Posts Tagged ‘बुद्ध’
Posted by Ram Kumar Shrestha on July 12, 2014
श्रेष्ठ पछिल्लो समय बुद्धको जन्मस्थलबारे भैरहेका गलत प्रचार प्रसारको बिभिन्न किसिमबाट खण्डन गर्दै बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश बोकेर अघि बढ्नु भएको छ | सन् २००९ मा भारतले बुद्धको जन्मस्थल लुम्बिनीलाई आफ्नै देशमा जन्मेको भनेर नक्कली लुम्बिनी निर्माण गरेको समाचारले उहाँको मन निकै छोयो । उहाँ भन्नुहुन्छ ”यसको न त सरकारले खण्डन गर्यो न त कुनै ठुला मिडिया नै यसको विरुद्धमा लागे । यही सर्बपक्षीय मौनताका कारण भारतको रवैयाको विरुद्ध फेसबुक र इमेल मार्फत बुद्धको जन्मस्थल नेपाल हो भन्ने सन्देश दिने अभिप्रायले अभियानको नेतृत्वदायी सूत्रपात गर्न बिभिन्न देशमा छरिएर रहेका हामी लाग्यौं जसले छोटो समयमा विश्वब्यापी रूप लियो र छोटो समयमा अनपेक्षित उपलब्धिहरु हासिल भए । कोरियापछी स्वीडेनको पाठ्य पुस्तकमा बुद्धको जन्मस्थानबारेमा भएको गलत जानकारी सच्याउने जस्तो अत्यन्तै महत्वपूर्ण काम समेत भैसकेको छ ।”
डाक्टर अथवा इन्जिनियर बनेर देश र समाज सेवा गर्ने बाल्यकालदेखिको सपना बोकेका रामकुमार श्रेष्ठले १९८६ मा छात्रबृत्ति अन्तरगत रसिया गएर आफ्नो इन्जिनियरिङ्ग अध्ययन पुरा गरी १९९२ स्वदेश फर्केर बिभिन्न संस्था मार्फत काम गरी पहिलो पटक सन् २००२ मा अष्ट्रेलिया आइपुग्नु भयो श्रीमतिको मेलबर्न युनिभर्सिटिमा अध्ययनको सिलसिलामा | श्रीमतिको अध्ययनको समाप्तीपछि जुलाई २००४ मा नेपाल फर्किएका श्रेष्ठ २००६ मा बेलायततिर लाग्नु भयो र बिभिन्न इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरु मार्फत आफ्नो इन्जिनियरिङ्ग कामलाई त्यहाँ निरन्तरता दिनु भयो | उहाँको जीवन यात्रा सन् २०१२ देखि पुन अस्ट्रेलियामातर्फ नै मोडियो र अहिलेको बसाई अष्ट्रेलियामा नै छ | Read the rest of this entry »
Like this:
Like Loading...
Posted in अन्तर्वाता, बिबिध | Tagged: चिकेन सुप फर द सोल, ज्याक क्यानफिल्ड, नक्कली लुम्बिनी, नेपाल, बुद्ध, बुद्धको जन्मस्थल, मार्क भिक्टर हेन्सेन, रामकुमार श्रेष्ठ, Buddha, Chicken Soup for the Soul, Fake Lumbini, Jack Canfield, Lumbini, Mark Victor Hansen, Motivational speakers, Ram Kumar Shrestha | Leave a Comment »
Posted by Ram Kumar Shrestha on April 11, 2012
जे होस अब पुन: एउटा सकारात्मक सोंच, आशा, उमंग सहित नयाँ बर्ष २०६९ लाई स्वागत गरौं । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने गणतान्त्रिक राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस; नेपालीको चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जिउने वातावरण तयार होस । संपूर्ण नेपालीमा पनि तदनुरुपको भावनाको बिकास होस । यो नयाँ वर्ष २०६८ को सुखद उपलक्ष्यमा मेरोतर्फबाट यहाँहरु लगायत यहाँहरुको स- परिवारमा सुख, शान्ति तथा सम्बृद्धिको हार्दिक मंगलमय शुभ कामना !!!
२०६८ मिश्रित परिणाम दिएर बिदा लिंदैछ हामीबाट ।
राजनीतिले कता कता केही गति लिन लागेको हो कि जस्तो लक्षण बर्षको उत्तरार्धमा देखा परे तापनि बुद्धिजीबिहरुले पार्टीभन्दा माथि उठेर नेताहरुभन्दा फरक
र फराकिलो चरित्र र सोंच प्रदर्शन गर्नु पर्नेमा राजनीतिक कार्यकर्ताभन्दा अलिकति पनि फरक नदेखिने गरी प्रदर्शित भएर देशमा हुन लागेको महत्वपूर्ण काम समेत संकुचित सोंचका कारण भाँडेर मर्यादित केही बुद्धिजीबि अत्यन्तै बिबादमा आउने दु:खद काम भयो यो बर्ष । काठमान्डौंका साँगुरा सडकहरु अहिलेसम्म असम्भब जस्तो देखिएको परंपरालाई तोडदै फराकिलो बन्दैछ । नयाँ सरकारले ठूलो मन्त्रीमण्डल र बिपा जस्तो बिबादित संझौता बाहेक केही नयाँ कार्यको शुरुवात गर्यो । पदमा नै भएको मन्त्रीलाई भ्रस्टाचारको अभियोगमा जेल चलान गर्ने र केही मन्त्रीलाई बर्खास्त गर्ने जस्ता कामको शुरुवात भयो । सेना समायोजन विशेष समितिको निर्णाय अनुसार माओवादी लडाकुका सबै शिविर मंगलबारदेखि नेपाली सेनाको कमान्डमा सुम्पिएको छ । सेनाको नियन्त्रणमा शिविर र हतियारको सुरक्षा हुनेछ । अब सबैको ध्यान संबिधान निर्माणतिर केन्द्रित हुनेछ । माओबादीभित्रको चरम बिबाद कता कता “तँ रोएको झैं गर, म कुटेको झैं गर्छु” भन्ने आशंकाको अब अन्त्य जस्तै बन्न पुगेको छ ।
बुद्ध जन्मस्थल दिग्भ्रम चिर्ने महत्वपूर्ण श्रृन्खलाहरु :
संयुक्त राष्ट्र संघलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत बुद्धको जन्मभूमि लुम्बिनीको बिकासको लागि अन्तराष्ट्रिय सहयोग र सदभाब र अन्तराष्ट्रिय समितिको यथाशीघ्र पुन: सकृयताको लागि गरिएको आह्वानपस्चात ३० असोजमा मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले लुम्बिनीको ऐतिहासिक महत्वबारे जानकारी दिन, पयर्टक भित्र्याउन र लुम्बिनीको विकासका लागि अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष मनाउने निर्णय गरी बैठकले रुपन्देही, कपिलबस्तु र नवलरासी जिल्लालाई समेटेर लुम्बिनीको वृहत विकासका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन र त्यसपस्चात प्रचण्डको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलको प्रस्तावमा वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत जस्ता सु-समाचारहरु भारतले नक्कली लुम्बिनी निर्माण कार्य अन्तिम चरणमा पुर्याएको बेला अत्यन्तै सुखद मान सकिन्छ । गत अक्टोबर २४ को कान्तिपुर दैनिकमा ‘बुद्धबारे भ्रम’ सम्बन्धी समाचार पढेपछि गत डिसेम्बर १९ मा कोरियाका लागि तत्कालीन नेपाली राजदूत कमलप्रसाद कोइरालाले त्यहाँका राष्ट्रपति ली म्यङ बाकलाई बुद्धसम्बन्धी भ्रमहरु पाठ्यपुस्तकहरुमा सच्याई दिन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा बुद्ध जन्मस्थलबारे सच्याउने निर्णयले एउटा महत्वपूर्ण ढोका खोलेको छ । वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश नेपालीहरुको ब्यापक दबाबका कारण सच्याउने निर्णय गरेको लामो समयपस्चात सच्याए पनि चित्त बुझ्दो किसिमले भने सच्याइएको छैन र यस्को लागि थप दबाब दिनु पर्ने देखिन्छ । दक्षिण एशिया हेर्ने क्युरेटर भारती भएको कारण उस्ले आफ्नो अधिकार दुरुपायोग गरेको देखिन्छ । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: नयाँ बर्ष, नयाँ बर्ष २०६९, नयाँ बर्षका आकर्षक कार्डहरु, बाबुराम भट्टराई, बुद्ध, लुम्बिनी, वान की मून, वृहत लुम्बिनी विकास, वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति, शान्तिका अग्रदूत, शुभ-कामना, संयुक्त राष्ट्र संघ, Ban Ki-Moon, British museum, Buddha, Happy New Year, Interesting cards, Lumbini, New Year card, New year interesting cards | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 19, 2011
१७ नोभेम्बर, लण्डन: लन्डनस्थित नेपाली दूतावास हाताभित्र तेश्रो कपिलवस्तु दिवस कार्यक्रम मनाइको छ । २००९ देखि कपिलबस्तु दिवस विश्व दिवसका रुपमा मनाउन शुरु गरिएको हो । प्रत्येक डिसेम्बर १ र बिभिन्न देशमा आ-आफ्नो समयानुकुल सो दिनको आसपासमा कपिलबस्तु दिवस मनाउने गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफू प्रधानमन्त्रीको सल्लाहकार रहेका बेला श्रीलंकाली राष्ट्रपति राजपक्ष नेपाल भ्रमण आएको स्मरण गर्दे डा. चालिसेले राजपाक्षले सबैभन्दा पहिला लुम्बिनी भ्रमण गरेपछि मात्र अन्य कुरा गर्ने बताउनु, नेपालका लागि बर्माका राजदूतले आफ्नी आमालाई लुम्बिनी लिएर जानु, आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बुद्धको मूर्ति वेलायतकी महारानीलाई उपहार स्वरुप दिंदा उपहारको अत्यन्तै प्रसंशा गरेर सो मूर्ति शाही संग्राहलयमा राखिने जानकारी दिनु, जापानीहरुले लुम्बिनी भ्रमणको क्रममा त्यहाँको माटो लिएर जानु जस्ता दृस्टान्तहरुले उनीहरुको वुद्धप्रतिको अगाध आस्था प्रतिविम्बित गर्ने बताए । डा. चालिसेले वेलायतको कुनै पनि ठाउँमा बुद्ध जन्मस्थलबारे दिग्भ्रम देखिएको खण्डमा त्यस्को समाधानको लागि कपिलवस्तु दिवस अभियान र सरोकार संस्थाहरुसंग मिलेर काम गर्न संधै तत्पर रहेको बताउनु भयो ।

कार्यक्रमका बिशिस्ठ अतिथि सांसद माननीय भान्ते आनन्द पथले नाम लिंदा मात्रै पनि आनन्दानुभूति हुने अलौकिक स्वभावका भगवान बुद्धले नेपाली माटोको बिशिस्ठ पुत्रको रुपमा नेपालको नाम विस्वभरी सगरमाथा जस्तै उँचो राख्ने काम गर्नु भएको उल्लेख गर्दै उहाँ संसारकै आदर्श पुरुष भएको बताउनु भयो । मन्तब्य दिने क्रममा भान्तेले वुद्ध विस्व शान्तिका प्रणेता भएको उल्लेख गर्नु भयो ।
Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिलवस्तु दिवस, कपिलवस्तु दिवस अभियान, गैरआवासीय नेपाली संघ, डा. सुरेशचन्द्र चालिसे, तेश्रो कपिलवस्तु दिवस, नक्कली लुम्बिनी, बुद्ध, भान्ते आनन्द पथ, लुम्बिनी | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 6, 2011
By रामकुमार श्रेष्ठ
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र

अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in लेख/ रचना /निबन्ध | Tagged: APEC. APECF, गुगल, देवदह, नक्कली कपिलवस्तु, बुद्ध, लुम्विनी, Ban Ki-Moon, British museum, Buddha, Buddha birth place, Buddha circuit, Cnn, Google, Lumbini, Newsweek, PBS, UN, UNIDO, Zakaria | 1 Comment »
Posted by Ram Kumar Shrestha on October 27, 2011
कृष्णराज गौतम- यमपञ्चकको चौथो दिन सम्पूर्ण नेवार समुदायले मनाउने “म्ह पूजा” नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ।
शरीरको सेवाबाट स्वस्थ र पवित्र बन्न सकिने मान्यताअनुसार म्हः पूजा विभिन्न जाति र धर्ममा विभाजित रहेका सम्पूर्ण नेवारद्वारा स्वीकारिएको छ।
नेपाल भाषामा म्हः को अर्थ शरीर हुन आउँछ तसर्थ यसको समग्र अर्थ शरीरको पूजा हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको अनुभूति गरेर शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ।
संस्कृतिविद् डा.मिलन शाक्य विश्व ब्रम्हाण्डकै स्वरूप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्म प्राप्तिका प्रमुख साधन रहेकाले विश्वका सबै धर्मले यस शरीरलाई ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रूपमा उपयोग गरेको बताउँछन्।
समग्र देवता, ऊर्जाशक्ति, विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ।
वेद, गीता, उपनिषद्, पुराण, बौद्ध दर्शन, जैन दर्शन, नेपाली तथा नेपाल भाषा वाङ्मयका साथै कुरान, बाइबल, आदि सबै धर्मग्रन्थमा आत्मोद्धारका बारेमा चर्चा गरिएको डा.शाक्य बताउँछन्।
यो पर्व कहिलेदेखि सुरु भएको हो भनेर भन्न सकिने अवस्था भने नरहेको भए पनि कुनै समयमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास पनि गरिन्छ।
स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन मनन गर्न सकिने हुँदा त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा प्रचलनमा रहेको उनी बताउँछन्।
शरीरको अनुपस्थितिमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने भएकाले शरीर भित्रको चैतन्यलाई उजागर गर्ने सन्दर्भमा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रमअनुसार पूजा गर्नुपर्छ।
संस्कृतिविद् सत्यमोहन जोशी शरीरप्रति रहेको चेतनाको परंतत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्ज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको बताउँछन्।
म्ह पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हपूजामा विशेषतः आफूले आफूलाई यथार्थ धरातलमा महसुस गरिन्छ।
सो पूजाका लागि पुरोहित तथा बाहुन चाहिँदैन र शुभसाइत पनि हेराउन पर्दैन।
बाल्मीकि विद्यापीठका सहप्राध्यापक डा.विष्णु दाहालले स्वस्थ शरीरद्वारा नै सबै प्रकारका धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने हुँदा यो पर्व यमपञ्चकसँग जोडिएकाले पनि यसको प्रारम्भ यमपञ्चकको सुरुवातसँगै भएको हुनसक्ने बताए।
नागार्जुन बौद्ध अध्ययन प्रतिष्ठानका प्रमुख एवम् त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक मीनबहादुर शाक्यले बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने प्रचलन रहेको बताए। Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: उपनिषद्, कुलदेवता, गीता, जैन दर्शन, त्रिरत्न, धर्म, नेपाल भाषा, नेपाली, नेवार समुदाय, पुराण, बुद्ध, बौद्ध दर्शन, ब्रह्मा, महेश्वर, म्ह पूजा, यमपञ्चकक, यमराज, यमुना, विष्णु, वेद, सङ्घ | Leave a Comment »
Posted by Ram Kumar Shrestha on October 19, 2011
बुद्धद्धारा प्रतिपादित सुख र शान्ति प्राप्तीका लागि अबलम्बन गरिनु पर्ने सिद्धान्त र बिधिहरु बुद्धिज्मको रुपमा बिस्व प्रसिद्ध भएका कारण बुद्ध जन्मनु भएको स्थानको बिस्वब्यापी महत्व छ । त्यसैले ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उत्प्रेरक, प्रेरणादायी र आस्थाका पुन्ज उहाँ करीब २६०० बर्ष अघि जन्मेर पनि यो बैज्ञानिक युगमा समेत आजको अशान्तमय बिस्व परिबेशका कारण संपूर्ण जाती, धर्म, सम्प्रदायका बीच झन झन महत्व बढदै जाने सदाबहार सर्ब स्वीकार्य महामानबका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले युनेस्कोले बुद्ध जन्मस्थल लुम्बिनीलाई बिस्व संपदा सूचिमा समाबेश गरेको हो १९९७ मा । बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । र उक्त संख्याको ०.१ प्रतिशत मात्र पर्यटक बर्षेनी भित्र्याउने बातावरण तयार गर्न सकियो भने पनि बर्षमा ५ लाखभन्दा बढी पर्यटक भित्रिने देखिन्छ र यसबाट मात्रै अरबौं रुपयाँ देश भित्र्याउन सकिने देखिन्छ ।
Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: Apec, अण्टोन फुहरर, कपिलवस्तु, कपिलवस्तु दिवस अभियान, डा. बाबुराम भट्टराई, नक्कली लुम्बिनी, प्रो केन्जो टाङे, बान्की मून, बुद्ध, माधव कुमार नेपाल, रविन कनिङ्घाम, लुम्बिनी, लुम्बिनी भ्रमण बर्ष २०१२, लुम्बिनीको बिकासको विस्तृत कार्य योजना, संयुक्त राष्ट्र संघ, Buddha किर्कुइत, Lumbini Project, Master Plan, UNDP, Unesco, UNIDO | Leave a Comment »
Posted by Ram Kumar Shrestha on August 8, 2011
विश्व समुदायले बुद्धको जन्मस्थान लुम्बिनी भएको स्विकार गरिसिक्दा पनि उसले लुम्बिनी भारतमा पर्छ भन्दै भ्रम फैलाई नै रहेको छ। माधव नेपाल नेपालको प्रधानमन्त्री चुनिंदा भारतीय संचार माध्ययमले भारतीय मुलका नेपाल नेपालके प्रधानमन्त्री भन्दै प्रचार गरेका थिए। लुजेन्द्र प्रकरण त्यसको निरन्तरताको एक अंश मात्र हो।
भारतीय नेताको मात्र हैन,मिडियाको दादागिरी पनि टुलु टुलु हेरेर बस्नुपर्ने यो कस्तो बाध्यता हो हाम्रो?
के डोटी जिल्ला भारतभित्र पर्छ? कि ठमेलसंगै जोडिएको नयांबजार वा म्हैपी भारतीय सिमाभित्रका स्थान हुन? भारतको नक्सा हेर्ने हो भने यी दुबै प्रश्नको उत्तर
हैन भन्ने पुष्टी हुन्छ नै। यदि त्यसो हो भने हिजोका दिनसम्म कुनै वास्तै नभएका लुजेन्द्र ओझाले जव मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाएको सार्वजनिक भएपछी उनी एकाएक कसरी भारतीयमुलका भए ? मंगलग्रहबारे लामो समयदेखि अनुसन्धान गरिरहेको नासाले मंगलग्रहमा नुनिलो पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मुलका हैन नेपाली नागरिक लुजेन्द्रलाई दिएपछी अहिले भारतीय मिडिया उनलाई भारतीय मुलका बैज्ञानीक भन्दै प्रचारप्रसारमा ब्यस्त छ।
डोटी महादेवस्थान,गाविस २ का उनी सन् २००८ मा अमेरिका जानु अगाडिसम्म काठमाडौंको म्हैपीमा बस्दै आएका थिए। अनी ग्यालेक्सी पब्लीक स्कुलमा अध्ययनर उनी बाबुको पिएचडीसंगै अमेरिका गएका थिए। जहां पुगेर उनले नेपाली बैज्ञानिकहरुले कल्पनै गर्न नसक्ने उपलब्धी पाए। जुन उपलब्धीले सबै नेपालीको शिर उचो बनाएको छ।
उनीहरुले लुजेन्द्र कुन आधारमा भारतीयमुलका हुन भन्ने खुलाउन सकेको छैन। लुजेन्द्रसंगै नेपालको नाम समेत चर्चामा आएपछी केही भारतीय मिडिया अहिले ज्यान फालेर लागेका छन् लुजेन्द्रलाई भारतीय मुलको बैज्ञानीक बनाउन।
त्यसमा सबैभन्दा अगाडि देखिएको छ इन्डीया एक्सप्रेस। जसले आाफ्नो समाचारको प्रारम्भमै भारतीयमुलको भनेर दावी गरेको छ। तर समाचारमा उनी कुन आधारमा भारतीयमुलका भए, उनी भारतको कहां बस्थे? केही खुलाएको छैन समाचारमा।
नेपाल र नेपालीको उपलब्धी विरुद्ध भ्रम फैलाउन होस् या गलत प्रचारप्रसारमा भारतीय मिडिया सधै एक कदम अगाडि नै छन्। सगरमाथा चढ्ने तेन्जीगं शेर्पालाई प्रलोभनमा पारेर भारतीय नागरिक बनाईछाड्यो। त्यसपछीपनि उसको अभ्यास रोकिएको छैन। आफ्नो नभएपनी भ्रम फैलाएर राम्रो कामको श्रेय लिने अनी नेपाल र नेपाली संलग्नै नभएका घटनामा पनि सश्लग्न छन् भन्दै बदनाम गराउने मामलामा भारतीय मिडिया एक कदम अगाडि छन् सधै। Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: तेन्जीगं शेर्पा, बुद्ध, लुजेन्द्र ओझा, लुम्बिनी, सगरमाथा, Lujendra Ojha | 3 Comments »
Posted by Ram Kumar Shrestha on July 29, 2011
सन्तोष रिमाल, काठमाडौं, साउन १३- ‘म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,’ बुद्धको जीवनकथा
झल्काउने एनिमेटेड फिल्म ‘गौतम बुद्ध’ बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।
‘हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,’ भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको।
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। ‘विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,’ थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ।
तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले ‘गौतम बुद्ध’को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने ‘ग्ल्यामर’ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्। Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिलवस्तु, गौतम बुद्ध, थाइल्यान्ड, बुद्ध, राजकुमार सिद्धार्थ, लुम्बिनी, श्रीलंका | Leave a Comment »
Posted by Ram Kumar Shrestha on May 10, 2011
बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमा

अबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: अन्तरराष्ट्रिय, अशोक स्तम्भ, आनी श्री छोइङ्ग डोल्मा, कपिलबस्तु दिवस, कपिलबस्तु दिवस अभियान, कपिलवस्तु, केदार शाक्य, खडग सम्शेर, गुगल, जाकारीया, तिलौराकोट, देवदह, नक्कली लुम्बिनी, पर्यटन प्रबर्द्धन, पुरातत्वबिद Anton Führer, प्रेमराजा महत, फेसबुक, बिस्व दिवस, बुद्ध, बौद्ध वाङ्गमय, रजिस्ट्रार, राजकुमार, राष्ट्रियता, लुम्बिनी, लुम्बिनी विश्वविद्यालय, विस्वब्यापी, शान्ति | Leave a Comment »
Posted by Ram Kumar Shrestha on March 9, 2011

मार्च ५, आसफोर्ड, केण्ट, वेलायत । ५४ बर्षीय विश्व साइकल यात्री ढाकेश्वर क्षेत्री विश्वका ३९ वटा मुलुकको भ्रमण पुरा गरी ४०औ मुलुकको भ्रमण गर्ने क्रममा वेलायतको आसफोर्ड आइपुगेको अवसरमा गुरुङ समाज केण्ट, वेलायत र कपिलबस्तु दिवस अभियानद्धारा संयुक्त रुपमा स्वागत र सहयोग कार्यक्रम आयोजना गरियो । समयाभाबका कारण गुरुङ समाज, केण्टका पदाधिकारी, फोल्कस्टोनका काउन्सिलर धन गुरुङ र कपिलबस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ र परिवारको उपस्थिति थियो इण्टरनेशनल हाउसमा आयोजित उक्त कार्यक्रममा । दुबै संस्थाहरुद्धारा बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीले अहिलेसम्म गर्नु भएको सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनका कार्यक्रम अझ सहज र सफल रहोस भनी आ-आफ्नो संस्थाका तर्फबाट छुट्टाछुट्टै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा गुरुङ समाज केण्टका तर्फबाट २१५ पाउण्ड र कपिलबस्तु दिवस अभियानका तर्फबाट १५१ पाउण्डको चेक सहयोग स्वरुप बिस्व साइकल यात्री ढाकेस्वर क्षेत्रीलाई हस्तान्तरण गरियो । Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिलबस्तु दिवस अभियान, गुरुङ समाज केण्ट, ढाकेश्वर क्षेत्री, नक्कली लुम्बिनी, बुद्ध, विश्व साइकल यात्री, सगरमाथा | Leave a Comment »
Posted by Ram Kumar Shrestha on January 31, 2011
तिलौराकोटमुनी शहरको अबशेष भेटियो
१७ माघ, काठमाडौं । बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।
हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।
एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।
त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।
के गर्दै छ भारतले ?

बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ जुन २०१२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन्
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आप\mनो नाम भने बताउन चाहेनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।
@onlinekhabar
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: गौतमबुद्ध, तिलौराकोट, नक्कली लुम्बिनी, बुद्ध, लुम्बिनी | Leave a Comment »
Posted by Ram Kumar Shrestha on December 12, 2010
नेपाली साहित्यका पर्यायबाची महाकबी लक्ष्मी प्रशाद देबकोटाको शालिकको यस किसिमको हरिबिजोग देख्न पर्दा कुन नेपालीको आँखा नरसाउला र? देशको कुरा र चिन्ता नगरेर पनि नहुने र गरेर पनि कहिल्यै केही हुने छाँटकांट नदेखिने र पनि सकारात्मक सोंचको भरमा बाँच्न वाध्य हामी नेपाली । बुद्ध र सगरमाथाको देश भन्नमा गर्ब गर्दा गर्दै पनि गर्ब गर्ने ती आधार पनि हाम्रै हो भनेर प्रमाणित गराउन पर्ने जस्ता बिडम्बनापूर्ण परिस्थिति सामना गर्न परिरहेका हामी नेपाली । भाग्यमानी भएरै पनि अभागी भन्न पनि कन्जुस्याइं गर्न नपर्ने हामी नेपाली । यस्ता यथार्थताहरु अरु धेरै खोतलेर अरु बढी आँखा रसाउने बातावरण फेरि थप्नतिर धेरै नलागौं र हेरौं महाकबी देबकोटाको यो शालिक र उहाँका केही फोटोहरु ।

नयाँ नेपाल : नेपाली साहित्यका पर्याय माहाकविको काटिरएको शिर । झापा, तस्बिर: चन्द्रकला भणडारी
उहाँका थप केही फोटोहरु: Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in बिबिध | Tagged: झापा, नयाँ नेपाल, नेपाली, नेपाली साहित्यका पर्याय, बुद्ध, महाकबी लक्ष्मी प्रशाद देबकोटा, माहाकविको काटिरएको शिर, सगरमाथा | Leave a Comment »
Posted by Ram Kumar Shrestha on November 11, 2010


नेपाललाई बिस्व सामू चिनाउने महत्वपूर्ण आधारहरु हुन – सगरमाथा र बुद्ध । तर भारत सरकारले उत्तर प्रदेश राज्यको पिपरहवामा नेपालको कपिलवस्तु सीमा नजिकै नक्कली कपिलवस्तु निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइरहेको छ सन २०१२ मा संपन्न गर्ने किसिमले । भारतीय पुरातत्वविदहरुको सहयोगमा कपिलवस्तु भन्सार नाका चाकरचौडादेखि तीन किलोमिटर दक्षिणमा प्राचीन कला तथा संस्कृतिको नक्कल गरी नक्कली कपिलवस्तुको बिस्तारलाई भारतले जारी राखेको छ । सो स्थानमा केही वर्ष यता भारतले गौतमबुद्धको जन्मस्थल भनेर प्रचार गर्दै अन्तराष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार निर्माण गरिरहेको छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ । यसरी भारतले नक्कली कपिलबस्तु बनाउने कार्य करीब अन्तिम अवस्थामा पुगिसक्ता पनि कतैबाट पनि औपचारिक र संगठित रुपमा बिस्वका दिग्भ्रमित जनता बीच दिग्भ्रमलाई निस्तेज गरी सत्यका पर्यायबाची बुद्धमाथि नै असत्यको खेती गरिने कार्यलाई निरुत्साहित गरिनु पर्ने नैतिक र मानबीय कार्य नगरिएको कारण शुरु भएको कपिलबस्तु दिवस अभियानले करीब १ बर्षको अबधिमा प्रत्यक्ष अप्रत्यक्ष किसिमले धेरै उपलब्धि हासिल गरिसकेको छ । र यस्को बिस्व कार्य समितिले पूर्णता पाएपस्चात यस्को क्षेत्रीय र राष्ट्रिय समितिहरु गठन कार्य तीब्र गतिमा अगाडि बढने क्रममा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन गर्ने यूके तेस्रो मुलुक हुन पुगेको छ । यसरी राष्ट्रिय समिति गठन गर्नेमा स्पेन पहिलो र बेल्जियम दोस्रो देश हुन ।
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिलबस्तु दिवस, कपिलबस्तु दिवस अभियानका, नेपाल, बुद्ध, सगरमाथा | 1 Comment »
Posted by Ram Kumar Shrestha on August 16, 2010
देशको स्थितिलाई देखेर सबै नेपालीमा देखिएको ब्यग्रता र नेपालमा बिद्यमान अथाह प्राकृतिक, मानबीय र सांस्कृतिक श्रोतका कारण संबिधान निर्माण

Chief Guest HE Dr Suresh Chandra Chalise and representatives from different organisations
कार्य संपन्न भएको र शान्ति प्रकृया तार्किक निस्कर्षमा पुगेको दश बर्षमा नेपाल एउटा संपन्न मुलुक हुन सक्ने दाबी एउटा कुटनितिकभन्दा बिकाससम्बन्धी कन्सल्ट्याण्टको नाताले गर्न सक्ने कुरा वेलायतका लागि नेपाली राजदूत महामहिम डा सुरेश चन्द्र चालिसेले प्रगतिशील नेपाली समाज वेलायत पाँचौ बर्ष पुरा गरी छैटौं बर्षमा प्रबेश गरेको उपलक्षमा आयोजित एक कार्यक्रममा बताउनु भयो । सबैतिर लथालिंग भएको देखिए पनि बिद्यमान अवस्था प्रकृति र बिकासको नियमानुसार संधै नरहने कुरामा आफू आशाबादी भएको तर Read the rest of this entry »
35.387579
-85.962483
Like this:
Like Loading...
Posted in समाचार | Tagged: कपिल्बस्तु दिवस अभियान, डा सुरेश चन्द्र चालिसे, नक्कली लुम्बिनी, प्रगतिशील नेपाली समाज वेलायत, बुद्ध, लुम्बिनी | 1 Comment »