Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for September, 2019

नेपाली खेल जगतका उदियमान तारा रोमी गिरी

Posted by Ram Kumar Shrestha on September 25, 2019

रामकुमार श्रेष्ठ

बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै म नेपालकी छोरी २३ वर्षीया रोमी गिरी यहाँहरु माझ उपस्थित छु….राष्ट्रसंघमा बोलिसकेपछि रोमीलाई लाग्यो “अब अझै धेरै चुनौतीसँग जुध्न सक्ने र जिम्मेवारी सम्हाल्ने ताकत राख्नुपर्छ” भलै यो नै उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता भने थिएन ।

विस्वभरका तेक्वान्दो खेलाडीहरुको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मुख्यालयमाa मन्तव्य दिन जाने भएपछि रोमी गिरीलाई मैले सन्देश पठाएँ, “बहिनी, मन्तब्य दिने क्रममा बिशेष गरी केही प्राबिधिक कारणले गर्दा वुद्ध जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएको कारण  नेपाललाई वुद्धको जन्मभूमिको रुपमा उल्लेख गर्न नभुल्नू है” ।

एउटा सच्चा राष्ट्रबादीको लागि यो प्रस्ताब अस्वीकार्य हुने भन्ने कुरै थिएन र उताबाट  स्वीकारोक्तियुक्त जबाफ आयो ।

२९ अप्रिल, सन् २०१६ का दिन रोमी गिरीले राष्ट्र संघमा मन्तब्य दिने क्रममा “बुद्ध जन्मेको देश र शान्तिको देशबाट विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै म नेपालकी छोरी २३ वर्षीया रोमी गिरी यहाँहरु माझ उपस्थित छु…” भन्दै शुरु गरिन ।

रोमीले राष्ट्र संघमा मन्तब्य दिराख्दा कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बच लगायत अन्तराष्ट्रिय खेल जगतका विशिष्ट व्यक्तित्व र खेलाडीहरुको उपस्थिति भएकोले त्यो क्षण रोमी वा उनको परिवारका लागि मात्र नभएर नेपाली तेक्वान्दो तथा खेलकुद क्षेत्रका लागि गर्विलो क्षण थियो । राष्ट्र संघमा त्यसरी मन्तब्य दिने सबैभन्दा कम उमेरकी नेपाली युवती पनि भएकीले त्यो क्षण संपूर्ण नेपालीको लागि पनि गर्बिलो क्षण थियो । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

सन्नी लियोनीका कारण अस्ट्रेलियामा संसदिय उम्मेदवारी नै रद्ध

Posted by Ram Kumar Shrestha on September 20, 2019

हाम्रा बयस्कहरु वयस्क फिल्मका स्टार नेपाल आएको बेलामा आफ्नो अधिकारको उपभोग गर्नु कुनै आस्चर्यको कुरा होइन, तर पनि त अस्ट्रेलियन पार्टीले अबलम्बन गरेको पार्टिगत संस्कार जस्तै हाम्रो संस्कारलाई आदर गर्ने बयस्कहरुलाई पनि त आफ्नो अधिकार र दायित्व पुरा गर्ने अधिकार पनि त छ नि । 

लिबरल पार्टीका प्रबक्ताले नितिनले भिक्टोरिया राज्यको थोमसटाउनबाट दिएको संसदिय चुनावको उम्मेदवारीप्रति लिबरल पार्टीको तर्फबाट कुनै समर्थन नभएको घोषणा गरिदिए । कारण थियो भारतीय मूलकी क्यानडाबासी सन्नी लियोनी बयस्क फिल्म स्टार हुनु ।

रामकुमार श्रेष्ठ

Sunny-Leone-Feature-Final-300x200अहिले जस्तो युट्युब र र समाचारको शेयरिङ्ग र भ्यु बढाउने प्रश्न त थिएन नै त्यो बेला र पनि जब “महान” फिल्म शुटिङका लागि अमिताभ बच्चन र जीनत अमान नेपाल आए त्यो बेला पनि अनियन्त्रित भीडको कमी पटक्कै भएन । त्यो बेलाको भीडभाडको कारण शुटिङ हुने वरिपरीका स्थानिय वासिन्दा मात्रै नभएर कयौं कलेजहरु शुटिङको समयमा अघोषित रुपमा बन्द प्राय: जस्तै हुने गर्थे ।

कृष्ण मन्दिर क्षेत्रमा सो फिल्मको शुटिङ भएको बेलामा टाँढाको कालेजका युनिफर्म लगाएकाहरुको प्राचुर्यता नसुहाउने भए पनि त्यस्तो भैदियो पनि । त्यहाँ भीड अनियन्त्रित भएकोले शुटिङस्थलको सुरक्षाको कारण सुरक्षा निकायका ब्यक्तिहरुले पछाडि धकेल्ने क्रममा एकजना पूर्व पररास्ट्र मन्त्रीका छोरालाई पनि अलिक बढी नै ठेलेछन । मन्त्रीका छोरोले भनेछन, “मान्छे चिनेर ठेल” । प्रत्येक मन्त्रीका छोराछोरीलाई प्रत्येक सुरक्षाकर्मीलाई चिन्नै पर्ने भन्ने पनि छैन नि ।

त्यो बेला पनि अहिलेको जस्तो फेसबुक भैदिन्थ्यो भने नेपालीहरुको लाइभ, को कहाँबाट हिंडेर कहाँ पुग्यो जस्ता अपडेट र फोटो पोस्टिङका कारण फेसबुकले राम्रै दबाब थेग्नुपर्ने हुन सक्थ्यो ।

एउटा कलेजको त्यो बेला निकै चर्चा चल्थ्यो जता पनि सो कलेजको युनिफर्म लगाउनेको भीडभाड देखिनाले । चर्चासंगै आलोचना पनि त्यत्तिक्कै हुन गएको थियो सो कलेजको । अमिताभ बसेको होटेलमा समेत युनिफर्म सहितको भीडका कारण अमिताभले “रोमान्स मार्केट” शब्दवली प्रयोग गरिदिए । त्यसो भनेकोमा बिरोध गर्ने गर्दै रहे भीड लाग्ने लागिरहे । सबैले आ-आफ्नो अधिकारबोध त गरे, कर्तब्यबोध गर्न भने सबैले बिर्सिदिए । युवा युवती भीडभाड लाग्न जान्थे, तिनैका गुरु, माता तथा पिता बिरोध गर्थे । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

सामाजिक क्षेत्रमा सँगै काम गरेका व्यक्तिको सम्झनामा डा. देवकोटा : थियो माटोप्रति अगाध प्रेम

Posted by Ram Kumar Shrestha on September 18, 2019

डा. उपेन्द्रले सरकारी सेवामा रहँदा नसा तथा न्यूरो विशेषज्ञ डाक्हटररूको ठूलो जमात उत्पादन गर्नुभयो । निजी प्रयासबाट उहाँले सञ्चालन गरेको बाँसबारीस्थित न्यूरो अस्पताल त्यही सोचको उपज हो ।

आफू गए पनि लाखौंको मन मस्तिस्कमा आफूप्रतिको अगाध श्रद्धाको विजारोपण गरेर जानुभयो । यही त हो महानता  !

रामकुमार श्रेष्ठ Ramkumar_Shrestha_Upendraडा उपेन्द्र देवकोटाको सम्झनामा लेखिएको लेख

वीर अस्पताल र न्यूरो हस्पिटलमा कार्यरत रहेर ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गर्ने र १० लाख बिरामीलाई जाँच्ने आफ्नो पुस्ताकै चर्चित र सफल न्यूरो सर्जन मात्रै नभएर र टाउको जोडिएको जुम्ल्याहाको सिंगापुरमा गरिने शल्यक्रियाको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरी न्यूरो जगतमा आफूलाई ख्यातिप्राप्त व्यक्तित्वको रूपमा स्थापित गर्न सफल पूर्वमन्त्री डा. उपेन्द्र देवकोटा लन्डनको किङ्स अस्पतालमा पित्तथैलीको क्यान्सरको उपचारार्थ ६ महिनाभन्दा लामो समय व्यतित गरेपनि केही नलागेपछि स्वदेशमा नै देहत्याग गर्ने इच्छाबमोजिम स्वदेश फर्किनुभएको थियो ।

त्यत्तिले मात्रै चित्त नबुझेर बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उहाँलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । त्यहाँ पीडासँग जुधिरहेका उहाँ सयौं शुभचिन्तकमाझ घेरिँदा मुहारमा चमकता देखियो । चम्चाबाट दुईपटक सिस्नेधाराको पानी पिउँदा अमृत पिएसरी भो उहँलाई बाल्यकालमा पिउने गरेको जन्मभूमिको जल । त्यो जल पिउनासाथ डा. देवकोटाको मुहारमा अलौकिक कान्ति छायो । उहाँले सञ्चो महसुस गर्नुभयो । लाखौं नेपालीको शुभेच्छाका बाबजुद् ४ असारका दिन आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा ६४ वर्षको उमेरमा ५ बजेर ३५ मिनेट जाँदा भएको निधनसंगै न्यूरो सर्जरीका ‘शिखर पुरुष’को देहावसान भएको छ ।

विक्रम सम्वत २०११ सालमा जन्मिएर गोरखाको अमरज्योति जनता मावि लुइँटेलबाट विद्यालय शिक्षा पूरा गर्नुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका सहपाठी डा. उपेन्द्रले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गर्दा बायोलोजीमा कसैले पनि फस्ट डिभिजन अंक ल्याउन नसकेकोमा उहाँले १ नम्बरले डिस्टिङ्सन ल्याउन सकेनन् । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उहाँले भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गर्नुभयो । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

श्रृंखलाले चमत्कार देखाउन पनि सक्छिन

Posted by Ram Kumar Shrestha on September 18, 2019

रामकुमार श्रेष्ठ

“एउटा भवनले समुदायलाई परिवर्तन गर्छ, एउटा व्यक्तिले देश परिवर्तन गर्न सक्छ र एउटा विचारले सिंगो संसारलाई परिवर्तन गर्न सक्छ” भन्ने सोंच राख्ने श्रृंखलामा सामान्य अवस्थामा अधिकांशमा नपाईने उपर्युक्त बिशेष कुराहरु भएको पाइनुले कुनै पनि बेला उन्ले उज्यालो नेपाल अभियानले जस्तै चमत्कार देखाइन भने अनौठो नमान्दा हुन्छ ।

Shrinkhala magic

कुनै कोठामा बस्दा सबैभन्दा सुन्दर हुन मन लाग्दैन्, मलाई त्यहाँको सबैभन्दा बौद्धिक हुन पाए हुन्थ्यो भन्ने भावनाले ओतप्रोत श्रृंखलाले मिस नेपालको दुनियाँमा बिशेष आन्तरिक सुन्दरतायुक्त बिशेषतालाई आफ्नो फरक परिचय बनाउँदै मिस वर्ल्डको दौडका क्रममा ६८ औं मिस वर्ल्डसम्मकै ईतिहासमा दुई दुई वटा टाइटल हात पारेर विस्व ईतिहास पनि रचिन र भिजिट नेपाल २०२० नजिकिंदै गर्दा सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमार्फत नेपाललाई विस्व सामु चिनाउन समेत निकै सफलता प्राप्त गरिन । बिभिन्न अन्तर्वार्ताका क्रममा उन्ले ब्यक्त गरेकी, तर सामान्यतया जो कोहीले महसूस गर्न नसक्ने कुराहरु भिजुअलाइज, गट फिलिङ, सबकन्सियस लेभलमा बसेको ज्ञान जस्ता कुराहरु र उन्ले बिभिन्न समयमा देखाएकी सकारात्मक सोंचका उच्चतम कार्यान्वयनका आधारमा श्रृंखलाले कुनै पनि समय चमत्कार देखाइन भने त्यो अनौठो हुनेछैन ।

नेपाली पत्रकारिता जगतमा बिरलै भेटिने टीकाराम यात्री जस्ता अध्ययनशिल मात्रै नभएर क्लिस्ट शब्द प्रयोग गर्ने पत्रकारसंग सम-स्तर कायम गरिएको महसूस गर्न सकिने गरी नेपाली भाषिक क्लिस्टताका साथ अन्तर्वार्ता दिने क्षमतायुक्त मिस नेपालको रुपमा आफूलाई प्रमाणित गर्नु पनि श्रृंखलाको बिशेषताकै रुपमा लिंदा फरक नपर्ला । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »

पुटिन र मेद्भेदेभको नेपाली संस्करण ओली र प्रचण्ड बन्न सक्लान् ?

Posted by Ram Kumar Shrestha on September 16, 2019

kp-prachanda-oli

यो अवसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ निस्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी सम्मुन्नत नेपाल बनाउन सक्षम भए भने ओली र प्रचण्ड इतिहासमा ‘राजनीतिक हिरा’को रुपमा स्थापित हुने कुरामा सन्देह छैन ।

देशमा स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउन सक्षम भएको खण्डमा उनीहरुबाट बिगतमा भए गरेका गल्तीहरुलाई नेपाली जनताले क्षमा गर्नेछन् र बिस्तारै बिर्सनेछन् ।

रामकुमार श्रेष्ठ

रुसको संविधानले ’लगातार’ दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन निषेध गरेको व्यवस्थाका कारण २००८ मा आफ्ना उप–प्रधानमन्त्री दिमेत्री मेद्भेदेभलाई पुटिनले राष्ट्रपतिमा निर्वाचित हुन सहयोग गरे, तर राष्ट्रपतिका थुप्रै अधिकार प्रधानमन्त्रीमा सारी उनी स्वयं तिनको प्रधानमन्त्रीमा मनोनित भए । र, मेद्भेदेभको कार्यकाल सकिनेबित्तिकै २०१२ मा राष्ट्रपतिका सबै अधिकार राष्ट्रपतिमा नै फर्काएर उनी फेरि शक्तिशाली निर्वाचित राष्ट्रपतिको कुर्सीमा बस्न पुगे ।

मेद्भेदेभचाहिँ प्रधानमन्त्रीमा नियुक्त गरिए । यसरी विश्व राजनीतिको अनौठो परिघटनाको रुपमा अंकित ’पालैपालो शासन गर्ने’ यो सूत्र मार्फत सबै दृष्टिकोणबाट कमजोर भएको रुसलाई हरेक दृष्टिकोणबाट सबल बनाइ पुनः ’नयाँ महाशक्ति’को पुनरोदय गराउन सफल भए पुटिन । Read the rest of this entry »

Posted in Article, लेख/ रचना /निबन्ध | Leave a Comment »