Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘नियात्रा’ Category

बाग्लुङमा भूमिगत शालिग्राम संग्राहालय सन्चालनमा

Posted by Ram Kumar Shrestha on July 19, 2020

रामकुमार श्रेष्ठ***

3

धेरै ऋषिमुनीले तपस्या समेत गरेको मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ र कालीगण्डकी किनारको ‘कालीगण्डकी सभ्यता’का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिएकाले यो धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिनु स्वाभाबिकै हो ।

shaligram-museum

पछिल्लो समय अतिक्रमणका कारण संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालिग्रामका बारेमा भावी पुस्तालाई जानकारी दिने अभिप्रायले सुरुङ खनेर कालीगण्डकी सभ्यता र शालिग्राम संरक्षण गर्नका लागि दामोदर कुण्डदेखि त्रिबेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको बारेमा एकै थलोमा देख्न सकिने गरी शालिग्राम संग्राहालयलाई ब्यबस्थित गरिएको छ । Read the rest of this entry »

Posted in Article, नियात्रा, समाचार | Tagged: , , , , , , , , , , | Leave a Comment »

मस्कोदेखि बेइजिङसम्म

Posted by Ram Kumar Shrestha on July 2, 2009

(बिपरीत गोलार्ध – 2)

*रामकुमार श्रेष्ठ

आफ्नो इन्जिनियरिङ्ग अध्ययन सकाएर स्वदेश फर्कन पर्ने बेला भएको र चीन समाजबादी देश भएको कारण तात्कालिन परिस्थिति अनुसार नेपालबाटRam चीन सामान्य अवस्थामा जान संभब नभएकोले बिस्वका सात आस्चर्यमध्यका एक The Great Wall हेर्ने इच्छा पुरा गर्नका खातिर जसरी पनि चीन जाने निर्णय गरेको थिएँ धेरै यूरोपेली मुलुकहरुको यात्रा गरिसकेकोले । यो कुरा हो १९९१ को । चीन भर्खर भर्खर बिस्वको लागि खुला गरिएको र मस्को – बेइजिङ ट्रेन हप्तामा २ वटा मात्र भएकोले मस्कोबाट बेइजिङ जाने टिकट हात पार्नु निकै कठीन काम थियो त्यस बेला यूरोपेलीहरुको लागि अति चल्तिको रुट भएकोले । बिहान सबेरैदेखि टिकटको लागि धाउँदा पनि कैयौं दिनसम्म टिकट हात पार्न नसकेपछि बढी पैसा तिरेर (५० अमेरिकी डलर) एकतर्फी यात्राको लागि एक हप्ता लाग्ने सो यात्राको दुई तर्फी टिकट् हात पारें झण्डै दुई महिनापछिको यात्राको लागि । बढी पैसा तिरेर पनि त्यति सस्तोमा त्यति लामो यात्राको टिकट हात पारेको सुन्दा सबैलाई अच्चम्म लाग्न सक्छ, तर त्यस बेलाको रुसमा हरेक कुरा यति सस्ता हुन्थे कि जसबारे बर्णन गर्ने हो भने बूढा बूढीहरुले उनीहरुको समयको बर्णन गर्दा हामीलाई कथा लागे जस्तै लाग्न सक्छ अन्य ब्यक्तिहरुको लागि । बिपरीत  गोलार्ध – १ को  यात्रा उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धतर्फको थियो भने यस यात्राको बिशेषता हुनेछ  – पश्चिमी गोलार्धबाट पूर्बी गोलार्धको यात्रा । Read the rest of this entry »

Posted in नियात्रा | Leave a Comment »

लण्डन – मेलबर्न – लण्डन यात्रा

Posted by Ram Kumar Shrestha on July 2, 2009

(बिपरीत गोलार्ध – १)

रामकुमार श्रेष्ठ

यात्रा अधिकांश प्राय:को चाहना हुँदा हुँदै पनि कतिपय कारणले गर्दा चाहेको बेलामा चाहेको यात्रा संभब हुन सकिरहेको हुन्न । करीब  डेढ  दर्जन  जति  मुलुकहरुको  यात्रा  गरिसकेको  मुलुकभित्रकै  एउटा  मुलुक  अष्ट्रेलियाको  पुन:  यात्रा सकाएँ  गत महिना अघि मात्र बिभिन्न कारणले गर्दा २ पटक मिति परिवर्तन गरेपछि । उत्सुकताभन्दा  बढी  कता  कता पट्यारलाग्दो पनि  भईरहेको  थियो  करीब  २३ घण्टा  लामो  प्लेन  यात्रा  गर्नु पर्ने भएको  कारण । हुन  त  मस्कोदेखि  बेइजिङसम्मको  लगातार  १  हप्ता  लामो यात्राको  अनुभूति  नभएको  पनि  होइन  तर  सो  यात्रामा सहज तबरले सुत्न पाइने, स्वच्छ पर्याप्त हावाको अभाब नहुने अनि अन्य कतिपय कारणले गर्दा यात्रा अति रमाइलो भएको थियो (यसबारे बिपरीत गोलार्ध-२ मा अनुभूतिहरुलाई पोख्नेछु)। यस भ्रमणमा भने उपर्युक्त कुराहरुको अभाब, सीटमा नै सुत्न पर्ने भएको कारण सामना गर्न पर्ने कठिनाइ र स-परिवार (४ जना) भएको कारण झ्यालको सीट पाउन नसकिएकोले प्लेनबाटै गर्न पाइने द्रिश्याबलोकनबाट समेत बन्चित हुन पर्ने जस्ता कारणले मूलत: यात्राबधि हुनु पर्ने जति रोमान्चक हुन नसक्नु स्वाभाबिक थियो। त्यसमाथि बारंबार गराइएको सतर्कताको बाबजूद भएको हेलचेक्र्याइंले गर्दा छोरी पूजालाई लामो यात्रामा हुने बिसन्चो रोकथामको लागि औषधी खुवाउन नपाईएको कारण भोग्न परेको झमेलाको कथाको  ब्यथा  त झन अझ थियो नै। जे होस यो यात्राको एउटा बिशेष बिशेषता थियो – उत्तरी गोलार्धबाट दक्षिणी गोलार्धको यात्रा । समयको कारणले गर्दा जाडोको मध्याबस्थामा रहेको ठाउँबाट गर्मीको मध्याबस्थामा रहेको ठाउँको यात्रा । Read the rest of this entry »

Posted in नियात्रा | Leave a Comment »

 
%d bloggers like this: