Nepal – the country of the Buddha and the Mt. Everest

Peace comes from within. Do not seek it without – Buddha

Archive for the ‘प्रेरणादायी सामग्रीहरु’ Category

लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिने लिली थापा कोरोना संक्रमित

Posted by Ram Kumar Shrestha on October 27, 2020

कोभिड–१९ को विश्वव्यापी समस्याले बितेका सात महिना नेपाली जनजीवन नराम्ररी खलबलिंदा लाखौंं जनता सारंगी पेटमा बाँच्न बिवस भैराखेको बेलामा सामाजिक कामसँगै एकल महिलाको हकहितका लागि सदैव लडिरहने एकल महिला समूह नेपालकी संस्थापक अध्यक्ष लिली थापा विगत ७ महिनादेखि खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । एकल समूहले लकडाउन भएयता काठमाडौंमा मात्रै ६० हजारभन्दा बढी भोकाहरूलाई निःशुल्क खाना खुवाउने तथा राहत बाँड्ने काम गरेको छ । काठमाडौंमा मात्रै नभई देशका विभिन्न संगठित समूहमध्ये २० भन्दा बढी समूहले खान नपाएकाहरूलाई राहत र निःशुल्क भोजन गराउँदै आइरहेको छ ।

एकल महिला समूहको काठमाडौंस्थित बुढानिलकण्ठमा आफ्नै ‘छहारी भवन’ मा महिलाहरू क्वारेन्टाइनमा बसिरहेका छन् । छहारी भवन, श्रीमानको मृत्यु भएका, श्रीमानले छाडेका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद भएका, ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका र वादी महिलाहरूको छाता संगठन हो । यहीं लकडाउनका बेला, एकै दिन एक सय भन्दा बढीलाई एक छाक खाना समेत खुवाउने गरिएको थियो ।

छहारीमा विदेशमै गर्भवती भएर आएका महिलाहरूलाई विशेष प्राथमिकताका साथ राख्ने गरिएको छ । त्यहाँ बस्ने महिलाहरू १४ दिन क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै आआफ्नो घर जाने गरेका छन् ।

पछिल्लो समय, हरेक हप्ताको आइतबार खाद्यान्न तथा राहत वितरण गर्ने क्रममा लिली हरेक ठाउँमा पुग्ने गरेकी थिइन् ।

Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, लेख/ रचना /निबन्ध, समाचार | Tagged: , , , , | Leave a Comment »

नेपाली पत्रकार शैलद्धारा भारतीय पत्रकारमाथि कसिलो प्रहार

Posted by Ram Kumar Shrestha on May 27, 2020

Shail Suman Silwal, a Nepali journalist has aptly voiced against journalists who are a complete disgrace in their profession! Good on you Shail! Share if you care to the country! बात करो रिस्ता रोटी बेटिका और हर्कत करो घुसपेटिका ? An answer to Arnab Goshwami

Shail (2)

 

#ArnabGoshwami #ShailSumanSilwal

Ram Kumar Shrestha available in Twitter @Ramkshresthab

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार | Leave a Comment »

Mr and Miss Modern Contest 2076 with Video

Posted by Ram Kumar Shrestha on December 16, 2019

a

An extravagant and delightful evening by Modern Boarding Secondary School!!! It was magnificent entertainment and talent show from our future stars. Congratulation to Modern Boarding Secondary School for the Grand success of the program and the invitation. Congratulation to Tisa Shrestha and Sarbochha Basnet for becoming Miss Modern and Mr Modern 2076. Congratulations to Mr Modern Talent Anish Budhathoki, Miss Modern Talent Saphalata Karki, Mister Modern Personality Jaya Koirala and Miss Modern Personality Yunisa Raut.

Being in a pageant is not just about beauty, but also service to the community and being a role model and making a difference in society in different ways.

b

Read the rest of this entry »

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, समाचार, Miscellaneous, News | Tagged: , , | Leave a Comment »

हराएका हिरा ६: सानो जहाज बनाउँदै गरेका सरोजले हेलिकप्टर बनाएर उडाएका छैनन

Posted by Ram Kumar Shrestha on October 27, 2018

(देश र संचार जगतद्धारा नपत्याइएका देशका अमूल्य निधिहरुको खोजी प्रयास सिलसिला ६)

कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले प्यारामोटर र मिनिएयरक्राफ्ट दुबैको लागि करीब साँढे सात लाख खर्च गरिसकेका छन । प्यारामोटर उडाएको करीब चार महिनापछि उन्ले हेलिकप्टर बनाएर ५ मिनेटमा १२ किलोमिटर उडाउन सफल भएको भनी भिडियो बनाएर सामाजिक सन्जालमा भाईरल जस्तै बनाइेएको छ जुन सत्य होइन । उनी आफ्नो मिनिएयरक्राफ्टको परियोजनामा नै छन जुन आर्थिक अभावका कारण पुरा हुन सकिरहेको छैन ।

6चितवनका सरोज चेपाङ (प्रजा) ले मिनी जहाज बनाउने लक्ष लिए तापनि बिभिन्न चुनौतिका कारण पहिला उन्ले करिब ९० हजारको लागतमा प्यारामोटर निर्माण गरे । तीन पटकको प्रयाशपछि सरोजले राप्ती नगरपालिकाको पिप्ले, भण्डारालगायत क्षेत्रको आकाशमा करिब आधा घन्टा प्यारामोटर उडाउन सफल भए । सफलतापूर्वक प्यारामोटर उडाएपछि उनलाई उन्को खिसी गर्दै आलोचना गर्ने लगायतका स्थानीयले फूलामाला र अबिर लगाएर बधाइ दिएका थिए ।

1Aसरोजले एक महिना लगाएर एक्लैले प्यरामोटर निर्माण गरे । प्यारामोटर निर्माण गर्न १४९ सीसीको मोटरसाइलको एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लच, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाए । सरोजले आफ्नै लगानीमा स्थानीय स्रोतसाधनबाट निर्माण गरेर प्यारामोटर बनाएका हुन् । Read the rest of this entry »

Posted in Article, प्रेरणादायी सामग्रीहरु, बिबिध, रोचक जानकारी | Tagged: | Leave a Comment »

जन्मदिनको खर्च कटाएर ३ हजार डलर बाढीपीडितलाई

Posted by Ram Kumar Shrestha on August 18, 2017

Federal-Shadow-Minister-Kate-Ellis
Puja with Federal Shadow Minister Hon. Kate Ellis and MP Hon. Christine Couzens

हालै मुलुकमा अबिरल वर्षासँगै आएको बाढीबाट प्रभावितलाई राहतस्वरूप एक दम्पत्तिले आफ्नी छोरीको जन्मदिन मनाउन छुटाएर राखेको ३ हजार डलर अर्थात  ३ लाख भन्दा बढी नेपाली रूपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्।

Purak receiving certificate from Federal Shadow Minmister Richard Marles

Purak receiving certificate from Federal Shadow Minmister Hon. Richard Marles

Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Leave a Comment »

बाल गायक प्रेम परियारसंगको जम्काभेट

Posted by Ram Kumar Shrestha on June 29, 2013

Prem Pariyarखाना खान मलेखुमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो त्यही छेउको होटेलमा । म खान छोडेर निस्कें र उसलाई मेरो लागि कुनै गीत गाउन लगाएँ । उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले । गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा “त्यस्तो ठाउँ नै छैन ।” भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ मसंग मैले सोधें र भने “पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु” । कति भन्दा पनि उसले मानेन । “तिम्रो नाम के हो” भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो लिएर घर फर्कियौ | केहि महिनापछि हामी फेरी गयौ उसलाई लिन भनेर । मलेखु पुगेर यता उता (यही भिडियो देखाउदै) र उसको नाम भनेर सोध्यौ कहाँ बस्छ त्यो केटा ? हामीहरुले थाहा पायौ कि उसलाई कोही टिभी रिपोर्टरले काठमाडौँ ल्याइ सकेका रहेछन । अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सकेसम्म धेरै शेयर गरेर सहयोग गर्दिनुहोला |

Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, समाचार | Tagged: , , | Leave a Comment »

Facebook upshot: सात समुद्र पारीबाट कोटी कोटी नमस्ते झलक शर्मा सर

Posted by Ram Kumar Shrestha on May 7, 2013

झलक सर माओबादी हुनुस अथवा काङ्रेस अथवा एमाले अथवा राजाबादी, त्यो मेरो सरोकारको बिषय होइन । सर जे हुनु भए पनि मलाई कुनै आपत्ति छैन । यो समय भनेको झलक सर माओबादी अथवा काङ्रेस अथवा एमाले अथवा राजाबादी बन्ने समय होइन यो समय भनेको त माओबादी, काङ्रेस, एमाले, राजाबादी सबै झलक सर बन्ने समय हो सर, झलक सर बन्ने । मर्दा पत्रिकाहरुमा अनगिन्ति ठूला ठूला फोटो सहितका समबेदनाहरु छापिंदा धेरै हाँसेको समेत पाएको छु, तर सर जब यो सांसारिक जीवनबाट बिदा लिनु हुनेछ सरको समबेदना नछापिए पनि धेरैको मन कुँडलिनेछ र समबेदना नछाप्नेहारुसंग क्रुद्ध हुनेछन । त्यसैले पुन: आत्मसन्तुस्टी र गौरवानुभूतिका लागि सात समुद्र पारीबाट कोटी कोटी नमस्कार झलक सर ! कोटी कोटी नमस्कार!!

Jhalakफेसबुकलाई आजकाल त्यत्ति प्रयोग नगर्ने बानीका कारण झलक सरको ट्याग गरिएको फोटो ट्याग गरिएको धेरै दिनपस्चात हेरेपछि प्राप्त जानकारीका कारण कौतुहलता जाग्यो सरको समाचार कत्तिको ‘कपी पेस्ट’ भएछ त भन्ने जान्न र गुगल दाइलाई सोधें । बिचरा गुगल दाइले निहुरिमुण्टो लगाए । यो औपचारिक संसारमा सरले गुडाउने गर्नु भएको त्यो ठेलालाई नेता वा अभिनेता वा अभिनेतृ वा ठूला ब्यापारीले केही सेकेण्डको लागि यसो छोएर फोटो खिचेको भए भंगेरा मार्ने अक्षरमा समाचार कसैले छाप्ने बित्तिकै त्यो समाचार ‘कपी पेस्ट’ गर्न कत्ति तछाड र मछाड हुन्थ्यो होला । त्यो फोटो र समाचार यो फेसबुकको भित्तोमा कत्ति ट्याग र शेयर हुन्थे होलान, तर अफसोंच एउटा स्कूल सन्चालनको लागि प्रधानाध्यापक भएर अहोरात्र ठेला गुडाउने सरको कान्तिपुरमा छापिएको समाचार न त ‘कपी पेस्ट’ भएछन न त एकाध ब्यक्ति बाहेक कसैले सरको फोटोलाई यो फेसबुकमा सजाउनुलाई कर्तब्य र गौरबको रुपमा लिएछन । शायद कान्तिपुरले यस्तै सामग्रीलाई एक किसिमले स्तम्भको रुपमा राख्ने नगरेको भए र यही एकाध ब्यक्ति नहुँदा हुन त सात समुद्र पारी बसेर सरसंग यसरी भावनात्मक सम्बन्ध गाँस्ने अबसर कहाँबाट जुटथ्यो र?

धेरैले चिनेकाहरुलाई चिनेरै पनि भेटदा आफ्नो स्वार्थको लागि कसैलाई खुशी बनाउन चाकडी गर्ने आफ्नो धर्म नभएको कारण मन लागि नलागी छाती खुम्च्याएर नमस्ते गर्ने गरेकोमा सरलाई भने नचिनेरै पनि राम्रैसंग चिनें र यो सात समुद्र पारीबाट छात्ती ठूलो बनाएर कोटी कोटी नमस्ते गर्दैछु र यसो गर्दा आनन्दानुभूति र गौरावानुभूति दुबै भैरहेछ । झलक सर, मलाई न त गोर्खा दक्षिण बाहु न त अन्य केही तक्मा हात पारेर छात्तिमा झुण्ड्याएको फोटो कोठामा झुण्ड्याएर गूड्डी हाँक्ने रहर छ न त यो फेसबुकमा राखेर लाइक र कमेण्ट बटुल्ने रहर नै । मलाई त सुकेनासले ग्रस्त लुलो नेपाल बाहुलाई मजबुत बनाउन सरकै जयजयकार गर्ने चाहना छ । मरेको भोलिपल्ट दुई दिन हुने यो जीवनमा बलेको आगो ताप्ने काम गरेर आफूलाई बिटुल्याउँदै भित्रभित्रै आँफैमा हिनताबोध गर्दै मनमनै भुटभुटिनुभन्दा त सरकै जयजयकार गर्दै आत्मसन्तुस्टी लिनु नै उचित ठान्छ मेरो धर्मले सर ।  Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Tagged: , , , | Leave a Comment »

फ्रान्सको करोडौं कमाइ छाडेर गाउँमा खेती

Posted by Ram Kumar Shrestha on March 19, 2012

शिव शर्मा  माछापुच्छ्रे (कास्की), चैत्र ५ – फ्रान्समा उनको करोडौंको व्यवसाय छ । आवासीय भिसासमेत पाएका उनी यतिखेर कास्कीको दुर्गम गाउँमा फर्केर खेती गर्दै छन् । पोखराका ५६ वर्षीय रमेश गुरुङले विदेशमा कमाएको धन गाउँमा ल्याएर लगानी गरेका छन् । पोखराको बगालेटोलमा रहेको घर छाडेर दुई घन्टाको दूरीमा रहेको एकान्त ठाउँमा उनी खेतीमा व्यस्त छन् ।

फ्रान्समा उनको हस्तकलाको होलसेल पसल छ । त्यसका मासिक एक करोडको कारोबार हुने उनले बताए । ‘३८ वर्ष फ्रान्स बसेर कमाएको सम्पत्तिले मलाई बसेरै खान पुग्छ,’ गुरुङले भने, ‘गाउँमा रहेका बेरोजगार दाजुभाइले रोजगार पाउन् भनेर यता लागेको हुँ ।’  उनलाई  यो व्यवसायमा श्रीमती मायाले साथ दिएकी

छन् । उनले यहाँको भलौदी खोला  र छपाङमा ९५ रोपनी जग्गामा १ करोड ३५ लाख रुपैयाँ लगानी गरेर कृषि व्यवसाय सुरु गरेका हुन् । दुई वर्षअघि फ्रान्सबाट फर्केर उनले व्यवसाय सुरु गरेका थिए । उनले आफ्नो फार्मलाई रेन्बो ट्राउट माछाको ह्याचरी केन्द्र बनाउने उद्देश्य लिएका छन् । अहिले नुवाकोटको ककनीमा मात्रै रेन्बो ट्राउटको ह्याचरी छ । यसका लागि उनले फ्रान्समा रेन्बो ट्राउटसम्बन्धी ज्ञानसमेत लिएर आएका छन् । उनले फार्ममा गाई, बंगुर, हाँस, कुखुरापालनसँगै अग्र्यानिक तरकारी खेतीसमेत थालेका छन् ।  उनले खोलाबाट १ हजार ६ सय वाटको लघु विद्युत् निकाल्ने तयारी पनि गरेका छन् । त्यस्तै गाउँमै पर्यटकीय स्तरको होटलसमेत खोल्ने उनको योजना  छ ।

उनले बनाएका ३० वटा पोखरीमा प्रतिपोखरी ३० देखि ५० हजार ट्राउट माछाका भुरा उत्पादन हुने बताए । फार्मको पूर्वाधार निर्माणमा व्यस्त गुरुङको काम देखेर गाउँले दंग छन् । जीवनसंगिनी माया पनि सहरको मोह त्यागेर श्रीमान्सँगै गाउँमा रमाएकी छन् । ‘केही गरेर देखाउने उहाँ (पति) को चाहनालाई साथ दिन पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘सहरमुखी हाम्रो समाजलाई बाटो मात्रै देखाउने काम गरेका हौं ।’ Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Tagged: , , , , , , | Leave a Comment »

Facebook Upshot: Facebook Garden

Posted by Ram Kumar Shrestha on January 30, 2012

फेसबुक फूलबारी: फेसबुक प्रयोगकर्ता नियाल्दा कोही आफ्नो ब्यापार गर्न त कोही आफ्नो मात्रै नभएर अरुको समेत समय बर्बाद गर्न, कोही आफ्नै बिज्ञापन मार्फत सस्तो लोकप्रियता बटुल्न त कोही धमिलो पानीमा ढुङ्गा हानेर अरुलाई बदनाम गराउन पनि ब्यस्त देखिन्छन । कोही भने यस्को अधिकतम सदुपयोग गरी समाज परिवर्तन गर्न र उठान गरिनु पर्ने तर नउठाइएका मुद्धा उठाउन समेत यस्को सदुपयोग गरिरहेका छन । कुनै स्वार्थ बिना नै देश र समाजका लागि स्वत: स्फूर्त रुपमा लागि पर्ने Laxmi Tamang Niraj Acharya Krishna Sharma Bikesh Shrestha Sophia Thapa आदि युवा युवतिप्रति नत मस्तक ।
Unlike ·  · Unfollow Post · Promote
    • Ram Kumar Shrestha राख्न खोजिएका अन्य ब्यक्तिहरुको नाम राख्न खोज्दा लिस्टमा धेरै साथीहरु भएको कारण चाहेकोभन्दा अन्य ब्यक्तिको नाम आएकोले चाहे जति सबैको नाम उल्लेख गर्न सकिएको छैन। अन्य बिकल्प सोचिनेछ अथवा अन्य ब्यक्तिद्धारा थपिनेमा उहाँहरु पर्नु हुनेछ । यहाँहरुलाई पनि जानकारीमा भएका ब्यक्तिहरुको नाम र सम्बन्धित ब्यक्तिसंग सम्बन्धित क्षेत्र उल्लेख गर्न सक्नु हुनेछ ।
    • Laxmi Tamang Appreciated brother for your kindness. Actually, I haven’t done anything special so by mentioning my name I felt bit awkward. You are the one who have been tirelessly campaigning for Kapilvastu Day movement without prejudice and anticipating anything return from this movement. Rabindra Mishra of Help Nepal Network, Rekha NepaliRanzyt Amazonaire PaulUjwal ThapaAmrita Lamsal, are some people to whom I found is really doing great using social network facebook effectively.
    • Bikesh Shrestha Dear Ram Kumar Shrestha ji, you are so kind and great social worker and working silently to the main issue. I have done nothing yet… All the best to your endeavor.
    • Ram Kumar Shrestha Thanks a lot for additional names. I wanted to mention their names, but due to lots of similar names I had difficulty. I did not mention Rabindra Mishra and Kedar Khadka ‘s name as we should not introduce them – they already introduced by themselves due to their work. We must respect new youngsters who are very serious for the country without vested interest.
    • Ram Kumar Shrestha Bikesh Shrestha I always bow down my head for your tireless contribution in Bagamati issue.
    • Ram Kumar Shrestha Rekha Nepali Deepen Shrestha are some more young friends to be respected
    • Laxmi Tamang Besides, Bhuwan Khadka, Priyanka Shahi, are two other respected youth.

Posted in प्रेरणादायी सामग्रीहरु, बिबिध, रोचक जानकारी | Tagged: , , , , , , | 1 Comment »

नक्कली लुम्बिनी: फेसबुक चर्चा परिचर्चा

Posted by Ram Kumar Shrestha on February 5, 2011

Kedar सङ्केत

बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।

19 hours ago ·  · 

    • Emlly Lekali arey!! tsto ni bha thyo!!??..thnks 4 info..

      19 hours ago · 

    • Kedar सङ्केत

      हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्या…See More Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, समाचार | Leave a Comment »

ताइवानमा नेपाली रेष्टूरेण्ट

Posted by Ram Kumar Shrestha on November 4, 2010

By हरिकुमार श्रेष्ठ, ताइपेई ताइवान

ताइवानमा नेपालीहरुको संख्या लगभग चारसयको हाराहारीमा भएको अनुमान भए तापनि संकलित तत्थ्यांकको आधारमा भन्नुपर्दा यसको आधाभन्दा कम पर्दछ । यहां आउने अधिकांश नेपालीहरु ताइवानकी महिलासंग विवाह गरी आएका छन्भने अन्यमा अध्ययन नोकरी प्राइभेट कम्पनि रेष्टुरेन्ट विश्वविद्यालय अनुसन्धान संघ।संस्था स्कूल शिक्षक आदि व्यापार व्यवसाय गर्ने पर्दछन् । व्यापार व्यवसायमा रेष्टुरा संचालन गर्ने पनि छन् । ताइवानमा नेपाली नामका जम्मा तीन रेष्टुराहरु छन् जुन ताइवानको ताइपेई र काओसुङ्गमा संचालनमा छन् । ताइपेईमा नेपाली श्री राजु गुरुङ्ग र परिवारबाट संचालित “जे. बी करी” नामक रेष्टुरेण्ट सिङ्गआन स्ट्रिटमा बिगत नौ वर्षदेखि संचालनमा छ भने अर्को “नेपाल नमस्ते करी” नामक रेष्टुरेण्ट ताइवानी व्यवसायी श्री बेन्नि चाङ्गबाट ताइपेईको कोङ्गकुआनमा विगत चार वर्षदेखि संचालनमा छ (http://0223629538.travel.web.com.tw) । त्यस्तैगरेर ताइवानका अर्का नेपाली व्यवसायी श्री बीरेन्द्रबहादुर ताम्राकार तथा परिवारबाट हालसालै ताइवानको दोस्रो ठूलो नगरी काओसुङ्गमा “नेवा किचन” नामक रेष्टूरेण्ट सन्चालन भएको छ । यसको साथै थाओयान ताइवानमा बस्ने नेपाली श्रीमति नाङ्गछेन छिरिङ्गबाटले नेपाली नामबाहेक अन्य नाम राखेर व्यावसाय गर्दै आएको पाइएको छ । Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, लेख/ रचना /निबन्ध, समाचार | Tagged: , , , | Leave a Comment »

“लण्डनमा मुटु दुख्दा” – एक भुक्तभोगीको शिक्षामूलक आत्मकहानी

Posted by Ram Kumar Shrestha on October 5, 2010

सामान्यत: ज्ञानका दुई श्रोत हुन्छन – पढनु र पर्नु । ज्ञानको अर्को एउटा श्रोत पनि यदाकदा सुन्न र देख्नमा आउँछन जस्लाई अस्तित्व बोध हुनु, ज्ञानप्राप्ती हुनु, दैबी शक्ति प्राप्त हुनु जस्ता शब्दालन्कारहरु दिइने गरिन्छ र हरेक कुरामा प्रमाण पेश गरिनु पर्ने यो बैज्ञानिक युगमा यो पछिल्लो ज्ञानको श्रोतलाई आधिकारिकता दिने प्रश्न अथवा जहाँ पायो जोसंग पायो ब्यक्त गर्ने काम बिल्कुलै अव्याबहारिक देखिन्छ भलै कतिपय ठाउँमा यो ज्ञानको श्रोत बिज्ञानको लागि ठूलो चुनौति बनेको पनि देखिन्छ । उदाहरणको लागि, पात्रो बनाउने काम हाम्रो पूर्बीय दुनियाँमा  हजारौं बर्ष पहिला शुरु भएको हो । पात्रोमा सूर्य ग्रहण तथा चन्द्र ग्रहणबारे पहिला नै जानकारी दिइएको हुन्छ जुन संधै मिल्दै आएको देखिन्छ । पृथ्वी गोलो छ र यस्ले सूर्यलाई परिक्रमा गर्छ भन्ने मान्यताको ईतिहास धेरै लामो छैन । चन्द्र ग्रहण र सूर्य ग्रहणबारे पहिला नै थाहा पाउन चन्द्र, सूर्य र पृथ्वीको आकार, साइज, एकार्काको दूरी, यिनीहरुको गति र सोको बेग आदि कुराको जानकारी बिना संभब छैन । हजारौं बर्ष अगाडि शुरु भएको ज्योतिषी कार्य यो मामलामा अचुक भएको पाइनुले हजारौं बर्ष अघि ऋषि मुनिहरुले ध्यानको बिधी मार्फत यी सबै कुराको जानकारी प्राप्त गरी ज्योतिष बिद्यालाई सूत्रबद्ध गरेको भन्ने सुन्नमा आएको कुरालाई नकार्न मुस्किल पर्ने देखिन्छ बिज्ञानको बिकास हुनु र पृथ्वी गोलो छ र यस्ले सूर्यलाई परिक्रमा गर्छ भन्ने मान्यता स्वीकारिनुभन्दा धेरै अघि नै यस किसिमको अचुक बिज्ञान विकास भएको पाइनुले । Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु, बिबिध | Leave a Comment »

कर्ण शाक्यको सोंच

Posted by Ram Kumar Shrestha on February 28, 2010

के तपाईंले कर्ण शाक्यको बहुचर्चित सोंच पढनु भयो? छैन भने सुन्नुहोस त (श्रोत: खसखस डट कम) :

कर्ण शाक्यको बहुचर्चित सोंच

Posted in Audio, प्रेरणादायी सामग्रीहरु | Leave a Comment »

यसरी जन्मियो सोलार-कार

Posted by Ram Kumar Shrestha on February 11, 2010

बाग्लुङका कुशल केसीले सोलार-कार बनाएर सफल परीक्षण गरेपछि सर्वत्र उनको चर्चा र प्रसंशा भयो ।

छ महिनाअघि ‘स्पीडिइगल’ नामको हेलिकप्टर प्रदर्शन गर्ने क्रममा सोलार-कार बनाउने घोषणा गर्दा उनको घोषणलाई धेरैले पत्याएनन् । अन्ततः उनले त्यो अविश्वासलाई चिरेरै छाडे । अर्थात् सबैका अगाडि सोलार-कार गुडाएर देखाए । अमृत आदर्श उच्च मावि बाग्लुङमा कक्षा १० मा अध्यनरत १६ वषर्ीय कुशल केसीले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी ‘सोलार-कार’ निर्माण गरेका हुन् । कुशलद्वारा निर्मित कारमा तीनजना बस्न सकिन्छ । सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम, विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताए ।

यसरी बन्यो सोलार-कार

यसअघि उनले स्पीडिइगल नामक रोबोट हेलिकप्टरको सफल प्रदर्शन गरिसकेका थिए । सोलार कार बनाउने घोषणा गरेपछि कहाँ र कसरी खर्चरकम जुटाउने भन्ने समस्याले उनलाई पिरोल्यो । ‘आर्थिक संकलन कसरी गर्ने भन्ने समस्याले

पिरोलेको थियो,’ कुशलले भने, ‘विद्यालय र सहपाठीको सहयोगमा आर्थिक संकलन अभियान चलाइयो ।’ उनको आँटलाई प्रोत्साहित गर्न विद्यालयले परिसरमै सांस्कृतिक कार्यक्रमको आयोजना गरी विभिन्न संघसंस्थालाई सहयोगको लागि आग्रह गर्‍यो । Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Leave a Comment »

आनीको किताब आठ भाषामा

Posted by Ram Kumar Shrestha on September 15, 2009

NEPAL-NUN/

गिरीश गिरी, काठमाडौं, भदौ ३०- मुलुक अशान्तिको चपेटामै रुमल्लिएको बेला एउटी नेपाली भिक्षुणीको जीवनीमा आधारित किताब यतिबेला थुप्रै मुलुकमा चर्चित छ। बौद्ध गायिका आनी छोइङ डोल्माको जीवनीमा आधारित पुस्तकले प्रकाशनको डेढ वर्ष नपुग्दै विश्वका आठ फरक भाषामा छापिने मौका पाइसकेको छ।

पहिलो पटक फ्रान्सबाट प्रकाशित ‘मा भ्वइक्स पोर ला लिबर्टी (स्वतन्त्रताका लागि मेरो आवाज)’ लाई थप चारवटा भाषामा छाप्ने अनुमति यसको मूल प्रकाशक ओह एडिसन्सले दिइसकेको छ। Read the rest of this entry »

Posted in प्रेरणादायी सामग्रीहरु | Leave a Comment »