Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘समाचार’ Category

सात देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने कामको पहल

Posted by Ram Kumar Shrestha on January 9, 2016

अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधना गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गर्नु भयो । प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गर्नु भयो । त्यस्तै वेलायतको ब्रिटिश म्युजियमले चर्को जन-दबाबका कारण त्यहा बुद्ध जन्मस्थल बिषयमा भएको जानकारी सच्याउने निर्णय गरे तापनि सच्याउने काम सन्तोषजनक र स्पस्ट नभएकोले वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई संबोधन गरी तयार पारिएको ९ पेज लामो प्रतिबेदन पनि श्रेष्ठद्धारा प्रमुख अतिथिलाई र प्रमुख अतिथिले नेपाल सरकार प्रतिनिधिलाई हस्तान्तरण गरियो ।

Handing over report for 8 countries

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक इ रामकुमार श्रेष्ठले आफ्नो नेपाल बसाइको छोटो अबधिमा उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’, पूर्व प्रधानमन्त्रीड्धय पुष्पकमल दाहाल प्रचन्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीड्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाट गर्नु भएको छ । राष्ट्रपतिसंगको भेटघाटको लागि समय तय भएतापनि अन्तिम समयमा राष्ट्रपतिको स्वास्थका कारण भेटघाट हुन सकेन । अभियानको सातौं बार्षिकी कार्यक्रम मार्फत बिभिन्न सात देशमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन श्रेष्ठले अभियानका तर्फबाट नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाएका छन । Read the rest of this entry »

Posted in Article, समाचार | 1 Comment »

एसएसबी ज्यादती रोक्न भारतसँग आग्रह

Posted by Ram Kumar Shrestha on April 11, 2011

काठमाडौं, चैत २८ (नागरिक)- अनुमति बिना सीमा सुरक्षाबल (एसएसबी) लाई नेपालतर्फ छिर्न नदिन सरकारले भारतसँग पहिलोपटक औपचारिक आग्रह गरेको छ।

भारतको पुनेमा शुक्रबार नेपाल-भारत द्विपक्षीय परामर्श समूहको आठौँ बैठकका क्रममा नेपाली अधिकारीले एसएसबीको ज्यादती तत्काल रोक्न भारतीय पक्षसँग यस्तो आग्रह गरेका हुन्।

बैठकमा नेपाली पक्षले सीमामा तैनाथ भारतीय अर्धसैन्यबल एसएसबीले अनुमतिबिनै सीमापारि आएर नेपालीमाथि कुटपिट गर्ने र भारतबाट फर्केका हजारौँ नेपाली मजदुर सीमामा एसएसबीबाटै लुटिने गरेको विषयमा भारतीय पक्षको ध्यानाकर्षण गरेको थियो।

बैठकमा एउटा देशको सेना बर्दीमा अर्को देश प्रवेश गर्दा अनुमति लिनुपर्ने सामान्य अन्तर्राष्ट्रिय नियमको पालना गर्नसमेत नेपाली पक्षले भारतसँग आग्रह गरेको थियो।

‘बिनाअनुमति आएर निमुखा नेपालीलाई कुटपिट गरी एसएसबीले नेपालको शान्ति सुरक्षामा खलल पुर्‍याएको मात्र छैन, दुई देशबीचको सम्बन्धमै अहित गरेको देखिन्छ,’ बैठकमा नेपाली पक्षलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अबदेखि नेपालको अनुमतिबिना एसएसबीको प्रवेश रोक्न अनुरोध गर्छौँ।’

बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिकुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली थियो। टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीनै सुरक्षा निकायका अधिकारी पनि थिए। भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव सतीष मेहताले गरेका थिए। टोलीमा भारतका सबै सुरक्षा निकायका अधिकारी थिए। यस्तो बैठक हरेक वर्ष एकपटक हुनेगर्छ। Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , , , , , , , | Leave a Comment »

अन्तर्राष्ट्रिय म्याराथुनमा नेपाली प्रथम

Posted by Ram Kumar Shrestha on April 3, 2011

काठमाडौं, चैत १९ (नागरिक) – नेपाली सेनाका धावक विकास शाही एक अन्तराष्ट्रिय स्तरको म्याराथुन दौडमा प्रथम भएका छन्। लेबनानको बेरुतस्थित लेबनान रोड रनिङ एण्ड एथलेटिक्स क्लबद्धारा चैत १३ गते आयोजना गरेको ‘सिडार ग्रिन म्याराथुन २०११’ मा हवल्दार शाहीले प्रथम स्थान हासिल गरेका हुन्।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ युद्धभैरव गण ४९ औं डफ्फाबाट सहभागी भएका शाहीले ४२दशमल १९५ किलोमिटर दुरी दुई घण्टा ४० मिनेट ४० सेकेण्डमा पूरा गरेको शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयद्धार जारी विज्ञप्तीमा जनाइएको छ।

म्याराथुन दौडमा शान्ति स्थापनार्थ तैनाथ नेपाल, ईन्डोनेसिया, चीन, भारत, फ्रान्स, स्पेन गरी जम्मा ६ राष्ट्र तथा लेवनानबाट समेत गरी जम्मा १सय ४० जना धावकको सहभागीता रहेको थियो। उक्त दौडमा लेवनान र इन्डोनेसियाले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए।

प्रथम भएका शाहीलाई पुरस्कार स्वरुप १ हजार ५ सय अमेरिकी डलर (झण्डै १ लाख ८ हजार रुपैयाँ) तथा ट्रफी प्रदान गरिएको छ। उनलाई निकट भविष्यमा जर्मनीमा हुने ग्रिन म्याराथुनमा सहभागी हने अवसर समेत दिईन जनाइएको छ।

@Nagarik

Posted in समाचार | Tagged: , | Leave a Comment »

सीमावर्ती गाउँका नागरिक एसएसबीबाट त्रस्तः अध्ययन प्रतिवेदन

Posted by Ram Kumar Shrestha on March 29, 2011

By जनक नेपाल

नेपालगन्ज, चैत्र १५ – सीमावर्ति क्षेत्रका नागरिकहरू भारतीय एसएसबीबाट त्रसित रहेको पाइएको मानवअधिकारकर्मीहरुको एक अध्ययनले दाबी गरेको छ ।

भारतीय सिमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिई बर्दिया शान्तिपुरका तुलबहादुर शाहीलाई बेपत्ता पारेको घटनापछि कतिखेर के हुने हो सन्त्रासमा सर्वसाधारणहरु बाँचिरहेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । सरकारले उक्त बेपत्ता घटनाप्रति देखाएको बेवास्ताले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले असुरक्षा महसुस गरेको मानव अधिकार सन्जाल बाँकेको अध्ययनमा उल्लेख छ ।

घटनाको स्थलगत अध्ययन प्रतिबेदन सोमबार सार्बजनिक गर्दै सन्जालले सरकारी बेवास्ताका कारण पीडित परिवारले विदेशी सुरक्षाकर्मीबाट बेपत्ता आफन्तको लास वा सासको अवस्था थाह पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय सुरक्षाकर्मीले नेपाली भूमिबाट आफ्नो नागरिक कब्जामा लिई बेपत्ता पारेको एक महिना नाघीसक्दा पनि पीडितको अवस्था पत्ता  नलाउनुले सरकार, परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रहरी प्रशासन घटनाप्रति गम्भीर नभएको अध्ययन टोलीको ठहर छ ।

बर्दिया जिल्लाको जमुनी गाविस भारतसाग सिमा जोडिएको गाविस भएकाले त्यहाका वासिन्दाहरू घाँसदाउराका लागि भारतीय जङ्गलमा जाने गरेका छन् । भारतीय जङ्गलमा घासदाउरा गर्न भारतीय सुरक्षाकर्मीले छुट दिएको तर त्यो छुट नीतिगत रुपमा नभएर सुरक्षाकर्मीको स्वविवेकमा भरपर्ने र उनीहरूले चाहेको बखत छुट गर्ने र नचाहेको बखत रोक लगाई घाासदाउरामा गएकाहरूको हसिया बञ्चरो खोस्ने गरेको छन् । बेपत्ता पारिएका हर्कबहादुर शाही ०६७ फागुन ५ गते भारतीय जङ्गलमा घाँस लिन गएको पत्नी जुनकिरीले बताईन् । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

‘बहादुर नेपाली’लाई अस्ट्रेलियाली पदक

Posted by Ram Kumar Shrestha on March 27, 2011

ऋषि आचार्य, सिड्नी, चैत १३- हतियारधारी लुटेरा समातेर प्रहरीलाई बुझाउने एक नेपाली विद्यार्थी अस्टे्रलिया सरकारको ‘बहादुरी’ पदकबाट सम्मानित हुँदैछन्। काठमाडौं चाबहिलका सरोज खतिवडालाई अस्टे्रलिया सरकारले ‘द अस्ट्रेलियन ब्रेभरी डेकोरेसन्स’ दिने घोषणा गरेको हो। गभर्नरल जनरल (बेलायतकी महारानीका प्रतिनिधि) को कार्यालय, क्यानवेराले बहादुरी प्रदर्शन गरेबापत उक्त पदक प्रदान गर्न लागेको बेहोरासहित आफूलाई पत्र दिएको खतिवडाले नागरिकलाई बताए।

अध्ययन सिलसिलामा अस्टे्रलिया रहेका खतिवडाले सन् २००८ मा अन्नाडाले आइजिए (अस्ट्रेलियन स्वामित्वमा सञ्चालित) नामक सुपरमार्केटमा लुटपाट गर्न खोज्ने हतियारधारी लुटेराबाट हतियार खोसेर उसलाई प्रहरीलाई बुझाइदिएका थिए।

प्रहरीले ज्यान जोखिममा राखेर सुपरमार्केटका ग्राहक तथा कर्मचारी सुरक्षा गरेको भन्दै पदकका लागि सिफारिस गरेको थियो। मुखमा स्कार्फ बाँधेको र सन ग्लास लगाएको लुटेरालाई उनले नियन्त्रणमा लिन उनले ज्यानको जोखिम मोलेका थिए।

विदेशी नागरिकलाई पदक प्रदान गर्न सम्बन्धित देशको सरकारबाट अनुमति लिनुपर्ने प्रावधानअनुसार अस्ट्रेलिया सरकारले नेपाल सरकारबाट अनुमति लिइसकेको र गभर्नर कार्यालयले छिट्टै विशेष कार्यक्रमबीच पदक प्रदान गर्ने जानकारी गराएको खतिवडाले जनाए।  Read the rest of this entry »

Posted in समाचार | Tagged: , , , | Leave a Comment »

भारतीय प्रहरीले नेपाल पसेर दुईजना समाते

Posted by Ram Kumar Shrestha on March 27, 2011

By अमन कोइराला

सर्लाही, चैत्र १३ – भारतीय प्रहरीले आइतबार बिहान नेपाल प्रबेश गरि सर्लाहीको सिमाबर्ती बलरा गाविसका दुई ब्यक्तिलाई पक्राउ गरेको छ । अन्य केहीलाई कुटपिट समेत गरेको स्थानीयले बताएका छन् ।

बलरा गाबिस-१ लक्ष्मीपुरका अबधेस मिश्र र राजीव मिश्रलाई बिहान पौने चारबजे ५०/६० को संख्यामा आएका भारतीय प्रहरीले पक्राउ गरेका हुन् । बिहान अध्यारैमा ठूलो संख्यामा आएका भारतीय प्रहरीले गाउँ घेरा हाली ४ वटा घरमा छापामारी गरेका थिए । पक्राउ पर्ने अबधेस र राजीव बाबु छोरा हुन् । अन्य तीनजनालाई पक्राउ गरि सिमामा लगेर कुटपिट गरि छाडिदिएको स्थानीयले बताए ।

मिश्रको घरबाट लाइसेन्स प्राप्त एकथान हतियार समेत भारतीय प्रहरीले लगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भारतीय प्रहरीले नेपालमा आएर नेपालीलाई गिरफ्तार गरेको सुचना पाएपछि बास्तबिकता बुझ्न प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘नेपाल प्रबेश गरेर कुनैपनि नेपालीलाई पक्राउ गर्न पाईंदैन,’ जोशीले भने, ‘हामी बुझ्दै छौं । यो गलत कृयाकलाप हो ।’ Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

नेपाली भूमीमा भारतीय सेनाको क्याम्प

Posted by Ram Kumar Shrestha on March 14, 2011

३० फागुन, कन्चनपुर । नेपालको सीमा अतिक्रमण गर्दै आएको भारतले कन्चनपुरको दक्षिणी क्षेत्रमा दशगजामै एसएसवीको क्याम्प राखेको छ । अन्तराष्ट्रिय सीमा क्षेत्रमा जुनसुकै काम गर्दा दुई देशको सहमती जरुरी भएपनि नेपाली पक्षको अनुमितिविना भारतले दशगजामै एसएसवी क्याम्प राखेको हो । भारतले एसएसबीको क्याम्प राख्नुभन्दा अगाडी नेपाललाई जानकारीसमेत गराएको थिएन ।

नेपालको बाईसेबिचुवा बस्ती गाविस ५ विकासवस्ती र भारतको उत्तरप्रदेश राज्यको दुधुवा नेशनल पार्कको सीमा मिचेर भारतले क्याम्प राखेको स्थानीयले बताएका छन् । भारतीय पक्षले स्थलगत अध्ययनपछि दशगजा क्षेत्रमा सुरक्षा पोष्ट नभएको दावी गर्दै पोष्ट नहटाउने अडान लिएको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशाशकीय अधिकृत केशवदत्त जोशीले यसबारे केन्द्रमा जानकारी गराईएको र दुई देशको आन्तरिक सीमा बैठकमा छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भारतीय पक्षले सुरक्षाका लागि भन्दै सुदूरपश्चिमका सीमा क्षेत्रमा ट्रेन्च र सुरुङसमेत खनेको छ । यसबारे १५ दिन भित्र सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउन संसदीय समितिले वन तथा भूसंरक्षण मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

@Onlinekhabar

Posted in समाचार | Leave a Comment »

Complete Nepal: Facebook Triumph13

Posted by Ram Kumar Shrestha on February 26, 2011

Tanka Wanem

भारतीय पक्षले कैलाली र काचनपुरको सीमा क्षेत्रमा नेपाली प्रशासनलाई जानकारी नै नगराई दशगजा क्षेत्रमा ट्रेन्च खन्ने कार्य सुरु गरेको छ ।

January 28 at 10:04am ·  · 

    • मनिरथ लावती लिम्बू nepalkaa tauke netaharule janataale thaha napai desa beche bhane dosrai kuraa hun6 natara tyasko barema kahi garnai par6.

      January 28 at 10:28am · 
    • Kali Bahadur Yonghang I hope Mr. Tank G without any negotiations should not be take place that project, country is Nepal all property belong to country without knowing by the Nepal government, I hope the Indian government con not effort like this action,furthermore we will get information later, we got right way to protest any illegal action against country whereas that is sensitive are and no man land

      January 28 at 10:33am · 
    • Tanka Wanem दशगजा क्षेत्रमा दुवैतर्फबाट कुनै पनि किसिमको निर्माण कार्य गर्न नपाइने सुगौली संन्धिमा उल्लेख भए पनि भारतले दशगजा क्षेत्रमा अतिक्रमण गरी पाँच किलोमिटरको दायरामा ट्रेन्च खनेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाका अनुसार भारतले सुरक्षाकर्मी परिचालन गरी ट्रेन्च खनेको हो । भारतले खनेको ट्रेन्चका कारण नेपाली भू-भाग डुबानमा पर्नेसमेत बताइएको छ । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

भारतले नदी थुनेपछि किसान मारमा

Posted by Ram Kumar Shrestha on February 24, 2011

१२ फागुन, राजविराज । त्रियुगा नदीमा लगाइएको बाँध नखोल्दा सप्तरीको रम्पुरा मल्हनीया गाविसका साथै अन्य गाविसमा लगाइएको गहुँबालीमा पानी पसेको छ ।

रम्पुरा मल्हनीया हुँदै बग्ने नदीको पानीको बहावलाई दुई दिनअघि भारतीय पक्षले थुनेपछि सप्तरीको दुई गाविसका तीन दर्जन कृषकको ५० विघाभन्दा बढी जग्गामा लगाइएको गहुँबालीमा पानी जमेको हो । त्रियुगा नदीको पानी रम्पुरा मल्हनीया गाविस-५ र ६ तथा तिलाठी गाविस-८ मा लगाइएको गहुँबालीमा पानी पसेपछि बाली नष्ट हुने सम्भावना बढेको किसानहरूले बताएका छन् ।

भारतको कुनौली बजारमा बन्न लागेको पुलमा पानीले नछोओस् भनेर पुलका ठेकेदारहरूले नदीको पानी थुनेपछि यसको प्रत्यक्ष असर नेपाली किसानलाई परेको छ । कोसी ब्यारेज हुँदै बग्ने उक्त नदीको सतहमा बालुवा भरिएका कारण पानी किसानको खेतमा पसेको हो । Read the rest of this entry »

Posted in समाचार, समाचार | Leave a Comment »

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली बेपत्ता

Posted by Ram Kumar Shrestha on February 22, 2011

कमल पन्थी

गुलरिया, फाल्गुन १० – चोरीसिकारी आरोपमा पक्राउ गरिएका नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेपत्ता पारेको छ ।

पाँच दिनअघि पक्राउ बर्दिया जमुनी ९, शान्तिपुर बस्ने ५० वर्षीय हर्कबहादुर शाहीलाई बेपत्ता पारेको परिवारले बताएका छन् । उनलाई भारतको सीमावर्ती लम्बीकुवुस्थित एसएसबी सुरक्षाकर्मीले पक्राउ गरेका थिए । भारतीय सीमावर्ती जंगलमा चोरी सिकारी गर्न उनीसहित ६ जना गएका थिए । अन्य सिकारी भागेर बँचेका थिए ।

सिकारीले गोली चलाउँदा एसएसबीका एक सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य उपाध्यायले बताए । चोरी सिकारीको आरोप लागेका शाहीलाई जिल्लाको जमुनी ७, डाँफेबाट कुटपिट गर्दै एसएसबीले भारत लगेको स्थानीय बासिन्दाले बताएका छन् । ‘एसएसबीको पिटाइबाट बेहोस शाहीलाई अचेत अवस्थामा लगिएको हो’, एक जना प्रत्यक्षदर्शीले बताए ।

भारतीय सुरक्षा बल एसएसबीका अधिकारीले शाहीलाई पक्राउ नगरेको दाबी गरेका छन् । घटनाबारे नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले एसएसबीसँग सम्पर्क राखेको उपरीक्षक उपाध्यायले बताए । ‘शाही भन्ने कुनै पनि व्यक्ति पक्राउ नपरेको एसएबीले बताए पनि भारतीय सञ्चार माध्यमले चोरीसिकारी पक्राउ गरिएको समाचार टिभी च्यानलहरूबाट प्रसारण गरेका थिए । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Complete Nepal: Facebook Triumph12

Posted by Ram Kumar Shrestha on February 17, 2011

मेची पुलभित्रको सत्यता नाङ्गिएर छताछुल्ल भए पनि भारतले आफ्नो शक्त्ती प्रयोग गर्न छाडेन । नेपाल सरकारले पनि भारतलाई जदौ गर्‍यो !

January 12 at 7:48am ·  · 

  •  

    • Tanka Wanem नेपाल र भारतलाई जोडने मेचिपुल नेपालको भूमिमा बनाइएको हो । सो पुल बनाउन भारतले नेपाललाई आर्थिक सहयोग गरेको हुनाले पुलमा “नेपाल- भारत सहयोग” भनेर लेखिएकोछ । नेपालको भूमिमा बनेको पुल अहिले भारतको हुन गएकोछ । पुलमा भएका जम्मा १९ वटा खम्बा मध्ये ४ वटा नेपालमा र बाँकि भारतका भएकाछन । 

      January 12 at 7:58am ·  ·  7 people Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

Complete Nepal: Facebook Triumph11

Posted by Ram Kumar Shrestha on February 2, 2011

सन्चारउद्दमी जमिम शाहको हत्या र मनाङ मुस्ताङ्तिर महामहिम किन डुल्छन ? धेरै नेपाली जनताको चासोको विशय नभए पनि महामहिमले धेरै सूचनाहरु दिल्ली पुर्यौदै गरेका हुन्छन् ।

January 11 at 8:26am ·  · 

    • Tanka Wanem

      तिब्बतको सीमानासंग जोडिएको हिमाल पारिको मनाङ मुस्ताङ्तिर भारतिय सरकारले स्कुल,बाटो र पुलहरु बनाइ दिने योजना अनुसार ती योजनाहरुको निरिक्ष्ण गर्ने निहुमा महामहिम जस्ता मान्छे सगरमाथा छेउछाउ पुग्नु सीमानातिर डुलि हिँडनू हिमालको पर्यटक बन्नु मा…See More
      January 11 at 8:46am ·  · 7 people

    • Tanka Wanem सन्चारउद्दमी जमिम शाह अन्य कुनै देसका जासुसीको आरोप लागे पनि वास्तवमा उनी भारतले नेपाल प्रति गरेको अतिक्रमण र नाङ्गो हस्तक्षेप प्रति विरोध जनाइ रहेका थिए । भन्नुको अर्थ हो भारतले चाहेमा जे गर्न पनि सक्छ । उस्ले जसलाई सिध्याउदा आफ्नो पक्कड बलियो हुन्छ सिढ्याइ हाल्छ । मदन भन्डारी,जिवराज आस्रित र दरबार हत्या काण्डमा समेत “र” ले अहम भूमिका खेलेकोछ । ति सबै कुरा घाम जस्तै छर्लङग हुँदै जानेछन । अवको बाटो भनेको यी तमाम भारतको रजाइँ वारे नेपाली जनता सचेत हुनु हो । Read the rest of this entry »

Posted in समाचार | Leave a Comment »

नेपाल भारत सम्बन्ध र शिलापत्र प्रकारण

Posted by Ram Kumar Shrestha on February 2, 2011

Posted in समाचार | Leave a Comment »

Complete Nepal: Facebook Triumph10

Posted by Ram Kumar Shrestha on January 29, 2011

नेपालमा भारतिय ब्यापारी र उद्दोयोगपतिहरुले जसरी येस आराम र कमाउको जीवन विताइ रहेकाछन । भारतमा गरिव नेपालीहरु बढो कस्टको जीवन भोग्न वाध्य भएकाछन । यो सन्दर्भमा पनि नेपालमा भारतले नेपालसंग ठूलो फाइदा लिएकोछ ।

January 10 at 9:25am ·  · 

Posted in समाचार, Miscellaneous | Leave a Comment »

Complete Nepal: Facebook Triumph9

Posted by Ram Kumar Shrestha on January 29, 2011

सीमानाका नेपालीहरुले भोगेको सास्ती सबै नेपालीहरुको दु:ख हो । यो दु:खको अन्त्य भएन भने यो दु:खको हैजाले नेपालको अस्तित्वमाथि धावा बोली सक्यो एक दिन समाप्त गर्नेछ ।

January 9 at 7:35am ·  · 

Posted in समाचार | Leave a Comment »