Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘Children Section’ Category

गणेशमानको लुकाइन खोजिएको सशक्त पक्ष

Posted by Ram Kumar Shrestha on July 9, 2016

रामकुमार श्रेष्ठ

बिस्वद्धारा वुद्धका रुपमा चिनिएका तात्कालिन सिद्धार्थ केही नगरिकनै कानूनत: राजा हुन पाउने अबसरलाई कुनै महत्व नै नदिएर जंगल पसे । शायद त्यसो नगरेका भए राजा सिद्धार्थको नाम कतिले पो सुन्थे होलान र, तर त्यही कुर्सी छाडेर जे गरे त्यसैका कारण झन्डै तीन हजार बर्ष अघि उन्ले प्रतिपादन गरेका सुख र शान्तिका आधारभूत सिद्धान्तहरु आज पनि उत्तिक्कै मान्य र स्तुतीय छन र तिनैका आधारमा विस्वले नै उन्लाई पुजेको छ । उनीपछि अहिलेसम्मको विस्वमा संसारभरी नै कुर्सीका लागि कस्ता कस्ता खेल भए, कति हत्याकाण्ड भए त्यस्को चर्चा परिचर्चा सामान्य र छोटो हुनेछैन । सरकार प्रमुख वा राष्ट्र प्रमुखको पाएको कुर्सीमा रहेर सामान्य जीवन ब्यतित गर्ने यदाकदा भेटिएलान, तर त्यस्लाई सहजै छाड्ने र अझ प्राप्त कुर्सीलाई अस्वीकार नै गर्ने भने शायदै भेटिएला । साधु सन्तको रुपमा परिचय स्थापित गर्न खरानी घस्नै पर्ने र गेरु वा पहेंलो बस्त्र लगाउनै पर्ने होइन र त्यसो गर्नेहरु पनि धेरै नक्कल्ली भएको पाइेएको छ । सबै लालायित हुने प्राप्त भौतिक सुबिधालाई ब्यक्तिगत स्वार्थबाट माथि उठेर व्यबहारसम्मत ढंगबाट त्याग्ने गणेशमान आधुनिक नेपालका त्यागी सन्त राजनेता पनि हुन ।

लौह पुरुष, प्रजातन्त्रका पिता र प्रजातन्त्रका सेनानी जस्ता उपनामले चिनिने गणेशमान सिंहको शब यात्रामा तात्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पैदल नै सहभागी भएका थिए । पूर्व प्रधानमन्त्री चन्दद्धारा लिखित “बार्हौं खेलाडी” हाँस्य ब्यङबाट प्रभाबित भएर उन्लाई राजनीतिज्ञभन्दा पनि साहित्यकार र भद्र पुरुषको रुपमा सम्मान गर्ने भएकोले प्रधानमन्त्री भैसकेपछि पनि लामो समय डेरामा नै बसिरहेका उन्को गट्ठाघरस्थित डेरामा भेटन पुगें उनीसंग साहित्यिक बिषयमा कुराकानी गर्न र एउटा पत्रिकाको लागि लेख आग्रह गर्न । केही बेरको कुराकानीपछि भर्खरै लेखेर सकाउनु भएको अप्रकाशित लेख “कुर्सी” ल्याएर दिनु भयो ।

उहाँले त्यो लेखमा कुर्सीको लागि मानिसले के के मात्रै गर्दैनन, तर जब कुर्सीमा पुग्छन त कुर्सी प्राप्तीका लागि गरेका सम्पूर्ण दु:ख र प्रतिबद्धताहरुलाई कसरी बिर्सिन्छन भन्ने कुरालाई अत्यन्तै राम्रो ढंगले प्रस्तुत गर्नु भएको छ । पूर्व प्रधानमन्त्री चन्दको “कुर्सी” लेखको भावना र जस्तोसुकै हथकण्ठा अपनाएर पनि सबैले प्राप्त गर्न लालायित प्रधानमन्त्रीको कुर्सीको लागि तात्कालिन राजा बीरेन्द्रद्धारा गरिएको प्रस्तावलाई समेत तिलान्जली दिने गणेशमानको महानता दुबैको देशको बर्तमान अवस्थासंग आ-आफ्नै किसिमको गहिरो सम्बन्ध र महत्व छ । Read the rest of this entry »

Advertisements

Posted in Article, लेख/ रचना/ निबन्ध | Leave a Comment »

गणेशमानको लुकाइन खोजिएको सशक्त पक्ष

Posted by Ram Kumar Shrestha on September 4, 2015

रामकुमार श्रेष्ठ

बिस्वद्धारा वुद्धका रुपमा चिनिएका तात्कालिन सिद्धार्थ केही नगरिकनै कानूनत: राजा हुन पाउने अबसरलाई कुनै महत्व नै नदिएर जंगल पसे । शायद त्यसो नगरेका भए राजा सिद्धार्थको नाम कतिले पो सुन्थे होलान र, तर त्यही कुर्सी छाडेर जे गरे त्यसैका कारण झन्डै तीन हजार बर्ष अघि उन्ले प्रतिपादन गरेका सुख र शान्तिका आधारभूत सिद्धान्तहरु आज पनि उत्तिक्कै मान्य र स्तुतीय छन र तिनैका आधारमा विस्वले नै उन्लाई पुजेको छ । उनीपछि अहिलेसम्मको विस्वमा संसारभरी नै कुर्सीका लागि कस्ता कस्ता खेल भए, कति हत्याकाण्ड भए त्यस्को चर्चा परिचर्चा सामान्य र छोटो हुनेछैन । सरकार प्रमुख वा राष्ट्र प्रमुखको पाएको कुर्सीमा रहेर सामान्य जीवन ब्यतित गर्ने यदाकदा भेटिएलान, तर त्यस्लाई सहजै छाड्ने र अझ प्राप्त कुर्सीलाई अस्वीकार नै गर्ने भने शायदै भेटिएला । साधु सन्तको रुपमा परिचय स्थापित गर्न खरानी घस्नै पर्ने र गेरु वा पहेंलो बस्त्र लगाउनै पर्ने होइन र त्यसो गर्नेहरु पनि धेरै नक्कल्ली भएको पाइेएको छ । सबै लालायित हुने प्राप्त भौतिक सुबिधालाई ब्यक्तिगत स्वार्थबाट माथि उठेर व्यबहारसम्मत ढंगबाट त्याग्ने गणेशमान आधुनिक नेपालका त्यागी सन्त राजनेता पनि हुन ।

Ganesh Manलौह पुरुष, प्रजातन्त्रका पिता र प्रजातन्त्रका सेनानी जस्ता उपनामले चिनिने गणेशमान सिंहको शब यात्रामा तात्कालिन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पैदल नै सहभागी भएका थिए । पूर्व प्रधानमन्त्री चन्दद्धारा लिखित “बार्हौं खेलाडी” हाँस्य ब्यङबाट प्रभाबित भएर उन्लाई राजनीतिज्ञभन्दा पनि साहित्यकार र भद्र पुरुषको रुपमा सम्मान गर्ने भएकोले प्रधानमन्त्री भैसकेपछि पनि लामो समय डेरामा नै बसिरहेका उन्को गट्ठाघरस्थित डेरामा भेटन पुगें उनीसंग साहित्यिक बिषयमा कुराकानी गर्न र एउटा पत्रिकाको लागि लेख आग्रह गर्न । केही बेरको कुराकानीपछि भर्खरै लेखेर सकाउनु भएको अप्रकाशित लेख “कुर्सी” ल्याएर दिनु भयो । उहाँले त्यो लेखमा कुर्सीको लागि मानिसले के के मात्रै गर्दैनन, तर जब कुर्सीमा पुग्छन त कुर्सी प्राप्तीका लागि गरेका सम्पूर्ण दु:ख र प्रतिबद्धताहरुलाई कसरी बिर्सिन्छन भन्ने कुरालाई अत्यन्तै राम्रो ढंगले प्रस्तुत गर्नु भएको छ । पूर्व प्रधानमन्त्री चन्दको “कुर्सी” लेखको भावना र जस्तोसुकै हथकण्ठा अपनाएर पनि सबैले प्राप्त गर्न लालायित प्रधानमन्त्रीको कुर्सीको लागि तात्कालिन राजा बीरेन्द्रद्धारा गरिएको प्रस्तावलाई समेत तिलान्जली दिने गणेशमानको महानता दुबैको देशको बर्तमान अवस्थासंग आ-आफ्नै किसिमको गहिरो सम्बन्ध र महत्व छ । मूलत: कुर्सीकै खेलका कारण लामो समय पट्यार र कहालीलाग्दो किसिमले देश यसरी अनाबस्यक तवरबाट दलदलमा भाँसिएर गतिरोध सिर्जना भैरहेको यस्तो बेला यस्ता महान ब्यक्तिलाई सम्झनु र त्यस्को ब्यापक चर्चा परिचर्चा गर्दै देशले सामना गर्न परेको बर्तमानको दयनीय अवस्थाबाट पार लगाउन यस्लाई मार्गदर्शनको रुपमा लिनु आबस्यक देखिन्छ । बिशेषत: ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर उहाँले देखाउनु भएको कुर्सीप्रतिको अनाशक्तिको प्रबृति र मानसिकतालाई संस्थागत गरेर सम्मानित कुर्सीको वास्तबिक मर्यादा स्थापनार्थ लागिनु पर्ने हाम्रो समयको बिशेष माग हो र यस्का लागि जनता लालायित छन । तर अफसोंच यो महत्वपूर्ण पाटोलाई जानाजान छायाँमा पार्ने प्रयास भएको प्रस्टै देखिन्छ, जुन स्वार्थपूर्ण राजनीतिक बातावरणमा स्वाभाबिकै हो पनि । बर्तमान आधुनिक नेपालको सीमानाभित्र जन्मेर सरकार प्रमुख वा राष्ट्र प्रमुखको प्राप्त कुर्सीलाई तिलान्जली दिनेमा वुद्धपछिका महापुरुषमा गणेशमान सिंह नै हुन । र यस्लाई छायाँमा पर्न र पार्न नदिने दायित्व भने सचेत जनताको काँधमा आइपुगेको छ ।      Read the rest of this entry »

Posted in लेख/ रचना/ निबन्ध | Leave a Comment »

कपिलबस्तु दिवस: स्वर्ण शिक्षा स्कूलका बिद्यार्थीहरुका केही सिर्जनाहरु

Posted by Ram Kumar Shrestha on December 11, 2010

Read the rest of this entry »

Posted in कबिता, लेख/ रचना/ निबन्ध | Leave a Comment »

Kids Programme clips

Posted by Ram Kumar Shrestha on January 27, 2010

Kavitaram facilitates children’s workshop in Ashford

Kavitaram facilitated Children’s Literature Workshop in Woking

Posted in कथा (Story) | Leave a Comment »

Nepali children of Ashford, UK welcomed the New Year 2010 with Creativity

Posted by Ram Kumar Shrestha on January 7, 2010

आशफोर्ड, वेलायतमा 

नेपाली बालबच्चाहरुले सृजनाद्वारा नववर्ष २०१०लाई स्वागत गरे

Nepali children of Ashford, London  welcomed the New Year 2010 with Creativity

आशफोर्ड वेलायतमा  डिसेम्बर ३१, २००९ का दिन दशजना नेपाली बालबच्चाहरुले कथालेखनसम्बन्धी कार्याशाला गोष्ठीमा भाग लिएर नववर्ष २०१०-शुभागमनको उत्सव मनाए । सबै बालबालिकाहरुले एकएकवटा कथा लेखी वाचनसमेत गरेका थिए । श्री रामकुमार श्रेष्ठद्वारा संयोजित यस कार्यशाला गोष्ठीमा डा. कविताराम श्रेष्ठले कथालेखन विधिबारे प्रशिक्षण दिनुभएको थियो र वालवालिकाहरुका संरक्षकहरु लक्ष्मी गुरुंग, गम गुरुंग, करे राई, प्रभादेवी श्रेष्ठ र निशा न्यौपाने श्रेष्ठ समेतले पर्यवेक्षण गरेका थिए । भाग लिने बालबालिकाहरु पूजा श्रेष्ठ, सुशान्त श्रेष्ठ, संघर्ष श्रेष्ठ, निक्की गुरुंग, अर्पणा खािलंग, पारु साम्पा, निमा सेर्पा, तेन्जिग सेर्पा, पुरक श्रेष्ठ र मिलिन्द राई थिए । Read the rest of this entry »

Posted in कथा (Story) | 3 Comments »

 
%d bloggers like this: