Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

हिराको मूल्य पाँच मुठा साग

Posted by Ram Kumar Shrestha on September 13, 2020


[मेरो फेसबुकमा प्रकाशित सामग्रीमध्येमा सर्बाधिक लोकप्रियमा दोश्रो स्थानमा रहेको सामग्री जुन समग्रमा लाखौंंका बीच पुग्यो ।]

एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, “गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्‍यो” ।

गुरु कोठाभित्र पसेर एउटा टल्किएको बस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यस्लाई नबेच्नु ।”

सो ब्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।

गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।

उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्‍यो ।

गुरुले उस्लाई नहतारिन भन्नु भयो र उस्लाई अब हिरा पसलेहरुकोमा गएर कतिसम्म दिन्छ बुझेर आउन भने ।

त्यो मान्छे अब धेरै हिरा पसलेकहाँ गएर आफ्नो गुरुले दिएको त्यो ढुंगालाई कति दिन्छ सोध्दै हिंड्यो । एउटा हिरा पसलेले त्यो ढुंगालाई एक करोडसम्म दिने कुरा बतायो । त्यो मान्छे अत्तालियो र हस्याङ र फस्याङ गर्दै गुरुकहाँ गएर एकजनाले एक करोड दिन तयार भएकोले अब भने बेच्न ढिलाई गर्न नहुने बतायो ।

गुरुले भन्नु भयो, “बाबु म सन्यासीलाई त्यो एक करोडको के काम?” गुरुले अगाडि भन्नु भयो, “यो ढुंगा र म उस्तै हो । साग पसलेले यस्लाई बढीमा पाँच मुठा साग दिन राजी भयो । किनकि उस्ले यो ढुंगाको मूल्य त्योभन्दा बढी देख्न सकेन । सुन पसलेले यस्को मूल्य दश लाखभन्दा बढी देख्न सकेन जबकि एउटा हिरा पसलेले यस्को मूल्य नाफा गरेर बेच्नको लागि एक करोडसम्म तिर्न तयार भयो । म पनि त्यस्तै हो – कसैले मलाई पागल भन्लान, कसैले सन्यासी भन्लान र अझ कसैले देवता । कुन मान्छेले मलाई कसरी बुज्छ भन्ने कुरा उस्को स्तरले बताउने कुरा हो । त्यसैले सबै आ-आफ्नो ठाउँमा ठीक छन । तिमीले कसरी लिने भन्ने कुरा तिम्रो कुरा हो बाबु ।”
श्रोत: किंबदन्ती

Facebook published link

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: