Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘कथा/लघु कथा’ Category

हिराको मूल्य पाँच मुठा साग

Posted by Ram Kumar Shrestha on September 13, 2020

[मेरो फेसबुकमा प्रकाशित सामग्रीमध्येमा सर्बाधिक लोकप्रियमा दोश्रो स्थानमा रहेको सामग्री जुन समग्रमा लाखौंंका बीच पुग्यो ।]

एकदिन एकजना मानिस आफ्नो गुरुकहाँ गएर भन्यो, “गुरु म हजुरलाई आदर गर्छु, तर मेरा धेरै साथीहरुले हजुरलाई पागल भन्छन । मलाई आज हजुर पागल होइन भन्ने कुरा प्रमाणित गरिदिनु पर्‍यो” ।

गुरु कोठाभित्र पसेर एउटा टल्किएको बस्तु ल्याउनु भयो र आफ्नो चेलालाई दिंदै भन्नु भयो, “बाबु, यो ढुंगा लिएर तरकारी बजारमा जानु र कति मुठासम्म साग दिन्छ बुझेर आउनु, तर यस्लाई नबेच्नु ।”

सो ब्यक्ति तरकारी बजारमा गएर धेरैसंग सोध्यो कि सो ढुंगासंग साट्न पर्दा कति मुठा साग दिने भनेर । थोरैमा एक मुठा र बढीमा पाँच मुठा साग दिने जानकारी पाएपछि ऊ गुरुकहाँ गएर एकजनाले बढीमा पाँच मुठासम्म दिन मन्जुर भएको जानकारी दियो ।

गुरुले उन्लाई सुन पसलेहरुकहाँ गएर बढीमा कतिसम्म दिने रहेछ बुझ्न पठायो ।

उनी धेरै सुन पसलेकोमा गएर बुझ्दा बढीमा दश लाखसम्म दिने ब्यापारी भेटेपछि गुरुकोमा गएर दश लाखसम्म दिने पसले भेटिएकोले अब बेच्न ढिलाई नगरौं गुरु भनी आग्रह गर्‍यो ।

Read the rest of this entry »

Posted in कथा/लघु कथा | Leave a Comment »

China ‘considering’ building high-speed rail line from Beijing to the United States

Posted by Ram Kumar Shrestha on May 9, 2014

magnetic-levitation_train

The project – nicknamed the ‘China-Russia plus America line’ – would run for 13,000km, about 3,000km further than the Trans-Siberian Railway. Photo: AP

China is considering plans to build a high-speed railway line to the US, the country’s official media has reported.

The proposed line would begin in north-east China and run up through Siberia, pass through a tunnel underneath the Pacific Ocean then cut through Alaska and Canada to reach the continental US, according to a report in the state-run Beijing Times newspaper.

Crossing the Bering Strait in between Russia and Alaska would require about 200km (125 miles) of undersea tunnel, the paper said, citing Wang Mengshu, a railway expert at the Chinese Academy of Engineering. Read the rest of this entry »

Posted in कथा/लघु कथा, Global | Leave a Comment »

‘सालीक’

Posted by Ram Kumar Shrestha on June 5, 2011

By –मौलश्री लिम्बु

 देशको आन्दोलन दिनानुदिन चर्किरहेको थियो ।सम्पूर्ण राजनीतिक पार्टिहरु एक भएर राजतन्त्र विरुद्ध दिलोज्यान दिई गणतन्त्र स्थापना गर्नलाई संघर्षरत थिए।हाम्रो क्षेत्रबाट उ प्रमुख नाईके बनेर आन्दोलनलाई फत्ते पार्न अग्रसर थियो ।यहिक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई बीच सडकमा प्रहरीले गोली चलाउँदा उसको मृत्यु हुन पुग्यो ।

                   केही समय पछि देशमा धन जनको ठूलो क्षती पश्चात आन्दोलन सफल भई गणतन्त्रको घोषणा भयो ।देश भरि गणतन्त्रको अचाक्ली लहर चल्यो ।हाम्रो क्षेत्रबाट उ पहिलो शहीद कहलिन पुगेकोले उसको आहुतिलाई उदाहरणीय पार्न सम्मान स्वरुप सालीक निर्माण गर्ने निर्णय भयो ।सबै क्षेत्रबाट सकारात्मक आवश्यकताको महशुस गर्दै उसले सहादत प्राप्त गरेको बीच सडकमा उसको सालीकको अनावरण भयो ।केही समयसम्म सबैले उसको व्यक्त्तित्त्व र सालीकको कदर गर्दै चर्चा परिचर्चा गरे ।त्यसपछि सबैले  दिक्दारी मान्दै भन्न थाले-‘त्यसै त साँघुरो सडक,त्यसमाथि उफ्! बीचैमा सालीक ।’

                                                                                                         l

 

 

 

 

 

Posted in कथा/लघु कथा | Leave a Comment »

ठूलो मान्छे

Posted by Ram Kumar Shrestha on April 11, 2011

By रामकुमार श्रेष्ठ

मिस्टर प्रताप समाजका प्रतिष्ठित ब्यक्तिका रुपमा मानिन्छन । नमानियोस पनि कसरी र जब कि नेपालमा नभएर बिदेशमा नै ठूलो ब्यवसाय सन्चालन गर्दै आएका छन र नेपालबाट थुप्रै नेपाली ल्याएर रोजगारी पनि दिएका छन उन्ले । थुप्रै सामाजिक संस्थाहरुमा सल्लाहकार र संरक्षक लगायतका प्रतिष्ठित पदहरु संभालेका छन । सामाजिक क्षेत्रमा लगानी गर्न पनि निकै नै अगाडि नै देखिन्छन उनी । त्यसैले पत्र पत्रिका, रेडियो र टेलिभिजन उन्को ब्यवसाय, गतिबिधि र सफलताबारेका लेख र समाचार छपाउन र प्रसारण गर्न लालायित हुने गर्छन् ।

हिजो नेपालको एउटा गाउँमा बीर बहादुरले मिस्टर प्रतापको कंपनीबाट संगै फर्किएका केही साथीहरु जम्मा गरेर उन्को पुत्ला जलाए । केही साना पत्रिकाहरुले यस घटनालाई समाचार बनाए । समाचारको अनुसार मिस्टर प्रतापले घर फर्कने बेलामा धेरै पैसा लिएर जानको लागि भनेर शुरुका तीन महिनाको तलब नदिने गरेका रहेछन र खान बस्नको लागि उसैले ब्यबस्था गर्ने भएकोले बिस्तारै बिस्तारै उक्त तीन महिना बाहेकका चार पाँच महिनाको तलब बाँकी राख्ने गरेका रहेछन । भिसा सकिने बेलामा यसो उसो गर्दै भिसा समस्या सिर्जना गरिदिएर आँफैले पुलिसलाई खबर गरिदिएर नेपाल फर्काउन लगाउने गरेका रहेछन । बीर बहादुर र उन्का साथीहरु जग्गा बन्धकी राखेर बिदेश हानिएका थिए, तर बिदेशबाट कमाएर निखन्ने सपनामा तुषारापात लाग्यो मिस्टर प्रतापको षड्यन्त्रका कारण र कौंडीको भाउमा उनीहरुको जग्गा साहुको हुन पुगेको छ । Read the rest of this entry »

Posted in कथा/लघु कथा | 1 Comment »

मुसलमान प्रेमी (सिडनीकी सृष्टी भाग ३)

Posted by Ram Kumar Shrestha on April 18, 2010

By सानु घिमिरे, अस्ट्रेलिया

” सृष्टी! तिमीलाई मैले केही भन्नु छ” – कफी शपको म्यानेजर मुसाफिकले अंग्रेजीमा भन्यो ।” साँझ परिसकेको थियो, रातको नौ बजेको  थियो, तर रात भन्न मिल्दैनथ्यो । किनकि यो सिडनी हो, यतिबेला भर्खर मान्छेहरु घर बहिर निस्कन थालेका हुन्छन् र कफी खाँदै रात्रि जिवनको  शुरुवातमा अर्को पाइलो बढ़ाउँदै गरेका हुन्छन् । पसलमा ग्राहकको भीड़ केही कम भएको थियो । कफी शपभित्र भन्दा पनि बाहिर  पाल टाँगेका ठाउँमा कफीको चुस्की लिने ग्राहकहरुको भीड़ थियो । “केही काम पो बिग्रियो कि ?… कुनै चेतावनी दिनको लागि हुनसक्छ म्यानेजर  गंभीर  भएको ” । निमेषभरमा उसले यही सोची र टाउको उठाइ र प्रश्नसूचक आँखाले मुसाफिकलाई हेरी. …….”म तिमीलाई  प्रेम गर्छु “- मुसाफिकले सृष्टीको कानमा एउटा ठूलो बिस्फोट गरायो । गोरो, अग्लो, सलक्क नाक परेको, सुन्दर अनुहार भएको उन्तीस बर्षको मुसाफिक उसको अगाडि उभिएको थियो । पैतालामुनिको धर्ती नै खस्किए जस्तो भयो, कफी बनाउँदै गरेको कप सृष्टीको हातबाट अनायस भुइंमा  झर्यो र टुक्रा टुक्रा भयो । “लेबनिजहरु फटाहा हुन्छन्, होश गर्नू” – अस्ट्रेलियामा पाइला टेक्ने बित्तिकै उस्की सात बर्षदेखि अस्ट्रेलिया बसेकी भुक्तभोगी दिदीले भनेकी संझन पुगी । Read the rest of this entry »

Posted in कथा/लघु कथा | Tagged: , | 1 Comment »

दृष्टिकोण

Posted by Ram Kumar Shrestha on July 2, 2009

*रामकुमार श्रेष्ठ

असोजको महिना, त्यसैले बिहान बेलुकी जाडो हुनु अस्वाभाबिक होइन । भालेको डाँकसंगैको हो कि होइनको झिसमिसे  उज्यालोसंग कस्ले कस्लाई  उछिन्ने भन्ने प्रतिस्पर्धामा उत्रिसकेका छन गाउँलेहरु – बिशेषत: महिलाहरु रित्ता गाग्रीहरु बोक्दै र अंगारले दाँत माझ्दै धारातिर प्रस्थान गरेर । पुरुषहरु भने आ-आफ्ना आवश्यकतानुसार कोदालो, कोदाली, खुर्पि-ठ्याक बोकेर खेत, बारी, जंगलतिर लाग्न थाली सकेका छन । वाध्यात्मक र परंपरागत तवरले समयसंग जुध्ने भनौं वा खेल्ने तौर तरीका हो यो उनीहरुको ।  बाटोदेखि पंधेरासम्म पधेर्नी गफ बाक्लिने क्रम जारी छ भने यदाकदा खेत, बारी र जंगल जानेहरु वल्लाघर पल्लाघरकाहरु तयार भए नभएको जानकारी लिन सबेरै ठूल्-ठूला स्वरले बोलाँउदै शान्त वातावरण खलबल्याउने परंपरा पनि कहिलेकाँही सक्रिय भैरहेको सुनिन्छ ।

एउटा अलिक सुनसान दोबाटोमा जाडो, हल्ला केहीको पनि पर्बाह नभए झैं गरी एकजना अधबैंसे मानिस सुतिरहेको देखिन्छ । यस्तैमा एउटा जड्याहा खुट्टा लरवराउँदै उस्को नजिक आइपुग्छ र बाटोमा त्यसरी सुतिरहेको मानिसलाई लक्षित गरेर ” यो त झन मभन्दा बढी पो जड्याहा रहेछ त । यति सबेरै ढल्नै पर्ने गरी धोकेछ बजियाले” भन्दै हाँस्दै अगाडि बढछ । केही समयपछि सोही बाटो भएर एउटा चोर आइपुग्छ र सुतिरहेको मान्छे देखेर “बिचरा भर्खरको सिकारु चोर परेछ क्यारे । चोर्दा चोर्दै फेला परेर भक्कुमार गोदाइ खाए जस्तो छ” भन्दै त्यत्तिकै छाडेर जान्छ । त्यस्को लगत्तै केही समयपछि एउटा सन्त सोही बाटो हुँदै जाँदा सुतिरहेको उक्त मान्छेलाई देखेर ” हे भगवान! संयोगले आज कति ठूलो महात्माको दर्शन पाइयो । यस्तो जाडोमा पनि बाटैमा कति गहिरो ध्यानमा लीन भएको होला” भनेर साष्टांग दण्डवत गरी अगाडि बढ्यो ।

Published link: http://www.shrijana.com/000/?p=1715

Facebook

Posted in कथा/लघु कथा | Leave a Comment »