।]

एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, “गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्‍यो” ।

गुरु कोठाभित्र पसेर एउटा टल्किएको बस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यस्लाई नबेच्नु ।”

सो ब्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।

गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।

उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्‍यो ।

Read the rest of this entry »

Posted in कथा/लघु कथा | Leave a Comment »

पत्रकारिताले धर्म छाडेपछि अनिस्ट निम्त्याउँछ

Posted by Ram Kumar Shrestha on September 4, 2020

पत्रकारिता आजकाल पत्रकारिता कम र मित्रकारिता र अर्थकारिता बढी भएको गुनासो सुनिन्छ । ….पत्रकारहरुले पनि देश बिगार्यो भनेर जुन आरोप लागाउने गरिएको छ यो पत्रकारिताको धर्म र मर्म नै नबुझेकाहरुले पत्रिका चलाउनुको दुस्परिणाम हो र यो सत्य पनि देखिएको छ । 

रामकुमार श्रेष्ठ

करीब २ बर्ष अघि आफ्नो फेसबुकमा पोस्टिङ् गरिएको यो सामग्रीको महत्व आजको सन्दर्भमा पनि अत्यन्तै सान्दर्भिक देखेर जानकारीको लागि प्रकाशित गरिएको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा पत्रकारहरुको बाढी आए पनि पत्रकारिताको धर्म र मर्म बुझेर पत्रकारिता गर्नेहरुको संख्या भने अत्यन्तै न्यून छ भन्ने बुझाई छ अधिकांश पत्रिकाहरु ब्यक्ति वा समूह बिशेषको उद्धेस्य प्राप्ती कार्यमा स्पस्ट रुपमा लागेको भन्ने आरोप लाग्ने देखिएकोले । कतिपय पत्रकार उनीहरुले चाहेको मान्छेलाई माथि ल्याउन सक्ने र नचाहेकोलाई जे पनि गर्न सक्ने भन्ने कुरा खुलेयाम गर्ने गर्छन् र गलत जानकारी सहितका सामग्री प्रकाशित गरिरहेका हुन्छन भलै उनीहरुको पत्रिका जस्को फोटो र सामग्री प्रकाशित गरिएको छ उनीहरुकै सानो सन्जालभित्र मात्रै सीमित हुनेमा नै किन नपरुन । यो मानसिकता पत्रकारिता क्षेत्रमा लाग्नेहरुमा पाइने अत्यन्तै दरिद्र एबं संकीर्ण सोंच हो र यस्तै किसिमको मानसिकताका कारण पत्रकारिता क्षेत्र प्रदूषित र आलोचित हुँदै गैरहेकोछ । वास्तबमा पेशेवार राम्रा पत्रकारले भने समाज र देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिन सक्छन ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

अष्ट्रेलियाबाट हेर्दा नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीहरुका समस्याहरु

Posted by Ram Kumar Shrestha on September 4, 2020

विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो ।

रामकुमार श्रेष्ठ

संसारभर फैलिएको कोरोना कहरबाट आज सारा विस्व ग्रसित छ । नेपालमा कोरोना संक्रमित संख्या झन्डै ३४ हजार पुगेर बढी कोरोना संख्या हुने देशमा ६४ औं नम्बरमा पुगिसकेको छ र बढ्ने संख्या दिनानुदिन बढिरहेको छ र क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा सङ्क्रमितहरु थपिँदै गैरहेका छन् । यस्तो अवस्थामा आफू र आफ्नाहरुलाई सुरक्षित राख्नु पर्ने त छँदैछ, साथै यस्तो बेलामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन बिभिन्न उपायहरुलाई प्रभावकारी ढंगबाट ल्याइनुपर्नेमा झन हतोत्साहित र निरुत्साहित तुल्याउने गतिबिधिहरु भएको पाईन्छ ।

नेपालमा कोरोनासम्बद्ध स्वास्थ्यकर्मीले सामना गर्न परेका समस्याहरु :
– स्वास्थ्यकर्मीका लागि आबस्यक ब्यक्तिगत सुरक्षा साधनहरु पर्याप्त नहुनाले ती साधनहरुको लागि खर्च नहोस भनेर स्वास्थ्यकर्मीले लामो समय काम गर्नुपर्छ,
– १२ देखि २४ घण्टासम्म कोभिड युनिटमा काम गरेपछि पनि अस्पतालले कर्मचारीलाई पुग्नेगरी बस्ने ठाउँ मिलाउन सकेको छैन जस्ले गर्दा ५(६ जना एउटै सानो कोठामा बस्नुपर्छ,
– अस्पतालमा आउने सबै बिरामीको RT-PCR Test नगरिने भएकोले NoN-COVID युनिटहरुमा काम गर्न झनै खतरा हुन्छ,
– स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीको अनिवार्य PCR Test गराउन भनिए तापनि त्यसो गरिएको छैन,
– अस्पतालको गाडी सबै ठाउँ जाँदैन,
– कतिपय अस्पतालमा लकडाउनको समयमा काममा आउन नसके काम छोडनका लागि सूचना जारी गरिएको छ,
– अस्पतालकै सवारी चालक, सहचालक र अन्यलाई नै कोभिड संक्रमण देखिन थालेपछि आफ्नो साधन नभएको कर्मचारीलाई काममा आउन जान समस्या छ,
– समुदायमा झन स्वास्थ्यकर्मीलाई घृणाको नजरले हेरिन्छ,
– भाडामा बस्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीले कोठामा फर्केर नआउन भनिन्छ,
– सरकारले कोभिड युनिटमा अग्रभागमा काम गर्नेहरुलाई भत्ता दिने र इन्सुरेन्स पनि गराउने भनिए तापनि न त भत्ता न त इन्सुरेन्सकै ब्यबस्था गरिएको छ ।

विस्वब्यापी महामारीको यस्तो जटिल परिस्थितिमा एकार्काका लागि सहयोग, माया र सद्भाव राख्नु नितान्त आवश्यक भएकोमा सङ्क्रमितलाई अपहेलित गरिने मात्रै नभएर अझ सङक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा पनि अहिले बढ्दो सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ति देखिनु अत्यन्तै दुखद् हो । आखिर त्यो ठाउँमा कुनै पनि ब्यक्ति कुनै पनि बेला पुग्न सक्ने संभावना भएकोले आँफै त्यो ठाउँमा पुग्दा यो मानसिकताले आफ्नो उपचारमा संलग्न ब्यक्तिको अपेक्षा केका आधारमा गर्ने ? अत: हालको यस्तो जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आफ्नो समुदायमा कोही सङ्क्रमित भएमा उहाँहरुको विशेष ख्याल राख्ने मानसिकताको बिकास गरिनु आबस्यक छ र उनीहरुलाई काम गर्न अभिप्रेरित गरिने बातावरण तय गरिनुपर्छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

 
%d bloggers like this: