*रामकुमार श्रेष्ठ
अति ब्यस्त जीबनको बाबजूद हिजो मैले प्राप्त केही इलेक्ट्रोनिक मेलहरु र संकलित इलेक्ट्रोनिक लेख्य सामग्रीहरुलाई एकत्रित गरी सरसर्ती नजर डुलाएँ र एक्लै फिस्स हाँसे । मेरो हाँसो संकलित ती संपूर्ण सामग्रीको कुनै पनि समूह बिशेषको पक्ष बिपक्षमा नभएर तटस्थतालाई आधार बनाएर प्रस्फुटित बिशुद्ध अनि स्वतस्फूर्त प्राकृतिक उपज थियो न कि कुनै अर्थहीनता । ती सामग्रीहरु बिभिन्न कोणहरुबाट लेखिएका थिए : कसैले बिभिन्न पदमा आसिन प्रचन्ड र डा बाबुराम भट्टराईका नातागोताका फेहरिस्त पेश गरेका थिए त कसैले गिरिजा र कांग्रेसका नेताहरुले गरेका जघन्य काण्डहरुको अनि कसैले एमालेका नेताहरुले गरेका महसुर लिलाहरुको । राणा शासनको सबैले ईतिहास पढेकै हो र पञ्चायत सबैले भोगेर फालेकै भएर त्यतातिर समय खर्चिएका सामग्रीहरु थिएनन अथवा इमान्दारी पूर्वक भन्नु पर्दा नेपाली जनताका बर्तमानका मूलभूत भोगाइहरु यी तीन समूहको सहमति र बिमतिमा नै अधिकांशको ध्यान र समय खर्चिइने भएकोले मैले पनि एकत्रित गरें यी तीनका पक्षमा भन्दा बिपक्षमा भएका सामग्रीहरुलाई । एउटा रमाइलो र खुशीको कुरो नै मान्नु पर्छ कि ती सबैमा पाइने एउटा समानता थियो उनीहरुद्धारा प्रदर्शित र प्रस्फुटित अब्यक्त देश प्रेमको भाबना भलै त्यसका पछाडि बिभिन्न द्रिश्य अद्रिश्य काम कुरोले काम गरेका नै किन नहुन । मैले ‘अब्यक्त’ शब्द प्रयोग गर्नुको कारण हो सबैले अरुलाई गाली गलौज गर्ने कामभन्दा बढी केही नगरे तापनि गाली गरिनेद्धारा देश पछाडि परेको र धकेलिएको अनि जनता ठगिएको प्रसंग उल्लेख गर्न कोही चुकेका छैनन जुन सबै नेताहरुको ‘थेगो’ नै भएको कुरा ठोकुवा गर्न हिचकिचाइ राख्नु पर्दैन । मेरो हसाइको आधार थियो सोही भाबना । अहिले यत्र तत्र प्राथमिकतामा पर्ने ‘सकारात्मक सोंच’ (Positive thinking) संग मेरो सौतेनी नाता पर्थ्यो भने सो ‘अब्यक्त’ भावनासंग मेरो साक्षात्कार कसरी हुनु अनि तथानाम गाली गलौजको समुन्द्रभित्र रहेर पनि मानसिक अस्पताल लान पर्ने झैं गरेर एक्लै पनि फिस्स हाँस्न कहाँबाट पाउनु ? Read the rest of this entry »