*रामकुमार श्रेष्ठ
” तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग । प्रश्न सुन्ने बित्तिकै प्रश्नको प्रकृतिले गर्दा शरिरमा पैदा हुन गएको एक तमासको परिबर्तनको असर अनुहारमा स्पस्ट देखेर होला शायद मलाई अफ्टेरोमा नपार्ने अभिप्रायले “अहिले अलिक हतार छ पछि फुर्सदमा कुनै बेला कुरा गरौंला” भनेर हात हल्लाएर बिदा भए ती मित्र । औपचारिकता निभाउँदै र सहमति जनाउँदै हात हल्लाएर बिदा त गरें, तर सामना गर्न परेको वेलायती मित्रको जिज्ञासाले दिमाग शून्यप्राय: भएको थियो । सानोभन्दा सानो गल्ती प्रमाणित हुँदा जो कोहीले पनि ठूलोभन्दा ठूलो सजाय र दुस्परिणाम भोग्न वाध्य हुन पर्ने संस्कारयुक्त देशमा बसेर त्यत्रो अभियोग लगाइेएको ब्यक्तिलाई कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय प्रधानमन्त्री बनेका ब्यक्ति त कहिले प्रजातन्त्रको पुन:स्थापना पस्चात अधिकांश समय केन्द्रीय भूमिकामा रहेको पार्टीको केन्द्रीय समितिले देशमा सोच्न, गर्न पर्ने महत्वपूर्ण काम कुरा नै केही नभएको झैं गरी त्यस्तो ब्यक्तिलाई अभियोगबाट कसरी मुक्त गर्ने बिषयमा नै प्राथमिकता दिंदा दिंदा अन्तत्वगत्वा मन्त्रिपरिषदबाट नै मुद्दा फिर्ता लिने निर्णय गरेर अझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सहभागीको रुपमा समेत लिएर गएको जस्तो हास्यास्पद र त्योभन्दा बढी अत्यन्तै लज्जास्पद बिषयमा बिदेशीको मुखबाट प्रश्न सामना गर्न पर्दा एउटा स्वाभिमानी नेपालीको हालत कस्तो हुन्छ होला । खुकुरीको मार निस्चित रुपमा अचानोलाई नै थाहा हुन्छ । Read the rest of this entry »