Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘लेख/ रचना /निबन्ध’ Category

मृत्यु हुनु अघि सात कामको लिस्ट तयार गर्नुहोस !

Posted by Ram Kumar Shrestha on July 4, 2017

रामकुमार श्रेष्ठ 

shawasan
१९९९ तिरको कुरा हो, सुर्खेतको एउटा हलमा प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, मेयर, बिभिन्न कार्यालय र परियोजना प्रमुखहरुले भरिएको थियो । सबैजना आ-आफ्नो निकटमा बस्नेहरुसंग कुरा गरिरहेका थिए । यत्तिकैमा एकजना ४० को हाराहारीको ब्यक्ति हलको अगाडि आएर ताली पिट्दै सबैको ध्यान आफूतिर आकृस्ट गरेपछि आफ्नो र कार्यक्रमको सामान्य परिचय दिए लगत्तै सबैको सामू एउटा प्रश्नबाटै कार्यक्रमको शुरु गरे ।

प्रश्न थियो, “मानिलिनुस् कि तपाईंको मृत्यु केही दिनभित्रै हुँदैछ । मृत्यु हुनु अघि गर्न मन लागेका सात कामको लिस्ट तयार गर्नुहोस ।“ जतिसुकै आपराधिक काम गर्नेले पनि त्यो अवस्थामा तयार गर्ने लिस्ट सहजै अनुमान गर्न सकिन्छ । बिशेष गरी हिन्दू धर्मका पुस्तकहरुमा पाप कर्म गरेपछि रगत र पीपयुक्त बैतर्णी नदी तर्नुपर्ने, धारिलो खुकुरीमाथि हिंडनु पर्ने, भकभक उम्लिएको तेलको कराहीमा डुब्नुपर्ने जस्ता सुन्दैमा कहालीलाग्दा सजायँहरुलाई जीवनभरी बेवास्ता गरी जति नै कुकर्म गरे पनि यो अवस्थामा त्यस्ता सजायबाट जोगिने कामबाट जोगिन कम्तीमा लिस्ट तयार गर्दाको अवस्थामा को पछि पर्ला ? Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

आशातित चुनाव परिणाम्, प्रचन्ड सफल नेता

Posted by Ram Kumar Shrestha on May 16, 2017

रामकुमार श्रेष्ठ

गोरखा स्थित सहिद लखन गाउंपालिकाको एक मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै १०४ वर्षिया

२०१३ को जुन १९ तारिख नेपाली समुदायको तर्फबाट अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई उन्कै कार्यकक्षमा भेटेर बाहिर निस्कदा उन्कै मन्त्रीमण्डलका प्रभाबशाली मन्त्री क्रिस बावन भने जुलिया गिलार्डकै कार्यकक्ष बाहिर नेपाली समुदायलाई पर्खेर बसिरहेका थिए । गिलार्डको लागि सरकार प्रमुखबाट बाहिर्याउने खेल उन्कै लेबर पार्टीभित्रै चलिरहेको थियो र अब उन्को कार्यकाललाई करीब एक हप्तामा अन्त्य गराउने खेल चलिरहेको थियो । गिलार्डको कार्यकक्षमा मन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोल्यान्ड साथैमा थिए, तर प्रभाबशाली मन्त्री बावन भने बाहिर बसिराख्नुको कारण थियो उनी गिलार्डलाई हटाएर केभिन रुडलाई ल्याउने खेमामा थिए । लेबरका सकृय कार्यकर्ताले एक हप्तापछी गिलार्डको ठाउँ केभिनले लिने र यस्ले सेप्टेम्बरमा हुने संसदीय चुनावमा लेबर पार्टीलाई स्पस्ट बहुमत दिलाउने जिकिर गरेपछि मैले तीन पटक दोहोर्याएर सोधें कि उनी साँच्चै नै त्यो सरकारले लेबरलाई स्पस्ट बहुमत दिलाउने कुरामा निस्चिन्त छन? उन्को लगातार सकारात्मक जबाफपछि उन्को राजनीतिक दरिद्रताप्रति मनमनै मुस्कुराएँ । मुखैमा आइसकेको चुनावको बेला पार्टीभित्र हुने त्यत्ति ठुलो बिग्रहले पार्टीलाई बलियो बनाउने सोंचले मूर्त रुप लिन सकेन र २७ जुनमा प्रधानमन्त्री भएका केभिन तीन महिना पनि नपुग्दै १८ सेप्टेम्बरमा आँशु खसाल्दै प्रधानमन्त्रीबाट पनि हटे र राजनीतिबाट पनि सन्यास लिए ।

अनेकन अन्यौलता, जटिलता र ब्यबधानका बाबजुद बर्तमान सरकारले छिटफुट घटना बाहेक ७३ प्रतिशत मत खस्ने गरी स्थानीय निकायको पहिलो चरणको चुनाव सम्पन्न गराएको छ नेपाली जनतालाई २० बर्षपछि स्थानीय तहको निर्वाचनको लागि मताधिकार प्रयोग गर्ने अबसर दिलाएर । दुई दशकपछि स्थानीय तहको वैशाख ३१ आइतवार भएको निर्वाचनमा थला परेका विरामीदेखि क्रियापुत्रीसम्मले मतदान गरेका छन । नुवाकोटमा एक सय १५ वर्षीया र गोरखा स्थित सहिद लखन गाउंपालिकामा १०४ वर्षिया वृद्धाले समेत आफ्नो मताधिकार प्रयोग गरे । यस्ले नेपालको इतिहासमा ठुलो महत्व राख्दछ र पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहीत गरेको यो दिन एउटा ऐतिहासिक दिनको रुपमा स्थापित हुनेछ । बर्तमान सरकारले चुनाव नगराउने खेल खेलिरहेको आरोप लागेको बेला यो देशमा चुनाव जसरी पनि गराउनु पर्छ भन्ने कुरामा सबैभन्दा बढी चिन्ता बर्तमान प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचन्ड’ लाई थियो र उन्का लागि आफ्नो पार्टी कुन स्थानमा आउँछ भन्ने कुरा गौढ र चुनाव कसरी संपन्न गर्ने भन्ने कुरा प्रधान थियो । किनकि संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशिता र समानुपातिकता उन्को पार्टीको मुद्धा हो र त्यो मुद्धा चुनाव नभैकन संस्थागत नहुने भएकोले चुनाव परिणामले उन्को पार्टीलाई दिने साइजभन्दा चुनाव कसरी संपन्न गर्ने भन्ने प्रश्न उन्को लागि प्रधान कुरा हो । संपन्न चुनावले नेपालको प्रगतिको  रथको पाँग्रा केहि अघि बढेको पनि संकेत गर्छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

सुरक्षाकर्मी हाम्रा नेताहरुलाई मात्रै किन?

Posted by Ram Kumar Shrestha on March 10, 2017

१९जुन, २०१३, १४:३० बजे अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट अस्ट्रेलियाली सरकारलाई शान्तिका प्रतिक वुद्धको मूर्ति उपहार रअस्ट्रेलियाको विकासका साथसाथै अस्ट्रेलियामा शान्ति कायम होस भन्ने शुभ-कामनाका साथ लुम्बिनी कपिलवस्तु दिवस अभियानका तर्फबाट पत्र दिन प्रबेश गर्दा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसदमिशेल रोलान्ड वाहेक कुनै पनि सुरक्षाकर्मी थिएनन ।

       

१५ अगस्ट, २०१५ का दिन मेरो आफ्नै निवासमा अस्ट्रेलियाकै प्रभाबशाली नेता, पूर्व मन्त्री एबं तात्कालिन अध्यागमन तथा सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्सको प्रमुख र सांसद क्रिस्चिनकौजिन्स र भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको बिशेष आतिथ्यतामा आयोजित देशको सम्बृद्धिका लागिू बिचार गोष्ठिमा कुनै पनि सुरक्षाकर्मी आएका थिएनन ।कार्यक्रम सकिंदा राती भैसकेको थियो, र नेता रिचार्ड मार्ल्स र सांसद क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म जाँदा त्यहाँ पनि सुरक्षाकर्मी देखिएनन ।

            

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

गुगल र ब्रिटिस म्युजियमले बुद्ध जन्मेको तथ्य सच्याई सके, अब मोदि पनि सच्चिनु पर्छ

Posted by Ram Kumar Shrestha on August 8, 2015

अस्ट्रेलिया, रामकुमार श्रेष्ठ

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा करीब आठ महिना अघि नेपालमा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम र प्रतिष्ठित मानिने भारतीयहरु द्वारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनी-कपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपात पस्चात सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको पाईयो । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनावस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योग गुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो, भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए ।

नेपालबारे अत्यन्तै साना कुराहरु समेत जानकारी राख्न सक्ने खुबी भएका रुपमा आफूलाई प्रमाणित गर्न सक्षम मोदीले आफूले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, वुद्ध फिल्ममा कबिर बेदीले बोलेका आदि बिषयमा भएका बिरोध र नेपालीहरुले यस बिषयमा भारतको नियतका बिरुद्ध विस्वब्यापी रुपमा दर्शाएको बिरोधबारे अनभिज्ञ छन भन्न सकिन्न । त्यसरी नै प्रो कनिङ्हामको नेतृत्वमा युनेस्कोमार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानद्वारा बुद्धको जन्मस्थल र समय समेतको नयाँ जानकारी र वैज्ञानिक पुनर्पुष्टि महत्वपूर्ण अन्तराष्ट्रिय संचार माध्यमहरुको प्राथमिकतामा परेबाट भारतले सामना गर्न परेको असहज लज्जाबोधलाई पनि बुझेका छैनन भन्न सकिन्न । र, अर्को कुटनितिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले वुद्ध जन्मस्थल बिषयमा जे बोले त्यस्लाई यी सबैबाट अलग राखेर हेर्न सकिन्न । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

मोदी भनाइ केही हो, न कि सबैथोक

Posted by Ram Kumar Shrestha on April 19, 2015

रामकुमार श्रेष्ठ

एक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ । एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा महानबाणी बोलिदिनुस सम्माननीय मोदीज्यू, किनकि हामी चाहन्छौं हाम्रो छिमेकी देशको प्रधानमन्त्री संसारभरकै लागि सम्मानित बनोस ।   

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममाविश्वलाई चकित गर्ने बुद्ध जन्मेको देशभनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यम प्रतिष्ठित मानिने भारतीयहरुद्धारा बारंबार बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेतका कारण यस्ले लाखौं नेपालीको मन जित्ने काम मात्रै गरेन अपितु बिशेष गरी लुम्बिनीकपिलबस्तु दिवस अभियानको २००९ मा भएको सूत्रपातपस्चात  सामाजिक सन्जाल बिशेष गरी फेसबुकमा बुद्ध नेपालमा जन्मनु भएको सन्देशको बाढीका कारण मौनतापूर्बक यो बिषयमा चलेको जुहारीलाई नियालिरहेका थुप्रै अन्तराष्ट्रिय संचार माध्यमले समेत मोदीको उक्त भनाइलाई उच्च प्राथमिकता दिएर समाचार संप्रेषण गरेको देखिन्छ । बुद्ध जन्मस्थल बिषयमा सत्य छायाँमा पारिने र असत्य सही जस्तो देखिने गरी अनाबस्यक किसिमबाट सिर्जना भएको बिस्वब्यापी दिग्भ्रम मोदी भनाइले नै टुङ्याउने हो कि भन्ने जस्तो मानसिकता धेरै नेपालीहरुमा मात्रै नभएर हाम्रा देश हाँक्ने नेताहरुमा समेत पाइयो कुराकानीको सिलसिलामा, जुन सही होइन ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रैजुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियोभनेका कारण बिबाद आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

सार्क बिस्तार प्रसंगको सान्दर्भिकता र जटिलताहरु

Posted by Ram Kumar Shrestha on November 26, 2014

रामकुमार श्रेष्ठ

Ram Kumar ShresthaSAARCदक्षिण एशियाली मुलुकहरु बीच कृषि, ग्रामीण बिकास, संचार, यातायात, कला, संस्कृति, खेलकूद जस्ता बिभिन्न नौ क्षेत्रमा क्षेत्रीय सदभाब कायम गर्ने अभिप्रायले ८ डिसेम्बर १९८५ मा बंगलादेश, भुटान, भारत, मालदिभस, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकार तथा राष्ट्र प्रमुखहरुले सार्क स्थापनालाई औपचारिक रुप दिए । भारतको प्रस्ताबमा १३ नोभेम्बर २००५ मा अफगानिस्तानलाई ल्याइयो र ३ अप्रिल २००७ मा यस्ले सदस्यता लिएपछि सार्कको सदस्य संख्या ८ पुग्यो । बिभिन्न चरणमा गरेर अस्ट्रेलिया, चीन, यूरोपियन युनियन, ईरान, जापान, मौरिटस, म्यानमार (बर्मा), दक्षिण कोरिया र अमेरिका गरी नौ मुलुकहरु पर्यबेक्षकको रुपमा छन । २०१२ मा दक्षिण अफ्रिका सहभागी भएको थियो । इण्डोनेसिया र रसिया सार्कको पर्यबेक्षकको रुपमा आउन  चाहन्छन भने चीन, ईरान र म्यानमार सदस्यको रुपमा । ईरान र म्यानमारलाई सदस्यता दिने संबन्धमा कुनै बिबाद छैन, तर चीनलाई सार्कको सदस्यता दिलाइनु पर्छ भन्ने पक्षमा पाकिस्तान र बंगलादेश देखा परेका छन र हाल नेपाल पनि यही पक्षमा देखिन्छ, तर भारतको लागि भने यो प्रस्ताब सहज रुपमा पाच्य हुन सक्ने देखिदैन ।

चीनले सार्कका अन्य सदस्य मुलुकहरु पाकिस्तान, बंगलादेश र श्रीलंकासंग निकै सकृय रुपले सार्कमा आफनो उपस्थिति जनाउन लबिङ गरिसकेको छ । चीनको विकास र स्थायित्वको लागि दक्षिण एसियाको भौगोलिक र रणनीतिक महत्वबारे चीनले नयाँ ढंगले अघि बढ्ने सोँच वनाएपछि अहिले चीनको दक्षिण एसिया नीति आक्रमक बन्दै गएको देखिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

यस्ता थिए महाकवि

Posted by Ram Kumar Shrestha on October 22, 2014

  • लक्ष्मीप्रसाद देवकोटाको जीवनको अर्को हिस्सा

समय :    २००० साल

स्थान :    त्रिचन्द्र कलेजको घन्टाघरस्थित पूर्व-पश्चिम फर्किएको नेपाल भाषानुवाद परिषद्को कार्यालय।

——————————————————————-

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर  मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन !  उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?

७१ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।

त्यति बेला शाकुन्तलको उठान थियो:

तिमी त नास्तिक बनिसकेछौ

खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वाणिर्क छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वाणिर्क र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाव्यको रचना गरसिकेका रहेछन्।  पुष्करको अडानप्रति देवकोटाले तत्काल कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला  समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तारपिm गर्दै भनेछन्, ‘बडो राम्रो छ।’

पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, ‘बाजे ! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने ?’ देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया  जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको ‘बाजे’ शब्द पि्रय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, ‘म टपरे बाहुन होइन।’ यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, ‘त्यसो भए तिम्रो  मान्छे के गर्छन् ?’

हालै ९० वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, “पुष्करशमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।” भनिदिएछन्, ‘यहीँ बस्छन्।’

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परष्िाद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परष्िाद्  शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।

१० दिनमै महाकाव्य Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

४० बालबालिका स्याहार्दै अविवाहिता सविता

Posted by Ram Kumar Shrestha on October 22, 2014

जीवनलाई भाग्यको खेल मान्ने या कर्मको प्रतिक, यो आम मानिसहरुको अन्तरमनमा दगुर्ने प्रश्न हो तर जीवनलाई भाग्यको खेल भन्दा पर राखेर असल कर्म मार्फत जिन्दगी बदल्ने अभियानमा सरिक हुनेहरुले नै सफलताको मिठो स्वाद चाख्छन् । एउटी अविवाहिता युवती कर्म मार्गमा यसरी नै अविचलित रुपमा लागिरहेकी छिन् ।

कोटेश्वर – काडाँघारी सडकखण्ड अन्तर्गत पुरानो सिनामंगलको सेतो घर नजिकै एउटा विशेष स्कूल छ । पहेँलो कलर पोतीएको स्कूलमा बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका बावाबालिकाहरुलाई स्याहार्दै गरेकी एक युवती भेटिन्छिन् । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी अविवाहीता ती युवती करिव चालिस जना अपाङ्गता भएका बालबालिकाहरुको स्याहार, सुसारकर्ता भएकी छिन् । फरक–फरक आमाहरुले उनीहरुलाई जन्म दिए पनि कर्म दिने, जिन्दगीको संघर्षपूर्ण यात्रामा जीवनको रंग सजाउँदै बाँच्न सिकाउने आमा भएकी छिन् ।

। सत्ताईस बर्षे भरभराउँदो जवानीमा तथा ‘लाऊँ लाऊँ खाऊँ खाऊँ’कै उमेरमा अति सघन मानसिक अपांगता (अटिजम) भएका बच्चा स्याहारिरहेका उनी आफ्नो पेशाप्रति लगनशिल मात्र होइनन् उत्तिकै सन्तुष्ट पनि छिन् ।  शारिरिक हिसावले अशक्त, मानसिक हिसावले अस्वभाविक, सघन बौद्धिक अपाङ्गता भएका विशेष प्रकृतिका बालबालिकाहरु परिवारको बोझ बन्ने गर्दछन् । तर, समाजमा हेपिएका तथा परिवारको बोझ ठानेका बालबालिकाहरुलाई नयाँ जीवन दिन पाएकोमा उनी सन्तुष्ट छिन् ।  उनीहरुलाई उचित किसिमको हेरचाह गर्ने, स्वास्थ्य, शिक्षामा विशेष ध्यान पुर्याउने हो भने उनीहरुको जीवन बदल्न सकिन्छ भन्नेमा पनि उनी दृढ संकल्पित छिन् ।    Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

विकसित देशबाट सिक्नै पर्ने केही कुराहरु

Posted by Ram Kumar Shrestha on September 17, 2014

गरीब देशबाट धनी देशमा आएर सिकेको बुझेको धनी देशको कामप्रतिको  संस्कार, मानसिकता मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरु आँफै टाउको लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा भित्रिएला नै, तर यस्लेबिदेशमा पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरुको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै

रामकुमार श्रेष्ठ

Ramमेलबर्नको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको ब्यक्ति एकदिन अफिस समयपश्चात पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्ने बित्तिकै निर्देशकको बोली उस्को कानमा पर्छ, “आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र” । उक्त दिन निर्देशकको टेबल वरिपरि भुइंमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठीन भएन ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संस्थाहरुमा बिभिन्न स्तरका स्वास्थ्यकर्मीहरु पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकांही तालिम दिने काममा पनि शरिक हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरुको लागि नि:शुल्क रुपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकांही सो क्याफेमा पनि काम गर्थे र आफ्ना बिद्यार्थी र कर्मचारीहरुले खाइसकेको प्लेटहरु उठाउन पनि ब्यस्त देखिन्थे ।

मेलबर्नको एउटा ठूलो नर्सिङ होममा काम पाएको केही दिनमा आफ्नो यूनिट मैनेजरले सामान राखिएको ट्रली ठेल्दै गरेको देखेर अबिकसित देशबाट आएका एकजना नयाँ कर्मचारी सघाउन जाँदा यूनिट मैनेजरले आफूलाई कुनै समस्या नभएकोले आफ्नै काम जारी राख्न भने । केही समयपछि उसले अर्को कुनामा नर्सिङ होमका मैनेजरले एउटा बिरामीलाई खानेकुरा ख्वाइरहेको देखे ।

हामी जे जस्तो संस्कार र मानसिकताग्रस्त समाजमा छौं यस्का आधारमा माथिका वास्तबिकताहरुलाई विश्वास गर्न र स्वीकार्न हम्मे हम्मे पर्छ जबकि विकसित देशमा बस्नेका लागि यी कुनै अस्वाभाबिक र अनौठा कुरा भने होइनन । यसको अर्थ के होइन भने बिकसित देशका सबै कुरा राम्रा छन र अबिकसित देशका नराम्रा । अबिकसित देशबाट पनि बिकसित देशले सिक्नु पर्ने कुराहरु धेरै छन । कामप्रतिको हाम्रो दृष्टिकोण सामाजिक बिषमता कायम गर्न र विकास कार्य अगाडि बढाउन बाधकको रुपमा देखा परेकोले विकसित देशमा पाइने यस किसिमको मान्यता भित्र्याउन सकिएको खण्डमा यसले विकास कार्यमा सकारात्मक भूमिका निर्बाह गर्ने कुरामा सन्देह छैन, तर समाज र देश परिवर्तनको लागि महत्वपूर्ण भएका कारण यस्ता कुराहरुको विकसित देशमा रहनेहरुले इमान्दारितापूर्बक वकालत गर्नु पर्छ भने विकसित देश गएर फर्कनेहरुले बिना श्रोत करोडपति र अरबपति बनेर दासप्रथाको प्रतिनिधि बनेर त्यसैलाई निरन्तरता दिने किसिमले विकसित देश विकसित हुने एउटा महत्वपूर्ण सूत्रको बदख्वाइ गर्ने नाममा आँफैले आफ्नै बदख्वाइ गर्नु हुँदैन । यी दुबै पक्षले यस्लाई आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गर्न सके देशलाई अगाडि बढाउन सहायकसिद्ध हुने कुरामा सन्देह छैन ।   Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

बिदेशका पुराना तर नेपालका नयाँ नारायणकाजी

Posted by Ram Kumar Shrestha on September 6, 2014

रामकुमार श्रेष्ठ

Profile Pictureवेलायतका प्रधानमन्त्री डेभिड क्यामेरोन मन्त्रीहरुलाई लिमो गाडी बिर्सेंर ट्युब चढन सल्लाह दिंदै आफू पनि ट्युबमा यात्रा गर्दा उभिएर पत्रिका पढ्न सक्छन, स्वीटजरल्याण्डका ९१ प्रतिशत सभासदहरु ट्राममा यात्रा गर्छन्, शिकागोका मेयर राहम इमानुयल ट्रेन चढछन्, फ्रान्सका तात्कालिन प्रधानमन्त्री फ्रान्सिस हलाण्डेले २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गर्छन, थाइल्याण्डका यातायात मन्त्री चाडचार्टले बैंककमा बस यात्रा अत्यन्तै ढिलो हुने बुझ्दा बुझ्दै पनि झन्डै प्लेन नै छुटने गरी गत जुनमा बसबाटै एयरपोर्ट जान्छन । त्यसैले अनाबस्यक अनगिन्ती पार्टी र नेता भएको गरीब देशका नेताहरु भने महंगा सवारी साधनको सट्टा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जस्तै सार्वजनिक यातायातमा चढ्नु नै उपयुक्त र ब्याबहारिक हो, तर पनि त्यसो भने हुन नसकिरहेको कारण श्रेष्ठको नियमित सार्वजनिक यातायात प्रयोग गराइ राष्ट्रिय चर्चाको बिषय बन्न पुगेको छ ।

पूर्व उपप्रधानमन्त्री श्रेष्ठ सार्वजनिक यातायात चढ्न थालेपछि जसरी समाचार बन्यो त्यसरी समाचार त गरीब नेपालका नेताहरु महंगा सवारी साधन चढनुको बन्नु पर्थ्यो । जुन कुरो व्याबहारिक र देश सुहाउँदो हो, त्यही काम गर्दा यत्रो चर्चा परिचर्चा हुन्छ भने हामी कतिसम्म अव्याबहारिक भएका रहेछौं त ? संपन्न मुलुकमा अनगिन्ती नारायणकाजी हुँदा प्रतिब्यक्ति आयका हिसाबले २६२ देशमा जानकारी प्राप्त भएका २२८ देशमध्येमा २०७ औं देशमा पर्ने एउटा तन्नम भगत हामीकहाँ बल्ल बल्ल एउटा नयाँ नारायणकाजी जन्मन्छन भने सीमित ब्यक्तिहरु मोटाएर देश सुकेनास रोगले ग्रस्त हुने रोगबाट उन्मुक्ति पाउने परिकल्पनाले सार्थक रुप लेला भन्ने आधार के त ? गरीब देशका अनगिन्ती नेताहरुद्धारा प्रयोग गरिने महंगा सवारी साधन प्रसंग ठूला ठूला भ्रस्टाचार जस्तै समाचार बन्न छाडिसकेको छ । यस्को स्पस्ट अर्थ हो यी ठूला गम्भीर समस्याहरुलाई समस्या देख्ने मानसिकता र माहौल थकित र बेसहार भैसकेका छन । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

बुद्धको जन्मस्थलबारे मोदीको स्वीकारोक्तिको अर्थ

Posted by Ram Kumar Shrestha on August 14, 2014

– रामकुमार श्रेष्ठ

Profile Pictureएकासौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ ।

नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनले भारतीय संचार माध्यमद्धारा बेलाबखतमा बुद्ध जन्मस्थल विषयमा सिर्जना गरिने अनावश्यक बिबाद अब टुंगिने हो कि भन्ने संकेत मिलेको छ । यस्ले लाखौं नेपालीको मन जित्ने मात्रै नभएर थुप्रै अन्तराष्ट्रिय संचार माध्यमको समेत ध्यानाकर्षण गरेको देखिन्छ ।

जसरी योगगुरु रामदेबले आफ्नो पुस्तकमा वुद्ध भारतमा जन्मेको कुरा उल्लेख गरे तापनि नेपाल आएर बुद्ध नेपालमा जन्मेको कुरा गरे त्यसरी नै केही समय अघि मात्रै ‘जुन बेला बिहारलाई वुद्धको आवश्यकता परेको थियो बिहारले बुद्ध दियो’ भनेका कारण बिबाद र आलोचनाका पात्र बनेका मोदी भारतको प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा नेपाली संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमा जन्मेको भन्दै नेपाललाई बुद्धको देशको रुपमा चिनाउन धेरै पटक दोहोर्याए । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

मुस्ताङमा युरेनियम: उत्खनन गरे मुलुकको कायापलट

Posted by Ram Kumar Shrestha on July 13, 2014

गोपाल भण्डारी

खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङ क्षेत्रको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।..एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ ।  एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । …एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आणविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ ।

औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आणविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियासँग युरेनियम किन्ने गरेको छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आणविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।

gopal-bhandari-writerयुरेनियम र यसको महत्व

सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु युरेनियमको २३८ परमाणविक धार हुने हुन्छ र लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् ।

यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रुपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम–२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि १८ अर्ब रुपैयाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युत्मा निर्भर छन् ।

केही साताअघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवत: विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ ।

सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त ‘लिटिल ब्वाय’ र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको ‘फ्याट म्यान’ नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।

नेपालमा युरेनियम पाईने ठाउँहरु

हेटौँडा बजार अनि त्यहाँबाट ४५ किलोमिटर पूर्वतिर मकवानपुरको तीनभंगाले गाउँमा सन् १९९० मा खानी तथा भूगर्भ विभागले पहिलोपटक युरेनियमको खानी रहेको तथ्य पत्ता लगाएको थियो । तथ्यांकमा तीनभंगाले कालोपानी खोला आसपास क्षेत्रमा करिब १५ हजार टन युरेनियमको खानी भण्डार छ, जसलाई उत्खनन गरी प्रशोधन गर्दा कम्तीमा ३५ टन शुद्ध युरेनियम निकाल्न सकिने प्रारम्भिक अनुमान छ ।

urenium-in-nepal-mustang

खानी विभागको अन्वेषणअनुसार शिवालिक क्षेत्रमा पर्ने सिन्धुलीको बुका खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले–कालोपानी खोला, चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यीमध्ये मकवानपुर–धियाल गाविस–३ को तीनभंगाले–कालोपानी क्षेत्र सबैभन्दा बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो ।

खानी विभागले ‘गामा–रे स्पेक्ट्रोस्कोपी मिटर’को सहायताले तीनभंगाले क्षेत्रमा २४ वर्षअघि गरेको परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसकेन्ड (सीपीएस) देखिएको थियो, जबकि औसत जमिनमा एक सयदेखि १ सय ५० सीपीएस मात्र विकिरण प्रभाव देखिन्छ । विभागको आफ्नै अध्ययनले पनि मकवानपुर, सिन्धुली, बैतडी, बझाङ, बाजुरा र काठमाडौंका २४ ठाउँमा युरेनियम रहेको संकेत दिएको थियो ।

मकवानपुरको तीन भङगाले, सिन्धुलीको बुका खोला र काठमाडौंको शिवपुरीमा अर ठाउँमा भन्दा बढी युरेनियम हुनसक्ने विभागको अनुमान छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । विशेषज्ञहरुका भनाइमा विकिरण उत्पन्न गर्ने धातु जस्तै युरेनियम, थोरयिम र फस्फोरस हुन सक्ने प्रवल सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था (आईएईए)को मापन अनुसार जमिनमा सात सय सीपीएसजति युरोनियमको विकिरण भएमा खानी उत्खनन योग्य मानिन्छ ।

नेपालको युरेनियम: विदेशी चासो

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए ।

रेडियोधर्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान ‘युरेनिफेस रक’को नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भविद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भविद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुन: सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्‍यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो ।

स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्, ले तीनभंगाले–कालोखोलाको युरेनियम मिश्रति चट्टानका टुक्राबारे ‘गामा–रे स्पेक्ट्रोस्कोपी’ प्रविधि अनुरप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यसबाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ ।

जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा ‘रेडियसन फिजिक्स’ को राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभावबारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए। त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरमाझ निकै चर्चा भएको थियो ।

विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्माचाहिँ डडेल्धुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी, बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकारसमक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्माचाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा संस्था

आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ ।

तथापि, यो निर्माण गर्ने क्रम झन् बढ्दो छ, जसको मूल कच्चा पदार्थ नै युरेनियम हो । त्यसैले पनि युरोनियमको खपत दिनानुदिन बढिरहेको छ । त्यही भएरै शक्ति सम्पन्न राष्ट्रहरु अप्रत्यक्ष रुपमा नेपालका विभिन्न परियोजनामार्फत नेपालका युरेनियममा चासो देखाइरहेका छन् । अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युतट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियमलगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ ।

खानी विभागका उपमहानिर्देशक रहमान भन्छन्, ‘कोरयिनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन ।’ दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करबि ५३ करोड रुपियाँ)को परियोजना दिएको छ ।

यद्यपि, त्यस परियोजनामा उल्लेख्य प्रगति भइरहेको चाहिँ छैन । परियोजना अन्तर्गत नेपालका विभिन्न निकायबाट झन्डै एक सय कर्मचारी तथा विज्ञहरु आईएईएका विभिन्न सेमिनार तथा तालिममा सहभागी भइसकेका छन् । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नवीन देवकोटा भन्छन्, ‘आईएईएको नेपालको मुख्य चासो भनेको यहाँ पिस फर न्युक्लियरको नारासहित दक्ष जनशक्ति उत्पादन गर्ने र विभिन्न प्राविधिक सहयोग उपलब्ध गराउने नै हो ।’

आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहर नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिमसमेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षणसमेत गरेको थियो ।

विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियमसम्बन्धी अध्ययन भनेर आउँदैनन्, उनीहर नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै  देशमा लैजान्छन् ।

 

 

Posted in लेख/ रचना /निबन्ध | Tagged: , | 2 Comments »

बुद्ध जन्मस्थलका हामी कस्तुरीहरु

Posted by Ram Kumar Shrestha on February 2, 2014

By रामकुमार श्रेष्ठ 

Ramवुद्ध जन्मस्थल लुम्बिनीको बिकास र प्रबर्द्धनमा बिस्वस्तरीय ब्यक्ति र संस्थाहरुको अथकित निरन्तर प्रयाशका बाबजुद वुद्धकै जन्मभूमिका जिम्मेवार क्षेत्रहरुको भने निरन्तर अनपेक्षित र आस्चर्यजनक निस्कृयता, उदासिनता र हल्कापनका कारण बिंड तात्ने तर ताप्के नतात्ने बन्न पुगेको छ लुम्बिनी बिकासको प्रश्न । लुम्बिनी बिकासका लागि तयार पारिएका गुरु योजनाहरु अनुसार काम गरिने हो भने बिस्वभरका ५० करोड बुद्धिस्ट मात्रै नभएर बुद्धिज्मलाई बिज्ञानको रुपमा स्वीकार्ने र सम्मान गर्ने अन्य करोडौं पर्यटकहरुको पनि लुम्बिनी गन्तब्य सूचिको प्राथमिकतामा पर्नेछ । यसबाट सहजै आम्दानी गर्न सकिने करोडौं डलरको आम्दानी नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध त हुनेछ नै साथै यस्ले बिस्व शान्तिमा उल्लेख्य योगदान दिनेछ । तर अफसोंच अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी जस्तै विस्वस्तरीय ब्यक्ति र संस्थाहरु आफ्नै देशको बिकासमा कायापलट ल्याउन सक्ने संभावना बोकेको अन्तराष्ट्रिय महत्वको लुम्बिनीको बिकास र प्रबर्द्धनमा निरन्तर लागिरहंदा हामी भने खासै चासो र महत्व दिइ रहेका छैनौं  । त्यत्ति मात्रै नभएर लुम्बिनीको सन्दर्भमा केही हुन र कसैले केही गर्न लाग्यो कि त अनाबस्यक ब्यबधान र बिबाद सिर्जना गर्न कार्यतत्परता दर्शाउनेको पनि कमी देखिंदैन । अब पनि यदि यही प्रबृत्तिले निरन्तरता पाउने हो भने विस्वमा हिरालाई किरा ठान्ने नामर्दी नालायक नेपालीको परिचय बन्न सक्ने कुरालाई नकार्न सकिन्न ।

नेपालीले असाध्यै लज्जाबोध र हिनताबोध गर्नै पर्ने “यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं” जस्ता बिदेशी भनाइ यदाकदा सुन्नमा आउँछन । करीब ढाइ बर्ष अघि श्रीलंकाका राष्ट्रपतिद्धारा शुभ-कामना पठाइएको लण्डनमा आयोजना गरिएको २६०० औं सम्बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुने क्रममा बिभिन्न देशबाट आएका विशिस्ठ ब्यक्तिहरु र श्रीलन्काका कुटनितिज्ञहरु समेतको उपस्थितिमा खचाखच भरिएको ठूलो हलमा नेपाली खोज्न आँखा डुलाउँदा एक दर्जन नेपाली पनि भेटिएनन । सोही बर्ष राष्ट्र संघमा २५५५ औं बुद्ध जयन्ती राष्ट्र संघका लागि श्रीलंकाली स्थायी नियोगले आयोजना गरेको कार्यक्रममा राष्ट्र संघको महासचिव वान की मुन प्रमुख अतिथि थिए भने नेपाली स्थायी प्रतिनिधि अतिथि बनेर गएका थिए । मेलबर्नमा सय जनाको हाराहारीको उपस्थितिमा गएको बुद्ध जयन्ती मनाइरहँदा बेन्डिगोमा भने हजारौं बिदेशीहरु जम्मा भएर धुमधामसंग बुद्ध जयन्ती मनाइरहेका थिए । राष्ट्र संघ अन्तर्गत प्रो केन्जो टांगेले तयार गर्नु भएको लुम्बिनीको गुरु योजना सात बर्षमा पुरा गरिनु पर्नेमा झन्डै चार दशक हुँदा समेत त्यो पुरा हुन नसक्तै राष्ट्र संघ मार्फत नै प्रो क्वाकले त्योभन्दा ठूलो गुरु योजना तयार गर्ने काम पुरा गरिसकेका छन । २००९ मा श्रीलंकाका रास्ट्रपति महिन्दा राजापाक्सले नेपाल भ्रमण गर्दा औपचारिक भ्रमण शुरु गर्नु अघि लुम्बिनी भ्रमणलाई प्राथमिकतामा पारे । यी केही दृस्टन्तहरु हामी नेपालीलाई माल पाएर चाल नपाउने कस्तुरी प्रमाणित गर्न काफी छन ।  Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

कस्तुरी र हामी नेपालीमा फरक के त ?

Posted by Ram Kumar Shrestha on December 15, 2013

10150271606462238

अत्यन्तै मीठो वासना आफ्नै नाभीमा बोकेर त्यही बासना अन्यत्रै खोज्दै हिडने कस्तुरी र हामी नेपालीमा तात्विक फरक पाउन कठीन यस कारण छ कि हामीभित्रै भएका अथाह संभाबनाहरुलाई वास्तै नगरी टाँढाका ठूला ठूला कुरा गर्नमा मात्रै नभएर केही गर्न खोज्नेको पनि सहयात्री बन्नेभन्दा पनि बिभिन्न बहानामा भाँडन, ब्यबधान सिर्जना गर्न, प्राथमिकतामा पर्न नसकेको भन्न र देखाउन र टिका टिप्पणी गरी गर्बानुभूति गर्नमा हामी माहिर देखिन्छौं । नेपालको सबैभन्दा महत्वपूर्ण कस्तुरीको रुपमा मानिएको विस्वब्यापी मह्त्वको वुद्धको जन्मस्थल लुम्बिनीको बिकासको लागि विस्वब्यापी महत्व राख्ने ब्यक्ति र संस्थाहरु लागि पर्दा हामी नेपाली भने या त मौनता प्रदर्शन गर्छौं या त कसैले केही गर्न खोज्यो भने पनि अनेक बहानामा ब्यबधान सिर्जना गर्ने, भाँड्ने, जस लिनमा तछाड मछाड गर्ने, अनाबस्यक भ्रम सिर्जना गर्ने किसिमका काम कुरो उठाउने जस्ता काममा सामान्यदेखि लिएर राष्ट्रिय स्तरका ब्यक्ति भनिनेहरु समेत लागि पर्ने गर्छन् या त स्वार्थबस या त संकुचित मानसिकताका कारण र जनस्तरबाट प्राप्त हुन थालेको आदर र समर्थनलाई तिलान्जली दिन्छौं – बिगतका केही ब्यक्तिका गतिबिधिले यो प्रमाणित गरिसकेछ ।

Shrilanka  Read the rest of this entry »

Posted in बिबिध, लेख/ रचना /निबन्ध | Tagged: | Leave a Comment »

लुम्बिनी-कपिलवस्तु दिवस अभियान : हिजो, आज र भोलि

Posted by Ram Kumar Shrestha on November 30, 2013

वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको ।……अभियानको उद्धेस्य बुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने नभएर बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्नु हो

अभियानले गुगल र फेसबुकमा क्रान्ति नै ल्यायो ।

अभियान नयाँ चरणमा प्रबेश गरेको छ ।

यो कसैको लागि नभएर आफ्नो क्षमतानुरुप जस्ले पनि केही न केही गर्न सक्ने माटोको ऋण चुक्ता गर्ने एउटा अबसर हो ।

रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व संयोजक

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले बिस्वब्यापी रुप लिंदासम्म पनि वुद्ध जन्मिनु भएकै देशका तर्फबाट भने देखा परेको सर्बपक्षीय मौनताका कारण सीमितRam Kumar Shrestha साधन र श्रोतका बाबजुद क्षमताले भ्याएसम्म सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको पहलमा सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले आफ्नो पाँचौं बार्षिकी मनाउने तयारी गर्दासम्म अभियानको उद्धेस्य प्राप्तीका दृष्‍टिकोणले अनपेक्षित तवरबाट उल्लेख्य उपलब्धीहरु हासिल गर्न सफल भएको छ । बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद अण्टोन फुहररले बिस्व सामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी यो दिनलाई कपिलवस्तु दिवसको रुपमा मनाइएको थियो । धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको तेश्रो बार्षिकोत्सब मनाउने क्रममा अभियानको नाम “लुम्बिनी-कपिलवस्तु दिवस अभियान”मा परिवर्तन गरिएको हो ।

कार्यक्रमलाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने भएका कारण सन २०१० मा दुई चरणमा विश्व कार्य समिति गठन गरेपस्चात यो छोटो समयमा नै स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान, डेनमार्क, नेपाल, अस्ट्रेलिया, मलेशिया, कम्बोडिया, भियतनाम, जर्मन,  इजरायल, स्वीटजरल्याण्ड, पोल्याण्ड, नेदरल्याण्ड, नर्बे गरी अठार देशमा राष्ट्रिय समिति, तीन देशमा स्टेट स्तरीय समिति, स्कटल्याण्ड र मेलबर्नमा बिस्वबिध्यालयहरुमा, नेपालमा पत्रकार र पर्यटन ब्यबसायीको र लुम्बिनीमा स्थानीय समितिहरु गठन भएका छन भने एनआरएनसंग संयुक्त रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति पनि गठन भएको छ । अमेरिका र केही युरोपेली देशहरुमा राष्ट्रिय समिति गठनको तयारी भैरहेको छ ।

अभियानको उद्धेस्य प्राप्तीमा प्राप्त भएका उपलब्धिहरुलाई बिस्तृत रुपमा भन्दा संक्षेपमा बुँदागत रुपमा प्रस्तुत गरिनु बढी सान्दर्भिक ठहर्ला ।

१. जन चेतना जगाउने: नक्काली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण कार्य करीब ८०% सम्पन्न भैसकेको खबर अनलाइन खबर पत्रिकाले प्रकाशित गर्दासम्म पनि देखिएको एक किसिमको सर्बपक्षीय मौनताको कारण नेपालीहरु त्यसबारे अनभिज्ञ हुनु स्वाभाबिकै भएकोले अभियानको शुरुका केही बर्ष तात्कालिन रुपमा देखा परेका बिभिन्न समस्या समाधानका खातिर प्रयासरत रहँदै र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले शक्तिका भरमा नाजायज तबरबाट बुद्धको नामबाट फायदा लिन गरेको त्यस किसिमको निर्माण कार्यको बिरोध गर्दै बिभिन्न किसिमबाट जन चेतना जगाउनमा नै केन्द्रित भयो । सामाजिक सन्जाल, आफ्नो ब्लग, सन्चारका माध्यमहरु र बिभिन्न किसिमका कार्यक्रमहरु यस प्रयोजनका लागि साधन बने ।                 Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

 
%d bloggers like this: