Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘नेपाली’ Category

यो फुट्ने होइन, जुटने बेला हो

Posted by Ram Kumar Shrestha on March 16, 2017

RMफुट्ने नभएर जुट्ने समय: बिस्वका अधिकांश देशमा एकाध पार्टी हुन्छन । हाम्रो जस्तो सानो देशमा राजनीतिक पार्टी बर्षा यामका च्याउ जस्ता छन । बिकसित देशमा सांसद मात्रै नभएर सरकार प्रमुख अथवा राष्ट्र प्रमुख एकाध पटक भएपछी आफ्नै पुरानो पेशामा फर्कन्छन् अथवा एउटा अन्तराष्ट्रिय जिम्मेवारी अथवा सामाजिक कार्यमा लाग्छन । हामीकहाँ वडा अध्यक्ष भएका समेत “होल टाइमर” राजनीति गर्ने जस्ता हुन्छन । राजनीतिमा लागेका ब्यक्तिहरु जीवनभर त्योभन्दा अरु पेशामा बिरलै लागेको पाईन्छ । देखिने आम्दानी केही नभए पनि अकूत संपत्तिको मालिक बन्दै राजनीतिलाई सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरिरहेका छन । यस्ले दुई कुरा देखाउंछ – १०० भन्दा बढी पार्टीका लाखौंं नेता एबं कार्यकर्ता उत्पादनमूलक कार्यमा लाग्दैनन पहिलो र दोश्रो, उनीहरु र उनीहरुका आसेपासे प्रत्यक्ष परोक्ष रुपमा राज्यको ढुकुटीमा र अन्य नदेखिने आय आर्जन कार्यमा हालिमुहाली गरिरहेका छन । यस्ले भ्रस्टाचारको बिकराल रुप देखाउँछ । प्रत्यक्ष परोक्ष रुपमा देशकै ढुकुटीबाट पोषित यस किसिमका अनाबस्यक नेता र कार्यकर्ताका कारण देश दिनानुदुन खोक्रो बन्दै जानु स्वाभाबिकै हो ।

Read the rest of this entry »

Posted in Article, बिबिध | Leave a Comment »

झलक दिखला जाको फाइनलिस्ट तेरियालाई भोट गर्न अनुरोध

Posted by Ram Kumar Shrestha on January 13, 2017

vote-to-teriya

बिलक्षण प्रतिभा एबं बेजोड जादुमय नृत्य कलाका कारण ११ बर्षीया तेरिया फौजा मगर लाखौं नेपालीको अथक प्रयासलाई सार्थक रुप दिंदै बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रको १४ वर्ष उमेरसम्मका झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर डीआईडी लिटिल मास्टर्सको सेसन ३ को बिजेता भएर राष्ट्रिय गौरब उचो पार्न सफल भइन २०१४ मा । राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकीले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले उक्त बिजयपस्चात नेपाल आउने बित्तिक्कै तात्कालिन उप-प्रधानमन्त्री माननीय प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्लाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त र सम्मान गरेको थियो ।   Read the rest of this entry »

Posted in Article, बिबिध | Tagged: , , , | Leave a Comment »

बुद्ध जन्मस्थल बिषयमा केन्द्रित कुराकानी

Posted by Ram Kumar Shrestha on September 16, 2016

Posted in Article, अन्तर्वाता | Tagged: , , , | Leave a Comment »

अभियानको प्रतिबेदनको आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय

Posted by Ram Kumar Shrestha on August 9, 2016

7 countriesगत डिसेम्बर ३० मा नेपालमा सातौं लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा बुद्ध जन्मस्थलबारे संयुक्त राज्य अमेरिका, चीन, जापान, श्रीलङ्का, थाइल्यान्ड, भारत र नेदरल्यान्डका पाठ्य पुस्तकमा भएका गलत जानकारी सच्याउन अभियानका तर्फबाट मैले अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारेको छ: पेज लामो अनुसन्धनात्मक प्रतिबेदन अभियानका तर्फबाट विस्व संयोजकको हैसियतमा मैले कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई हस्तान्तरण गरेपस्चात प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्र मन्त्रालयका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गर्नु भएको थियो । अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को हालैको बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती सात देशमा पत्राचार गरेको छ । यस्को लागि अभियान नेपाल सरकारप्रति आभार प्रकट गर्दछ ।

यस अघि अभियानका तर्फबाट मैले अमेरिकी रास्ट्रपति बाराक ओबामालाई सोही प्रतिबेदन पठाइसकेको भए तापनि सरकार मार्फत जाँदा छिटो र प्रभाबकारी हुने हुँदा गत ३० डिसेम्बरमा नेपालमा आयोजना गरिने कार्यक्रम मार्फत अमेरिका लगायत सात देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन अभियानको सरकार मार्फत जाने कुराको जानकारी अभियानको तर्फबाट उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’, पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचन्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीद्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाटको क्रममा सबैलाई जानकारी दिइएको थियो ।

तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई अभियानक तर्फबाट तयार गरिएको ज्ञापनपत्र पूर्व मन्त्रीद्धय दीपकुमार उपाध्याय र राजेन्द्र श्रेष्ठ, डा आरजु देउवा राणा, डा कबिताराम श्रेष्ठ समेत सहभागी भएको टिमले अगस्ट २०१० मा बुझाएपछि अभियानले आधिकारिक रुपमा वुद्ध जन्मस्थल बिषयमा भएको बिस्वब्यापी दिग्भ्रमको जरोको रुपमा बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारीलाई लिएको छ र यो समस्या निस्तेज पार्न मूल रुपमा नेपाल सरकारलाई आफ्ना कुटनीतिक नियोगहरुलाई यस उद्धेस्य प्राप्ती कार्यमा परिचालन गर्न सुझाब दिएको थियो । अभियानको सुझाब कार्यान्वयन नहुँदै कोरियाको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउने काम कोरियाका लागि नेपालका तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछी सच्याउने काम भएकोले अभियानले उहाँलाई सम्मान गरिसकेको छ । स्वीडेनमा भएको यस्तै समस्या समाधानको लागि अभियानले बेल्जियमस्थित नेपाली दूताबास मार्फत प्रकृया अगाडि बढाएपछी त्यहाँ पनि समस्या समाधान भएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

हामी ६५ हजार भारतिय गोर्खा सैनिकसंग सिंगो भारत हल्लाउन सक्ने क्षेमता छ

Posted by Ram Kumar Shrestha on November 3, 2015

gorkha

तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ । मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र

संग्राम किराती
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब

म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत(पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नु छ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।

म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुु पर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै सबै उतै छन् । सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ । Read the rest of this entry »

Posted in बिबिध | 1 Comment »

भीमकाय पहाड फोरेर काठमाडौँ सम्म रेल मार्ग ल्याऊने चिनको योजना

Posted by Ram Kumar Shrestha on November 1, 2015

1148raillllचीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो। नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ।

तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपु:याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो। नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ। Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

गुगल र ब्रिटिस म्युजियमले बुद्ध जन्मेको तथ्य सच्याई सके, अब मोदि पनि सच्चिनु पर्छ

Posted by Ram Kumar Shrestha on August 8, 2015

अस्ट्रेलिया, रामकुमार श्रेष्ठ

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा करीब आठ महिना अघि नेपालमा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम र प्रतिष्ठित मानिने भारतीयहरु द्वारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनी-कपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपात पस्चात सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको पाईयो । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनावस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योग गुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो, भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्वारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

मोदी भनाइ केही हो, न कि सबैथोक

Posted by Ram Kumar Shrestha on April 19, 2015

रामकुमार श्रेष्ठ

एक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ । एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा महानबाणी बोलिदिनुस सम्माननीय मोदीज्यू, किनकि हामी चाहन्छौं हाम्रो छिमेकी देशको प्रधानमन्त्री संसारभरकै लागि सम्मानित बनोस ।   

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममाविश्वलाई चकित गर्ने बुद्ध जन्मेको देशभनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम प्रतिष्ठित मानिने भारतीयहरुद्धारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनीकपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपातपस्चात  सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको देखिन्छ । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनाबस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रैजुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियोभनेका कारण बिबाद आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

सार्क बिस्तार प्रसंगको सान्दर्भिकता र जटिलताहरु

Posted by Ram Kumar Shrestha on November 26, 2014

रामकुमार श्रेष्ठ

Ram Kumar ShresthaSAARCदक्षिण एशियाली मुलुकहरु बीच कृषि, ग्रामीण बिकास, संचार, यातायात, कला, संस्कृति, खेलकूद जस्ता बिभिन्न नौ क्षेत्रमा क्षेत्रीय सदभाब कायम गर्ने अभिप्रायले ८ डिसेम्बर १९८५ मा बंगलादेश, भुटान, भारत, मालदिभस, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकार तथा राष्ट्र प्रमुखहरुले सार्क स्थापनालाई औपचारिक रुप दिए । भारतको प्रस्ताबमा १३ नोभेम्बर २००५ मा अफगानिस्तानलाई ल्याइयो र ३ अप्रिल २००७ मा यस्ले सदस्यता लिएपछि सार्कको सदस्य संख्या ८ पुग्यो । बिभिन्न चरणमा गरेर अस्ट्रेलिया, चीन, यूरोपियन युनियन, ईरान, जापान, मौरिटस, म्यानमार (बर्मा), दक्षिण कोरिया र अमेरिका गरी नौ मुलुकहरु पर्यबेक्षकको रुपमा छन । २०१२ मा दक्षिण अफ्रिका सहभागी भएको थियो । इण्डोनेसिया र रसिया सार्कको पर्यबेक्षकको रुपमा आउन  चाहन्छन भने चीन, ईरान र म्यानमार सदस्यको रुपमा । ईरान र म्यानमारलाई सदस्यता दिने संबन्धमा कुनै बिबाद छैन, तर चीनलाई सार्कको सदस्यता दिलाइनु पर्छ भन्ने पक्षमा पाकिस्तान र बंगलादेश देखा परेका छन र हाल नेपाल पनि यही पक्षमा देखिन्छ, तर भारतको लागि भने यो प्रस्ताब सहज रुपमा पाच्य हुन सक्ने देखिदैन ।

चीनले सार्कका अन्य सदस्य मुलुकहरु पाकिस्तान, बंगलादेश र श्रीलंकासंग निकै सकृय रुपले सार्कमा आफनो उपस्थिति जनाउन लबिङ गरिसकेको छ । चीनको विकास र स्थायित्वको लागि दक्षिण एसियाको भौगोलिक र रणनीतिक महत्वबारे चीनले नयाँ ढंगले अघि बढ्ने सोँच वनाएपछि अहिले चीनको दक्षिण एसिया नीति आक्रमक बन्दै गएको देखिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

यस्ता थिए महाकवि

Posted by Ram Kumar Shrestha on October 22, 2014

  • लक्ष्मीप्रसाद देवकोटाको जीवनको अर्को हिस्सा

समय :    २००० साल

स्थान :    त्रिचन्द्र कलेजको घन्टाघरस्थित पूर्व-पश्चिम फर्किएको नेपाल भाषानुवाद परिषद्को कार्यालय।

——————————————————————-

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर  मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन !  उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?

७१ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।

त्यति बेला शाकुन्तलको उठान थियो:

तिमी त नास्तिक बनिसकेछौ

खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वाणिर्क छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वाणिर्क र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाव्यको रचना गरसिकेका रहेछन्।  पुष्करको अडानप्रति देवकोटाले तत्काल कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला  समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तारपिm गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे ! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने ?’ देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया  जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द पि्रय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो  मान्छे के गर्छन् ?’

हालै ९० वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, “पुष्करशमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।” भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परष्िाद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परष्िाद्  शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।

१० दिनमै महाकाव्य Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

४० बालबालिका स्याहार्दै अविवाहिता सविता

Posted by Ram Kumar Shrestha on October 22, 2014

जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दगुर्ने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेहरुले नै सफलताको मिठो स्वाद चाख्छन् । एउटी अविवाहिता युवती कर्म मार्गमा यसरी नै अविचलित रुपमा लागिरहेकी छिन् ।

कोटेश्वर – काडाँघारी सडकखण्ड अन्तर्गत पुरानो सिनामंगलको सेतो घर नजिकै एउटा विशेष स्कूल छ । पहेँलो कलर पोतीएको स्कूलमा बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका बावाबालिकाहरुलाई स्याहार्दै गरेकी एक युवती भेटिन्छिन् । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी अविवाहीता ती युवती करिव चालिस जना अपाङ्गता भएका बालबालिकाहरुको स्याहार, सुसारकर्ता भएकी छिन् । फरक–फरक आमाहरुले उनीहरुलाई जन्म दिए पनि कर्म दिने, जिन्दगीको संघर्षपूर्ण यात्रामा जीवनको रंग सजाउँदै बाँच्न सिकाउने आमा भएकी छिन् ।

। सत्ताईस बर्षे भरभराउँदो जवानीमा तथा ‘लाऊँ लाऊँ खाऊँ खाऊँ’कै उमेरमा अति सघन मानसिक अपांगता (अटिजम) भएका बच्चा स्याहारिरहेका उनी आफ्नो पेशाप्रति लगनशिल मात्र होइनन् उत्तिकै सन्तुष्ट पनि छिन् ।  शारिरिक हिसावले अशक्त, मानसिक हिसावले अस्वभाविक, सघन बौद्धिक अपाङ्गता भएका विशेष प्रकृतिका बालबालिकाहरु परिवारको बोझ बन्ने गर्दछन् । तर, समाजमा हेपिएका तथा परिवारको बोझ ठानेका बालबालिकाहरुलाई नयाँ जीवन दिन पाएकोमा उनी सन्तुष्ट छिन् ।  उनीहरुलाई उचित किसिमको हेरचाह गर्ने, स्वास्थ्य, शिक्षामा विशेष ध्यान पुर्याउने हो भने उनीहरुको जीवन बदल्न सकिन्छ भन्नेमा पनि उनी दृढ संकल्पित छिन् ।    Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

विकसित देशबाट सिक्नै पर्ने केही कुराहरु

Posted by Ram Kumar Shrestha on September 17, 2014

गरीब देशबाट धनी देशमा आएर सिकेको बुझेको धनी देशको कामप्रतिको  संस्कार, मानसिकता मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा भित्रिएला नै, तर यस्लेबिदेशमा पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै

रामकुमार श्रेष्ठ

Ramमेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्ने बित्तिकै निर्देशकको बोली उस्को कानमा पर्छ, “आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र” । उक्त दिन निर्देशकको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीन भएन ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे ।

मेलबर्नको एउटा ठूलो नर्सिङ होममा काम पाएको केही दिनमा आफ्नो यूनिट मैनेजरले सामान राखिएको ट्रली ठेल्दै गरेको देखेर अबिकसित देशबाट आएका एकजना नयाँ कर्मचारी सघाउन जाँदा यूनिट मैनेजरले आफूलाई कुनै समस्या नभएकोले आफ्नै काम जारी राख्न भने । केही समयपछि उसले अर्को कुनामा नर्सिङ होमका मैनेजरले एउटा बिरामीलाई खानेकुरा ख्वाइरहेको देखे ।

हामी जे जस्तो संस्कार र मानसिकताग्रस्त समाजमा छौं यस्का आधारमा माथिका वास्तबिकताहरुलाई विश्वास गर्न र स्वीकार्न हम्मे हम्मे पर्छ जबकि विकसित देशमा बस्नेका लागि यी कुनै अस्वाभाबिक र अनौठा कुरा भने होइनन । यसको अर्थ के होइन भने बिकसित देशका सबै कुरा राम्रा छन र अबिकसित देशका नराम्रा । अबिकसित देशबाट पनि बिकसित देशले सिक्नु पर्ने कुराहरु धेरै छन । कामप्रतिको हाम्रो दृष्टिकोण सामाजिक बिषमता कायम गर्न र विकास कार्य अगाडि बढाउन बाधकको रुपमा देखा परेकोले विकसित देशमा पाइने यस किसिमको मान्यता भित्र्याउन सकिएको खण्डमा यसले विकास कार्यमा सकारात्मक भूमिका निर्बाह गर्ने कुरामा सन्देह छैन, तर समाज र देश परिवर्तनको लागि महत्वपूर्ण भएका कारण यस्ता कुराहरुको विकसित देशमा रहनेहरुले इमान्दारितापूर्बक वकालत गर्नु पर्छ भने विकसित देश गएर फर्कनेहरुले बिना श्रोत करोडपति र अरबपति बनेर दासप्रथाको प्रतिनिधि बनेर त्यसैलाई निरन्तरता दिने किसिमले विकसित देश विकसित हुने एउटा महत्वपूर्ण सूत्रको बदख्वाइ गर्ने नाममा आँफैले आफ्नै बदख्वाइ गर्नु हुँदैन । यी दुबै पक्षले यस्लाई आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गर्न सके देशलाई अगाडि बढाउन सहायकसिद्ध हुने कुरामा सन्देह छैन ।   Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

बिदेशका पुराना तर नेपालका नयाँ नारायणकाजी

Posted by Ram Kumar Shrestha on September 6, 2014

रामकुमार श्रेष्ठ

Profile Pictureवेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गर्छन, थाइल्याण्डका यातायात मन्त्री चाडचार्टले बैंककमा बस यात्रा अत्यन्तै ढिलो हुने बुझ्दा बुझ्दै पनि झन्डै प्लेन नै छुटने गरी गत जुनमा बसबाटै एयरपोर्ट जान्छन । त्यसैले अनाबस्यक अनगिन्ती पार्टी र नेता भएको गरीब देशका नेताहरु भने महंगा सवारी साधनको सट्टा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जस्तै सार्वजनिक यातायातमा चढ्नु नै उपयुक्त र ब्याबहारिक हो, तर पनि त्यसो भने हुन नसकिरहेको कारण श्रेष्ठको नियमित सार्वजनिक यातायात प्रयोग गराइ राष्ट्रिय चर्चाको बिषय बन्न पुगेको छ ।

पूर्व उपप्रधानमन्त्री श्रेष्ठ सार्वजनिक यातायात चढ्न थालेपछि जसरी समाचार बन्यो त्यसरी समाचार त गरीब नेपालका नेताहरु महंगा सवारी साधन चढनुको बन्नु पर्थ्यो । जुन कुरो व्याबहारिक र देश सुहाउँदो हो, त्यही काम गर्दा यत्रो चर्चा परिचर्चा हुन्छ भने हामी कतिसम्म अव्याबहारिक भएका रहेछौं त ? संपन्न मुलुकमा अनगिन्ती नारायणकाजी हुँदा प्रतिब्यक्ति आयका हिसाबले २६२ देशमा जानकारी प्राप्त भएका २२८ देशमध्येमा २०७ औं देशमा पर्ने एउटा तन्नम भगत हामीकहाँ बल्ल बल्ल एउटा नयाँ नारायणकाजी जन्मन्छन भने सीमित ब्यक्तिहरु मोटाएर देश सुकेनास रोगले ग्रस्त हुने रोगबाट उन्मुक्ति पाउने परिकल्पनाले सार्थक रुप लेला भन्ने आधार के त ? गरीब देशका अनगिन्ती नेताहरुद्धारा प्रयोग गरिने महंगा सवारी साधन प्रसंग ठूला ठूला भ्रस्टाचार जस्तै समाचार बन्न छाडिसकेको छ । यस्को स्पस्ट अर्थ हो यी ठूला गम्भीर समस्याहरुलाई समस्या देख्ने मानसिकता र माहौल थकित र बेसहार भैसकेका छन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

खड्गमान सिंह

Posted by Ram Kumar Shrestha on September 6, 2014

Khadga Man Singhबीस वर्षजेलको पिंञ्जडामा थुनिएर खड्गमान सिंह बाहिर आँउदा लावालस्करले उनको जयजयकार गरेका थिए । त्यस बेला उनलाई भेट्नेको कस्तो ताँती थियो भने नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले समेत तीन घन्टाको लाइनमा बसेर खड्गमान सिंहका हातमा पुष्पार्पण गरेका थिए ।

सिंहले १९८३ सालतिर भारतमा गएर महात्मा गान्धीलाई भेटेका थिए । गान्धीकै प्रेरणाले उनी नेपालको राणा विरोधी आन्दोलनमा सक्रिय भए । उनी नै राणा विरोधमा ओर्लने पहिलो नेपाली थिए । यसैबारे उनैले भनेका पनि थिए ”अनधिकारी र स्वेच्छाचारी राणशासनको विरोधमा उठ्ने म प्रथम व्यक्ति हुँ ।” नेपालमा पहिलो राजनैतिक दल खोल्ने पनि सिंह नै थिए र उनी प्रचण्ड गोर्खा दलका संस्थापकमध्येका एक थिए ।

सिंहले जीवनको महत्त्वपूर्ण भाग राणाशासनविरुद्ध सङ्घर्ष गरेरै विताए । उनी बीस वर्षसम्म जेलभित्रको फलामे पिंजडामा नै कोचिए । मान्छै थुन्ने त्यस पिंन्जडामा उनी उभिन सक्तैन थिए र खुट्टा पसारेर सुत्न पनि सक्तैन थिए । वास्तवमा अहिलेसम्मकै राजनैतिक यातना भोगीको इतिहासमा राजनीतिज्ञहरूमा सबैभन्दा बढी यातना भोग्ने व्यक्ति पनि सिंह नै थिए । खोरमा बन्द भएका बेला पनि सिंहका भावनाहरू जेलका पर्खाल बाहिर निस्कन्थे । स्वाभिमानी सिंह जन स्वतन्त्रताका लागि जेलमा नै कुँजो भए तर राणासमक्ष उनले आत्मर्समर्पण गरेनन् ।

आफूले भोगेका यस्तै विचित्रको अनुभव सिउरिएर सिंहले ‘जेलमा बीस वर्ष भन्ने अमर ग्रन्थ लेखे । साथै जीवनको उत्तर्रार्धमा आएर उनले ‘जेलबाहिर चालीस वर्ष भन्ने अर्को महत्त्वपूर्ण कृति लेखे । यस ग्रन्थको शिरमा नै उनले नरेन्द्रराज प्रसाईलाई सम्बोधन गरेर लेखे ।

जेलबाट निस्केपछि राजा त्रिभुवनका कृपाले सिंहले प्रज्ञा राज्यलक्ष्मीसँग बिहे गरे । सिंह मन्त्री, राजदूत र अञ्चलाधीश पनि भए । उनले प्रथम दर्जाको गार्खा दक्षिण बाहु पनि पाए र त्रिशक्ति पट्ट दोस्रा पनि लाए । उनले मुलुकको प्रधानमन्त्री बनेर राष्ट्र बनाउने सोच राखेका थिए । तर उनलाई विश्वबन्धु थापा र राजेश्वर देवकोटालाई झैं भाग्यले साथ दिएन । उनले नेपालका प्रायः सम्पूर्ण भूभाग र एसियाका साथै यूरोपका केही राष्ट्रको समेत भ्रमण गरेर अनुभव सङ्ग्रह गरे तर अनेक राष्ट्रघाति तत्वहरुको छिर्के झेल्नु परेकाले उनले मुलुकका लागि चाहेजति केही गर्न सकेनन् । वास्तवमा असल, महान् र त्यागीहरुलाई विटुलो पार्ने काममा पनि पञ्चायती व्यवस्थाले एउटा आधारभूत सिद्धान्त बनाएको थियो । त्यही पासोमा सिंह पनि फसेका थिए । यतिहुँदा हुँदै पनि उनले राजाको वकालतमा नै आफ्नो सम्पूर्ण जीवन फ्याँके । तर ‘जेल बाहिर चालीस वर्षमा उनले आफ्नो मन लेखे । त्यस कृतिमा उनले भनेका थिए ”पञ्चायतका जरा उखेल्नु एउटा नमूना मात्र हो हेर्दै जाउँ अझै केके उखेलिन्छ !” साँच्चे हो राजाका धुपौरेले सिंहजस्ता देशभक्तका पनि नाकमा घरिघरि नस हालिरहन्थे र यस्ता किसिमका क्रान्तिकारी किताब लेख्ने प्रेरणा दिइरहन्थे । Read the rest of this entry »

Posted in बिबिध | Leave a Comment »

लुम्बिनी र बुद्ध बिषयक दुई अन्तराष्ट्रिय कार्यक्रम आयोजना गरिने

Posted by Ram Kumar Shrestha on August 17, 2014

LKDM Logoवुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रम निस्तेज पार्न लागिपरेको लुम्बिनी-कपिलवस्तु दिवस अभियान आगामी डिसेम्बर १ मा छैटौ बर्षमा प्रबेश गर्दै गर्दा आफ्नो छैटौ बार्षिकोत्सबको अबसरमा लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित भएर दुई अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्ने निर्णय गरेको छ । आगामी वुद्ध जयन्तीको अबसर पारेर बेल्जियममा बिभिन्न बिदेशीहरुलाई समेत सहभागी गराएर वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित भएर बिभिन्न बिषयमा कार्यपत्र पेश गरिने किसिमले अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिनेछ । यस्को लागि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे), प्रो डा कृष्ण पन्थी (नर्बे), प्रो डा मिरोज शाक्य (अमेरिका), डा हरी कुमार श्रेष्ठ (नेपाल), डा मधु कृष्ण श्रेष्ठ (रसिया), ई शंकर गौतम (स्विडेन), दामोदर प्रशाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल ) रहनु भएको छ । मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।

अभियानको छैठौं बार्षिकोत्सब मनाउने क्रममा आगामी डिसेम्बरमा बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब मनाउन डा मधु कृष्ण श्रेष्ठ (रसिया) (साहित्यिक नाम मधु माधुर्य) को मूल संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), सानु घिमिरे (अस्ट्रेलिया), सुरेन्द्र लिम्बू परदेशी (भारत), बिमल गिरी (बेल्जियम), बिकल आचार्य (वेलायत), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), डा लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) हुनुहुन्छ । यो मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप-समितिहरु गठन गर्नेछ ।

Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

 
%d bloggers like this: