Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for December, 2018

कुलमान घिसिङ दोषीको दोष कोट्याउनै नचाहनुको कारण के हुन सक्छ?

Posted by Ram Kumar Shrestha on December 23, 2018

रामकुमार श्रेष्ठ

KM-1-300x177पछिल्लो समय तीन मन्त्री जनार्दन शर्मा प्रभाकर, लालबाबु पण्डित र गगन थापाले जनताको मन जित्न सफल भए आफ्ना कामका कारण । ब्यबस्थापनतर्फ भने कुलमान घिसिङ मात्रै एउटा यस्ता ब्यक्ति बने जो सबैका हाय हाय बने । अन्धकारको युगलाई उज्यालोमा परिणत गरिदिने नायकको रुपमा मानिएका यिनी बारंबार पत्रकारद्धारा तेर्सिने दोषी बारेका प्रश्नमा न त कसैलाई दोषी देखाउन चाहन्छन न त सबैले उनैलाई जस दिए तापनि जस आफूमा नै सीमित गर्न चाहन्छन । वास्तबमा तात्कालिन प्रधानमन्त्री, उर्जा मन्त्री र सचिबसंगको टिमवर्क र सर्बसाधारणको सहयोग बिना यो महान उद्धेस्य प्राप्ती संभब थिएन । जादुमय परिणाम दिए बापत उन्लाई कार्यालय छिर्नै नदिने काम मात्रै भएन मूलधारको एउटा पत्रिका उन्को चरित्रहत्या गर्न लाग्नुसम्म लाग्यो र उनीहरुलाई पनि गालीगलौज गर्नतिर उनी लाग्दैनन । केही बर्ष अघि मैले डरलाग्दो किसिमबाट नेपालमा जुन किसिमले माफियातन्त्र देखापर्नेबारे लेखेको थिएँ, त्योभन्दा फरक किसिमबाट देखा परे पनि यस्ले देशलाई नराम्ररी गाँजिसकेको छ र यसबारे पछी पछी लेख्दै जानेछु ।

मेरो आफ्नो बुझाईमा कुलमान घिसिङ दोषीको बारेमा बोल्नै नचाहनुको पछाडि एउटा बिशेष कारण छ । पूर्व मन्त्री जनार्दन शर्माले एउटा अन्तर्वार्तामा “टेबल टेबलमा सरकार छ” भन्नुले हाम्रो ब्युरोक्र्यासीभित्रको भ्रस्टाचारको जटिल र सशक्त जन्जाललाई इंगित गर्छ जुन जगजाहेरै छ ।

Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

श्रृंखला र मेलबर्नको सम्बन्ध के?

Posted by Ram Kumar Shrestha on December 23, 2018

Shrinkhalaमिस नेपाल शृङ्खला खतिवडा यो वर्षको ६८ औं मिस वर्ल्ड प्रतियोगितामा ११८ देशका सुन्दरीलाई पछि पार्दै सातमध्येबाट ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ हात पारी ईतिहास रच्दै ३० जनाभित्र परेपस्चात अर्को चरणमा १२ जनाभित्र पर्न समेत सफल भएर नेपालका तर्फबाट पुन: अर्को ईतिहास रच्न सफल भइन ।

एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भए । मिस वर्ल्डको ईतिहासमा यो बर्ष शुरु गरिएको नयाँँ सिस्टम अनुसार यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो जस्मा न त आयोजक चिन पर्न सक्यो न त मिस वर्ल्डको पूर्व बिजेता भारत नै । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको हो ।

मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन् । ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने “ब्युटी विद पर्पज” शृंखलाले बनाएको भिडियो विस्वभरका ११९ देशका सुन्दरीले लिएर गएका मध्येबाट सर्टलिस्ट गरिएका २५ भिडियोमध्येबाट पनि उत्कृष्ट भएर प्राप्त गरेकी हुन जुन तयार गर्न उन्ले निकै नै मेहनत गरेको देखिन्छ र अत्यन्तै मार्मिक पनि छ । अत्यन्तै मेहनत र दु:ख गरेर तयार गरिएकोमा त्यस्का लागि प्राप्त परिणामकै कारण उनी रुँदा रुँदा आँखा सुन्निएको हो भन्ने कुरा उक्त भिडियो हेरेपछि बुझ्न सकिन्छ ।
Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | 2 Comments »

सात देशको पाठ्य पुस्तकमा भएको गल्ती सच्याउने कामको पहल

Posted by Ram Kumar Shrestha on December 1, 2018

[अभियानको ब्लगमा समस्या ल्याइदिएकोले यो पुरानो सामग्री आजको दिन प्रचार प्रसारको लागि सहज होस भनी राखिएको । यो समाचार ३० डिसेम्बर, २०१५ को हो । ]

अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधना गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गर्नु भयो । प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गर्नु भयो । त्यस्तै वेलायतको ब्रिटिश म्युजियमले चर्को जन-दबाबका कारण त्यहा बुद्ध जन्मस्थल बिषयमा भएको जानकारी सच्याउने निर्णय गरे तापनि सच्याउने काम सन्तोषजनक र स्पस्ट नभएकोले वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई संबोधन गरी तयार पारिएको ९ पेज लामो प्रतिबेदन पनि श्रेष्ठद्धारा प्रमुख अतिथिलाई र प्रमुख अतिथिले नेपाल सरकार प्रतिनिधिलाई हस्तान्तरण गरियो ।

Handing over report for 8 countries

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक इ रामकुमार श्रेष्ठले आफ्नो नेपाल बसाइको छोटो अबधिमा उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’, पूर्व प्रधानमन्त्रीड्धय पुष्पकमल दाहाल प्रचन्ड र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्रीड्धय प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाट गर्नु भएको छ । राष्ट्रपतिसंगको भेटघाटको लागि समय तय भएतापनि अन्तिम समयमा राष्ट्रपतिको स्वास्थका कारण भेटघाट हुन सकेन । अभियानको सातौं बार्षिकी कार्यक्रम मार्फत बिभिन्न सात देशमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन श्रेष्ठले अभियानका तर्फबाट नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाएका छन ।

भेटघाटको क्रममा अभियान शुरु गरिनु पर्नाका कारण, अभियानले गरेका गतिबिधिहरु र उपलब्धिहरु र भाबी योजनाहरुबारे जानकारी गराउँदै अभियानबारे तयार पारिएको प्रोफाइल हस्तान्तरण गरिएको थियो । भेटघाटको क्रममा नेपाल सरकारले गर्नु पर्ने काम जनस्तरबाट गरिएको र थोरै समयमा अनपेक्षित उपलब्धिहरु हासिल भैसकेको र बुद्ध जन्मस्थल बिषयमा कोरिया र स्वीडेनका पाठ्य पुस्तकमा भएका गल्ती सच्याउने जस्ता अत्यन्तै महत्वपूर्ण कार्य भैसकेकोले अब बाँकी देशमा यस कार्यलाई निरन्तरता दिन सहज बातावरण तय भएकोले सरकार नै यस् कार्यमा सकृय हुँदा राम्रो हुने बताउनु भयो । उपरास्ट्रपति नन्दकिशोर पुन ‘पासांग’ संगको भेटघाटमा कोरियाका लागि पूर्व राजदूत कमल प्रशाद कोइराला, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पहिलो रजिस्टार केदार शाक्य लगायत अभियानसम्बद्ध ब्यक्तिहरु र पत्रकारहरुको पनि उपस्थिति थियो । प्रचन्डसंगको भेटघाटको क्रममा पनि पत्रकारहरुको उपस्थिति थियो । Read the rest of this entry »

Posted in Article, समाचार | Leave a Comment »