Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिने लिली थापा कोरोना संक्रमित

Posted by Ram Kumar Shrestha on October 27, 2020


कोभिड–१९ को विश्वव्यापी समस्याले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खलबलिंदा लाखौंं जनता सारंगी पेटमा बाँच्न बिवस भैराखेको बेलामा सामाजिक कामसँगै एकल महिलाको हकहितका लागि सदैव लडिरहने एकल महिला समूह नेपालकी संस्थापक अध्यक्ष लिली थापा विगत ७ महिनादेखि खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । एकल समूहले लकडाउन भएयता काठमाडौंमा मात्रै ६० हजारभन्दा बढी भोकाहरूलाई निःशुल्क खाना खुवाउने तथा राहत बाँड्ने काम गरेको छ । काठमाडौंमा मात्रै नभई देशका विभिन्न संगठित समूहमध्ये २० भन्दा बढी समूहले खान नपाएकाहरूलाई राहत र निःशुल्क भोजन गराउँदै आइरहेको छ ।

एकल महिला समूहको काठमाडौंस्थित बुढानिलकण्ठमा आफ्नै ‘छहारी भवन’ मा महिलाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । छहारी भवन, श्रीमानको मृत्यु भएका, श्रीमानले छाडेका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद भएका, ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका र वादी महिलाहरूको छाता संगठन हो । यहीं लकडाउनका बेला, एकै दिन एक सय भन्दा बढीलाई एक छाक खाना समेत खुवाउने गरिएको थियो ।

छहारीमा विदेशमै गर्भवती भएर आएका महिलाहरूलाई विशेष प्राथमिकताका साथ राख्ने गरिएको छ । त्यहाँ बस्ने महिलाहरू १४ दिन क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै आआफ्नो घर जाने गरेका छन् ।

पछिल्लो समय, हरेक हप्ताको आइतबार खाद्यान्न तथा राहत वितरण गर्ने क्रममा लिली हरेक ठाउँमा पुग्ने गरेकी थिइन् ।

स्थापनाको २५ बर्ष पूरा गरिसकेको यस समूहले एकल महिलाको हकहितको पक्षमा वकालत गर्नुका साथै अन्य सामाजिक कामहरूमा समेत सरिक हुँदै आइरहेको छ ।

उनै लिली यतिबेला भने कोरोनासँग लडिरहेकी छन् । उन्को शीघ्र स्वास्थ्य लाभको कामना!!!

Published Link

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

 
%d bloggers like this: