Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘NRN Regional meeting’

एनआरएन सरहरुलाई एक मजदुरको पत्र

Posted by Ram Kumar Shrestha on January 21, 2011

माफ गर्नुहोला सरहरु, तपाईहरुको भेला हुने, लाखौं रुपैयाँ जाँडमा उडाउने, नेपालका चलेका कलाकार मगाएर राजसी शैलीमा मनोरञ्जन लिने नैसर्गिक अधिकारमाथि मैले प्रश्न उठाएँ, तपाईहरुले गरेका पवित्र भाषणमाथि मैले थोरैभएपनि करनीको पक्ष खोजे । …….. तपाईहरु बिदेश बसेर पनि आफैंले देश चलाएको जस्तो, आफ्नै कारण मुलुक टिकेको जस्तोमात्र गर्नुहुन्न, आफुलाई मुलुक चलाउन दिनुपर्नेसम्म माग गर्न थालिसक्नुभएको छ ।

तपाईका यस्तै अमिल्दा माग, कथनी र करनीमा भएको फरक तथा धुर्त कुरा गर्ने बानीले बिदेशीएका आम नेपाली श्रमिक तपाईको संस्थाप्रति आर्कषिर्त भएका छैनन् । तपाईहरु जहिले पनि हामी नेपाली गरिव जनताको भीड देखाएर आफ्नै सरकारसित बार्गेनिङ गर्नुहुन्छ, चाहिने नचाहिने सर्त राखेर लबिङ गर्नुहुन्छ अनि नेपालमा लगानी गरेर नाफाजति बिदेश ल्याउन पाउनुपर्ने सर्त अघि सार्नुहुन्छ ।

… हैन भने सम्मेलन गर्ने नाममा नेपाली जनताको रगत पसिनाबाट संकलित लाखौं रुपैयाँ राजश्व माग्ने अनि बिदेशी रक्सीको आहलमा डुब्ने काम बन्द गर्नुस् । सुरक्षित आप्रवासन सरहरुको न रुचीको कुरा हो र रुची गरेर पनि केही गर्न सक्ने हैसियत त्यसैले आफ्नो ब्यापार बढाउन हामी गरिव नेपाली श्रमिकलाई ढाल नबनाउनुस है सरहरु ।

दुर्गा सुवेदी

सरहरु, दर्शन हजुर, यो नेपाली श्रमिकका तर्फबाट

सरहरु, सर्वप्रथम म मेरो संक्षिप्त परिचय दिने अनुमति माग्छु । यहाँहरुलाई थाहै होला हजुरहरुले भर्खरै क्षेत्रीय सम्मेलन नामको एक भेला गरेर गएको दुबई । त्यही आसपासका एक सडकमा म पनि ४० डिग्री तापक्रमको अण्डा पाक्ने गर्मीमा निर्माण कार्यमा सहभागी भइरहेको छु । र, मजस्ता करिव १५ लाख नेपाली दाजुभाई यो अरवक्षेत्रमा यसैगरि पसिना बगाइरहेका छौं ।

खै मलाई त त्यति जानकारी भएन, तर सरहरु हालै दुबईको एक तारे होटलमा वास बसेर हामीलाई सुरक्षित बनाउनेबारे चिन्ता जाहेर गर्नुभयो रे । एकमन खुसी पनि लाग्यो, यो तातोमा हामीले बगाएको पसिना र पाएको दुखबारे एकआध बन्धुहरु त चिन्तीत हुनुहुँदो रहेछ । अनि अर्कोमन दुःखपनि लाग्यो तपाईहरुले कहाँ, कसरी र के भनेर हामीप्रति चिन्ता देखाउनुभयो । म र मजस्ता १५ लाख अज्ञानी नेपाली नागरिक-कृपया गैरअवासीय नेपाली भनेर नबुझ्नुहोला) अनबिज्ञ भयौं सरहरु । Read the rest of this entry »

Advertisements

Posted in लेख/ रचना /निबन्ध | Tagged: , | 13 Comments »

 
%d bloggers like this: