WebSite Reviews - What others are saying about our site:
var s = document.createElement('script');
s.type = 'text/javascript';
s.async = true;
s.src = 'http://site-connect.net/widget~reviews';
document.getElementsByTagName('head')[0].appendChild(s);
var s = document.createElement('script');
s.type = 'text/javascript';
s.async = true;
s.src = 'http://site-connect.net/site~pageinfo2';
document.getElementsByTagName('head')[0].appendChild(s);
Link Exchange
बालुवाटार आजभोली दिनदिनै समाचार बनिरहेछ । शायद त्यसैले होला अस्ट्रिचलाई पनि बालुवाटार घुम्न जान मन लागेछ आज ।
दिनमा हजारौं कविता जन्मिन्छन, तर दैनिक भोगिएकै बिषयबस्तुलाई नै प्रस्तुति गर्ने क्रममा शब्द चयन र प्रस्तुति कलामा देखिने अदभूत जादुले एकाध कविता धेरैको मन मस्तिस्क तान्न सक्ने क्षमताले भरिपूर्ण हुन्छन । बालुवाटारकै सम्बन्धमा चर्चित कवी स्वप्निल स्मृतिद्धारा लिखित यो कविता पनि ती कवितामध्येकै एक हो ।
स्वप्निल स्मृति
यस्तो ‘पिकनिक स्पट’हो बालुवाटार
मानौं, मेरो देशको नक्साभित्र पर्दैन त्यो।
सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत् ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो। Read the rest of this entry »
ए देश सगरमाथाको शिखरमा ऊभिएको संसारको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडीएको छु कसैले बाहिर निकाल मलाई
मर्नुभन्दा अगाडी म मेरो बुढा बुबाका हातका नंग नदुखाइकन काट्न चाहन्छु मर्नुभन्दा अगाडी म मेरी आमाले पकाएको माली गाइको बिगौती चाख्न चाहन्छु मर्नुभन्दा अगाडी म मेरी श्रीमतीको ओठमा मेरै लागि मात्र फक्रिएको गुराँस हेर्न चाहन्छु मर्नुभन्दा अगाडी म मेरी छोरीले उसकी हजुरआमाले तिखारिदिएको पेन्सिलले पहिलोपल्ट लेखेको क हेर्न चाहन्छु
ए देश मेरी आमाले बनाएको सानो काठको बाकस भरिने पैसा बोकेर म अरबबाट घर फर्कें भने त ठिकै हो तर त्यो भन्दा ठूलो रातो काठको बाकसमा म नै भरिएर फर्कें भने ???
तयारी छ जीवनको परीक्षा यो हैन भावना छ मित्रताको चिनारी मलाई थाहा छैन खुल्ला गगनमा पंक्षी मै बनुला भन्दिन एकताको कहानी खै कोर्न म पाउदिन ।
मित्रताको नाता अति नै प्रिय अमृतपान हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जीवनदान वितृष्णा मानवरुपी नियन्त्रण पाए हुन्थ्यो कि चैतन्य यो मनलाई त्याग्न पाए जीवन बन्न सक्थ्यो कि ?
हजारौ तारामा प्रिय जून सबैलाई कस्तो आश्चर्य प्रश्न पाइन्न छुन उसलाई मन भित्र आत्मा उदाएर हेर्नु होला सम्मानरुपी ज्ञान दक्षिणा खेर नजाला Read the rest of this entry »
टनकपुर हरायो सम्झौतामा
माहाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको रास्ट्रियता
बिर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पसु नेताहरुले
रास्ट्र र रास्ट्रियता माथी खेलबाड गरेकोछ
पुर्बमा गएर पस्चिमको बिकास, रोजगारी
पस्चिममा गएर पुर्बको बिकास सुनाएकोछ
जनतालाई झुकाउनसम्म- झुकाएकोछ।
******************************
बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले
आस्वासन र बिस्वास नदिएको हैन
कहिले नया दिल्ली…… कहिले काठमान्डौ……..
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।
(चौथो लुम्बिनी-कपिलवस्तु दिवसका लागि वेलायतबाट डा कविताराम श्रेष्ठबाट प्राप्त कविता)
विश्वको उच्च शीखर सगरमाथाले गर्वकासाथ उदघोष गरिरहेछ, म त्यस माटोबाट निर्मित छु जुन माटोमा मानव सभ्यताका शिखरपुरुष महामानव गौतम बुद्धले जन्म लिएका थिए । मलाई पनि गर्व छ म पनि त्यही माटोमा जन्मिएँ जुन माटोमा पृथ्वीका उच्च शिखर अवस्थित छ र जहाँ पृथ्वीको उच्च मानवशीखर पुरुषले जन्म लिएका थिए । सन्दर्भ हो, यस्तो स्वाभिमान सिर्जित गर्ने प्रतिक गौतम बुद्ध नेपाली भूमिमा जन्मेका हुन् – यो वास्तविकता नै छायाँमा पर्न जानुको पीडाको, सन्दर्भ हो यसै पीडाको कारणबाट जिन्मिएको लुम्विनी – कपिलवस्तु दिवश विश्व अभियानको, जसले सन् २००९ डिसेम्बर १ देखि आज सन् २०१२ डिसेम्बर १ सम्म विश्वभर आफ्नो संजाल फैलाएर अनेकन सफलता पनि हासिल गरिसकेको छ र जसले हामीलाई अरु बढी आन्दोलित हुन उत्साह र उर्जा प्रदान गरेको छ । हामी त्यस माटोको प्रवर्द्धन गर्दैछौँ जुन माटोले बुद्धजस्तो महान विभूतिलाई जन्म दियो र उनलाई महानतम बुद्धत्व प्राप्त गर्ने प्रज्ज्वलित सँस्कार प्रदान गर्यो ।
व्यक्तिको व्यक्तित्व विकासमा जन्मभूमीको अहम भूमिका हुने गर्दछ । कुनैपनि चेतनशील व्यक्तिले माटोको यो ऋणलाई यसरी बुझ्दछ । बुद्धजस्तो महान व्यक्तिले कसरी यो भुल्दथे ? ज्ञान प्राप्त गरेपछि त्यस माटोलाई कृतज्ञतापूर्ण ढोग दिन उनी कपिलवस्तु आएका थिए । म कल्पन्छु, कपिलवस्तु टेक्ने वित्तिकै उनले माटोमा निधार विसाउँदै लुम्बिनीलाई हात जोडेर यसरी कृतज्ञता ज्ञापन गरेका थिए –
जुन माटोले यो देह दियो त्यो माटोलाई नमस्कार
जुन हावाले यो प्राण दियो त्यो हावालाई नमस्कार
जुन पानीले यो रगत दियो त्यो पानीलाई नमस्कार
जुन पर्यावरणले यो संस्कार दियो त्यो पर्यावरणलाई नमस्कार
जननीजन्मभूमीश्च स्वर्गादपि गरियसी । Read the rest of this entry »
थोरै लेखेर पाठकलाई धेरै दिन सक्षम नयाँ कबियत्रीको नाम हो सन्जना खडका । उन्को लेखाइको आफ्नैपना छ । उन्का लेखाइ अत्यन्तै गहन र ओजपूर्ण हुन्छन । त्यसैले
नेपाली फेसबुक प्रयोगकर्ताहरु बीच उनी एक किसिमले सेलेब्रिटीको रुपमा देखा परेकी छिन । “प्रेमीले जस्तो पुस्तकहरुले मलाई कहिल्यै इरिटेट गरेनन् । त्यसैलै पुस्तकहरु मेरा लागि आत्मीय प्रेमी हुन…….. ” भन्ने उन्को भनाइ औपचारिक मात्रै नभएर यथार्थपरक भएको उन्को हालस्म्मको जीवनरुपी बर्तमान गोरेटोले नै प्रस्ट्याउँछ । कविता मार्फत बढी चिनिएकी सन्जना “हत्याराको डायरी” उपन्यास प्रकाशनको अन्तिम तयारीमा छिन् । स्वीटजरल्याण्डमा अंग्रेजी र साहित्यमा विद्याबारिधी गर्दै गरेकी सन्जना अत्यन्तै सरल पनि छिन । फेसबुकमा राखिएका उन्का केही कविता र पाठक प्रतिकृयाको स्वरुप:
The Story of Old Camel
(२०१० मा कोलम्बोमा सम्पन्न भएको सार्क मुलुकहरुको स्नातकोत्तर तहका बिध्यार्थीहरुको कबिता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल कबिता )
चकमन्न निरब रातमा
नभ माथिको चित्रे मन्डल नियाल्दै
फुस्रे मरुभूमि छिचोल्दै
अलमस्त जबान ऊटहरु लम्किरहेछन
… मातृभूमि छाडने दाउमा ।।
चालिरहेछन अन्त्यहिन पाइलाहरु
नयाँ बिहानी जन्माउने नाउमा ।।
दोभान बीच बुढो प्याधा सारिरहेछ
बैरागी पाइलाहरु
जबान ऊट्का डाम बसेका खोबिल्टे
डोबहरु नियाल्दै
आफ्ना बैरागी खुरहरु चालिरहेछ
सन्तति ऊटका बिदाइका लागि
अन्तिम जुरो हल्लाइरहेछ ।।।
ब्रिद्ध ऊट जीबनको बिपस्यनादेखि थकित छ
बिस्तारै श्वास भित्र बाहिर गरिरहेछ
हरेक फ्याकिएका श्वासमा मरेका पुस्तालाई सम्झिरहेछ
तानिएका श्वासमा आफ्ना संततिलाई देखिरहेछ।।
जीबनको अन्तिम प्रहरमा समभुतउल बगरमा
लम्पसार भएर पल्टिएको छ
तर,
मर्नु अगाडि दिब्योपदेश दिन चाहन्छ
भन्न चाहन्छ आफ्ना सन्ततिहरुलाई
सुनाउन चाहन्छ समदर्शी ऊट्हरुलाई
जन्मभूमिको गरिमा
मरुभूमिको महिमा
बाडन खोज्छ सपनाहरु,
ताडका रुखहरु यहीं पलाउनेछ
सखरखन्डका लहराहरु उम्रिनेछन
छाडिदेऊ काला छकडाका सपनाहरु
काठे छकडाका बत्स्यहरु फैलिनेछन
जरुवाका मूलहरु यही बगरमा फुटनेछन
सम्भल्।। सम्भल्।।
फर्किऊ सन्तति आफ्नै भूमि मरुभूमिमा
सगिनी ऊट्हरु पर्खिरहेछन
सम्भल्।। सम्भल।।
आखिर कसले बुझ्छ बिचेतको बर्बराइ
हुलका हुल ऊट्हरु,
खुरका घुयत्राहरुले
बालुवा उडाउँदै
हर्ष मिसिएका बेतालका
गीतहरु गाउँदै
भिन्न जलनिमेशतर्फ ऊन्मुख छन
रातको उत्तरार्धसंगै नयनाम्बु तारा
टिप्न उद्धत छन ।।।
शायद बूढो ऊट् पनि खुशी छ
ऊस्का मृत शरीरका पुन्जहरु आफ्नै आकाशका
बाजहरुको आहार भएकोमा