Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Father of Butter fly’

पुतली बाजेलाई नेपाली नागरिकता दिन ढिलाइ किन?

Posted by Ram Kumar Shrestha on July 14, 2018

५२ वर्ष नेपाल बसाइमा ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका कोलिन फिलिप स्मिथले ५५० जातिका पुतली संकलन गरी त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटाका शिक्षक समेत भएका उनको अन्तिम इच्छा नेपाली भएर मर्नु भएकोले नेपाली नागरिकताका लागि धेरै प्रयास गरे । नेपालमा कम्तीमा १५ वर्ष बसोबास गर्नेलाई अंगीकृत नागरिकता दिन सकिने कानुनी प्रावधान छ, तर पुतली बाजे ५२ वर्ष नेपाल बसेर नेपालको यत्ति धेरै उल्लेखनीय सेवा गरेर पनि नागरिकता पाउन सकेका छैनन् । उन्लाई राज्यले या त विधिपूर्वक अंगीकृत या त अनररी नागरिकता यथासक्य छिटो सम्मानपूर्बक उपलब्ध गराएर उनको यो अन्तिम इच्छा पुरा गरिदिनु पर्छ ।

विक्रम संवत २०२२ सालमा २९ वर्षको उमेरमा युनाइटेड मिसनको शिक्षक भएर पहिलो पटक नेपाल आएका कोलिन फिलिप स्मिथले पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिंग स्कूलमा २ बर्ष बिज्ञान र गणित बिषय पढाएरपस्चात गोर्खाको स्कुलमा पढाउने क्रममा उनले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र डा उपेन्द्र देवकोटालाई बिज्ञान र गणित पढाए । गोरखामा २ बर्ष पढाएर उनी फेरी पोखरा फर्के र केही बर्ष पृथ्बी नारायण क्याम्पसमा अध्यापन गरे ।

Putali Baje

सानैदेखि पुतलीप्रति रुचि भएका पुतली बाजेले बेलायतमै रहंदा १ बर्ष पुतली संग्रालयमा काम गरेका थिए । नेपाल आएदेखि नै पुतलीको खोज र संकलनमा लागेका उनले पढाउने काम छोडेर नेपालमा पाइने पुतलीको अनुषन्धान र खोजमा लागे । ५० भन्दा बढी जिल्ला पुगेर नेपालमा ६५० जातिका पुतली पाइने कुरा पत्ता लगाएका उन्ले ५५० जातिका पुतली संकलन गरिसकेका छन् । उनले त्रिभुबन विस्वविद्यालयको केन्द्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौं विस्वविद्यालय, नेचुरल हिस्ट्री म्युजियममा गरी २५ हजार पुतली संकलन गरेर राखिदिएका छन् ।

Read the rest of this entry »

Advertisements

Posted in Article, समाचार | Tagged: , | Leave a Comment »

 
%d bloggers like this: