Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘एनआरएन’

एनआरएन विश्व सम्मेलन र यसका चुनौतिहरु

Posted by Ram Kumar Shrestha on October 11, 2011

एनआरएनलाई ३० लाख बिदेशिएका नेपालीको साझा संस्था भनिए तापनि यस्मा सहभागिताको संख्या भने खासै उल्लेख्य देखिन्न । उदाहरणको लागि करीब एक लाख नेपाली बेलायतमा बसिरहेको अनौपचारिक तथ्याङ्क रहेको छ तर एनआरएनको सदस्य संख्या भने यसपटक केवल ३ हजारको आसपास मात्र देखा पर्यो । योमध्ये पनि करीब तेइस सय मत मात्र निर्वाचनमा खसेको पाइनुले एनआरएन यूकेबासी आम नेपालीको संगठन हुन सक्यो कि सकेन भन्ने प्रश्न विचारणीय हुन जानु स्वाभाबिकै हो । त्यसैले नयाँ नेतृत्वले सदस्यताको सवालमा फेरि नयाँ सोच र शैली विकास गर्न सकेन भने एनआरएन आन्दोलन अत्यन्त फितलो हुने कुरामा सन्देह रहन्न । देखा परेको यही ३% मा पनि रिन्यू गर्ने तथा नयाँ सदस्यता लिनेहरुमध्ये कतिले आफ्नो सदस्यता शुल्क आफैले बुझाए अथवा उम्मेदवारले बुझाईदिए भन्ने कुरा पनि गम्भीर मुद्धा बनेर उठेको छ । यसले एनआरएन आन्दोलनमा नैतिक प्रश्न पनि उब्जिएको छ । त्यसैले अर्को पटकको निर्वाचनमा यस्तो खालको नैतिक प्रश्न नउठोस् भन्नाको लागि अहिलेको नेतृत्वले समय छँदैमा गृहकार्य थाल्नु जरुरी छ। यस्ले एनआरएनले बिदेशमा रहने आम नेपालीलाई समेटने नीति अख्तियारी गर्न बिशेष कदम चाल्नै पर्ने देखाउँछ ।

रामकुमार श्रेष्ठ

सार्क मुलुक बाहिरका करिव ६० मुलुकमा आफ्नो सन्जाल फैलाउन सफल नेपालीहरुको संस्था एनआरएनलाई नेपालमा ठूलो लगानीको

सम्भाबना बोकेको संस्थाको रुपमा बुझ्ने गरिन्छ । बिशेषत: मिडियाका कारण केही नेपाली अत्यन्तै धनी भएको र उनीहरुले लगानी गर्ने अनुकूल बातावरण तयार भएको खण्डमा देशको औद्योगिकीकरण र आर्थिक बिकासले नयाँ गति लिन सक्ने संभाबनामा धेरै नेपाली विस्वस्त देखिन्छन । अत्यन्तै धनाड्यको रुपमा मानिने नेपालीकै हाराहारीमा नामै नसुनिएका नेपाली पनि छन् भन्दा धेरैलाई अनौठो लाग्न सक्ला र पनि यो पनि यथार्थ  हो ।

जे होस् बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुको बारेमा मिडिया मार्फत जे जस्ता कुराहरु बाहिर आएर यथार्थमा जे जस्तो भए पनि उनीहरु रहेका देशमा उनीहरुको वास्तबिक सम्पत्ति अकूत नभए पनि देशको विद्यमान अवस्था र मौद्रिक बिनिमयका कारण नेपालमा भने अकूत हुनु स्वाभाबिकै हो ।

बिभिन्न देशमा छरिएर रहेका नेपालीहरु आ-आफ्नो क्षमतानुरुप छुट्टा छुट्टै अथवा एकत्रित भएर अथवा समूहगत रुपमा आफू जन्मेको देशमा लगानी गर्छन् भने त्यस्ले नेपालमा रोजगारीका अबसरहरु सिर्जना गर्दै आर्थिक बिकासमा उल्लेख्य योगदान दिन सक्ने कुरामा भने सन्देह छैन नै । र पनि जसरी बिदेशमा नियमानुसार कर तिर्ने गरिन्छ त्यसरी नै आफ्नै देशमा पनि नियामानुसर कर तिर्न भने आनाकानी गरिनु हुन्न । नेपालमा बिद्यमान अवस्थाकै फाइदा उठाएर तिर्नु पर्ने कर नतिर्ने बाटो अबलम्बन गरिनुले भने लगानी मार्फत देखाउन खोजिएको देशप्रतिको सेवा भावभित्रको रहस्य बनिरहन सक्दैन । जे होस् एनआरएनलाई देशको आर्थिक बिकासमा उल्लेख्य योगदान दिने क्षमता भएको संस्थाको रुपमा बुझ्दा गल्ती हुनेछैन यदि लगानीलाई लैनो गाइकै रुपमा मात्रै हेरी नेपालमा बिद्यमान टेबल मुनिको कारोबारको अवस्थाकै फाइदा लिएर त्यस्लाई नै निरन्तरता दिनुको साटो कारोबार अनुसारको कर तिर्ने अब्बल दर्जाको लिस्टमा पनि पर्ने र धेरैले भने अनुरुप सुबिधा मात्रै नखोज्ने हो भने ।

गैरआवासीय नेपाली संघ भन्ने बित्तिक्कै सबैको मानस पटलमा लगानी र दोहोरो नागरिकता चित्रित हुने गर्छ सामान्यतया यसले यी दुई बिषयबस्तुलाई नै आफ्नो मूल एजेण्डा बनाउने गरेको कारण । केही समय यता यसका सिमित यी मुद्धा र गतिबिधिका कारण बिभिन्न माध्यम मार्फत सबैतिर आलोचना, सुझाब, आन्तरिक दबाब, छलफलहरु देखा पर्ने क्रम बढन थालेको देखिन्छ । Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Tagged: , , | 2 Comments »

 
%d bloggers like this: