Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Puja Bohara’

एक पीडित युवतीकाे मार्मिक पत्र: ‘मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’

Posted by Ram Kumar Shrestha on December 17, 2014

Puja-Boharaमाननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ । तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु । त्यही अभिभावकहरूमध्ये सम्बन्धित क्षेत्रका मन्त्री हुनुभएकाले तपाईंलाई यो पत्र कोरेकी हुँ । तपाईंका दुई छोरीहरू हुनुहुन्छ भन्ने थाहा पाएकी छु । कृपया मलाई पनि आफ्नै छोरीझैं ठानी न्याय दिलाइदिनु हुन अनुरोध गर्दछु ।

मेरो किटानी जाहेरीले पक्राउ परी दोषी सावित भई १३ वर्षका लागि जेल चलान भएका ती बलात्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष अनि मचाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस्, हैन भने ती बलात्कारीहरूलाई पुनः पक्राउ गरी सजाय सुनाइयोस् ।

काठमाडौ, पुस १ – माननीय कानुनमन्त्री,

नरहरि आचार्यज्यू,

नमस्कार ।

म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।

मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो । मेरो भाग्य नै भन्नुपर्‍यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन ।

‘छोरी होस् त फलानोजस्ती’ भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो । अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो । घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि पढ्न अर्को विद्यालय जानुपर्ने भयो, जुन मेरो घरबाट डेढ घन्टाको उकालो-ओरालो जंगलैजंगलको बाटोमा थियो । एक त म सानी ९ वर्षकी थिएँ, अर्कोतर्फ जंगलको बाटो एक्लै जानुपर्ने भएकाले

मेरो आमाबुबाले ‘अब विद्यालय जानु पर्दैन, बरु विवाह गरिदिन्छौं’ भन्नुभयो । मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ । आमाबुबाको कुरा थाहा पाएर मेरा स्कुलका गुरुहरू घरमै आई सम्झाईबुझाई गरिदिनुभयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ । Read the rest of this entry »

Posted in Miscellaneous | Tagged: | Leave a Comment »

 
%d bloggers like this: