Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘संपादकीय’ Category

पेनाल्टी गोलको सामना: नेपालीको अर्को दुर्भाग्य

Posted by Ram Kumar Shrestha on July 20, 2010

By रामकुमार श्रेष्ठ

चुनाव परिणामको प्रकृतिका कारण नेपालमा सहमतीय सरकारको आबस्यक्तालाई अंगीकार गर्नको लागि स्पस्ट संकेत दिएका थिए नेपाली जनताले राजनीतिक पार्टीहरुलाई । चुनाव परिणामको सन्देशलाई शिरोधार्य गर्दै आफ्ना बिगतका गल्ती कमजोरीलाई पनि सच्याउनतर्फ पनि चेतावनीको रुपमा आएको थियो चुनाव परिणाम, तर दुबै सन्देशलाई लत्याएर नेपाली कांग्रेस र नेकपा एमालेले सरकार प्रमुख परिवर्तन गर्न अन्तरिम संबिधानमा भएको दुई तिहाइ बहुमतलाई सामान्य बहुमतमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्बाह गरे र त्यसो गर्ने बित्तिकै नेपाली राजनीतिका हस्ती भनिएकाहरुको चरित्र र स्वभाबसंग चिरपरिचितहरुले त्यही बेलामा देशले अस्थिरताको सामना गर्ने कुरा अन्दाज गरिसकेका थिए र भयो पनि त्यही । यदि अन्तरिम संबिधानमा त्यसरी सहमतीयलाई बहुमतीयमा परिवर्तन नगरिएको भए रक्षालाई निहुँ बनाएर प्रतिपक्षमा बस्ने काम नेपाली कंग्रेसबाट नहुने संभाबना प्रबल देखिन्छ घटनाक्रमको बिस्लेषण गर्दा । किनकि सरकारको नेत्रित्व गर्नेले महत्वपूर्ण मन्त्रालयहरु रक्षा, अर्थ र गृह लिन नहुने भनी रक्षा नपाएकै कारण नेपाली कांग्रेस प्रतिपक्षमा बसेको थियो भने आफूभन्दा सानो पार्टी नेकपा एमालेले नेत्रित्व गरेको सरकारमा ती तिनै मन्त्रालय नेकपा एमालेलाई दिनुले यस्लाई प्रमाणित गर्दछ । यस्ले स्पस्ट अस्वस्थ राजनीतिक प्रकृतिलाई छताछुल्ल पारेको छ । यसरी अन्तरिम संबिधानमा त्यसरी परिवर्तन नगरिएको हुन्थ्यो भने देशले एउटा सहमतीय सरकार पाइ निर्दिस्ट दिशा लिइसकेको हुन्थ्यो । अत: कटुवाल प्रकारणको जन्मको संभाबना सहमतीय सरकार बनेको खण्डमा हुन नसक्ने देखिन्छ । Read the rest of this entry »

Advertisements

Posted in लेख/ रचना /निबन्ध, संपादकीय | Leave a Comment »

प्रायस्चित गर्ने सुबर्ण अबसर

Posted by Ram Kumar Shrestha on May 28, 2010

अन्तत: आज राति १२ बजे सकिँदै गरेको संविधानसभाको म्याद थप गर्ने सहमति भएको छ। बिहानैदेखि जारी तीन दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेका हुन। केहीबेरमा प्रधानमन्त्रीले गर्ने सम्बोधनको भाषामा के राख्ने र के नराख्ने भन्नेबारे अहिले छलफल चलिरहेको छ ।

माओवादीले सम्बोधनमा प्रधान मन्त्रीले राजिनामा दिने भन्ने शब्द नै राख्नुपर्ने अडान राखिरहेको छ भने कङ्ग्रेस र एमालेले मार्ग प्रशस्त गर्ने भन्ने शब्द राख्न जोड गरिरहेका छन्। शब्द जे भए पनि म्याद थपबारे सहमति भने भइसकेको वार्तामा सहभागी एक स्रोतले जानकारी दिएको छ।

संबिधान सभाको निर्वाचन परिणामपस्चात अनपेक्षित निर्वाचन परिणामका कारण शुरु भएका राजनीतिक खेलहरुका कारण प्रधानमन्त्री परिवर्तन गर्न अन्तरिम संबिधानमा ब्यबस्था भएको आबस्यक दुई तिहाइलाई बहुमतमा परिवर्तन नगरिएको भए रक्षा मन्त्रालयको कारण देखाएर नेका प्रतिपक्षमा बस्ने र कटुवाल प्रकरण हुने संभाबना एकदमै न्यून देखिन्छ – घटनाक्रमले यही देखाउँछ । यसरी संबिधान सभाको निर्बाचनपछि देशमा जे जस्ता अनाबस्यक राजनीतिक आरोह अबरोह देखा परे ती सबैको सूत्र अन्तरिम संबिधानमा गरिएको सो परिवर्तन नै भएको देखिन्छ । Read the rest of this entry »

Posted in संपादकीय | Tagged: , , , | Leave a Comment »

 
%d bloggers like this: