एउटा खालि चौरमा करीब ५-६ दिनको यति सुन्दर नानि कागजको कार्टुनमा भेटिएछ हिजो बेलुका ६ बजेतिर । केयर बाल गृहको नजिकैको चौरमा बच्चाहरु खेलिराख्दा उनीहरुले देखेकाले आफूहरुले भेटेको भएर नाम ‘प्राप्तिका’ राखे र आफूहरुलाई कर्म दिने आमा अधिकारी भएकोले पुरा नाम “प्राप्तिका अधिकारी” हुन पुग्यो । यो काम केयर बाल गृहकी सञ्चालिका पुस्पा अधिकारी त्यहाँ आइपुग्नु अगावै भैसकेको थियो । उनको गृहमा अहिले १५ बालबालिका छन् । अब यो नानी पनि तिनै केटाकेटीसंगै हुर्कने भएको छ ।
Read the rest of this entry »Archive for July, 2020
मुस्कुराइराख्ने ५-६ दिनको साक्षात देवी जस्तो नानी वेवारिसी रुपमा
Posted by Ram Kumar Shrestha on July 30, 2020
Posted in Article, बिबिध, समाचार | Tagged: केयर बाल गृह, Praptika, Praptika Adhikari, Puspa Adhikari | Leave a Comment »
जन्म दिनमा ४०,००० रुख रोप्ने विस्वकै महंगो मोडेल एबं नायिका गिसेल
Posted by Ram Kumar Shrestha on July 26, 2020
ब्राजिलकी मोडेल, वाताबरणकर्मी, लेखिका, नायिका एबं ब्यबसायी गिसेल क्यारोलाइन बुण्डचेन विस्वकै सबैभन्दा महंगो मोडेलमध्येमा पर्छिन र उन्ले आफ्नो चालिसौं जन्मदिन ४०,००० बिरुवाहरु रोप्ने लक्षलाई मूर्त रुप दिंदै ऐतिहासिक बनाइन । वाताबरणमाथि मानिसद्धारा गरिएको स्वार्थपूर्ण शोषण र मनपरितन्त्रको विस्वका नेताहरुको सामु नै राष्ट्र संघ जस्तो निकायमा गरिएको वारंवारको चर्को बिरोध र यस्तो गंभिर समस्यालाई गंभिरतापूर्बक लिइनुपर्ने आग्रहका बाबजुद विस्वका नेताहरुद्धारा त्यहाँ ताली बजाएर समर्थन जनाउने, तर समाधानका खातिर सिन्को नभाँच्ने प्रबृत्तिका परिणामको रुपमा आज संपूर्ण विस्व नै कोरोनाको महामारीद्धारा थिलो थिलो भएको कुरालाई स्वीकारिराखेकै बेलामा गिसेलले आफ्नो जन्मदिनमा ४०,००० विरुवा रोपेर मनाउँदै प्रकृतिलाई ठूलो उपहार दिने जुन उदघोष गरिन त्यस्ले अन्तराष्ट्रिय संचार जगत तताउनु स्वाभाबिकै थियो ।
Posted in Article, लेख/ रचना /निबन्ध, समाचार | Tagged: 40000 Tree Plantation, Ecology, Environment, Gisele Bundchen | Leave a Comment »
विकसित देशका प्रधानमन्त्री र मन्त्रीपछि मेयर पनि बन्छन
Posted by Ram Kumar Shrestha on July 23, 2020
Posted in Article, बिबिध | Leave a Comment »
बलात्कृत महिलालाई न्याय दिलाउन दुई लाख डलरको जागिर छोड्ने शरणार्थी वकिल रेज गार्डी
Posted by Ram Kumar Shrestha on July 22, 2020
Posted in Article, लेख/ रचना /निबन्ध | Tagged: Rez Gardi | Leave a Comment »
‘बालुवाटार’
Posted by Ram Kumar Shrestha on July 21, 2020
बालुवाटार आजभोली दिनदिनै समाचार बनिरहेछ । शायद त्यसैले होला अस्ट्रिचलाई पनि बालुवाटार घुम्न जान मन लागेछ आज ।
दिनमा हजारौं कविता जन्मिन्छन, तर दैनिक भोगिएकै बिषयबस्तुलाई नै प्रस्तुति गर्ने क्रममा शब्द चयन र प्रस्तुति कलामा देखिने अदभूत जादुले एकाध कविता धेरैको मन मस्तिस्क तान्न सक्ने क्षमताले भरिपूर्ण हुन्छन । बालुवाटारकै सम्बन्धमा चर्चित कवी स्वप्निल स्मृतिद्धारा लिखित यो कविता पनि ती कवितामध्येकै एक हो ।
स्वप्निल स्मृति
यस्तो ‘पिकनिक स्पट’हो बालुवाटार
मानौं, मेरो देशको नक्साभित्र पर्दैन त्यो।
सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो। Read the rest of this entry »
Posted in Article, गीत/कबिता/गजल | Leave a Comment »
बाग्लुङमा भूमिगत शालिग्राम संग्राहालय सन्चालनमा
Posted by Ram Kumar Shrestha on July 19, 2020
रामकुमार श्रेष्ठ***
धेरै ऋषिमुनीले तपस्या समेत गरेको मानिने कालीगण्डकी नदी र यसको सभ्यता पछिल्लो समय संकटमा छ र कालीगण्डकी किनारको ‘कालीगण्डकी सभ्यता’का बारेमा जानकारी दिन धेरै पुस्तक लेखिएकाले यो धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिनु स्वाभाबिकै हो ।
पछिल्लो समय अतिक्रमणका कारण संकटमा परेको कालीगण्डकीको सभ्यता र लोप हुँदै गएका शालिग्रामका बारेमा भावी पुस्तालाई जानकारी दिने अभिप्रायले सुरुङ खनेर कालीगण्डकी सभ्यता र शालिग्राम संरक्षण गर्नका लागि दामोदर कुण्डदेखि त्रिबेणीधामसम्मको कालीगण्डकी नदी र सहायक नदी तथा तीर्थस्थलको बारेमा एकै थलोमा देख्न सकिने गरी शालिग्राम संग्राहालयलाई ब्यबस्थित गरिएको छ । Read the rest of this entry »
Posted in Article, नियात्रा, समाचार | Tagged: Damodar Kunda, Deughat, Kagbeni, Kaligandaki Civilization, Mustang, Prapannacharya, Shaligram, Shaligram Museum, Shankaracharya, Shreedhar Acharya, Tribenidham | Leave a Comment »
रामकुमार, जीवा, रामप्रताप सहित १६ जनाको इनास ग्लोबल सल्लाहकार समिति
Posted by Ram Kumar Shrestha on July 16, 2020
अन्तराष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिको गत आस्विन २६ र २७ मा काठमाण्डौंमा भएको तेश्रो ग्लोबल भेला मार्फत गठन भएको नयाँ कार्य समितिको बैठकले संस्थाको बिधानको दफा ४(३) बमोजिम सम्बन्धित क्षेत्रका बिज्ञमध्येबाट अध्य्क्षले नियुक्त गर्ने तीन जना सल्लाहकार सहित कूल १९ जना सल्लाहकारमध्ये हाललाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया), एनआरएन आइसिसिका पूर्व अध्यक्ष जीवा लामिछाने (जर्मनी) र जर्मनको कोलोन राज्यका लागि अबैतनिक महाबाणिज्य दूत एबं एनआरएनका संस्थापक सदस्य रामप्रताप थापा लगायत १६ जनाको ग्लोबल सल्लाहकार समिति गठन गरेको छ । Read the rest of this entry »
Posted in Article, समाचार | Leave a Comment »
अस्ट्रेलियाली नेताद्धारा नेपाल वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा
Posted by Ram Kumar Shrestha on July 5, 2020
अस्ट्रेलियाका प्रभाबशाली नेताका रुपमा मानिने अध्यागमन तथा सीमा सुरक्षासम्बन्धी फेडेरल छायाँ मन्त्री एबं पूर्व फेडेरल मन्त्री रिचार्ड मार्लससंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपाल भ्रमण बर्ष २०२० का बिषयमा छलफल गर्ने क्रममा नेपाल सरकारले २०२० मा नेपाल भ्रमण बर्ष मनाउने तयारी गरिराखेको र त्यस्का लागि प्रत्येक बर्ष बीस लाख पर्यटक भित्र्याउने लक्ष लिएकोले त्यस्मा अस्ट्रेलियाको तर्फबाट पनि उल्लेख्य योगदान रहने कुरामा नेपाल सरकार र नेपाली समुदाय आशाबादी रहेको बताएपछि नेता रिचार्डले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रसंशा गरे ।
छलफलपछि भिडियो सन्देश मार्फत नेपालमा पर्यटक भित्र्याउने नेपाल सरकारको यो महत्वपूर्ण कदम भन्दै नेता रिचार्ड्सले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले अस्ट्रेलिया, नेपाली समुदायको लागि मात्रै नभएर नेपाल र अस्ट्रेलिया बीचको द्धिपक्षीय सम्बन्धको लागि पनि अत्यन्तै राम्रो र महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । Read the rest of this entry »
Posted in Article, बिबिध, समाचार | Tagged: Buddha, Everest, Richard Marles, Visit Nepal 2020 | Leave a Comment »