Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for May, 2017

आशातित चुनाव परिणाम्, प्रचन्ड सफल नेता

Posted by Ram Kumar Shrestha on May 16, 2017

रामकुमार श्रेष्ठ

गोरखा स्थित सहिद लखन गाउंपालिकाको एक मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै १०४ वर्षिया

२०१३ को जुन १९ तारिख नेपाली समुदायको तर्फबाट अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई उन्कै कार्यकक्षमा भेटेर बाहिर निस्कदा उन्कै मन्त्रीमण्डलका प्रभाबशाली मन्त्री क्रिस बावन भने जुलिया गिलार्डकै कार्यकक्ष बाहिर नेपाली समुदायलाई पर्खेर बसिरहेका थिए । गिलार्डको लागि सरकार प्रमुखबाट बाहिर्याउने खेल उन्कै लेबर पार्टीभित्रै चलिरहेको थियो र अब उन्को कार्यकाललाई करीब एक हप्तामा अन्त्य गराउने खेल चलिरहेको थियो । गिलार्डको कार्यकक्षमा मन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोल्यान्ड साथैमा थिए, तर प्रभाबशाली मन्त्री बावन भने बाहिर बसिराख्नुको कारण थियो उनी गिलार्डलाई हटाएर केभिन रुडलाई ल्याउने खेमामा थिए । लेबरका सकृय कार्यकर्ताले एक हप्तापछी गिलार्डको ठाउँ केभिनले लिने र यस्ले सेप्टेम्बरमा हुने संसदीय चुनावमा लेबर पार्टीलाई स्पस्ट बहुमत दिलाउने जिकिर गरेपछि मैले तीन पटक दोहोर्याएर सोधें कि उनी साँच्चै नै त्यो सरकारले लेबरलाई स्पस्ट बहुमत दिलाउने कुरामा निस्चिन्त छन? उन्को लगातार सकारात्मक जबाफपछि उन्को राजनीतिक दरिद्रताप्रति मनमनै मुस्कुराएँ । मुखैमा आइसकेको चुनावको बेला पार्टीभित्र हुने त्यत्ति ठुलो बिग्रहले पार्टीलाई बलियो बनाउने सोंचले मूर्त रुप लिन सकेन र २७ जुनमा प्रधानमन्त्री भएका केभिन तीन महिना पनि नपुग्दै १८ सेप्टेम्बरमा आँशु खसाल्दै प्रधानमन्त्रीबाट पनि हटे र राजनीतिबाट पनि सन्यास लिए ।

अनेकन अन्यौलता, जटिलता र ब्यबधानका बाबजुद बर्तमान सरकारले छिटफुट घटना बाहेक ७३ प्रतिशत मत खस्ने गरी स्थानीय निकायको पहिलो चरणको चुनाव सम्पन्न गराएको छ नेपाली जनतालाई २० बर्षपछि स्थानीय तहको निर्वाचनको लागि मताधिकार प्रयोग गर्ने अबसर दिलाएर । दुई दशकपछि स्थानीय तहको वैशाख ३१ आइतवार भएको निर्वाचनमा थला परेका विरामीदेखि क्रियापुत्रीसम्मले मतदान गरेका छन । नुवाकोटमा एक सय १५ वर्षीया र गोरखा स्थित सहिद लखन गाउंपालिकामा १०४ वर्षिया वृद्धाले समेत आफ्नो मताधिकार प्रयोग गरे । यस्ले नेपालको इतिहासमा ठुलो महत्व राख्दछ र पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहीत गरेको यो दिन एउटा ऐतिहासिक दिनको रुपमा स्थापित हुनेछ । बर्तमान सरकारले चुनाव नगराउने खेल खेलिरहेको आरोप लागेको बेला यो देशमा चुनाव जसरी पनि गराउनु पर्छ भन्ने कुरामा सबैभन्दा बढी चिन्ता बर्तमान प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचन्ड’ लाई थियो र उन्का लागि आफ्नो पार्टी कुन स्थानमा आउँछ भन्ने कुरा गौढ र चुनाव कसरी संपन्न गर्ने भन्ने कुरा प्रधान थियो । किनकि संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समाबेशिता र समानुपातिकता उन्को पार्टीको मुद्धा हो र त्यो मुद्धा चुनाव नभैकन संस्थागत नहुने भएकोले चुनाव परिणामले उन्को पार्टीलाई दिने साइजभन्दा चुनाव कसरी संपन्न गर्ने भन्ने प्रश्न उन्को लागि प्रधान कुरा हो । संपन्न चुनावले नेपालको प्रगतिको  रथको पाँग्रा केहि अघि बढेको पनि संकेत गर्छ ।

Read the rest of this entry »

Posted in लेख/ रचना /निबन्ध | Leave a Comment »

सामाजिक कार्यमा अग्रसर स्वेताद्धारा क्यान्सर पिडित युवतीलाई सहयोग

Posted by Ram Kumar Shrestha on May 9, 2017

भक्तपुरमा मजदूरी गरेर जिबिकोपार्जन गर्ने मीना बलकी १९ बर्षीया छोरी सृजना बलको पेटको आन्द्राको क्यान्सर भएकोले चर्चित नायिका मात्रै नभएर बिभिन्न ब्यवसायमा लागेर पनि “स्वेता-श्री फाउण्डेशन” मार्फत स्वेता खड्का दिबंगत नायक श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी समुदाय भूकम्पपस्चात अझै पनि त्रिपालमा नै बस्न वाध्य भएकाले सो समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेको थाहा पाएर स्वेतालाई भेटन दरबार मार्गस्थित उन्को हिमालयन जाभा कफी सपमा आइन । एक घण्टा आफ्नो पीडा पोख्दै उनी स्वेताको सामू रोइन । उन्को पीडादायक रोदनले कोमल मनकी स्वेताको मन भित्रभित्रै धेरै रोयो । स्वेताले आँफैलाई सम्झिन किनकि मीनाको पीडासंग स्वेताको पीडाको भावनात्मक सम्बन्ध थियो । त्यसैले उन्ले “स्वेता-श्री फाउण्डेशन” को तर्फबाट सक्दो सहयोग गर्ने बचन दिंदै आइतबार सृजनाकी आमा मीनालाई सृजनाको उपचारार्थ पचास हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

a

Read the rest of this entry »

Posted in Article, समाचार | Tagged: , , , , | Leave a Comment »