Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Dashain in Geelong’

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक दशैं कार्यक्रम भब्यताका साथ मनाइयो

Posted by Ram Kumar Shrestha on October 17, 2013

Group photo

नेपाली नगन्य रुपमा रहेको अस्ट्रेलियाको जिलोङमा नेपालीहरुले पहिलो पटक दशैं भब्यताका साथ मनाएका छन । लुम्बिनी-कपिलवस्तु दिवस अभियान र जिलोङ नेप्लिज असोशियसनको सकृयतामा भएको सो दशैं कार्यक्रममा नेपालकै बिषयबस्तुमा पिएचडी गर्नु हुने कलिन रोल्स, नेपालको बिभिन्न सामुदायिक बिकासमा बिभिन्न किसिमबाट योगदान दिनुहुने ब्राड क्लार्क लगायत थुप्रै बिदेशीहरुको समेत सहभागिता थियो । जिलोङमा आयोजना गरिएको दुई दिने दशैं कार्यक्रममा मेलबर्नबाट समेत आएर थुप्रै नेपाली र बिदेशीले सहभागिता जनाएर दशैंको शुभ-कामना आदान प्रदान गरे । अस्टमीको दिन लारा निवासी रिक मल्लको घरमा कार्यक्रम आयोजना गरिएको थियो भने दशमीको दिन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको घरमा । जिलोङ्मा बसोबास गर्ने सबै नेपालीले श्रेष्ठबाट टीका ग्रहण गरे । मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाहले समेत मेलबर्नदेखि आएर श्रेष्ठबाट टीका ग्रहण गर्नु भयो भने अस्ट्रेलियन ब्राड क्लार्क र पन्जाबका बिकास कुमार नायकले समेत श्रेष्ठबाट टीका ग्रहण गरेका थिए ।  मधुकर केसीले दशैंसम्बन्धी कविता बाचन गर्नु भएको थियो ।         Read the rest of this entry »

Advertisements

Posted in समाचार | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: