Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘Vote to Teriya’

जादुमय नृत्यका धनी ११ बर्षीया तेरिया मगर छायांकनका लागि जन्मभूमि नेपाल आउँदै

Posted by Ram Kumar Shrestha on June 5, 2014

TeriyaNewकमल चौधरी, बुटवल: भारतको जी टिभीमा प्रशारण हुने डान्स इण्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम ५ मा छनोट हुन सफल रुपन्देहीकी तेरिया फौजा मगर यही बिहीबार गृहजिल्ला आउने भएकी छिन । प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम ५ मा छनोट हुने निश्चित भएपछि गृह जिल्लामा उनको नृत्य छायांकनका लागि जी टीभीको टोली सहित उनी यहाँ आउन लागेकी हुन् । तेरियाले यहाँ रहदा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन भोट समेत माग्नेछिन् । १४ वर्ष उमेरसम्मका झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङ राउण्ड (टप टेन) मा आइपुगेकी हुन् । बेजोड र जादुमय विस्व स्तरीय नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले भोटिङ राउण्डमा दर्शकबाट पनि निरन्तर सर्वाधिक भोट प्राप्त गर्दै अन्तिम ५ मा आउन सफल भएकी हुन् ।

डीआईडी लिटिल मास्टर्सको अन्तिम ५ जनामा छनोट हुने तेरिया नै पहिलो र कम उमेरकी नेपाली प्रतियोगी हुन् । मुम्बईबाट काठमाडौं हुँदै जहाजमा भैरहवा आउने टोलीलाई गौतम बुद्ध विमानस्थलमा जिल्लास्थित सरकारी निकाय, विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकले भब्य स्वागत गर्ने तयारी गरेका छन् ।

भैरहवा हुँदै बुटवल र उनको गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको छायांकन र प्रशारण हुने भएकाले तेरियाको स्वागतका लागि धेरैभन्दा धेरै जनमानस उपस्थित गराउन जी टिभीको टोलीले आग्रह गरेको बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले जानकारी दिए । उनको स्वागतका लागि गर्नुपर्ने व्यवस्थापनमा ठुलै रकम खर्च हुने भएकाले सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थालाई संगीतालयले आग्रह गरेको छ । Read the rest of this entry »

Posted in Global | Tagged: , , , , , | Leave a Comment »

 
%d bloggers like this: