Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘GFNL’

साहित्य महासंघको तेस्रो बैठक सम्पन्न, केन्द्रिय सचिवालय निर्माण

Posted by Ram Kumar Shrestha on March 29, 2011

[कपिलबस्तु दिवस अभियानले बुद्ध र बुद्ध जन्मस्थलबारे भ्रम सिर्जना गर्ने सामग्री सहितका पुस्तक, लेख एबं वेब साइटहरुको लिस्ट तयार गर्ने योजना बनाएको सन्दर्भमा बिस्व नेपाली साहित्य महासंघले नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’को कार्य चुनौतिपूर्ण भए तापनि अत्यन्तै स्वागतयोग्य छ ।]

ब्रुनाई २८ मार्च २०११ विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको तेस्रो इ-बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भयो ।

बरिष्ठ साहित्यकार स्व. डायमण्ड शमशेर राणाको चिर आत्माले शान्ति पाओस भन्ने कामना गर्दै एक मिनेट मौनधारणबाट शुरु भएको बैठकले अघिल्लो बैठकको निर्णयहरुको समिक्षा गर्दै अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष तिलक मल्ल (जापान) र महासचिव विश्वासदीप तिगेला (ब्रुनाई) रहेको ३ सदसिय महासंङ्घ केन्द्रिय सचिवालयको निर्माण भएको घोषणा गर्यो, बाँकी २ जना भविश्यमा थप गर्ने निर्णय भयो ।

नेपाल र नेपालीको सम्बन्धमा विभिन्न विदेशी लेखकहरुले लेखेका पुस्तक तथा लेखहरुमा रहेका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिनको लागि महासंघले निर्माण गरेको ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’मा बरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई (किर्तिपुर) र कपिलबस्तु दिवस अभियान अभियन्ता रामकुमार श्रेष्ठ (वेलायत)लाई सर्वसम्मत आग्रह सहित चयन गर्यो र अघिल्लो बैठकबाट चयन हुनुभएका साहित्यकार मुरारीराज शर्मा सहित अब ३ सदस्यित कार्यदल बन्न पुगेको छ, साथै भविश्यमा स्पेनिस, फेन्च, चाइनिज लगायत अन्य भाषाविदहरुलाई पनि समेटिने निर्णय गर्यो । Read the rest of this entry »

Advertisements

Posted in समाचार | Tagged: , , , | Leave a Comment »

प्रेस विज्ञप्ति: बरिष्ठ साहित्यकार गोठाले प्रति हार्दिक श्रद्धान्जली

Posted by Ram Kumar Shrestha on December 13, 2010

नेपाली साहित्य आकासका उज्वल नक्षत्र, नेपाली साहित्यका अभिभावक, लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको छ । वहाको चिर आत्माले शान्ति पाओस शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी महासङ्घ भगवान संग प्रार्थना गर्दछ ।

स्व. गोठालेद्धारा वि. स. २०१६ सालमा लेखिएको पल्लोघरको झ्यालले अत्यधिक लोकप्रियता पाएको थियो भने गाठालेका कथा संग्रह, प्रेम र मृत्यू, कथैकथा कथा संग्रह, भुसको आगो, भोको घर, च्यातिएको पर्दा तथा दोष कसको छैन नाटक लगायतका धेरै कृतिहरु छन् र विभिन्न तहको पाठ्यक्रममा पनि वहाको कृतिहरु समाविष्ट छन् ।

वि. स. १९७९ असार २९ मा काठमाडौ ओमबहालमा जन्मिएका गोठालेका दुइ छोरा चार छोरी मध्ये एक छोराको निधन भएको छ र वहाको श्रीमतिको गतबर्ष निधन भएको थियो । स्व. गोठाले साहित्यकार स्व. विजय मल्लका दाजु हुनुहन्थ्यो र वहाले गोरखा दक्षिण बाहू, त्रिभुवन प्रज्ञा पुरस्कार, भवानी साहित्य पत्रकारिता पुरस्कार, जगदम्बा श्री पुरस्कार लगायत धेरै सम्मानहरु प्राप्त गर्नु भएको थियो ।

Read the rest of this entry »

Posted in समाचार | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: