Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘लिपुलेक विवादः’

लिपुलेक विवादः भारत र चीनको हेपाहा प्रवृति कि नेपालको असफल कुटनीति ?

Posted by Ram Kumar Shrestha on June 6, 2015

[अहिलेको अत्यन्तै सान्दर्भिक बिषयबस्तु भएकोले सीमाबिद बुद्धिनारायण श्रेष्ठको सामग्री जानकारीको लागि साभार गरिएको छ ।]

नेपालको नापी विभागले प्रकाशन गरेको नक्सामा लिपुलेक नेपालमा पर्छ भनि देखाएको छ । नेपालका अरु निकायहरुले पनि लिपुलेक नेपालमा पर्छ भनि नक्सासहित देखाएका छन् । तर भारतीय प्रधानमन्त्रीले नेपाललाई एकपटक पनि नसोधीकन भारतले आफ्नै जमिन हो जस्तो भनि गरेर सम्झौतापत्रमा हस्ताक्षर गरेर आउनु भएको छ । यद्यपि, लिपुलेकबारे चीनले कुनै दावी गरेको थिएन । बरु चीनले कालापानी क्षेत्रको लिपुलेक नेपालकै हो भनि भन्दै आइरहेका थिए । २०५६ भदौ १८ गते नेपालका लागि तत्कालिन राजदूतले रिपोटर्स क्लवामा बोल्दा होस् या सन् १९६१ मा नेपाल र चीनको बीच सीमा सम्पन्न सम्झौतामा होस् । त्यो सम्झौतमा नेपाल, भारत र चीनको बीचमा त्रिदेशिए सीमालाई लिपुलेक भज्याङ्गको रुपमा कायम गरिएको थियो । जसअनुसार कालापानी नेपालभित्रै पर्छ । उक्त सम्झौतामा महाकालीको उद्गम लिपुवाधुरासम्म रहेको कुरा प्रष्ट गरेको छ । कालीपानी नेपालकै हो । लिपुलेक नेपालकै हो तर अहिले आएर चीनले पनि वेवास्ता गरेको छ । 

२०७१ साल आसार ३ गते सशस्त्र प्रहरी बलले गृहमन्त्रालयलाई एक प्रतिवेदन बुझाएको छ । नेपालतर्फबाट २४ ठाउँमा दशगज्जा मिचिएको र भारततर्फबाट ६० ठाउँमा दशगज्जा मिचिएको प्रतिवेदनमा उल्लेख छ । तर जसरी भारतले दशगज्जाभन्दा बाहिर गएर नेपालको जग्गा मिचेको छ त्यसरी नेपालले कुनै ठाउँमा मिचेको छैन । 

सीमाबिद बुद्धिनारायण श्रेष्ठ

Buddhi Narayanनेपाल भूकम्पको पीडामा छ । यसैबेलामा भारत र चीनले नेपाललाई अर्को पीडा दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको अन्तिम दिन भारत र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । त्यो सम्झौता पत्रको २४ औं नम्बर बुँदामा नेपालको भूभाग लिपुलेक हुँदै व्यापारिक प्रयोजनका निम्ति मार्ग खोल्ने सम्झौता भएको छ । यसले नेपालको राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ । कालापानीसँग भारतले लिपुलेक क्षेत्रमा पनि कब्जामा लिएको छ । विवादस्पद क्षेत्र हो भन्ने कुरा भारतले पनि स्वीकार गरेका छन् । विवादमा हुँदा हुँदै त्यसलाई मार्गको रुपमा प्रयोग गर्ने चीनसँग सम्झौता गर्ने त्यो अर्को विवादस्पद कुरा भयो । यसको बारेमा नेपाल सरकार ठोस रुपमा आगाडि आएको छैन । कुटनीतिक रुपमै पहल गरेर यसलाई समाधान गर्नुपर्नेमा सरकारले ढिलाई गरिरहेको छ ।

लिपुलेक के हो ?

नेपाल र भारतबीच अहिलेसम्म विवादमा रहेका नेपालको भूमि कालापानी लिम्पियाधुरा क्षेत्रमा लिपुलेक पर्दछ । लिम्पुवाधुरा पश्चिम क्षेत्रतर्फ पर्दछ भने त्यसको पूर्वतर्फ लिपुलेक पर्दछ । लिपुलेक एउटा भज्याङ्ग हो । ठूला–ठूला पहाडको खोँचमा यो भज्याङ्ग पर्दछ । जुन लिपुलेक भज्याङ्गको बाटो भएर नेपाल र भारतका तीर्थयात्रीहरु मानसरोवरको यात्रा गर्न जान्छन् । त्यस्तै चीनको ठूलो मुख्य बजार ताक्लाकोट बजार जानलाई पनि यही लिपुलेककै बाटो भएर जानुपर्ने हुन्छ ।

lipulek-map

त्यो लिपुलेक भज्याङकै नजिकबाट एउटा नदी निस्केको छ । त्यसलाई कसैले काली नदी भन्ने गरेका छन् भने कसैले नामै नभएका नदी भन्छन् । लिपुलेक भज्याङ् हुँदै नदी उम्रेर पश्चिम हुँदै दक्षिणतर्फ आएर हाम्रो महाकाली नदीमा मिसिएको छ । सुगौलीसन्धीले हाम्रो नेपालको सिमाना महाकाली नदीलाई तोकेको छ । तर यहाँ महाकाली नदीको उद्गम कहाँ हो भने कुरा नेपाल र भारतको बीचमा विवाद देखिएको छ । पुराना नक्सा, दस्तावेजहरुमा हेर्दाखेरि एकदम पश्चिमतर्फको लिपुलेकमा निस्केको ठूला नदीलाई कालीनदी भनेर उल्लेख भएको छ । त्यसपछि बनेका नक्साहरुमा लिपुलेक भज्याङ्गको नजिकैबाट उद्गम भएको नदीलाई कालीनदी भनिन्छ । त्यसको पूर्वतर्फ (नेपालतर्फ) एउटा कालीको मन्दिर बनाइएको छ । सानोखोलो उद्गम भएको छ र त्यसलाई कालीनदी भनिएको छ । Read the rest of this entry »

Advertisements

Posted in Article | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: