Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Posts Tagged ‘World Heritage site list’

गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गर्न पहल गरिने

Posted by Ram Kumar Shrestha on May 15, 2014

Today status१० वैशाख २०७१ गोरखा: गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सरकारले पहल गर्ने भएको छ । झण्डै ४ सय वर्ष पूरानो संग्रहालय र गोरखा दरवार क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि सरकारले पहल थाल्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले जानकारी दिए । जिल्लाको वस्तुस्थितिबारे अनुगमन गर्न गोरखा आएका बास्कोटाले पत्रकार भेटघाटमा विश्व सम्पदा सूचीमा समावेश भएमात्रै पनि वार्षिक ७५ हजार विदेशी पर्यटक गोरखा आउने दावी गरे ।

बास्कोटाले संग्रहालयलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि राजधानी फर्केपछि पुरातत्व विभागसँग छलफल गर्ने बताए । उनले हाल हरेक मंगलवार बन्द हुने गरेको संग्रहालया हप्ताको सबै दिन खोल्ने ब्यवस्था गर्नका लागि निर्देशन दिने पनि जानकारी दिए । संग्रहालयलाई थप ब्यवस्थित गर्नका लागि सौर्य उर्जाको ब्यवस्था गर्नुपर्ने र हरेक कक्षबारे अडियो मार्फत जानकारी दिने प्रविधिको विकास गर्नुपर्ने उनले बताए । Read the rest of this entry »

Posted in News | Tagged: , , | Leave a Comment »

 
%d bloggers like this: